विकासन्युज

एनआईसी एशिया बैंकको खातामा अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने 

काठमाडाैं । एनआईसी एशिया बैंकले खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने सेवाको सुरुवात गरेकाे छ । बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूकाे लागि याे नयाँकाे सेवा सुरुवात गरेकाे हाे । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकहरूले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । यस सेवा अन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ । जसका लागि रकम पठाउनु हुने विदेशी तथा स्वदेशीले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् । बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ ।

रिलायन्स लाइफले बाँकेका प्रत्येक छोरीको बीमा गरिदिने, वर्षमा ५ हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले जानकी गाउँपालिका बाँकेका प्रत्येक छोरीको बीमा गरिदिने भएको छ । इन्स्योरेन्सले उक्त गाउँपालिकामा २०७९ साउन १ गतेपछि जन्मिएका सबै छोरीको बीमा गर्ने भएको हो । इन्स्योरेन्सले ‘मेरो मुटु बाल जीवन बीमा’ योजना अन्तर्गत उक्त बीमा गरिदिने भएको हो । २० वर्ष अवधिको यो योजना अन्तर्गत वार्षिक ५ हजार रुपैयाँ मात्रै बीमाशुल्क (प्रिमियम) तिर्नुपर्ने छ । उक्त बीमा सम्बन्धी सम्झौता गत भदौ २८ गते सम्पन्न भएको हो । इन्स्योरेन्सले आगामी दिनमा समेत नेपालको कुनैपनि स्थानीय सरकारसँग हातमा हात मिलाएर यस्ता योजनाहरू ल्याउने कम्पनीका क्षेत्रीय प्रबन्धक दिपककुमार ओलीले बताए । बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपककुमार ओलिले हस्ताक्षर गरेका थिए । उक्त सम्झौतामा जानकी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्ण बहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेका उपस्थिति रहेको थियो ।

सेयर बजार उकालो यात्रामा, नबिल बैंकको सर्वाधिक सेयर कारोबार

काठमाडौं । दशैं तिहार चाडपर्व नजिकिएसँगै पूँजी बजारमा हरियाली छाएको छ । नेपालको अर्थतन्त्रक सूचकहरुमा सकारात्मक परिवर्तन देखिन थालेपछि पनि सेयर बजार बढेको लगानीकर्ताहरु बताउँछन् । यस्तै, केन्द्र सरकार र प्रदेश सरकारको चुनाव नजिक आएसँगै सकारात्मक प्रभाव सेयर बजामा नै थालेको सेयर जानकारहरु बताउँछन् । सेयर बजार उकालो लाग्ने संकेत देखेपछि कारोबार रकम पनि बढिरहेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ अंकमा बन्द भएको छ । यसअघि हिजो मंगलबार नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ अंकमा बन्द भएको थियो । आज दिनभरिमा २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर ३१ हजार २३ पटक खरिदबिक्री हुँदा १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार बैंकिङ समूह १.८६ प्रतिशत, विकास बैंक समूह ४.८२ प्रतिशत, फाइनान्स समूह ५.९३ प्रतिशत, होटल तथा पर्यटन समूह २.५६ प्रतिशत, जलविद्युत समूह ३.६२ प्रतिशत, लगानी समूह २.५५ प्रतिशत, जीवन बीमा समूह १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.२७ प्रतिशत, लघुवित्त समूह २.४३ प्रतिशत, म्युचुअल फण्ड समूह १.२४ प्रतिशत, निर्जीवन बीमा समूह १.४९ प्रतिशत, ब्यापार समूह ५.७५ प्रतिशत र अन्य समूह २.९ प्रतिशतले बढेको छ । आज ग्रीन डेभलपमेन्ट बैंक सेयर मूल्य १० प्रतिशत, लिवर्टी इनर्जीको सेयर मूल्य ८.३२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोको सेयर मूल्य ७.८१ प्रतिशत बढेको छ । यस्तै, एनआईसी एशिया फ्लेक्स क्याप फण्डको सेयर मूल्य भने १० प्रतिशत घटेको छ । यस्तै, नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको ६ करोड ५१ लाख ६९ हजार ३२८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख ७ हजार ७२२ रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ३४ लाख ४७ हजार ९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

