विकासन्युज

भदाै ३१ गतेबाट भृकुटीमण्डपमा ‘सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी’ एक्स्पाे हुने

काठमाडौं । सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटीमण्डपमा हुने भएकाे छ । खाद्य, पेय पदार्थ र आतिथ्यतामा केन्द्रित यस एक्स्पाे भदाै ३१ गतेदेखि असोज २ गतेसम्म हुने भएकाे हाे । एक्स्पाेम ६० प्रतिशत विगत वर्षहरूबाट र बाँकी नयाँ प्रदर्शकहरु रहने आयाेजकले जानकारी दिएकाे छ । एक्स्पाेमा करिब १५० कम्पनीहरुबाट करिब ५००० उत्पादन र सेवाहरु प्रस्तुत गरिने आयाेजकले जानकारी दिएकाे छ । एक्स्पाे  फुड, बेभरेज एण्ड हस्पिटालिटी बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजक बताउछन् । आयाेजकले एक्स्पाेमा ३० हजार बढी आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेकाे बताएकाे छ ।

प्रधानमन्त्री देउवासँग अध्यक्ष ली को शिष्टाचार भेटवार्ता सिंहदरबारमा सुरु

काठमाडाै‌ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि देखि शिष्टाचार भेटवार्ता सुरु भएको हो । सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गरेका थिए । रासस

नेपालमा ५५ देशको २ खर्ब २७ अर्ब लगानी, भारतबाट मात्रै ७५ अर्ब ८१ करोड

काठमाडौं । नेपालमा ५५ वटा देशले २ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणमा २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ लगानी देखिएको हो । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७÷७८’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई रु.२२७ अर्ब ९५ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो । २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु.७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट रु.३३ अर्ब, आयरल्याण्डबाट रु.१६ अर्ब ४८ करोड, सिङ्गापुरबाट रु.१५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु.१४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ । समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन भक्स्क्रोसँग साझेदारी गरेको छ । अरुको तुलनामा फरक भएर सेवा दिने योजनाका साथ आएको बैंकले गेटडेस्ट सफ्टवेयरबाट कलसेन्टर साझेदारी गरी गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको जानकारि दिएकाे छ । सन् २०१८ देखि सञ्चालनमा आएको भक्स्क्रो एक डिजिटल संचार प्लेटफर्म प्रदायक हो । गेटडेस्क (क्लाउडबेस्ड कल सेन्टर सफ्टवेयर) र रिङ्गेज ९बल्क अटोमेटेड भोइस ब्रोडकास्टिङ सलुसन० भक्स्क्रोको मुख्य उत्पादनहरू हुन् । यसअघि भक्स्क्रोले सिएनआवाइइएफ नेपालले आयोजनामा गरेको कार्यक्रममा ‘कस्टमर एक्सिलेन्स अवार्ड २०२२’ को विजेता र अध्यन्त्र फाउन्डेसनको तर्फबाट ‘सिएनआवाइइएफ स्टार्ट अप फेस्ट २०२२’ बाट एक करोड रुपैयाँ फन्ड कलेक्सन समेत गरिसकेको छ । भक्स्क्रोले अहिलेसम्म ६५ भन्दा बढी कम्पनीलाई सेवा दिएको छ । भक्स्क्रोले प्रत्येक कलमा पारदर्शिता सिर्जना गर्न, नेपाली व्यवसायहरूलाई डिजिटल सञ्चार प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ । भक्स्क्रोको सहायताबाट गेटडेस्क, ब्लाजेन, फ्रन्टडेस्क लगायतका सफ्टवेयर प्रयोग गरि ग्राहकले कस्टमर सर्भिस डिपार्टमेन्ट, सेल, टेलिमार्केटिङ डिपार्टमेन्ट, आइभिआर, भोइस ब्रोडकास्ट वा व्यवसायीक सञ्चारको सेवा लिन सक्नेछन् । यसले ग्राहकलाई प्रत्येक कलमा स्पष्ट जानकारी प्रदान गर्नेछ । ६ सयभन्दा बढी ग्राहक सेवा प्रतिनिधि र विक्रेतालाई सेवा दिई १५० प्रतिशतभन्दा बढी उत्पादकत्व बढाएको भक्स्क्रो, नेपालको पहिलो कलसेन्टर टेक्नोलोजी प्रवर्तक कम्पनी हो । पठाओ, एमआई नेपाल, फुडमाण्डु, टिभिएस, फोनपे, बुद्ध एयर, उपासिटी काग्रो, नर्भिक हस्पिटल, आईमार्क डिजिटल, इबिमा, निमा एकेडेमी, टिडिओ नेपाल, साथीमार्ट लगायत ७० वटाभन्दा बढी संस्थाहरूले ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गरिरहेका छन् । भक्स्क्रोले एनजीओ, आईएनजीओ, इकमर्स, राइड हाइलिङ, डेलिभरी एण्ड लजिस्टिक, हेल्थकेयर, फिन्टेक लगायत १० वटा विभिन्न इन्डस्ट्रिहरूमा आफ्नो छाप छोड्न सफल भएको कम्पनीको दावी छ ।

