विकासन्युज

‘सहकारीमा आबद्ध सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनु पर्छ’

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विनिता चौधरीले सहकारीमा आबद्ध सबै सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनुपर्ने बताएकी छिन् । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीस्थित कलश महिला कृषि सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनको आज आयोजित उद्घाटन कार्यक्रममा उनले सहकारीले कृषिमा लगानी गरी उत्पादन बढाई आबद्ध सदस्यलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने बताए । सहकारी अर्थतन्त्रको बलियो खम्बा भएको चर्चा गर्दै उनले प्रदेश सरकारले जनताको माग र आवश्यकताका आधारमा सहकारीमा लगानी गरिएको बताए । ‘स्थानीय सरकारसँग सहकार्य गरी सहकारीको उत्थानका लागि कार्यक्रम सञ्चालन गरेका छौँ’, उनले भने, ‘सहकारीमार्फत आर्थिक रुपमा विपन्न समुदायलाई व्यावसायिक बनाउन कार्यक्रम सञ्चालन गरिएका छन् ।’ सहकारीमार्फत रोजगारी सृजना गरी जानुपर्छ भन्ने सरकारको लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो । ‘प्राकृतिक प्रकोप जानकारी दिएर आउँदैन’, उनले भने, ‘त्यसैले सहकारीबाट कर्जा लिई व्यावसायिक कृषिमा संलग्न कृषकले अनिर्वाय रुपमा कृषि बीमा गराउनुपर्छ, बीमा गरिए सम्भावित जोखिमबाट बच्न सकिन्छ ।’ बीउ उत्पादनमा सुदूरपश्चिम प्रदेश देशमै दोस्रो स्थानमा रहेको उल्लेख गर्दै उनले यहाँ उत्पादित बीउ बाह्य जिल्लामा निर्यात भइरहेको बताए । सहकारीले बीउ उत्पादन र बजारमा पु¥याउनका लागि अहम् भूमिका खेलेको उनले बताए । सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशीले सहकारीले अग्र्यानिक तरकारी उत्पादनमा जोड दिई बेलडाँडीलाई कृषि पर्यटन गाउँका रुपमा विकास गरिनुपर्ने बताए । नगरप्रमुख रणबहादुर महराले कृषि उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाले कृषि विज्ञ नियुक्त गरी सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाउनका लागि छलफल गरिरहेको बताए । रासस

दशै‌‌‌‌‌मा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

काठमाडाै‌ । सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दशै‌ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ । रासस

किन निरीह र ‘दुई जिब्रे’ बन्दैछ राष्ट्र बैंक ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ब्याजदर बढाउने नीति अघि सार्यो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को लागि साउनमा मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर बढाउने सन्देश बैंकिङ बजारमा प्रवाह गर्यो । उसले ७ प्रतिशत रहेको बैंकदरलाई १.५ प्रतिशतले बढाएर साढे ८ प्रतिशत, साढे ५ प्रतिशत रहेको नीतिगत दरलाई ७ प्रतिशत र ४ प्रतिशत रहेको निक्षेप संकलन दरलाई साढे ५ प्रतिशत पुर्यायाे । त्यससँगै ट्रेजरी बिल्समा समेत १३.९९ प्रतिशत सम्मको छुट दियो । जुन ब्याजदर बढाउने राष्ट्र बैंकको अर्को महत्वपूर्ण अस्त्र थियो । साउनमा सार्वजनिक भएको मौद्रिक नीतिले भदौमा ब्याजदर बढ्छ भन्ने अनुमान धेरैले गरे । तर, भदौमा बैंकहरुले ब्याज बढाएनन् । ब्याजदर बढाए पनि निक्षेप नआउने भन्ने एक किसिमको ‘कन्फिडेन्स’ बैंकरहरुमा थियो । राष्ट्र बैंकको नीति विपरित बैंकहरु अगाडि बढे भन्ने हल्ला बैंकिङ क्षेत्रमा फैलियो । बैंकहरुको अडान देखेर राष्ट्र बैंक चुर बन्यो । बैंकहरुले ब्याज बढाउने निर्णय नगरेपछि बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्याय र उपाध्यक्ष सुनिल केसीसहितको टोलीले बारम्बार राष्ट्र बैंकको ‘सेकाइ’ खानु पर्ने अवस्था सिर्जना भयो । ब्याजदर बढाए पनि निक्षेप नआउने र बेकारमा बैंकहरुले ब्याज बढाए भनेर हल्लामात्रै फैलिने भन्दै ब्याज नबढाउने