ब्रोडवे इन्फोसिसले आइसिटी अवार्डमा ट्रेनिंङ पार्टनरको रुपमा सहकार्य गर्ने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि ट्रेनिंङ पार्टनरको रुपमा ब्रोडवे इन्फोसिस रहने भएको छ । मंगलवार ब्रोडवे इन्फोसिस सिइओ राजु अधिकारी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘ट्रेनिंङ पार्टनरको’को रुपमा ब्रोडवेले अवार्डमा सहभागी विद्यार्थीको लागि डिजिटल स्किल डेभलपमेन्टको लागि पनि सहयोग गर्नेछ । ब्रोडवे इन्फोसिस अग्रणी आइटी ट्रेनिंङ कम्पनी हो, जसले सन् २००८ देखि प्रोफेसनल कोर्सहरु मार्फत १० हजार बढी विद्यार्थीलाइ स्किल विकास गर्दै सर्टिफाईड र जब प्लेसमेन्टमा काम गरिसकेको छ । कम्पनी आइएसओ ९००१:२०१५ बाट सर्टिफाइड भएर बजारमा अग्रणी ट्रेनिंङ कम्पनिको रुपमा काम गरिरहेको कम्पनीले विदेशमा रहेका विद्यार्थी तथा प्रोफेसनलको लागि पनि अनलाइन तालिमहरु प्रदान गरिरहेको छ । ब्रोडवेमा ७० बढी दक्ष प्रोफेसनल मार्फत अफलाइन तथा अनलाइनमा १०० बढी कोर्षहरु संचालन गरिरहेको छ । कम्पनीले विद्यार्थीसँगै सरकारी तथा निजि कर्मचारीहरुको लागि विभिन्न तालिमहरु संचालन गर्दै आएको छ । सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुँदैछ । लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना विज्ञजुरी सदस्य र १५ जना विशिष्ट सल्लाहकारहरु रहेका छन् । यस वर्ष साउथ एसिया बाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेप्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ । आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा हुँदैछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कात्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम हुँदैछ ।

