विकासन्युज

मौद्रिक नीतिपछि बैंकहरुले ५ प्रतिशतले घटाए सेयर धितो कर्जा, २२ बैंकले घटाउँदा ३ बैंकले बढाए

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को साउन महिना सम्ममा बैंकहरुले कुल ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । २६ वटा वाणिज्य बैंकहरुले साउन महिनामा असारको तुलनामा ५ प्रतिशतले सेयर धितो कर्जा कम लगानी गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार नबिल बैंकले सबैभन्दा धेरै सेयर कर्जा प्रवाह गरेको छ । नबिल बैंकले ६ अर्ब ९९ कराेड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको हो । यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ४९ कराेड रुपैयाँ, तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४९ कराेड रुपैयाँ, चौथोमा नेपाल बैंकले ४ अर्ब ३ कराेड रुपैयाँ र पाचौंमा सिटिजन्स बैंले ३ अर्ब  ८६ कराेड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । सबैभन्दा कम नेपाल एसबिआई बैंकले ३ कराेड रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने सेयर धितो कर्जा प्रवाह गरेको छैन । एक महिनाको अवधिमा ३ वटा बैंकले सेयर धितो कर्जा बढाएका छन् भने २२ वटा बैंकले भने घटाएका छन् । माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट र एभरेष्ट बैंकले असारको तुलनामा साउनमा सेयर धितो कर्जा बढाएका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा केही खुकुलो नीतिकाे व्यवस्था गरेकाे थियाे । यसअघि सेयर धितो कर्जामा ४/१२ करोडको सीमा रहेकोमा चालु आवको मौद्रिक नीतिमार्फत् ४ करोडको सीमा हटाएर १२ करोडको सीमा मात्रै लागू गरेको थियो । साे पछि पनि बैंकहरुले सेयरधिताे कर्जा कम लगानी गरेका हुन् । तरलता अभाव भइरहेकाे बेला बैंकहरुलाई कर्जा लगानी गर्न समस्या भइरहेकाे छ ।

कोका–कोलाको धन्यवाद क्याम्पेले पायो ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्ड

काठमाडाैं । काेकाकाेलाकाे दशैंकाे धन्यवाद क्याम्पेन ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्डकाे प्रथम विजेता बनेकाे छ । काेकाकाेला कृति अवार्डसकाे ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ विधामा प्रथम विजेता बनेकाे हाे । गत वर्ष कोका–कोलाले दशैंको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको थियो । एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालहरुमा कार्यरत ८ हजार भन्दा बढी सेवाकर्मीहरुलाई कोका–कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो, जसमा उनीहरु प्रत्यकको नाम लेखिएको कोका–कोला बोतल र ग्लासहरु समावेश थिए ।

रियलमीको सबैभन्दा सस्तो फाइभजी स्मार्टफोन ९आइ फाइभ जी नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले हालसम्मकै सबैभन्दा सुपथ मुल्यको फाइभ जी स्मार्टफोन रियलमी नाइन आइ फाइभ जी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ जिएचजेडको गतिमा सञ्चालन हुने अक्टा–कोर सिपियु रहेको छ । यसमा फाइभजी नेटवर्कको फाइभजी डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्दछ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले फाइभी जीलाई धेरै भन्दा धेरै उपभोक्तामा पु¥याउने उदेश्यको साथ रियलमी नाइन आइ फाइभ जी लन्च गरेको बताए । ‘हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनकोे राम्रो अनुभव लिनुहुनेछ, अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ, ‘ उनले भने । ५००० एमएएस को शक्तिशाली ब्याट्रि भएको यस फोनमा सुपर पावर सेभिङ मोडका साथै सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरा सहितको ५० एमपिको एआइ ट्रिपल क्यामरा रहेको उनले बताए । ‘यसमा भएको डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल थप्न मिल्छ, साथै, यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ,’ उनले भने । रियलमी ९आइ फाइभजि भदौ २८ गतेबाट दराज लगायत नेपालभरि रहेका रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसकाे बजार मूल्य २९ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।

साउनमा २६ बैंकको नाफा ९ अर्ब बढी, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा ९ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २६ वटा वाणिज्य बैंकहरुले सो नाफा गरेका हुन् । जसमध्ये सबैभन्दा बढी नबिल बैंकले कमाएको छ । बैंकले एक महिनामै ८१ करोड रूपैयाँ बढी नाफा गरेको छ । त्यस्तै, बढी नाफा गर्नेको दोश्रोमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ७५ करोड २० लाख, तेस्राेमा ग्लोबल आइएमईले ६७ करोड ३० लाख खुद नाफा गरेकाे छ । यस्तै, एनआइसी एशियाले ४७ करोड ६० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड २० लाख रुपैयाँ, प्राइम कमर्सियलले ३९ करोड ५० लाख, प्रभुले ३७ करोड ६० लाख, सिद्धार्थले ३७ करोड ५० लाख, एनएमबिले ३६ करोड, एभरेष्टले ३५ करोड ९० लाख, नेपाल बैंकले ३७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

