काठमाडौं । एम भी दुगड ग्रुप अन्तर्गतको दुगड ब्रदर्श एण्ड सन्सले शनिबार एप्रिला रिफ्रेसमेन्ट राइड सम्पन्न गरेको छ । कम्पनीले भेस्पा र एप्रिलाको बालकुमारीस्थित शोरुमबाट पनौतीस्थित डाइमन्ड हिल रोसोर्टमा गएर रिफ्रेसमेन्ट राइड सम्पन्न गरेको हो ।
दुगड ब्रदर्श एण्ड सन्सका उपाध्यक्ष विजय महतोले रिफ्रेसमेन्ट राइडको मुख्य उदेश्य मनोरञ्जन, अन्तरक्रिया र टु–विह्लर जीवनशैलीसँग सहभागिलाई जोडनु रहेको बताएका थिए ।राइडमा ३४ वटा एप्रीलिया स्कुटरमा ४१ जना राइडरले सहभागीता जनाउनुभएको थिए ।
दुगड ब्रदर्श एण्ड सन्सले यस अगाडि पनि राइडहरु आयोजना गर्दै आएको थियो । दुगड ब्रदर्श एण्ड सन्स नेपालको लागि भेस्पा र एप्रीलिया स्कुटरको आधिकारी विक्रेता हो ।