कैलालीमा ‘टिस्यु कल्चर’ प्रविधिमा केरा खेति गर्न किसान आकर्षित

भजनी । कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेति ‘हब’को रुपमा बिकसित हुदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्वपूर्ण क्षेत्रको रुपमा बिकासहुँदै गएको टीकापुर क्षेत्रमा किसानले ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवा लगाउन थालेपछि केरा खेति हबको रुपमा बिकसित भएको हो । ल्यावमा उत्पादन हुने ‘टिस्यु कल्चर’ प्रबिधिका बिरुवाले केरा उत्पादनमा वृद्धि हँुने भएपछि किसानहरु त्यस्तो प्रबिधिमा आकर्षित भएका हुन् । राष्ट्रिय गौरवको आयोजना रानी, जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाईले केरा किसानहरूलाई अनुदान कार्यक्रममा सहयोग पुर्याउदै आएको छ । अनुदान कार्यक्रमबाट किसानलाइ ‘टिस्यु कल्चर’ पबिधिका केराका बिरुवा स्थानीयस्तरमा पाउन थालेपछि यसको खेतीमा किसानहरुको थप आकर्षण बढ्दै गएको छ । केरा खेतीका लागि प्रख्यात रहेको टीकापुर क्षेत्रमै ‘टिस्यु कल्चर’ प्रविधिका बेर्नाहरु सहज रुपमा पाउन थालेपछि यहाँका किसानलाई सहज भएको छ । टीकापुरका केरा किसान टेकेन्द्र धामीले पाँचवर्ष पहिलेबाट ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादित बिरुवाका लागि हाइटेक नर्सरी निर्माण गर्नु भएको छ । उक्त नर्सरीबाट उत्पादित बिरुवा टीकापुर लगायत नेपालका विभिन्न क्षेत्रमा बिक्रिवितरण हुने गरेको छ । ‘मैले सुरु गर्दा नवलपरासीसम्म बिरुवा निर्यात गरेको थिए ।,’ व्यवसायी धामीले भने, ‘अहिले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन अन्य ठाउँमा पनि सुरु भएपछि निर्यात घटेको छ ।’ के हो टिस्युकल्चर प्रविधि ‘टिस्यु कल्चर’ एउटा स्वास्थ्य विरुवाको निकै सानो कोष सेल बाट हजारौं विरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो । कुनै पनि स्वास्थ्य विरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्यावमा बायोटेक इञ्जिनियर प्राविधिकले विरुवा उत्पादन गर्दछन् । एउटा कोषलाई हाइटेक ल्यावमा नियमित ‘केमिकल’ को प्रयोग गरेर हुर्काउँदै साना साना कोषहरूमा विभाजन गरेर हजारौं विरुवा उत्पादन गर्न सकिने धामी बताउँछन् । विरुवाको कोषलाई हुर्काउन एउटा ल्यावमा ६ महिनासम्म लाग्दछ । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्यावबाट निकालेर झण्डै ३ महिनासम्म विरुवा हुर्काइन्छ । तीन महिनासम्म ल्यावमा हुर्किएको विरुवालाई जहाँको माटोको लागि तयार गरिएको हो, त्यही ठाउँमा ‘ग्रिनहाउस’ निर्माण गरेर राख्ने गरिन्छ । झण्डै तीन महिना ‘ग्रिनहाउस’ नर्सरीमा हुर्किएपछि मात्र यो विरुवा रोप्नका लागि तयार हुन्छ । कृषि विज्ञ तथा रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख गोविन्दराज जोशीका अनुसार ‘टिस्यु कल्चर’ विरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्ष लाग्छ । ‘अत्याधुनिक बायोटेक ल्यावभित्र नियमित केमिकलको सहायताले हुर्किने हुनाले एक वर्षमा बिरुवा रोप्नको लागि तयार हुन्छ ।’ जोशीले भने, ‘नर्सरीमै निकै सजगताका साथ हुर्किने हुनाले ‘टिस्यु कल्चर’ विरुवा अन्यको तुलनामा रोग कम लाग्ने, फल बढी दिने, रोगसँग लड्ने क्षमता बढी हुने हुन्छ । त्यसकारण पनि किसानको यस खालको प्रबिधिबाट केरा खेतिमा आकर्षण बढ्दै गएको देखिन्छ ।’ यसरी ‘टिस्यु कल्चर’ प्रबिधिबाट हुर्किएको विरुवालाई विभिन्न देशहरुमा पु¥याउन सजिलो हुन्छ । निकै सानो आकारमा विरुवा रहने भएकाले ढुवानीमा सजिलो हुने इकाई प्रमुख जोशी बताउँछन् । केरा मात्र नभई फलफूलका अन्य विरुवाहरु समेत ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादन गर्न सकिने जोशी बताउँछन् । टीकापुरमा कसरी सुरु भयो ‘टिस्यु कल्चर’ बिरुवा उन्नत बीउ अभावका कारण अपेक्षा अनुसार केराखेती फस्टाउन नसकेपछि टीकापुर नगरपालिका वडा नं। ४ का केरा किसान टेकेन्द्र धामीले केराको बिरुवा उत्पादनलाई प्राथमिकता दिए । सिँचाइ आयोजनाको समन्वयमा धामीले भारतको गुजरात स्थित अहमदाबादको एबीसी बायोटेक्नोलोजी कम्पनीबाट ‘टिस्यु कल्चर’ प्रविधि सम्बन्धी तालिम लिएर फर्केपछि यस प्रविधिबाट केराको बेर्ना उत्पादन सुरु गरेका हुन् । तालिम पश्चात आयोजनाले हाइटेक नर्सरी निर्माणका लागि ५० प्रतिशत अनुदानमा धामीले ‘टिस्यु कल्चर’ बिरुवा उत्पादन शुरु गरेका  थिए । धामी आफूले यस क्षेत्रमै पहिलो पटक ‘टिस्यु कल्चर’ प्रविधिको बेर्ना बिरुवा लगाएको दाबी गर्छन् । केराको बिरुवा उत्पादन सुरु गरेका धामीको आम्दानी मात्रै राम्रो छैन, उनले स्थानीय स्तरमै बिरुवा उपलब्ध गराउँदा कैयौं युवाहरु केरा खेतीमा आकर्षित भएका छन् । ‘पहिले ‘टिस्यु कल्चर’ प्रविधिबाट केरा खेती हुन्थेन, अहिले निकै लोकप्रिय बनेको छ,’ धामीले भने, ‘यो वर्ष दुई लाखपचास हजार रुपैयाँ बेर्ना बिक्री गरेका थियौं ।’ धामीका अुनसार अत्याधुनिक ल्यावबाट उपचारपछि उत्पादन गरिएका केराका बिरुवा रोग कमलाग्ने, रोगसँग लड्ने क्षमता बढी हुने, एकैनासको उत्पादन दिने हुनाले किसानको आकर्षण बढ्दै गइरहेको छ । ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादन गरिएको विरुवामा रोगसँग लड्ने क्षमता बढी हुँदा केराको उत्पादकत्व वृद्धि हुनाले यो प्रविधिमा किसानको निकै आकर्षण बढदै गएको केरा व्यवसायी हिक्मत विश्वकर्मा बताउँछन् । नर्सरीले उत्पादन गरिरहेका ‘विलयम’ र ‘जीनाइन’ जातका केरा कम समय र लगानीमा धेरै उत्पादनहुने गरेको केरा किसानहरु बताउँछन् । ”टिस्यु कल्चर’ प्रबिधिका विरुवाबाट छोटो समय र थोरै लगानीमा राम्रो उत्पादन पाएका छौं, केरा व्यवसायीकालागि यो प्रविधिनिकै लोकप्रियनै बन्यो,’ केरा व्यवसायी विनोद शाहले भने । ‘‘टिस्यु कल्चर’ प्रविधि भित्रिएसँगै यस क्षेत्रमा केरा किसानहरुको संख्या समेत थपिँदै गएको छ ।’ कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख गोविन्दराज जोशीले भने, ‘टीकापुरको हकमा यो प्रविधि भित्र्याउन आयोजनाले किसानलाई अनुदान समेत दिँदै आएका छौं ।’ आयोजनाले किसानहरुलाई केराको बेर्ना खरिदमा ५० प्रतिशत अनुदान समेत प्रदानगर्दै आएको इकाइ प्रमुख जोशी बताउँछन् । उनले आयोजनाले टीकापुरलाई केरा खेतीको हवको रुपमा विकास गर्नकै लागि वार्षिक अनुदानदिँदै आएको बताए । रासस

