महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौं : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औं महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताएका छन् । महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने उनले बताए । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक संकटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ । फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै शर्माले मुलुकलाई सफल बनाउन आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताए । राष्ट्रिय हितका महत्वपूर्ण विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ । जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनेजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि शर्माले जोड दिए । देशभित्र र देशबाहिर रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने भन्दै उनले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए । ‘नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल। यी दुवै नेपाललाई जोड्नुपर्छ,’ शर्माले भने, ‘विदेशमा रहेका नेपालीले नेपालको विकासमा लगानी गर्न चाहेका छन्। उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस तयार छ ।’ नयाँ सरकार गठन भए पनि सामाजिक सञ्जालमा एकअर्काप्रति आक्रोश बढिरहेको उल्लेख गर्दै शर्माले अहिले नेपाली समाजमा संवाद, सद्भाव र एकताको आवश्यकता रहेको बताए । भूगोललाई मात्रै होइन, नेपालीको मनलाई पनि जोड्नुपर्ने उनको भनाइ छ । विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै शर्माले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनेजी पुस्तासम्मको सहभागिता रहेको बताए । करिब ३५ हजार प्रतिनिधिमध्ये ठूलो संख्या युवा रहेको भन्दै उनले यसलाई कांग्रेसको नयाँ ऊर्जाका रूपमा व्याख्या गरे । ‘यो यात्राको सुरुवात हो । महाधिवेशनपछि बलियो कांग्रेससहित अगाडि आउने छौं,’ शर्माले भने । परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने उनले बताए । महाधिवेशनले कांग्रेसलाई संगठनात्मक रूपमा थप बलियो बनाउँदै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने शर्माको भनाइ छ ।
कांग्रेस महाधिवेशनमा भारत–चीनसहित विश्वका राजनीतिक दलको शुभेच्छा
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनप्रति छिमेकी मुलुक भारत र चीनसहित विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभेच्छा व्यक्त गरेका छन् । महाधिवेशन सफलताको कामना गर्दै भारतका सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन र भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले कांग्रेसलाई शुभकामना सन्देश पठाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले पनि कांग्रेसको महाधिवेशन सफलताको शुभकामना दिएको कांग्रेसले जनाएको छ । यस्तै, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशनका लागि शुभकामना व्यक्त गरेका छन् । एसिया र युरोपका अन्य राजनीतिक दल तथा अन्तर्राष्ट्रिय राजनीतिक संस्थाबाट समेत कांग्रेसलाई शुभकामना प्राप्त भएको छ । इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टीज (आईक्याप)को स्ट्यान्डिङ कमिटी, बंगलादेशका प्रधानमन्त्री तारिक रहमान र बेलायतको लेबर पार्टीले पनि महाधिवेशन सफलताको कामना गरेका छन् । कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प स् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित आइतबार काठमाडौंमा १५औं महाधिवेशन सुरु गरेको हो । पाँच दिनसम्म चल्ने महाधिवेशन असोज २२ गते सम्पन्न हुनेछ । महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुनुका साथै पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशाबारे निर्णय हुने कार्यक्रम छ ।
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गरे । त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै उनले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए । ‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौं । त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौं । अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ । यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलले भने । उनले कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार फेर्नुपर्ने बताए । राणा शासन, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनविरुद्ध पनि आफूहरू कांग्रेससँगै मिलेर अघि बढेको स्मरण गर्दै उनले आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताए । ‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनमा हामी मिलेर गरेका हौं । अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौं ।’ पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग सहकार्य र छलफल नगरी अघि बढिरहेको आरोप लगाए । प्रधानमन्त्रीले संसद् र जनताका कुरा नसुन्ने अवस्था रहेको भन्दै उनले यसलाई ‘स्वेच्छाचारी शासन’को संज्ञा दिए । उनले कांग्रेसले आगामी दिनमा यस विषयलाई लिएर नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे । पोखरेलले युवाहरूलाई निराश हुन दिन नहुने बताए । युवाका सपना पूरा गर्ने जिम्मेवारीमा सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने । उनले कांग्रेसको १५औं महाधिवेशनले नेपाली जनता र जनभावनासँग जोडिएका विषयलाई उठाउँदै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास पनि व्यक्त गरे । सूचना प्रविधिको क्षेत्रमा कांग्रेस र एमालेले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष वा सोभन्दा बढी उमेरका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । स्वास्थ्य बीमा बोर्डको बैठकले नयाँ आबद्धता, नवीकरण र स्वास्थ्य बीमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार अब बीमित परिवारले एचआईबीई पोर्टलमार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ । यस व्यवस्थाले बीमितको पहिचान सुनिश्चित गर्ने, दोहोरो आबद्धता नियन्त्रण गर्ने, केवाईसी अद्यावधिक गर्ने तथा दाबी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बोर्डले जनाएको छ । यसैगरी, बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक र लागत प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी एक अध्ययन कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ । सो कार्यदलले ६० दिनभित्र आफ्नो प्रतिवेदन बोर्डलाई बुझाउनुपर्नेछ । बोर्डका अनुसार ईएमआर प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्डअनुसार मान्यता दिने निर्णय पनि भएको छ । यसको पहिलो चरणमा २ हजार १ सय ८९ वटा कस्टमाइज्ड आईसीडी ११ कोडलाई आईएमआईएसमा प्रयोग गरिनेछ ।
