एभरेष्ट बैंकका ग्राहकले दराजमा कार्डमार्फत भुक्तानी गर्दा २५ सयसम्म छुट पाउने
काठमाडौं । एभरेष्ट बैंक र दराजबीच ुदराज दशैं धमाकाु महोत्सवका लागि सम्झौता भएको छ। बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्ड वहाकहरुलाई आकर्षक छुट दिन दराजसँग सम्झौता गरेको हो । यस सम्झौतापश्चात बैंकका ग्राहकले अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् । बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ । एभरेष्ट बैंकले देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
दार्चुला बाढीपहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
दार्चुला । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो । गए राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए । नौगाडमा पहिरोले १२ घर पूर्णरुपमा क्षति पुगेको छ । यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरु दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख गाहामगरले जानकारी दिए । उनीहरुको खोजी भइरहेको छ । डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलकम पूरै क्षति गरेको छ । पावर हाउँस बगाएको छ । निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ । महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्याँस जोड्ने सडक अवरुद्ध बनेको छ । दार्चुला तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ । महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ । लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन् । महाकाली वडा नम्बर ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ । दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताए । बमका अनुसार पाँच वटा जिप, एक ट्र्याक्टर र एक ट्रली बगाएको छ । रासस
अस्तव्यस्त काठमाडौंका खुला ठाउँ (फोटोफिचर)
काठमाडाैं । काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् । काठमाडौं बस्तीहरुले भरिएको शहर हो । मानिसको भीड र अव्यवस्थित बसोवास । जसका कारण खालि ठाउँ प्रायः शुन्य छ । खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ । यसको मुद्धा बेलाबेलामा नउठेको पनि होइन । तर समस्या पनि ज्यूँ का त्यूँ छ । समस्या समाधानको बुटी फेला पर्न सकेको । खालि ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ । तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैछ । काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन् । खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ । तीनकुनेको घाँसे मैदान भलिबल खेल्ने खेलाडी र फुटपाथ पसले । टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मद स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा । तर आज यी कुनैपनि ठाउँ खुला छैनन् । अतिक्रमण, व्यवसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन् । बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ । खालि भएका स्थानको पनि पुनःनिर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन् । सिफल चौरमा जमेको पानी र वरपर वर्षामा उम्रेको झार । भृकुटीमण्डपस्थित सिंहदरबार अगाडि रहेका प्लाष्टिकले छाएर बनाइएको अस्थायी टहरा । चापागाँउको बज्रवाराही स्कूलको चौरमा राखिएका बसहरु । विश्व सम्पदा क्षेत्र पशुपति मन्दिर परिसरमा राखिएका गाडीहरु । ललितपुरको धोविघाटस्थित मलपोखरी ।
बेनेलीको दशैं अफर : बाइक किन्नुभन्दा अघि र पछि एक-एक लाख रुपैयाँसम्म जित्ने मौका
काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसरमा दशैं फिएस्टा अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । कम्पनीको अनुसार अफर अन्तर्गत पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले क्युआर कोड स्क्यान गरी १ लाख रुपैयाँसम्म जित्न सकिनेछ । यो क्युआर कोड मोटरसाइकल किन्न चाहने वा नचाहनेले दुवैले प्रयाचेग गर्न सक्नेछन् । यस्तै, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि ग्राहकले वाक इन डिस्काउन्ट प्राप्त गर्नेछन् । जसमा ग्राहकलाई स्क्रयाच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ । त्यसैगरी, मोटरसाइकल किनिसकेपछि ग्राहकले ५ हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट पाउनेछन् । कम्पनीको अनुसार उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ । केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ७ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।
दार्चुलामा बाढीले डेढ दर्जन घर बगायो, एकको मृत्यु
दार्चुला । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै छ जना बेपत्ता भएका छन् । एकको शव फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका–३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, दीपक, दिनेश कार्की बेपत्ता भएका छन् । जिल्लाको नौगाड गाउँपालिकामा ३५ वर्षीय चिमणे ठगुन्नाको मृत्यु भएको र एक जना बेपत्ता हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नौगाड गापाका कासी ठगुन्ना र रम्बा ठगुन्ना रहेका छन् । घाइतेलाई उपचारको लागि हेलिकोप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उक्त जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेको छ । बाढीले दर्जनाैँ घर बगाउनुका साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य जारी नै रहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ । त्यस्तै महाकाली नगरपालिका–३ लास्को खोलाले रोकेर राखेका सातवटा गाडीसमेत बगाएको छ । घटनास्थल क्षेत्रमा उद्धारकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । शुक्रबार रातिदेखि परेको अविरल बर्षाले दार्चुला तिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि उक्त क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । रासस
विराटचोकका भक्त : जीवनको ३७ वर्ष साइकललाई
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन् । यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा समाउँछन् । उनको विराटचोकमा विगत ३७ वर्षदेखि एउटा सानो पुरानो झुप्रोमा भक्त साइकल स्टोर रहेको छ । सुरुमा यस क्षेत्रमा उहाँको बाहेक अरू कसैको साइकल बनाउने ठाउँ थिएन । अहिले भने यस क्षेत्रमा एक दर्जनभन्दा बढी साइकल मर्मत गर्ने ठाउँ रहेका छन् । कर्मका पुजारी तथा मेहनती भक्तबहादुरको जिन्दगी हिजोआज साइकल मर्मतबाटै बाँचेको छ । उमेरले सात दशकको घामपानी खेप्नुभएका भक्तबहादुर अहिले पनि १६ वर्षे जोश जाँगर लिएर साइकल बनाउने पेसामा रमाइरहेका छन् । उनको साइकल मर्मत गर्ने कामबाहेक जीविकोपार्जनको लागि अरु कुनै पेसा छैन । ‘देश विदेश गएर काम गर्नुभन्दा केही राम्रो सीप सिकेर आफ्नै देशमा आयआर्जनमूलक काम गर्नु राम्रो हुन्छ’, भक्तबहादुर बताउँछन् । केही सीप नभएको मान्छे समाजमा काम लाग्न नसक्ने उनको भनाइ छ । भक्तबहादुर विगत चार दशकअघि सोलुखुम्बुबाट मधेस झरेका थिए । उनी सुरुमा साविक हरैँचा