काठमाडौंको सुन्दरबस्ती भङ्गालमा एभरेष्ट बैंककाे ११९ औं शाखा
काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घाटन गरेको छ । बैंकले मंगलबार उक्त शाखाको उद्घाटन गरेको हो । बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । बैंकले आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
धितोपत्र दलालको पूँजी ६० करोड र व्यापारीको पूँजी १५० करोड रुपैयाँ हुनुपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र व्यवसायाी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (चौथौ संशोधन) २०७९ सार्वजनिक गरेको छ । यो नियमावली लागु भएको ३ वर्षपछि बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुबिधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी नयाँ अनुमति पत्रको लागि आवेदन खुला गर्नेछ । बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि नियमावली प्रारम्भ भएको ३० दिनको समय दिएर इच्छुक संगठित संस्था वा कम्पनीबाट धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि मात्रै आवेदन खुला गर्नेछ । नियमावलीको ३ को उपनियम १ मा धितोपत्र व्यवसायीले पुर्वाधार तयार पार्दा बोर्डलाई जानकारी गराउनु पर्नेछ । सोही व्यवस्थाको उपनियम २ मा तोकिएको समयभित्र न्यूनतम पूर्वाधार तयार नभएमा आवेदन रद्द हुने व्यवस्था मिलाएको हो । अनुसूची ९ अनुसार धितोपत्र दलाल सिमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि २० करोड रुपैयाँ, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि ४० करोड रुपैयाँ र धितोपत्र व्यापारीका लागि १५० करोड रुपैयाँ चुक्ता पूँजी हुनेगरी नियमावली संशोधन गरिएको हो । यो नियम प्रारम्भ हुँदा सञ्चालनमा रहेका धितोपत्र दलाल तथा व्यापारीले २०८२ असार मसान्तभित्र तोकिएको चुक्ता पूँजी वृद्धि गर्न सक्नेछन् । मर्जर तथा एक्विजीशनमार्फत् पूँजी वृद्धि गर्न सक्ने भएका छन् । [pdf id=351599]
तीन वर्षमा विदेशी कम्पनीले लगे ६६ अर्ब लाभांश, सबैभन्दा बढी सूचना प्रविधिबाट, कुन क्षेत्रबाट कति बाहिरियो ?
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा लगानी गरेवापत् विदेशी कम्पनीहरुले २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । नेपाल राष्ट्र बैंकले नेपालमा प्रत्यक्ष विदेशी लगानी सम्बन्धि गरेको एक सर्वेक्षणका अनुसार विदेशी कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा सो रकम लाभांशका रुपमा विदेश लिएका हुन् । आर्थिक वर्ष २०७७/७८ मा सूचना प्रविधिमा लगानी गरेवापत बढी लाभांश फिर्ता लिएको देखिएको छ । विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेवापत् सूचना प्रविधि क्षेत्रबाट १३ अर्ब ९८ करोड ४० लाख रुपैयाँ लाभांशका रुपमा फिर्ता लिएका हुन् । सोही वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी गरेवापत ६ अर्ब ७४ करोड ७० लाख, विद्युतीय उपकरणमा लगानी गरेवापत् ३ अर्ब ८१ करोड ६० लाख, बैंक तथा बीमा क्षेत्रमा लगानी गरेवापत् ८६ करोड ८० लाख, शिक्षा क्षेत्रमार्फत् ३० करोड ३० लाख र अन्य क्षेत्रबाट ३५ करोड ७० लाख रुपैयाँ लाभांश फिर्ता लिएको देखिएको हो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले कुल १२ अर्ब ९० करोड ६० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । सो वर्ष सबैभन्दा उत्पादलनमुलक क्षेत्रबाट लाभांश बढी बाहिरिएको छ । उत्पादनमुलक क्षेत्रमार्फत् सो वर्ष ७ अर्ब ५२ करोड ७० लाख रुपैयाँ बाहिरिएको छ । सोही वर्ष बैंक तथा बीमा क्षेत्रमार्फत् ४ अर्ब ७९ करोड ९० लाख रुपैयाँ, शिक्षामार्फत् ३४ करोड ७० लाख, विद्युतीय उपकरणमार्फत ३ करोड २० लाख, निर्माण क्षेत्रमार्फत् ५ करोड, खाद्य सेवामार्फत् ४ करोड २० लाख र अन्य क्षेत्रमार्फत् ९ करोड ७० लाख रुपैयाँ लाभांश विदेशिएको छ । आर्थिक वर्ष २०७५/७६ मा २७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ लाभांश बाहिरिएको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । सो आर्थिक वर्षमा पनि सबैभन्दा बढी सूचना प्रविधिको क्षेत्रमा लगानी गरेवापत बढी लाभांश विदेश फिर्ता भएको छ । सो वर्ष सूचना प्रविधिमा लगानी गरेवापत मात्रै १२ अर्ब ५४ करोड १० लाख रुपैयाँ लाभांश विदेशी कम्पनीहरुले फिर्ता लिएका छन् । सोही आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी गरेवापत् पनि ९ अर्ब ७७ करोड ९० लाख रुपैयाँ लाभांश विदेशी कम्पनीले फिर्ता लिएका छन् । तीन आर्थिक वर्षको गणना गर्दा विदेशी लगानीका कम्पपनीहरुले कुल ६६ अर्ब ७६ करोड २० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । यो अवधिमा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रबाट बढी पैसा बाहिरिएको छ । सम्बन्धित सामग्री : एनसेलपछि धेरै लाभांश विदेश लानेमा सूर्य नेपाल, कुन कम्पनीले कति लगे ?