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्ने समय आएको छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गरे। त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै उनले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए । ‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ। त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ । अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ। यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलले भने । उनले कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार फेर्नुपर्ने बताए। राणा शासन, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनविरुद्ध पनि आफूहरू कांग्रेससँगै मिलेर अघि बढेको स्मरण गर्दै उनले आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताए । ‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनमा हामी मिलेर गरेका हौँ। अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ ।’ पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग सहकार्य र छलफल नगरी अघि बढिरहेको आरोप लगाए। प्रधानमन्त्रीले संसद् र जनताका कुरा नसुन्ने अवस्था रहेको भन्दै उनले यसलाई ‘स्वेच्छाचारी शासन’को संज्ञा दिए । उनले कांग्रेसले आगामी दिनमा यस विषयलाई लिएर नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे । पोखरेलले युवाहरूलाई निराश हुन दिन नहुने बताए। युवाका सपना पूरा गर्ने जिम्मेवारीमा सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने। उनले कांग्रेसको १५औँ महाधिवेशनले नेपाली जनता र जनभावनासँग जोडिएका विषयलाई उठाउँदै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास पनि व्यक्त गरे। सूचना प्रविधिको क्षेत्रमा कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
लिङ्देनको टिप्पणी : ‘राजनीतिका पात्र फेरिए, प्रवृत्ति फेरिएन’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा पात्र परिवर्तन भए पनि राजनीतिक प्रवृत्ति भने परिवर्तन हुन नसकेको बताएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले मुलुकको समस्या कुनै व्यक्ति विशेषमा नभई राजनीतिक व्यवस्थामै रहेको दाबी गरे । ‘राजनीतिका पात्र फेरिए, तर प्रवृत्ति फेरिएन,’ उनले भने, ‘समस्या व्यक्तिमा होइन, व्यवस्थामा छ ।’ लिङ्देनले विगतमा विपक्षीमाथि गोली चलाउने प्रवृत्ति रहेको उल्लेख गर्दै अहिले त्यसको स्वरूप फेरिएको टिप्पणी गरे । उनले अहिले गोलीभन्दा पनि खतरनाक ढंगले गोली चल्ने अवस्था देखिएको बताए । ‘हिजो विपक्षमा गोली चल्थ्यो, अहिले गोलीभन्दा खतरा गोली चल्ने गरेको छ,’ उनले भने । राप्रपा अध्यक्ष लिङ्देनको उक्त टिप्पणी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ लक्षित थियो । उनले नयाँ राजनीतिक शक्ति र नेतृत्वको उदय भए पनि पुरानै राजनीतिक प्रवृत्ति दोहोरिन थालेको संकेत गरे । लिङ्देनले व्यक्ति परिवर्तनलाई मात्रै राजनीतिक परिवर्तनका रूपमा बुझ्न नहुने बताए । उनका अनुसार राजनीतिक प्रणाली र त्यसले निर्माण गर्ने संस्थागत संरचनामा परिवर्तन नगरेसम्म पात्र फेरिए पनि राजनीतिक कार्यशैली र प्रवृत्तिमा अपेक्षित सुधार आउन नसक्ने अवस्था रहन्छ ।
देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौं : भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले मुलुकलाई आगामी २० वर्षभित्र विकसित देशको स्तरमा पु‍र्याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताएका हुन् । मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा ठूलो फड्को मारेको उदाहरण दिँदै उनले नेपालले पनि त्यहीअनुसार दीर्घकालीन योजना बनाउनुपर्ने बताए । ‘अहिले पनि समय छ, सबैले सोच्नुस् । अरू देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?,’ उनले भने । उनले देश विकासका लागि साझा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताए । ‘त्यसको एउटा योजना बनाऔं । त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ। त्यसो गरे मात्रै देश बन्छ,’ भट्टराईले भने । भट्टराईले राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्नेमा पनि जोड दिए । ‘अब पाठ सिकौं । अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ उनले भने ।
नियन्त्रित लोकतन्त्र जनतालाई स्वीकार्य छैनः शरतसिंह भण्डारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनतालाई कुनैपनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने स्पष्ट पारेका छन् । काठमाडौंको खुलामञ्चमा आइतबारदेखि प्रारम्भ भएको नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सम्बोधन गर्दै मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको उल्लेख गरेका छन् । उनले वर्तमान चुनौतीहरू पार लगाउन प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता अपरिहार्य रहेको औंल्याए । नेता भण्डारीले प्राकृतिक विपद्, आर्थिक मन्दी, बढ्दो बेरोजगारी र युवाहरूको तीब्र विदेश पलायनले मुलुक आक्रान्त बनेको बताए । उनले गत महिना भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । वर्तमान संविधानलाई समयानुकूल परिमार्जन र संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप समावेशी र परिणाममुखी बनाउनुपर्नेमा नेता भण्डारीले जोड दिए । बदलिँदो संवेदनशील भू–राजनीतिक परिवेशमा नेपालले सन्तुलित कुटनीति अवलम्बन गरेर मात्र राष्ट्रिय हितको रक्षा गर्न सक्ने उनको भनाइ छ । लोकतन्त्र, सङ्घीयता, सामाजिक न्याय र जनअधिकारको सङ्कुचन हुन नदिन सचेत रहनुपर्ने उनले उल्लेख गरे ।