गाविसमा बसोबास गर्थिए । ‘सुरुमा हरैँचा सानो बजार थियो । विसं २०४५ तिर विराटचोकमा त झन केही नभएको पातलो बस्ती थियो, झुप्रा घर मात्रै थियो’, भक्तबहादुर बताउँछन् । भक्तबहादुरलाई मधेस झरेर हरैँचा आउँदा सुरुमा के काम गरेर परिवार पाल्नु भन्ने चिन्ता आइलाग्यो । सामान्य परिवारमा जन्मिएका भक्तबहादुर साउँ अक्षर मात्र चिन्ने साथै कुनै पेसा व्यवसाय नभएका व्यक्ति थिए । उनले केही समय घुमफिर गरी बिताएको तथा मेकानिकका साथमा लागेर साइकल बनाउने काम भने सिकेका थिए । भक्तबहादुरले पछि साइकल बनाउने पेसालाई नै जीवनचर्या बनाउन पुगे । ‘यही मेरो स्थायी काम भयो’, उनले सुनाए । जुँघा पालेका भक्तबहादुर प्रायःजसो विराटचोक बजार आसपासमा खाली खुट्टा हिँडेको भेटिन्छन् । ‘बाघको जस्तो जुँघा पाल्नु मेरो सोख हो, खाली खुट्टा हिँड्नु स्वास्थ्यको लागि फाइदाजनक र राम्रो हो’, उनी बताउँछन् । निरोगी तथा हृष्टपुष्ट शरीर भएकाले भक्तबहादुर अझै तगडै देखिन्छन् । उनको घरमा पहिले छ जनाको परिवार थियो । दुई सन्तानको विवाह गरेपछि चार जनाको परिवार अहिले साइकल बनाउने पेसाबाट पाल्ने गरेको साथै अरु कुनै पैसा आउने बाटो नभएको भक्तबहादुरले उल्लेख गरे । भक्तबहादुर अहिले साइकल मर्मतको कामबाट दुःख गरेर मासिक १५ हजार जति कमाउँछन् । यसैबाट घर परिवार चलाउँछन् । उनले सुकुम्बासी टोलमा बाँसको सानो घर बनाएका छन् । भक्तबहादुर त्यही घरमा दुःख सुख बस्छन् । मनमा कुनै छलकपट नभएको तथा खुला दिल भएको भक्तबहादुर सानो ठूलो कसैको भेदभाव नगरी राम्रो व्यवहार गर्न रुचाउँछन् । ‘मरेर लानु केही छैन, सबैसँग राम्रो बोली वचन गर्नुपर्छ, साधा जीवन उच्च विचार नै असल व्यक्तिको गुण हो’, उनी भन्छन् । लामो समयदेखि साइकल मर्मतको सीपमा लाग्नुभएका भक्तबहादुर साइकलको फ्रेम फिटिङ गर्ने, पम्चर टाल्नेलगायतका साइकलसँग सम्बन्धित सबै काम दिल दिएर गर्छन् । चिनेजानेका सबै उनको पसलमा राम्रो साइकल बनाउने बाजे भन्दै धाएर आउँछन् । पहिला साइकल किनेर चढ्ने तथा साइकल बनाउन आउनेले अहिले आधुनिक समयसँगै मोटरसाइकल तथा कार किनेको उनी उल्लेख गर्छन् । साइकल बनाउन सारोगाह्रो केही नभएकाले आफ्नो ध्यानै यसैमा भएको भक्तबहादुरले उल्लेख गरे । भक्तबहादुर पुस्तक पत्रपत्रिका पढ्नसमेत रुचाउँछन् । उनको भक्त साइकल स्टोरमा प्रायः सबै खालका पत्रपत्रिका आउँछ । रासस
जीवनभर प्राथमिक उपचारका सीप सिकौं
सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइदै आएको छ । सन् २००० देखी रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइ एफ आर सिं) को आवहानमा विश्व प्राथमिक उपचार दिवस मनाउन थालिएको हो । सन् १८५९, जुन २४ मा यूवा व्यापारी जाँ हेनरी ड्यूनाले इटालीको सल्फेरिनोमा भएको यूद्धमा घाइतेहरूलाई पू¥याको सेवा, सुसार र प्राथमिक उपचार कार्य वाट प्रभावित भए पश्र्चात रेडक्रस अभियानको सुरुआत भएको छ । त्यस घटनाको उद्धार सकेपछी ड्यूनाले १८६२ मा सल्फेरिनोको स्मृती पुस्तक प्रकाशन गर्नु भयो । उक्त पुस्तकको प्रस्ताव र ड्यूनाको प्रयास स्वरूप १८६३ को एउटा भेलाले घाइते सैनिकहरूको उद्धारको लागि अन्तराष्ट्रिय स्वतन्त्र संस्थाको जन्म भयो । यस संस्थालाई पछि रेडक्रस भनिन थाल्यो । रेडक्रसले सबै प्रकारका मानविय विपदमा राहत, उद्धार गर्ने, मानविय सहायता गर्ने, प्राथमिक उपचार सेवा लगायतका कार्य गर्न जेनेभा महासन्धी, अतिरिक्त प्रोटोकलहरूका साथ घटना स्थल, तथा आवस्यक स्थानमा ससक्तरूपमा उपस्थीत गराउँदै आएको छ । नेपाल रेडक्रस सोसाइटीको स्थापना सन् १९६३ अर्थात वि।