सरकारले विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकृत गर्ने

काठमाडौं । सरकारले विश्व बैंकबाट उपलब्ध हुने ३५ अर्ब रुपैयाँ अर्थात् दुई सय ७५ मिलियन डलर सहुलियत ऋण स्वीकृत गरेको छ । उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने बताइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् वैठकले गरेको निर्णय आज यहाँ सार्वजनिक गर्दै यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि सो ऋण स्वीकृत गरिएको बताए । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरणका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए । त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको नेतृत्वको टोलीललाई अन्तर्राष्ट्रिय सर्वोच्च लेखापरीक्षण सङ्गठनको २४औँ महाधिवेशमा सहभागिता जनाउन स्वीकृत दिने, बेरुजु फछ्र्यौट अनुगमन समितिको सचिवालयमा आर्थिक वर्ष २०७९/८० का लागि राजपत्राङ्कितस्तरको दरबन्दी स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ । संयुक्तराज्य अमेरिकाको वासिङ्गटन डिसीमा आगोजना हुने विश्व बंैक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्रीसहितको टोलीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ । आगामी असोज ८ र ९ गते स्वीडेनको स्टक होममा आयोजना हुने युरोपियन रिजनल मिटिङमा सहभागी हुन कानूनमन्त्रीको भ्रमण स्वीकृत गर्ने, नेपाल र रोमानियाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृती दिने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा भाडामा उपलब्ध गराउन, मधेस प्रदेश चिडियाखाना स्थापना, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत आव २०७९/ ८० का लागि अस्थायी दरबन्दी, जिल्ला समन्वय समिति प्यूठानको जग्गा गौमुखी गाउँपालिका प्यूठानका नाममा हकहस्तान्तरण र सामाजिक सुरक्षा दोस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय भएको बताइएको छ । रासस

रेमन्डको सातौं शोरुम गोल्फुटारमा

काठमाडौं । विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमन्डले नेपालमा आफ्नो सातौं शोरुम गोल्फुटार ६, बुढानिलकण्ठमा उद्घाटन भएको छ । सोमबार पुर्व राष्ट्रिय क्रिकेट टिमका कप्तान पारश खड्काले उक्त शोरुमको उद्घाटन गरेका हुन् । नयाँ शोरुममा टेलरिङ्ग सेवा बाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाईन्ट तथा अन्य रेडिमेड सामाग्रीहरु उपलब्ध रहेको सोरुमले जानकारी दिएको छ । रेमण्ड ब्राण्डका कपडाहरुमा खुम्चीने समस्या नआउनुका साथै चर्को घामको किरणले समेत कुनै असर नपार्ने रहेको सोरुमले जनाएको छ । सटिङ्ग सुटिङ्गका साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री अष्ट्रेलियाबाट ल्याइने रेमण्डका अध्यक्ष संजय अधिकारीले बताए । उनले आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएकाले उपभोक्ताहरुलाई ठगिने आशंकाबाट ढुक्क भइ रेमण्ड ब्राण्ड खरिद गर्न सक्ने बताए । नेपालको पुतली सडकमा रेमन्ड ब्राण्डको आधिकारीक शोरुम पहिलो पटक सन १९९९ मा संचालनमा आएको थियो । गोल्फुटारमा नयाँ खोलिएकोे आउटलेटसहित रेमन्डका ब्राण्डहरु देशका विभिन्न ६ स्थान दवारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा रहेका छन् ।