२०२२ संस्करणको नेक्स्ट–जेन फोर्ड रेन्जर नेपाली बजारमा, १ कराेड ४५ लाखसम्म पर्ने

काठमाडौं । जिओ अटोमोबाईल्सले २०२२ संस्करणको २.० लि. सिंगल टर्बो र बिआइ टर्बो युक्त नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा भित्राएको छ । फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एशियाली मुलुकहरुमा सबैभन्दा रुचाईएको पिकअप ट्रक मध्ये एक हो । यसले ठूलाे वहन कार्यक्षमता भएको पिकअपको रुपमा संसारभर ख्याति कमाएको छ । कम्पनीकाे अनुसार नेक्स्ट जेन फोर्ड रेन्जरले जुनसुकै बाटो आरमदायी यात्रा प्रदान गर्दछ ।  अफरोड क्षमता, टोईङ्ग तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट ईन्धन किफायती ईन्जिनका कारण यो पिकअप हरेकको रोजाईमा पर्ने कम्पनी बताउँछ । ट्रान्समिसन : ६ र १० एटी स्पीड ट्रान्समिसन नेक्स्ट–जेन रेन्जर ६–स्पीड र १०–स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन् । हालको रेन्जरमा रहेको जस्तै ६–स्पीड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो । यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गेयर लगाई सवारीलाई सहज बनाउँछ । नेक्स्ट–जेन रेन्जरको १०–स्पीड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ । यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचा जस्ता परिष्कृत नियन्त्रणहरु समावेश गरेका छन् जसले गर्दा टोईङ्ग वा भारी सामान राखेर चलाउँदा पनि नेक्स्ट जेन रेन्जरले उत्कृष्ट ड्राईभिङ्गको अनुभुति दिन्छ । यसमा रहेको ईलेक्ट्रिक पार्किङ्ग ब्रेकले साहसिक तथा अफ–रोड ड्राईभमा गाडी हाक्न थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरु मध्ये यसमा मात्र रहेको छ । अटो ट्रान्समिसन गियर शिफ्ट र इलेक्ट्रिक पार्किंग ब्रेक रेन्जर अटो ट्रान्समिसन गियर सिफ्टको साथ उपलब्ध छ जसमा पि, आर, एण्ड, डि गियरहरू स्पोर्ट मोडको लागि बटनहरू छन् जहाँ चालकहरूले व्यक्तिगत गियरहरू रोज्न सक्छन् । कम्पनीकाे अनुसार ईलेक्ट्रिक पार्किङ ब्रेकले साहसिक तथा अफ रोड ड्राईभमा थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । यो सुविधा मध्यम पिकअप गाडीहरूमा सबैभन्दा उत्कृष्ट फिचर हो । सेलेक्टेबल ड्राइभ मोडहरू नेक्सट जेन फोर्ड रेन्जरमा नर्मल ईको, टो/हौल र स्लिपरी, मड/रुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ–रोड मोडहरू छन् । यी मोडहरूले गियरशिफ्ट, थ्रोटल रेस्पोन्स, स्थिरता नियन्त्रणहरू, एबिएस र थप सबै कुरामा समायोजन गर्दछ । न्यु सिंक डिस्प्ले र बटन लेआउट नेक्स्ट जेन रेन्जरको डिस्प्ले स्क्रीन र वटनहरु चलाउनलाई सहज हुने हिसाबले राखिएको छ । तपाईले सजिलैसँग म्यानुअल सिस्टम तथा डुयल जोन अटोमेटिक ए.सि. छनौट गर्न सक्नेछन् । वाटर वेडिंग नेक्स्ट–जेन रेन्जरले ७ किलोमिटर प्रति घन्टाको गतिमा ८०० एमएम सम्मको वाटर वेडिंङको क्षमता प्रदान गर्दछ । नेक्स्ट–जेन रेन्जरले सडकमा जस्तै पानीमा पनि सजिलैसँग ड्राईभ सुनिश्चित गर्न व्यापक कम्प्युटर–सहायतामा शीर्ष इन्जिनियरिङहरुको परीक्षण तथा निगरानीमा पानीमा अगाडि र पछाडी दुवै तर्फ परीक्षण गरिएकाे कम्पनीले जानकारी दिएकाे छ । अन्डरबडी प्रोटेक्सन अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा खेरि यसको अत्यावश्यक कम्पोनेन्टहरू सुरक्षित गर्न मद्दत गर्छ । नेक्स्ट–जेन रेन्जरका सेलेक्ट मोडलहरूमा स्टेयरिङ, सम्प, ट्रान्समिसन र ट्रान्सफर केसका लागि सुरक्षात्मक अन्डरबडी शिल्डहरू रहेका छन् जुन प्रेस र फोल्डेड लेजर–कट स्टिलबाट बनाईन्छ । प्रेस र फोल्डेडे लेजर कट स्टिलले मात्र फोल्ड गरिएको स्टिलभन्दा दरिलोपन र तौलको अनुपातमा बढी मजबुत हुन्छ । ग्राहकहरुको छनौट तथा मूल्यको आधारमा प्लास्टिक अन्डरबडी प्रोटेक्सन शील्ड पनि उपलब्ध छ । यी शील्डहरु सुरक्षित रूपमा सवारी साधनको चेसिसमा बोल्ट गरिएको छ जसले गाडीको पूर्ण बडी संरचनासँग पूरकको रुपमा रहन्छ । नेपालमा २०२२ नेक्स्ट–जेन फोर्ड रेन्जरको लागि एक्सएल मोडेलको मूल्य १ कराेड ५ लाख ९० हजार, एक्सएलटीको लागि १ कराेड १९ लाख ९० हजार र वाइल्डट्राकको लागि १ करेाड ४५ लाख ९० हजार रहेको छ ।

कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउनु : स्वास्थ्य मन्त्रालय

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै डेङ्गुबाट बच्नका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘दिनको समय, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने हुनाले, डेङ्गु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुनु र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीमा अनुरोध छ ।’ डेङ्गु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । डेङ्गुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान तीव्र बनाइएको समेत उनले बताए । मन्त्रालयले डेङ्गु रोगको बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको जनाएको छ । मन्त्रालयले डेङ्गु नियन्त्रणको उपायका बारेमा विशेषज्ञसँग नियमित परार्मश बैठक र विभिन्न सरोकारवालासँग छलफल गरिरहेको उनले जानकारी दिए ।

एप्रिला रिफ्रेसमेन्ट राइड सम्पन्न

काठमाडौं । एम भी दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्श एण्ड सन्सले शनिबार एप्रिला रिफ्रेसमेन्ट राइड सम्पन्न गरेको छ । कम्पनीले भेस्पा र एप्रिलाको बालकुमारीस्थित शोरुमबाट पनौतीस्थित डाइमन्ड हिल रोसोर्टमा गएर रिफ्रेसमेन्ट राइड सम्पन्न गरेको हो । दुगड ब्रदर्श एण्ड सन्सका उपाध्यक्ष विजय महतोले रिफ्रेसमेन्ट राइडको मुख्य उदेश्य  मनोरञ्जन, अन्तरक्रिया र टु–विह्लर जीवनशैलीसँग सहभागिलाई जोडनु रहेको बताएका थिए ।राइडमा ३४ वटा एप्रीलिया स्कुटरमा ४१ जना राइडरले सहभागीता जनाउनुभएको थिए । दुगड ब्रदर्श एण्ड सन्सले यस अगाडि पनि राइडहरु आयोजना गर्दै आएको थियो । दुगड ब्रदर्श एण्ड सन्स नेपालको लागि भेस्पा र एप्रीलिया स्कुटरको आधिकारी विक्रेता हो ।

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त सीईओ बरालले सम्हाले कार्यभार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले कार्यभार सम्हालेका छन् । नवनियुक्त सीईओ बरालले भदौ २७ गतेदेखि लागू हुने गरी कम्पनीमा कार्यकारी अधिकृतको कार्यभार सम्हालेका हुन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई गत भदौ २३ गते कम्पनीको सीईओ पदमा नियुक्त गरेको थियो । यससँगै उनले आगामी चार वर्षसम्म कम्पनीको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । खुला प्रतिस्पर्धाबाट छनोट भएका तीन जनामध्ये सञ्चालक समितिले बराललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त सीईओ बरालसँग बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनले लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओको कार्यभार सम्हालिसकेका छन् । यसअघि कम्पनीको सीईओको कार्यभार सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझाले सम्हालिरहेका थिए । उनलाई अर्थमन्त्रालयले फिर्ता बोलाएसँगै कम्पनीले बराललाई नयाँ सीईओको रुपमा नियुक्त गरेको हो । ६ महिनाको लागि राष्ट्रिय बीमा कम्पनीमा पठाएको अर्थमन्त्रालयले अवधि नसकिँदै उनलाई मन्त्रालय फिर्ता बोलाएको छ ।