सं २०२० भाद्र १९ मा भयो । सोसाइटीको स्थापना भएको ६० वर्ष पुग्दै गरेको अवस्थामा स्थापना काल देखी नै प्राथमिक उपचार सेवा तथा प्राथमिक उपचारका गतिविधीहरूलाई नियमितरूपमा संचालन गर्दै आएको छ । विद्यालयमा गठीत जुनियर यूवा रेडक्रस स्वयम् सेवकहरू, शिक्षक नायकहरू, उपशाखा रेडक्रसका स्वयम् सेवकहरू, समुदायका स्वयम् सेवकहरूका अलावा विभिन्न संघ संस्था, व्यवसायीक फर्म, सरकारी तथा गैह्सरकारी निकायमा प्राथमिक उपचारका आधारभुत तालीम तथा आवस्यकता अनुसारका प्राथमिक उपचार तालीम संचालन गर्दै आएको छ । यसरी तयार भएका स्वयम् सेवक मार्फत नेपाल रेडक्रस सोसाईटीले समुदायका विभिन्न दुर्घटना, सडक दुर्घटनाका समयमा, विद्यालयका विदार्थीहरूलाई हुने दुर्घटना र स्वास्थ्य समस्यामा, खेल कुदहरूको समयमा, विभिन्न द्वन्द र आन्दोलन तथा झडपको समयमा प्राथमिक उपचार सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय २०६२र२०६३ को आन्दोलन तथा त्यस पछिका मधेस आन्दोलन लगायत विभिन्न अवस्थामा प्राथमिक उपचार सेवा प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटीका तालीम प्राप्त प्राथमिक उपचार स्वयम् सेवकहरूको कारण घरेलु काम काज, पदयात्रा, अफिस समयमा पनी सहयोग पुग्ने गरेको छ । प्राथमिक उपचर सेवाको महत्व विकसीत र सम्पन्न देशमा पनि छ भने नेपाल जस्तो पहाडी भुवनोट, सहज यातायातको सुविधा नभएका र प्रयाप्त स्वास्थ्य सेवाको अभावका बाबजुद अरु महत्वपूर्ण छ । त्यसैले प्राथमिक उपचारको ज्ञान सिप र अवधारण घर घर सम्म पुग्न पदर्छ, टोल टोल सम्म पुग्नु पर्दछ, कार्य स्थलका हरेक ठाँउमा पुग्नु पर्दछ । जसका कारण हामी कोही दुर्धटनामा पर्दा तुरुन्त सहयोग पु¥याउन सक्दछौं, बिरामी हुँदा हेरचाह र स्याहर सुसार गर्न सक्दछौं । नेपालमा विद्यालयतहको पाठ्यक्रमा प्राथमिक उपचार सम्बन्धी विषय बस्तु प्रयाप्त छैन । त्यस पश्चात स्वास्थ्य क्षेत्रका विद्यार्थीले मात्र थप स्वास्थ्य सम्बन्धी ज्ञान सिप हासील गर्दछन् । उनीहरूमा पनि आधारभूत तहको प्राथमिक उपचार सम्बन्धी ज्ञान सिप प्रर्याप्त दिइँदैन । अर्को पक्ष सिकाइको तरिका र विधी, सिक्ने व्यक्तीको चासोको अभावमा त्यो ज्ञान कमी हुनसक्दछ । अनि लामो समयपछी व्यवहारीक प्रयोग र बारम्बारको अभ्यासको कमीका कारण प्राथमिक उपचारको ज्ञान सिप र अवधारणमा कमी हुन्छ । त्यसको कारण प्राथमिक उपचारको ज्ञान सिप व्यापक बनाउनु आवश्यक छ । रेडक्रसले पनी प्रयाप्त स्रोत साधनको अभावमा प्राथमिक उपचारका तालिम पूर्नताजकी तालीम आवस्यकता र भागको आधारमा पू¥याउन सकेको छैन । त्यस्तै हरेक व्यक्तिले आफुलाई प्राथमिक उपचारको ज्ञान सिप र अवधारणको आवश्यकता महसुस गराई समस्या परेपछि मात्र बुझने गर्दछ । त्यसैले प्राथमिक उपचारको महत्व र आवस्यकता राज्यले साथै सबै संघ संस्था र निकायबाट व्यापक बनाउने गर्नु पर्दछ । स्वास्थ्यको क्षेत्रमा पछिल्लो समय नयाँ नयाँ अनुसन्धानका कारण प्राथमिक उपचारका ज्ञान सिप र अवधारणमा पनी परिमार्जन हुदै गइरहेको छ । एकातिर प्राथमिक उपचार सम्बन्धी विषयवस्तु सबैले सिक्नु पर्ने सरोकारको विषय हो भने अर्को तिर जीवनभर आफुलाई आवश्यक पर्ने भएकोले जीवनभर सिकाईको विषयको हो । त्यसैका कारण प्राथमिक उपचार दिवसको यस वर्षको नार “जीवनभर प्राथमिक उपचारका सीप सिकौं लाइफ लङ फर्स्ट ऐड” भन्ने मुल सन्देश यस वर्ष तय गरिएको छ । सन् २०२२ सेप्टेम्बर महिनाको दोस्रो शनिबार १० सेप्टेम्बर अर्थात २०७९ माद्र २५ का दिन