निर्णय बैंकर्स संघमा भइरह्यो । तर, उता राष्ट्र बैंकको ‘टार्गेट’मा भने अध्यक्ष र उपाध्यक्ष सहितको टोली परिरह्यो । तर, बैंकर्स संघले भने राष्ट्र बैंकलाई बजार हेरेर निर्णय गर्ने अडान लिइरह्यो । बैंकर्स संघले राष्ट्र बैंकको कुरा नटेरेपछि राष्ट्र बैंकका प्रतिनिधि र स्वयंम् गभर्नर महाप्रसाद अधिकारीले पनि ब्याजदर बढ्नु पर्ने धारणा सार्वजनिक कार्यक्रममै राख्न थाले । आन्तरिक रुपमा बैंकर्स संघलाई राष्ट्र बैंकको दबाब भने सहन नसक्ने किसिमको भएको बैंकर्स संघका एक अधिकारी बताउँछन् । ‘ब्याजदर बढाउ भनेर राष्ट्र बैंक साउनदेखि नै दबाब दिँदै आएको थियो, ब्याजदर बढाएर पनि निक्षेप नआउने देखेपछि हामीले नबढाउने भनेर राष्ट्र बैंकलाई कन्भिन्स गर्दै आयौं, ब्याजदर बढाएर बैंकहरुको कष्ट अफ फण्ड मात्रै बढ्ने अवस्था थियो, एउटा बैंकले मात्रै ब्याजदर बढाउने हो भने अर्को बैंकको निक्षेप आउने अवस्था थियो तर सबै बैंकले ब्याजदर बढाउँदा निक्षेपमा कुनै फरक नपर्ने भएकोले ब्याजदर बढाउनु हुन्न भन्ने हाम्रो बुझाइ थियो,’ ती बैंकरले भने । बैंकहरुको यस बुझाइप्रति राष्ट्र बैंक असन्तुष्ट बन्दै गयो । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाले भदौ ७ गते विकासन्युजसँग कुरा गर्दै बैंकहरुले गरेको निर्णयलाई राष्ट्र बैंकले नियालिरहेको धारणा दिइन् । राष्ट्र बैंकले ब्याजदर बढाउने नीति लिएपनि नेपाल बैंकर्स संघले विगत पाँच महिनादेखि ब्याजदर स्थीर राखेको छ, यस विषयमा राष्ट्र बैंकको बुझाइ के छ भन्ने विकासन्युजको जिज्ञासामा डेपुटी गभर्नर ढुङ्गानाले भनेकी थिइन्, ‘हामीले यस विषयलाई प्राथमिकताका साथ हेरिरहेका छौं तर हेरिरहेका छौं भन्दैमा हेरेको हेर्याै गर्दैनौं, उपयुक्त समयमा उपयुक्त काम राष्ट्र बैंकले गर्छ ।’ डेपुटी गभर्नरको यस भनाइले पनि राष्ट्र बैंक बैंकर्स संघको निर्णयप्रति असन्तुष्ट थियो भन्ने विषय प्रष्ट पार्छ । तर, असोजका लागि भने बैंकहरुले ब्याज बढाए । कायम रहेको ब्याजदरमा १० प्रतिशतभन्दा घटबढ नहुने गरी ब्याजदर परिवर्तन गर्न मिल्ने राष्ट्र बैंकको नीतिमा रहेर ११.०३ प्रतिशत रहेको ब्याजदर बढाएर बैंकहरुले १२.१३३ प्रतिशत पुर्याए । ‘हामीले ब्याजदर नबढाउने भनेर छलफल गरिरहेका थियौं तर राष्ट्र बैंकबाट अध्यक्षलाई ठूलो दबाब आएपछि ब्याजदर बढाउने निर्णय भएको हो, ब्याजदर बढाएपनि अहिलेसम्म खासै पैसा भने प्रणालीमा देखिँदैन,’ एक बैंकका सीईओले विकासन्युजसँग भने । ती सीईओका अनुसार असोजमा ब्याजदर बढाउनका लागि बैंकर्ससंघमाथि राष्ट्र बैंकको ठूलो दबाब थियो । असोजका लागि बैंकहरुले ब्याज बढाएपछि भने उद्योगी व्यवसायी मात्रै होइन अर्थमन्त्री जनार्दन शर्मा पनि त्यस निर्णयको विरुद्द उभिए । नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति नै जारी गरेर बैंकहरुले बढाएको ब्याज तत्काल फिर्ता लिनु पर्ने माग गर्यो । महासंघको विज्ञप्तिमा हस्तेमा हैसे गर्दै अर्थमन्त्री जनार्दन शर्माले पनि बैंकहरुले ब्याज घटाउनु पर्नेदेखि बैंकमा पैसा राख्न नहुनेसम्मको धारणा सार्वजनिक कार्यक्रममै राखे । शर्माले विभिन्न सार्वजनिक कार्यक्रमा बोल्दै बैंकले बढी ब्याज लिएर र बैंकमा पैसा जम्मा गरेर देश नबन्ने अभिव्यक्ती दिए । उनले ब्याज नबढ्नु पर्ने धारणा मात्रै दिएनन् ब्याजदरको विषयमा अध्ययन गर्नैका लागि अहिले एउटा समिति बनाए । जुन समितिको सदस्यमा राष्ट्र बैंक पनि छ । अथ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा बनेको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघका २ जना, र निजी क्षेत्रका तीन जना गरी ९ जना छन् । गत आइतबार ब्याजदरकै विषयमा उद्योगी व्यवसायी र बैंकरहरुबीच अर्थमन्त्रालयमा भएको कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र पनि उपस्थित थिए । मिश्रले बैंकहरुले बढाएको ब्याज घटाउनु पर्ने संकेत दिए । उनले अर्थमन्त्री शर्मा र उद्योगी व्यवसायीको भनाइमा लय मिलाउँदै भने, ‘बढी ब्याज हुँदा कर्जा समेत महँगो हुन्छ, अहिले पनि बैंकहरुले अत्याधिक प्रिमियम लिएको गुनासो आएको छ, ऋणीसँग सम्झौता विपरित असूल गरेको चर्को प्रिमियम फिर्ता गर्नु पर्छ, चर्को प्रिमियम लिँदा उद्योगी व्यवसायीलाई समस्या हुन्छ ।’ डेपुटी गभर्नरको यो भनाइपछि बैंकरहरु चकित भएका छन् । ब्याजदर बढाउ भनेर बारम्बार दबाब दिँदै आएको राष्ट्र बैंकले अर्थमन्त्रालयमा गएर ब्याजदर बढ्नु राम्रो नभएको भन्ने धारणा दिएपछि बैंकहरु पनि राष्ट्र बैंकको शैलीप्रति असन्तुष्ट बनेका हुन् । ‘हामीलाई राष्ट्र बैंकमा बोलाएर ब्याजदर बढाउ भनेर निरन्तर दबाब दिइरहने, राष्ट्र बैंकले दबाब नदिएको भए हामीले ब्याज पनि बढाउने थिएनौं, अहिले समिति नै बनाएर ब्याजदर घटाउनु पर्छ भन्नु राष्ट्र बैंकको कमजोरी हो,’ एक बैंकका सीईओले भने । राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार हो । देशको अर्थतन्त्रको विषयसँगै अझ ब्याजदरको विषयमा सम्पूर्ण जिम्मेवारी राष्ट्र बैंकले लिनु पर्छ । तर, अहिले अवस्था त्यस्तो देखिँदैन । राष्ट्र बैंक र राष्ट्र बैंकका निश्चित अधिकारीहरु अर्थमन्त्रालयसँग निहित स्वास्र्थका लागि समयानुकुल बनिदिने गरेको आरोप पनि बैंकरहरुको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपाल राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएकोले अर्थतन्त्रको विषयमा सम्पूर्ण जिम्मेवारी राष्ट्र बैंकले लिनु पर्ने र कुनै निर्णय लिनु परे पनि राष्ट्र बैंककै नेतृत्वमा हुनु पर्ने धारणा राख्छन् । ‘अर्थ मन्त्रालयको नेतृत्वमा ब्याजदरको विषयमा समिति गठन गर्नु ठाडै हस्तक्षेप हो, राष्ट्र बैंकले पनि त्यसैलाई स्वागत गरेर समितिमा निरिह भएर बस्नु उचित होइन, कुनै अध्ययन अुसन्धान गर्न खोजे पनि सरकारले राष्ट्र बैंकलाई सोध्ने हो, ब्याजदरको विषयमा अध्ययन गर्ने भएपनि राष्ट्र बैंककै नेतृत्वमा समिति बन्नु पथ्र्यो र त्यसको सम्पूर्ण जिम्मेवारी राष्ट्र बैंकले नै लिनु पर्थ्यो तर त्यस समितिमा राष्ट्र बैंकको एक जना प्रतिनिधि मात्रै राखिएको छ, यो राष्ट्र बैंकमाथिको ठाडै हस्तक्षेप हो, यसमा राष्ट्र बैंक पनि निरिह भएर बस्नु दुःखद हो,’ उनले विकासन्युजसँग भने । व्यापारीहरुले सधैं सस्तो ब्याजमा नै पैसा चाहिने धारणा राख्ने भएपनि त्यसमा हातेमालो गरेर राष्ट्र बैंक जान नहुने उनको भनाइ छ । ब्याजदरको विषयमा विशुद्ध निर्णय लिने काम राष्ट्र बैंकको भएपनि त्यो अवस्था अहिले नरहेको उनले बताए ।

मनास्लुमा मृत भेटिइन् अमेरिकाकी चर्चित स्की आरोही

काठमाडौं । अमेरिकाकी चर्चित स्की आरोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन् । गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी थिइन् । ४९ वर्षीया नेल्सन स्की गरेर फर्किने बेलामा उनी खोंचमा खसेर हराएकी थिइन् । नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ । अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।

बिजबजार अफर : ७८ प्रतिशतसम्म छुटका साथै बम्पर उपहार पनि

काठमाडाैं । ई–कमर्स प्लेटफर्म बिजबजारले दशैं, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई लक्षित गर्दै ‘बिजबजार भव्य उत्सव’ नामक योजना सञ्चालनमा ल्याएको छ । यो योजना असोज १० गते घटस्थापना देखि कात्तिक १३ गते सम्म सञ्चालनमा रहने कुरा बिजबजारले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकले प्रत्येक नेपाली सामानको खरिदमा उपहार पनि पाउने छन् । नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्न कम्पनीले यो योजना सार्वजनिक गरेको बताएको छ । यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिका सामान खरिद गर्दा ७८ प्रतिशतसम्म छुटसहित विविध रोमाञ्चक र आकर्षक योजना तथा उपहार एवं बम्पर उपहारसमेत प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत कम्पनीले तिन भाग्यशाली ग्राहकको लागि मेगा बम्पर उपहार को पनि व्यवस्था गरेको छ । जसमा पहिलो उपहार एमआइ ६५ इन्च अल्ट्रा फोरके टिभी एण्ड एमआूइ साउन्ड बार, दोस्रोमा रियलमी ९ प्रो फाइभजी अनि तेस्रो उपहारमा सामसङ्ग सिंगल डोर रेफ्रिजेरेटर १९२ एल रहेको छ । साथै, काठमाडौं उपत्यकाका ग्राहकको लागि घटस्थापना देखि असोज २३ गतेसम्म निःशुल्क होम डेलिभरीको सुविधा समेत रहेको कम्पनीले जनाएको छ । कम्पनीले दशैंमा १० कोसेली अन्तर्गत ‘गेस द कोसेली’ भन्ने अफर पनि सँगै ल्याएको छ ।कम्पनीका अनुसार यसमा सहभागी हुनका लागि सुरुमा कम्पनीको आधिकारिक फेसबुक र इन्स्टाग्राममध्ये कुनै एकमा गई कम्पनीले सामानको बारेमा केही जानकारी दिनुपर्नेछ । ग्राहकले कम्पनीको वेबसाइटमा गएर त्यो सामान चिनेर त्यसको स्क्रिनशट सो प्रश्नको कमेन्ट बक्समा सेन्ट गर्नुपर्ने हुन्छ । उत्तर मिलाउनेमध्ये एक जनालाई कम्पनीले सोही सामान उपहार स्वरूप प्रदान गर्नेछ ।

गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ

सुर्खेत । दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्वपूर्ण माध्यम थियो ‘लिङ्गे पिङ’ । दशैँमा ‘लिङ्गे पिङ’ खेल्ने परम्परा पनि यसै अन्तर्गत सुरु भएको हुनसक्छ । जे होस् दशैँमा ‘लिङ्गे पिङ’को रौनकै छुट्टै हुन्थ्यो । पिङ नखेली पनि दशैँ मनाइन्छ र ? मनाए पनि त्यसको के अर्थ ? भन्ने लाग्थ्यो । दशैँमा गरिने रमाइलोमा सबैभन्दा ठूलो भूमिका ‘लिङ्गे पिङ’कै हुन्थ्यो । दशैँमा पिङ खेल्नैपर्ने परम्परा कहिले, कहाँ र कसरी सुरु भयो ठ्याक्कै भन्न नसकिए पनि जबदेखि दशैँ मनाइयो, पिङ खेल्न पनि उही बेलादेखि नै सुरु भएको मान्न सकिन्छ । वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलिआएको चलन बुढापाकाहरू बताउँछन् । केही वर्षअघिसम्म दशैँ तिहारजस्ता चाडमा प्रत्येक टोलमा पिङ थापिन्थ्यो । पछिल्लो समय गाउँगाउँमा खेलिने ‘लिङ्गे पिङ’को चलन हराउँदै गएको हो । दशैँको सुरुआतदेखि थापेको ‘लिङ्गे पिङ’ तिहारसम्मै राखिन्थ्यो । युवाहरू विभिन्न सिलसिलामा गाउँबाट बिहिर जान थालेसँगै दशैँको खुसीयालीमा रौनक थप्ने पिङ खेल्ने संस्कृति हराउँदै गएको बूढापाहरूको भनाइ छ । दशैँका बेला गाउँका युवाले बालबालिकाको लिङ्गे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिलेको पुस्तामा त्यो रहर देखिँदैन । हरेक वर्ष दशैँमा पिङ लगाउने चलन । अनि पिङ बनाउन केही समय अघिदेखि नै गाउँका टाठाबाठाहरूको सहभागिता । बाँस, लठारो, काम्रो, काठ आदिको व्यवस्थापन गर्न हरेक घरबाट केही रुपैयाँ सङ्कलन गरिन्थ्यो । पिङ लगाउने स्थान पनि प्रायः निश्चित नै हुन्थ्यो । साझा चौर या मन्दिरको प्राङ्गण । सबैजना मिलेर तयार पारिएको त्यस पिङलाई गाउँकै सम्पदा जत्तिकै महत्व दिइन्थ्यो । दुई प्रकारका पिङहरूको चलन थियो । लिङ्गे पिङ र रोटे पिङ । लिङ्गे पिङ विशेष चाडवाडमा मात्रै निर्माण गरिन्थ्यो । जुनसुकै बेला नबनाइने भएकाले पनि यसको महत्वलाई संस्कृतिले नै जगेर्ना गर्दथ्यो । अहिले दशैँमा बाटिँदैनन् बाबियाको लठारो । गाडिँदैनन् बाँसका खम्बाहरू । पहिला पिङ लगाइने चौर पनि सुनसान देखिन्छ । माहोल मौन छ, लिङ्गो कटाउँदा गुञ्जिने ‘चाचाहुइया।।।’ गुञ्जिँदैन आजकल । समयले दशैँलाई पनि आफूसँगै फेरिदिएको छ । अहिलेका पुस्तालाई रोटे र लिङ्गे पिङको महत्व मात्रै होइन यसको आकार र स्वरुपका बारेमा पनि थाहा छैन । उनीहरूले सुनेका छन् आमाबुबा वा हजुरबुबा, हजुरमुमाबाट ‘हामी दशैँमा पिङ खेल्थ्यौं । क्या मज्जा आउँथ्यो ।’ यही अभिव्यक्तिले उनीहरूको मस्तिष्कमा छाप पारेको छ ‘दशैँमा पिङ खेलिन्छ ।’ त्यसैले उनीहरू घरभित्रै सानो पिङ लगाइदिन झगडा गर्छन् । कसैको माग पूरा हुन्छ । कसैले भने घरभित्रै खेलिने पिङको समेत मज्जा लिन पाउँदैनन् । लिङ्गे पिङलाई चार दिशामा बाँस गाढेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपातेजस्ता फूलहरू राखेर सिँगारिँदा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिने । बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसहरूले पिङ खेल्ने चलन भए पनि युवा वर्गहरू पिङ खेल्नमा बढी नै उत्साहित हुन्थे । बसेर उठेर दुवै तरिकाले मच्चिँदै खेलिने लिङ्गे पिङमा युवायुवतीको दोहोरी नै चल्थ्यो । ‘कसले बढी मच्चिन सक्ने ?’, ‘कसले लिङ्गो कटाउने ?’ भनेर । जसले सक्यो ऊ नै त्यहाँको ‘हिरो’ । रोटे पिङ बनाउन जनशक्ति र खर्च बढी नै लाग्ने भएकाले कमै मात्र बनाइन्थ्यो । काठ, डोरी जस्ता स्थानीय वस्तुहरू प्रयोग गरेर बनाइने रोटे पिङ बनाइन्थ्यो । एकैसाथ धेरै जनाले खेल्न पाउने गरेर रोटे पिङ बनाइन्थ्यो । ‘पिङ खेल्नकै लागि घण्टौंसम्म लाइन बस्ने, तछाडमछाड गर्दै आफ्नो पालो कुर्ने, कसले धेरै उचाइसम्म मच्चिन सक्छ भन्ने होडबाजी । यो सबै एकादेशको कथाजस्तै भइसक्यो,’ राहताल गाउँपालिका–५ बड्डीचौरका पदमलाल बिष्टले भने, ‘अहिले समयसँगै दशैँ पनि बदलिएको छ ।’ प्रविधिको विकास भएसँगै मनोरञ्जनका अन्य साधनहरू प्रशस्तै आएकाले पनि यस्ता पिङतर्फ आकर्षण घटेको उनको बुझाइ छ । रोजगारका लागि युवाहरू विदेशिएका कारण पिङ थाप्ने जनशक्ति नै गाउँमा नभएको बिष्ट बताउँछन् । ‘रोटे र लिङ्गे पिङ बनाउन खुला ठाउँ चाहिन्छ, तर न हामीसँग छेलोखेलो जमिन छ न त समय नै,’ उनले भने । पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामाग्रीहरू पनि उपलब्ध नहुने भएकाले पनि रोटे र लिङ्गे बन्न छाडेको उनको भनाइ छ । बढ्दो शहरीकरण र आधुनिकताका कारण पिङ बनाउनलाई आवश्यक खाली जमिन, पर्याप्त समय र आवश्यक स्रोत साधनको अभाव भएकाले पनि दशैँमा लिङ्गे पिङ खेल्ने कल्चर मासिँदै गएको उनले बताए । ‘ग्रामीण भेगमा मानिसहरूको बसोबास पातलिएको छ । गाउँ सुनसान छन् । गाउँका सक्रिय जनशक्ति नै विदेश पलायन भएपछि पिङ लगाउने को ? अनि खेल्ने को ? वर्षमा एकदिन जमिन छोड्नुपर्छ भन्दै ‘पिङ’को उडान भर्ने युवाहरू रोजगारीका एकाएक विदेसिन थालेपछि पिङ एक्लिएको हो । विस्थापित भएको हो’, उनले भने । त्यसो त प्रविधिले मनोरञ्जनका विभिन्न साधन र माध्यम विकास गरिदिएकाले पनि पिङ खेलेर मनोरञ्जन लिनु त्यति खास लाग्दैन मान्छेहरूलाई । मानव जीवनमा प्रविधिको बढ्दो हस्तक्षेपलाई पनि केही हदसम्म दोषी मान्छन्, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ निवासी गायक तथा संगीतकार कुलमान नेपाली । अहिलेका सोखिन मानिसहरू चौरमा पिङ खेल्नभन्दा कोठामै बसेर मोबाइलमा गेम खेल्न रुचाउँछन् । ‘दशैँलाई सबैसँग घुलमिल भएर मनाउने चाडभन्दा पनि आफ्नो परिवारमा मात्र सिमित राख्ने कल्चरको विकास भएको छ’, नेपाली भन्छन्, ‘दशैँ सामूहिक पर्वभन्दा ‘प्राइभेट सेलिब्रेसन’को माध्यम बनेपछि पिङ खेल्ने चलन लोप हुँदै जानु स्वभाविक हो ।’ उनका अनुसार अहिलेको पिढी सुखसयलको भोगी छ । नयाँ पुस्तालाई संस्कृति, परम्परालाई अवलम्बन गर्न झन्झट लाग्छ । उनीहरू पिङ खेल्नु भन्दा कोठामै बसेर मोबाइल चलाउन, कम्प्युटरमा गेम खेल्न रमाइलो मान्छन् । ‘आजकल मान्छेलाई टिका लाएर आशीर्वाद थाप्ने फुर्सद त छैन, पिङ खेल्ने त धेरै टाढाको कुरा हो,’ उनले थपे । प्रविधि, व्यस्तता र संस्कृतिलाई निरन्तरता दिनुपर्छ भन्ने भावनाको कमीले दशैँका बेला खेलिने रोटे र लिङ्गे पिङ हराएको उनको भनाई छ । नेपाली भन्छन्, ‘यो पिढीको मूलमन्त्र हो, बाप बडो न भैया, सबसे बडा रुपैयाँ अहिलेकै पुस्तालाई मात्रै सबै दोष दिन मिल्दैन । अघिल्लो पुस्ताले पनि बुझाउन सकेन, नयाँ पुस्ताले बुझ्नै चाहेन, कुरा यही हो ।’ पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामग्रीहरू पाउनै कठिन भएकाले चाहेरै पनि यसको महत्व घटेको हुन सक्ने बताउँछन्, वीरेन्द्रनगर नगरपालिका–११ का रमेश सिँजाली । सामग्रीहरू प्राप्त गर्ने प्रक्रिया पनि झन्झटिलो, पट्यारलाग्दो हुने भएकाले चाहेर पनि संस्कृतिलाई निरन्तरता दिन नसकेको उनको भनाइ छ । ‘अहिले गाउँघरमा युवाहरूको सङ्ख्या पनि कम छ । युवाहरू पढाइ रोजगारीका लागि थातथलो छाड्नुपर्ने बाध्यताका कारण पनि पिङ बनाउन कठिन छ,’ सिँजालीले भने, ‘अहिले गाउँ–गाउँमा भित्रिएको प्रविधिसँगै मनोरञ्जनका विभिन्न साधनहरूले गाउँघरमा रोटे र लिङ्गे पिङ लोप भएका हुन थालेका छन् ।’ गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खलो हुने गरेको उनको भनाइ छ । ‘गाउँमा मात्र होइन, केही वर्ष अगाडिसम्म सदरमुकाममै पिङ देख्न पाइन्थ्यो तर अहिले त्यो संस्कृति हराइसक्यो’, सिँजालीले भने, ‘अहिले त जङ्गलमा बास र बाबियो पनि पाइँदैन । सामग्री नै नपाइने भएपछि बनाउनका लागि कसले झण्झट गर्ला र ?’ उनका अनुसार पहिले बाबियोको डोरी बाटेर बाँसको लिङ्गा गाडेर ‘लिङ्गे पिङ’ हाल्ने गरिन्थ्यो । सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेका कारण पनि ‘रोटे र पिङको संस्कार’ पनि हराउँदै गएको छ । रासस

काठमाडौंका घरबेटीको दादागिरी र भाडावालका दुःख

उपत्यका बाहिरी जिल्लाका मानिसहरु उपत्यकाभित्र नै कोठा, फल्याट लिएर भाडा बस्ने गर्छन् वा सटर लिएर व्यापार गर्ने गर्छन् । यहाँ ७७ ओटै जिल्लाका मानिसहरु भाडामा बस्ने गर्छन् । विभिन्न सेवासुविधाको खोजीमा एक जिल्लाको मानिस अर्को जिल्लामा आएर कोठा भाडामा लिएर बसोबास गर्ने गर्छ । तर अघिपछि यँही बसेपनि दशैँको समयमा भने उनीहरु आफ्नो आमाबुबा वा आफन्तजनहरुलाई भेटन र दशैँ मनाउन आफ्नो गाउँघर जाने गर्छन् । अहिले धेरै मानिसहरु दशैँ मनाउन उपत्यकाबाट बाहिर वा आफ्नो गाउँघर गइसकेका छन् भने कति गएका छैनन् । निजी कम्पनी, संघसंस्था वा पसलहरुमा काम गर्ने कति मानिसहरुले अहिलेपनि तलब पाएका छैनन् जसले गर्दा उनीहरु दशैँ मनाउन वा आफ्नो गाउँघर जानबाट नै वञ्चित भएका छन् । साथै कतिले तलब पाएपनि उनीहरुको तलब ५ वर्षदेखि बढेको छैन तर महंगी हप्तैपिच्छे बढ्ने गर्छ । यता तलब बढ्दैँन भने उता सामानको भाउ, सार्वजनिक यातायातको भाडा र कोठा भाडा बढेको बढ्यै गर्छ । पैसा थोरै भएपनि आफ्नो गाउँघर दशैँ मनाउन जान लागेका मानिसहरुलाई अहिले घरधनीहरु भाडा तिर्नु अनि मात्र जानु भनेर भनिरहेका छन् । जसले गर्दा उनीहरुले आफ्नो गाउँघर जान तयार पारेको खर्च घरधनीलाई नै दिइरहेका छन् । यसपालिको दशैँ मनाउनबाट नै उनीहरु वञ्चित भएका छन् । साथै यता कति मानिसहरु घरधनीहरुलाई भाडा त तिरेर आफ्नो गाउँघर गए तर चोरहरुले आफ्नो सामानहरु चोर्छ कि भन्ने त्रास उनीहरुमा रहेको छ । घरधनीहरुले भाडा त लिन्छन् तर डेरावालको सामानको सुरक्षा भने गर्दैनन् । घर वा कोठा भाडामा लगाउनुभन्दा अगाडी नै तीन महिनाको अग्रिम भाडा घरधनीहरु डेरावालसँग माग्ने गर्छन् । साथै खाली सटर २० लाखदेखि ५० लाखसम्ममा बिक्री गर्ने गर्छ । एउटा अध्याँरो वा चिसो कोठा र सानो कोठाको ठाउँअनुसार ४ हजारदेखि १२ हजारसम्म लिइन्छ । साथै एउटा सटरको ठाउँअनुसार १० हजारदेखि ९ लाख र एक फल्याटको ठाउँअनुसार २० हजारदेखि २ लाखसम्म लिइने गरिन्छ । साथै पुरानो डेराबाललाई कोठाबाट निकाल्ने र नयाँ मानिसलाई पहिलाको भन्दा दोब्बर भाडा लिएर कोठा भाडामा लगाउने । यता राज्यलाई भने घरबहाल कर नतिर्ने तर उता डेरावालसँग भने आफूखुशी भाडा असुल्ने । सरकारले फल्याट, कोठा र सटरको भाडा निर्धारण नगर्दा आज डेरावालहरु मारमा परेका छन् र घरधनीहरुको जिब्रोमा कोठा, फल्याट र सटरको मूल्य रहेको छ । न वडाले नै घरभाडा निर्धारण गर्छ न महानगरपालिकाले नै । सरकारले