महालक्ष्मी विकास बैंकले दियाे ५० हजारकाे नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती
काठमााडौं । महालक्ष्मी विकास बैंकले कैलालीस्थित श्री त्रिनगर माध्यामिक विद्यालयको कक्षा ९ मा अध्यनरत छात्रा हिरा जोशीलाई नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ । बैंकका धनगढी शाखाका शाखा प्रमुख झंकार बहादुर कडायतले एक कार्यक्रममा जोशीलाई ५० हजार बारबरको छात्रवृत्ति प्रदान गरेका हुन् । अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले हिराको अध्यापनमा सहयोग स्वरुप बैंकले छात्रवृत्ती प्रदान गरेको जनाएको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व। नवराज बहादुर सिंहको स्मृतिमा नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती स्थापना गरेको बैंकले जानकारी दिएको छ । उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापनका अध्यक्ष प्रेम बिसीले विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पुर्याउने बताएका थिए । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ । बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
‘नमस्ते पे’को हरेक सेवामा क्यासब्याक, एपमार्फत दशैंको दक्षिणा दिँदा पुरै पैसा फिर्ता
काठमाडौं । नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्व लाई लक्षित गरी फेस्टिभ क्यामपेन सार्वजनिक गरेको छ । ४९ दिनसम्म चल्ने नमस्ते पे को यस क्यामपेनमा प्रयोगकर्ता विभिन्न सेवाहरुमा विभिन्न अफरहरु पाउनेछन् । यस अभियानको बम्पर अफरमा ७ भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन । जति धेरै कारोबार गरे त्यति नै धेरै भाग्यशाली विजेता बन्ने सभ्भावना बढी हुने कम्पनीले बताएको छ । कम्पनीको अनुसार अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (वालेट टु वालेट र लोड फण्ड बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन् । त्यसैगरी, नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने छ । हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले १ हजार क्यासब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट नि:शुल्क पाउनेछन् । यति मात्र नभएर दशैं दक्षिणाको रूपमा आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जनाले १०० प्रतिशत क्यासब्याक, मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक पाउनेछन् । यसमा कम्पनीले प्रयोगकर्ताहरूलाई ३ पटकसम्म प्रयोग गर्न पाउने प्रोमोकोड उपलब्ध गराउने छ । साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरु, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न अफर प्रदान गर्ने जनाएको छ ।
भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छ: अध्यक्ष लिङ्देन
पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापले नै मुलुक समस्यामा पर्दै गएको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेलामा उनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरे । मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले यसअघि पर्वतको मोदी गाउँपालिकामा राप्रपाको पालिकास्तरीय कार्यालयको उद्घाटनसमेत गरेका थिए । रासस
बालअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानमा उल्लेखित बालअधिकार कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले राष्ट्रिय बालअधिकार दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरमा आयोजित बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा बालबालिकाको प्रश्नसँगको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले सबै पक्षले हातेमालो गरे मात्र कानुन कार्यान्वयनमा सहजता हुने बताए । मुख्यमन्त्री शाहीले बलात्कार जस्तो जघन्य अपराध नेपालमा ठूलो समस्या बनेकोतर्फ प्रदेश सरकार गम्भीर रहेको भन्दै यस्ता अपराध हुन नदिन सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिए । ‘यस्ता अपराध न्यूनीकरण गर्न सबै जुट्नुप¥यो, म अस्ती जुम्लामा जाँदा चार वर्षीया बालिका बलात्कृत भएको घटना थाहा पाए । यस्ता घटना न्यूनीकरणको लागि हामी सबै एक भएर अगाडि बढौँ ।’ उनले भने, ‘छुवाछूत विरुद्धको कानुन त विसं २०२० मा बनिसकेको थियो नी, तर छुवाछूत त अहिलेसम्म नै कायम छ, यसो हुनु भनेको चेतनाको कमीले हो । त्यसैले हामी सबैले हातेमालो गरेर बालअधिकार सुनिश्चित गर्न सक्छौँ ।’ बालविवाह न्यूनीकरणमा सरकार लागि रहेको भन्दै उनले यसको लागि पनि सचेतना नै आवश्यक हुने उनको भनाइ छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए । मुख्यमन्त्रीलाई बालबालिकाको प्रश्नै प्रश्न कार्यक्रममा बालबालिकाले मुख्यमन्त्री शाहीलाई बालअधिकारका कुरा कागजमा मात्रै नभएर कार्यान्वयन पनि जोड दिन माग गर्दै प्रश्नैप्रश्न सोधका थिए । उनीहरुले बालबालिका अहिले पनि श्रममा परिरहेको, बालिका बलात्कार बढ्दै गएकोतर्फ सरकारले किन ध्यान दिन नसकेको भन्दै मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए । जनमावि सुर्खेतमा कक्षा १२ पढ्दै गरेकी आसिका खत्रीले बालिका बलात्कृत भइरहेको भन्दै बलात्कृत भएपछि पैसामा न्याय साटिने प्रवृतिको अन्त्य गर्न सरकारको किन ध्यान पुग्न नसकेको भन्दै प्रश्न गरिन् । ‘बलात्कृत भएको बालिकालाई न्याय त दिइएला, उसको जीवन नष्ट भइसकेको हुन्छ, तर न्याय जग्गा र पैसामा साटेर न्याय दिलाइन्छ । यसले बालअधिकार हनन गर्दैन र ‘ उनको प्रश्न थियो । सुर्खेतकै कृति काफ्लेले पनि कर्णालीमा बालविवाहको अवस्था गम्भीर रहेको भन्दै बालविवाह विरुद्धका बनेका कानुनहरु कार्यान्वयन हुन नसकेको कारण जिज्ञासा राख्दै भने, ‘हाम्रो ठाउँमा धेरै बालविवाह भइरहेका छन । त्यो मुख्यमन्त्रीलाई पनि थाहा छ, बालविवाह विरुद्धका कानुनहरु पनि बनेका छनु । मुख्यमन्त्रीले ति कानुन सक्रियतापूर्वक किन कार्यान्वयन गर्न सक्नुभएको छैन ‘ सुर्खेत जनमाविका छात्र खगेन्द्र विकले नेपालको संविधानले व्यवस्था गरेको बालअधिकार अन्तर्गतका जोखिममा रहेका बालबालिकाको राज्यले संरक्षण गर्ने भनिएको बताउँदै यसको कार्यान्वयनको अवस्थाका बारेमा मुख्यमन्त्री शाहीलाई सोधेका छन् । कार्यक्रममा विभिन्न जिल्लाका बालबालिकाहरुले टेलिफोन र भिडियोमार्फत मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए भने राउटे समुदायका बालबालिकाले राउटे बालबालिकालाई प्रदेश सरकारले के गर्छ भनेर प्रश्न सोधेका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद कार्पी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी वक्ताको रुपमा रहेका छन् ।
प्रचण्डको घरबेटीको कम्पनी कालोसूचीमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आएको घरबेटी सारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्ट्रक्सन कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गत साउन ८ गतेदेखि १ वर्षसम्मका लागि सो कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सो कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार शैलुङ कन्ट्रक्सनले कालो सूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैन । शैलुङ कन्ट्रक्सन सँगै सार्वजनिक खरिद अनुगमन कार्यालयले श्री आरभाली इन्फ्रापावर लिमिटेडलाई पनि कालोसूचीमा राखेको छ । ती २ कम्पनीका सञ्चालक विकास पुरी र अनुप अधिकारी रहेको कार्यालयले आफ्नो वेबसाइटमा विवरण उल्लेख गरेको छ । शैलुङ कन्ट्रक्सनलाई कालो सूचीमा राख्नको लागि अनुगमन कार्यालयलाई सडक सुधार तथा विकास आयोजना निर्देशनालय, भक्तपुर–नगरकोट–सिपाघाट, बालाजु, त्रिशुली/छहरे–विदुर सडक योजना, बत्तिसपुतली, काठमाडौंले सिफारिस गरेको कार्यालयले उल्लेख गरेको छ ।