विश्व प्राथमिक उपचार दिवस विश्व समुदायका साथ नेपालमा पनी व्यापक रूपमा मनाइदै छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय तह, ७ वदै प्रदेशहरू ७७ वदै जिल्ला शाखाहरू उपशाखा र जुनियर यूवा सर्कलहरू मर्फत पनि कुनैन कुनै गतिविधीका साथ यो दिवस मनाइदै छ । जसका कारण प्राथमिक उपचारको ज्ञान सिपको प्रवद्र्धन हुने छ । अनी प्राथमिक उपचारको आवस्यकता र महत्वको अरु बढवा हुने छ । नेपालमा प्राथमिक उपचार सेवाको सर्वसाधारणमा पहुँच बढाउनु आवश्यक छ । यसको लागि नेपाल रेडक्रस सोसाइटीको सम्पूर्ण उर्जा शक्तीको प्रयोग गरेको छ । यसको अलावा सरकारको तथा अन्य साझेदारहरू, यस क्षेत्रमा कार्यरत संघ–संस्थाहरूको पनी पहलको थप आवस्यकता छ । स्वास्थ्य संस्थाबाट उपचार प्राप्त गुर्न भन्दा पहिला समुदायमा आवस्यक सेवा समुदायबाटै प्राप्त हुनु पर्दछ । त्यसैगरी सबै आपतकालीन अवस्थामा घर वा कार्यस्थलमा आफ्नो र सहकर्मीहरू, आफन्तहरूको हेरचाह गर्न तथा प्राथमिक उपचार सेवा पुर्याउनु सक्ने क्षमता राख्नु ज्यादै उपयोगी हुन्छ । तर्सथ तपाईं हामीले प्राथमिक उपचारका ज्ञान सिप र अवधारण सिकेका छैनौ भने सिक्नु आवश्यक छ । अनि बिसर्नु भएको छ भने पुर्नताजकी गर्नु आवश्यक छ । एउटा घाइते वा बिरामीलाई समस्यामा परेको बेला चरणबद्ध गर्ने सेवा सुसारका तौर तरिकाहरूको ज्ञान सिप हुँदा हामी सहयोग गर्न र लिन सक्दछौ । नेपाल रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रिय प्राथमिक उपचार पाठ्यक्रमको समेत अनुकुलन हुने गरी स्वास्थ्य मन्त्रालयको समेत स्वीकृतीमा प्राथमिक उपचार तालीमका पाठ्यक्रमहरू तयार गरेको छ । नेपालको ग्रामिणि तथा सहरी क्षेत्र, पहाडी तथा तराईको भुवनोटको समेत मन्ध्यनजरगरी प्राथमिक उपचार कार्यक्रम सबै उमेर, लिङ्ग, सङकटासन्न समुदाय, सीमान्तकृत समुदाय सम्म समानुकृत रूपमा लिएर गरिरहेको छ । स्रोत र साधनको उपलब्धताका आधारमा घरघरमा प्राथमिक उपचारको अभियानका साथ सोसाइटी अगाडी बढी रहेको छ । हालसम्म नेपाल रेडक्रस सोसाइटीका मुलकमा १२५० जना प्रशिक्षक र २४ हजार जना प्राथमिक उपचार स्वयम् सेवकका साथ सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल रेडक्रसले ७ वटै प्रदेश र ७७ जिल्ला शाखाहरू प्राथमिक उपचारको आधाररभुत तालिम संचालन गर्ने क्षमता समेत रहेको छ । लेखक नेपाल रेडक्रस सोसाइटी केन्द्रिय प्राथमिक उपचार प्रशिक्षक एव सोसाइटीको गण्डकी प्रदेश अध्यक्ष हुन् ।
त्रिशूली अस्पतालमा आकस्मिक उपचार र विपन्न बिरामीलाई रगत निःशुल्क
नुवाकाेट । नुवाकोटको त्रिशूली अस्पतालले आर्थिकरुपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेका अनुसार शुक्रबारदेखि लागू हुने गरी आर्थिकरुपमा विपन्न र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई चाहिने रगत र रक्ततत्व निःशुल्करुपमा उपलब्ध गराउन सुरु गरिएको हो । त्यस्ता बिरामीको लागि रगत परीक्षणबापत लाग्ने शुल्कसमेत नलाग्ने अस्पतालका मेसु डा पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रगतको समूह परीक्षण र प्रशोधनबापत प्रतिपिन्ट रु आठ सय ५० शुल्क लाग्ने भए पनि आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्ग, सवारीलगायतका विभिन्न दुर्घटनामा परेका व्यक्तिको लागि सेवा निःशुल्क गरिएको हो । त्रिशूली अस्पतालमा कोरोना र डेङ्गु रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइएको छ । अबदेखि लक्षित वर्गको लागि रगतको परीक्षण र रगतसमेत निःशुल्क उपलब्ध गर्न थालिएको हो । रासस