सजिलो सेवाले ल्यायो नयाँ ‘सजिलो सेवा एप’

काठमाडाैं । घर, अफिस, होटल तथा अन्य संघसंस्थाका लागि अनलाइनमार्फत परामर्श तथा मर्मत सेवा दिँदै आएको स्टार्टअप कम्पनी सजिलो सेवाले एप सार्वजनिक गरेकाे छ । कम्पनीले एन्ड्राेइड र आइवाेएस दुवैमा डाउनलाेड गरी प्रयाेग गर्न मिल्ने गरी सजिलाे सेवा नाम गरेकाे एप सार्वजनिक गरेकाे हाे । कम्पनीले अब यस एप मार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिंग, ड्राइभर, क्लिनिंग तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गर्ने जनाएकाे छ । कम्पनीकाे अनुसार एपबाट सहजै सेवा बुकिङ गर्न सकिने, सेवाहरुको मूल्य पारदर्शी रूपले एपमा देख्न सकिने, सेवा बुकिङ गर्नु अगावै आफुलाई चाहिएको सेवाको इस्टिमेट सहजै तुरुन्त प्राप्त गर्न सकिने, आफ्नो अर्डरको स्थिति लाइभ अपडेट लिन मिल्ने, ३० दिनको सर्भिस वारेन्टीका साथै एप मार्फत विभिन्न छुट तथा क्यासब्याक पाइने छ । कम्पनीले कार्तिक ७ गतेसम्मकाे लागि एप डाउनलाेड गर्ने ग्राहककाे लागि आइफोन ११ जित्ने माैका, प्रमोकोड ‘sajiloapp’ प्रयोग गरेर आफ्नो पहिलो अर्डरमा ५० प्रतिशत छुटका साथै एनआइसी एशिया कार्ड र क्युआर, इसेवा र खल्तीबाट भुक्तानी गर्दा ३०० रुपैयाँसम्म क्यासब्याक पाइने व्यवस्था मलाएकाे छ । जुन २०१७ मा २ म्यानेजमेन्टका विद्यार्थी र १ इन्जिनियरले काठमाडौंका घर तथा अफिसलाई दैनिक रुपमा चाहिने विद्युत तथा प्लम्बिंग सम्बन्धी सानोतिनो समस्याको लागि सेवा चाहिँदा खेप्नुपर्ने सास्तीलाई समाधान गर्न ‘सजिलो सेवा’ सेवा गरेका हुन् । यस कम्पनी टेलिभिजन रियालिटी शो ‘आइडिया स्टुडियो भाग २’ काे विजेता पनि रहेकाे छ ।

माछापुच्छ्रे बैंकका ग्राहकले टिभी र इन्टरनेट प्याकेज इएमआइमा पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक, एनआइटिभी स्ट्रिम्ज प्राइभेट लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसनबीच त्रिपक्षिय सम्झौता भएको छ । बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई इएमआइ सुविधामा टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा एनआइटिभी स्ट्रिम्ज र वल्र्डलिंक कम्युनिकेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टापे सुविधा मार्फत टिभी तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज इएमआइमा लिन सकिने छ । एनआइटिभी स्ट्रिम्ज र वल्र्डलिंकले संचालन गरेको फेस्टिभिटिवाइ अफरमा ग्राहकले करिब ५६ प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्नेछन् । यस बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।