कुन घर भाडामा लगाउने, कुन अफिस सञ्चालन गर्न दिने र कुनमा पसल राख्न दिने भनेर कुनै पनि निर्णय पनि गरेको छैन र कुनै मापदण्ड पनि तयार गरिएको छैन । पछिल्लो समय घरधनीहरुले भाडाको लोभमा भत्किन लागेका वा जोखिमपुर्ण घरहरु पनि महँगो भाडामा लगाइरहेका छन् । साथै एक्लो महिला, अपांङग वा वृद्धवृद्धालाई पनि कोठा भाडामा नदिने र भाडा पनि महिना मर्नुअघि नै माग्ने गर्छन् । घरधनीहरु कोठा त भाडामा लगाउँछन् तर डेरावाललाई पानी भने दिदैँन । साथै पानी नदिएपनि पानी, बत्ती र फोहोरको पैसा भने दोब्बर लिने गर्छन् । त्यस्तै यता सवारीसाधन राखेको पनि महिनाको २ हजारदेखि ५ हजारसम्म लिने गर्छन् । साथै डेरावालहरु कोठा सर्दा कोठामा नयाँ बत्ती , धारा र रङहरु लगाउन ल्याउँछन् । त्यस्तै यता डेरावालले महिना महिनामा भाडा तिरेपनि भुलाएर भाडा नै नदिएको बताउने र फेरिपनि भाडा लिने गर्छन् । घरधनीले भनेजस्तो नगरेमा किचकिच गर्ने र कोठा नै सरेर जा भन्ने । अहिले ८० प्रतिशत मानिसहरु भाडामा बस्छन् । विगतमा देशको राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म नै भाडामा बस्दै आएका थिए तर उनीहरुले पनि घरधनीहरुको यस्तो दाधागिरी रोक्न कुनै प्रयास गरेनन् । साथै न त घरधनीहरुसँग घरबहाल कर नै उठाए । पछिल्लो समय सबैभन्दा सजिलो काम भनेको नै घर बनाउने र भाडामा लगाउने हो । यसमा न त समयको नै खर्च हुन्छ न त मेहेनतको नै । एउटा मानिसले घरजग्गा गरेर करोडदेखि ५० करोडसम्म लगानी गर्छ र महिनाको ५० हजारदेखि लाखसम्म भाडा उठाउने गर्छ तर लगानी र आम्दानीको राज्यलाई कर तिर्दैन । त्यस्तै एक पटक घर बनाएपछि त्यस घरको ५० वर्षसम्म प्राविधिक चेकजाँच गरिदैँन । डेरावालहरुले एक छाक मिठो खान र कपडा लगाउन पाएका हुदैँन । आफ्नो बालबच्चालाई राम्रो शिक्षादीक्षा दिन पाएका हुदैँन तर घरधनीहरु भने ती नै डेरावाललाई नराम्रोसँग ठग्ने गर्छन् । के यो घरधनीहरुको लुटको धन्दा होइन र , के यो दाधागिरी होइन र , सरकार ? अहिले पनि धेरै घरधनीहरुले कतिपयलाई सानो जात भनेर कोठा भाडामा दिदैँनन् । घरधनीलाई मन लागेको दिनसम्म कोठा भाडामा लगाउँछन् र मन नलागेको वा डेरावालले भनेजति पैसा तिर्न नसकेमा कोठाबाट नै निकालदिने गर्छन् । घर,सटर वा फ्ल्याट खाली छ भनेर तै झ्याल ढोकामा लेख्छन् तर भनेजति भाडा तिर्छु नभनेसम्म भाडामा दिदैँनन् । भनेजति भाडा माग्दा डेरावालले नदिएपछि घरधनीहरु कोठा नै खाली राखेर बस्छन् तर यसरी कोठाहरु खाली राख्ने घरधनीहरुलाइ कारबाही कसले गर्ने ? कति मानिसहरुले तीन महिनासम्म खाली फ्ल्याट, सटर र कोठा खोज्दा पनि भेट्दैँनन् । सटर, फल्याट र कोठा भाडा महंगो भएकाले अब आर्थिक कमजोर भएका मानिसहरुले कोठा लिएर बस्न पनि पाउँदैनन् र व्यापार गरेर जीविकोपार्जन समेत गर्न पाउँदैनन् । पछिल्लो समय सटर, फल्याट वा कोठा खोजदिन्छु भनेर अफिस नै खोलेर बसेका दलालीहरु यत्तिकै भेटिन्छ । यिनीहरुले कोठा, सटर र फ्ल्याट खोजदिन्छु भन्दै सर्वसाधारणसँग हजारदेखि २० हजारसम्म ठगेर खाने गर्छन् । कमिशन खानका लागि यि कम्पनीहरु घरधनीहरुलाई लोभ्याउने गर्छन् र पुरानो डेरावाललाई निकालेर नयाँलाई महंगोमा कोठा भाडामा लगाउने गर्छन् । सबैभन्दा लुट र ठगको धन्दा अहिले घरभाडामा नै रहेको पाइन्छ । घरधनीले सटरभाडा बढाउने बित्तिकै व्यापारीहरुले पनि १० रुपैँया पर्ने सामान ५० रुपैँयामा बिक्री गर्ने गर्छन् । घरधनीहरु एउटा मात्र कोठा दिदैँनन् जसले गर्दा आर्थिक कमजोर भएका मानिसहरुले कोठा नै पाउदैँनन् । काम गरेको ठाउँमा भने महिना नमरि तलब दिदैँन तर घरधनीहरु भने महिनाअघि नै भाडा माग्ने गर्छन् । तर घरधनीहरुको यस्तो लुट र ठगको धन्दामा न सञ्चारकर्मीहरुले नै आवाज उठाउँछन् । घरधनीहरुको अगाडी सञ्चारकर्मीहरु पनि निरीह बनेका छन् । राज्यको चोथौँ अंगको रुपमा सञ्चारकर्मी