सानिमा बैंकका ग्राहकले दराजमा विशेष छुट पाउने

काठमाडाैं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने बैंकले जनाएकाे छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना भदाै २९ देखि गते असाेज ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी सुविधा लिँदा ५०० रुपैयाँको क्यासब्याक पनि प्रदान गर्नेछ । क्यासब्याक योजना असाेज १ देखि कार्तिक ३० गतेसम्म लागू हुने बैंकले जनाएकाे छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

चोलेन्द्रमाथिको अभियोग फौजदारी हो, आगामी संसदले पनि छानविन गर्न सक्छ – पूर्वन्यायाधीश फोरम

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लगाइएको महाअभियोगको कारवाही फौजदारी अभियोगको विषयवस्तु भएकोले हतारमा छानबिन गरेर प्रतिवेदन पेश गर्न नहुने पूर्व न्यायाधिश फोरमले जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै फोरमले राणाले पूर्व प्रधानन्यायाधीश र न्यायाधिशहरुमाथि लगाएको आरोपको खण्डन गर्दै सो कुरा जनाएको हो । फोरमले ‘नेपालको संविधानको धारा १०१ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीश उपर प्रारम्भ भएको महाअभियोगको कारवाही फौजदारी अभियोगको विषयवस्तु भएको र निजको बयानबाट निज उपरको कतिपय अभियोगमा सावित भई कसुर प्रमाणित भइरहेको अवस्थामा संविधानको धारा १०१ को उपधारा(८) को संवैधानिक व्यवस्था र भावना बमोजिम कसुरको परिणाम र दायित्व जीवित रहने भएकाले सो को छानविन न्यायिक प्रकृया बमोजिम’ गर्नुपर्ने बताएको छ । निष्पक्ष छानविनको आधारमा संसदमा प्रतिवेदन प्रस्तुत गर्नको लागि समय अभाव भएमा हतारमा प्रतिवेदन पेश गर्न नहुने भन्दै फोरमले संवैधानिक परम्पराअनुसार आगामी संसदले समेत सो को स्वामित्व ग्रहण गरी आफ्नो छानविन अन्तिम निष्कर्षमा पुर्याउनुपर्ने फाेरमले बताएको छ । फोरमले निलम्बित प्रधानन्यायाधीश राणाले सफाई पेश गर्ने क्रममा पूर्व न्यायाधीश फोरम नेपाल र सो संस्थासँग आवद्ध रहेका पूर्व प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको कुरामा संस्थाको गम्भिर ध्यानआकर्षण भएको जनाएको छ । पूर्व न्यायाधीश फोरमसँग आवद्ध कुनै पनि पूर्व प्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको विषयमा तथ्य पुष्टि गर्न माग गरेको छ ।

ग्रीन डभलपमेन्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण, एकै दिन सेयर मूल्य २५ रुपैयाँ बढ्यो

काठमाडौं । नेप्सेमा ग्रीन डभलपमेन्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । बुधबारको सेयर कारोबारमा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेपछि लगानीकर्ताको आकर्षण बढेको हो । बुधबार बैंकको १८ हजार ७५२ कित्ता सयेर १३८ पटक खरिदबिक्री हुँदा ५० लाख ४८ हजार ८३ रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात् २४.९० रुपैयाँ बढेर २७३.९० रुपैयाँ पुगेको छ । यसअघि बैंकको सेयर मूल्य २४९ रुपैयाँ रहेको थियो ।