वा पत्रकारलाई चिनिन्छ तर घरधनीहरुको दाधागिरीको अगाडी सञ्चारकर्मीहरु पनि केही गर्न सक्दैँनन् । के घरधनीहरुबाट सञ्चारकर्मीहरु पनि डराएका हुन् ? सञ्चारकर्मीहरुले जहिले पनि राजनिति समाचारहरु मात्र लेख्दा वा राजनिति क्षेत्रमा मात्र बढी चासो राख्दा आज डेरावालको आवाज सुन्ने कोही छैन । के सञ्चारकर्मीहरुले राजनितिका बारेमा मात्र समाचारहरु लेख्न पाउँछन् हो , होइन भने किन घरधनीहरुको यस्तो लुटको धन्दाको बारेमा लेख्दैँनन् ? कतिपय सञ्चारकर्मीहरु पनि अझैपनि भाडामा नै बस्छन् तर उनीहरु पनि घरधनीहरुको यस्तो दाधागिरी र लुटको धन्दाको विरोधमा आवाज उठाउँदैनन् । सञ्चारकर्मीले त आवाज उठाउन सक्दैँनन् भने सर्वसाधारण जनताहरुले चाहिँ कसरी आवाज उठाउन सक्छौँ होला । भन्नेबेला सञ्चारकर्मीहरु आफूलाई राज्यको चोथौँ अंग भन्छन् तर घरधनीहरुको अगाडी भने निरीह बन्छन् । यता राजनितिक दलहरु त झन् घरधनीहरुको ठग र लुटको धन्दाको विरोधमा बोल्ने आँट नै गर्दैनन् । घरधनीहरु डेरावाललाई दोस्रो नागरिक सोच्ने गर्छन् तर डेरावालहरु पनि नेपाली नै हुन् र उनीहरु पैसा तिरेर नै बसेका हुन् । डेरावालहरु बिरामी भएमा सुखसँग पनि कोठामा बस्न नदिने र बाटोमा नै मर्नुपर्ने हुन्छ । २०७२ बैशाख १२ गते नेपालमा भुकम्प गयो र भत्किन लागेका घरहरुमा भाडामा बस्ने मानिसहरु त्यसबेला घरमा नै पुरेर वा त्यो घर भत्केर मरे तर त्यस्ता घरहरु भाडामा लगाउने घरधनीहरुलाई कारबाही भने भएन । डेरावाललाई ठुलो स्वरले कोठामा बोल्न पनि नदिने र पाहुना पनि आउन नदिने । साथै डेरावालको बालबच्चाहरु रोएमा पनि कोठाबाट नै निकालि दिने, बुढाबुढी, बालबच्चा भएमा कोठा नै नदिने । घरधनीहरुको ठग र दादागिरीको धन्दा सरकारले रोक्न नसक्दा आज डेरावालहरु घरधनीहरुको अगाडी लम्पसार पर्नु परेको छ । सरकारले पनि घरधनीहरुले डेरावाललाई विभिन्न सेवासुविधाहरु प्रदान गर्नुपर्छ भनेर कानून नबनाउँदा डेरावालहरु मारमा परेका छन् । घरधनीको अगाडी वडाध्यक्षहरु निरीह बन्छन् भने प्रहरीहरु रमिता हेरेर बस्छन् । अब डेरावालहरुले पनि घरधनीको विरोधमा बोल्नुपर्छ र सञ्चारकर्मीले पनि कलम चलाउनुपर्छ । बहालमा बस्ने मानिसलाई ठगेर आफू चिल्लो गाडीमा चढ्ने र सुकिलामुकिला हुनेहरुको अब हामी सबैले मिलेर धन्दा खोर गर्नुपर्छ । साथै अबदेखि डेरावालहरुले घरधनीलाई नभइ सरकारलाई भाडा बुझाउने गर्नुपर्छ । सरकारले पनि कर्मचारी खटाएर घरभाडा उठाउनुपर्छ र राज्यले लिनुपर्ने कर काटेर अरु पैसा घरधनीको खातामा राख्नुपर्छ । सटर, फ्ल्याट र कोठा भाडा पनि सरकारले नै निर्धारण गर्नुपर्छ । यदि सरकारले तोकेको भन्दा बढी भाडा घरधनीले लिएमा राज्यबाट पाउनुपर्ने सेवासुविधा काटदिने र जरिवाना तिराउनुपर्छ । बहालमा बस्ने मानिसहरुको पीडा उठाउन नसक्ने र घरधनीहरुको विरोध गर्न नसक्नेहरु अहिले घरधनीहरुसँग नै पैसा खाएर घरबहाल संघ खालेर राजनितिक दलको झोला बोक्दै हिडिरहेका छन् । तर, यिनीहरुले न त घरधनीको विरोधमा केही बोल्न नै सक्छन् न त सरकारले नै घरभाडा निर्धारण गर्नुपर्छ भनेर आवाज उठाउन सक्छन् । घरधनीहरु राज्यलाई पनि घरबहाल कर नतिरेर छल्ने र डेरावालसँग पनि महंगो भाडा लिएर ठग्ने । बहालमा बस्ने मानिसले एक महिनामात्र कोठाभाडा नदिएमा कोठाको सामान पनि आफैँले आएर निकालदिने गर्छन् । साथै पछिल्लो समय वित्तिय संस्थाहरुले पनि घरजग्गालाई मात्र कर्जा प्रवाह गर्दा र व्यापार व्यवसाय गर्ने मानिसलाई कर्जा नदिँदा घरधनीहरुको ठगको धन्दा झन् मौलाएको हो । अब बहालमा बस्ने मानिसहरु पनि घरधनीसँग डराएर लम्पसार परेर बस्नु हँदैँन र पैसा तिरेपछि हामीले हाम्रो अधिकार पनि लिन वा माग्न सिक्नुपर्छ । आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटाउँदा वा बढाउँदा सार्वजनिक सवारीसाधनको भाडा यातायात व्यवस्था विभाग वा यातायात मन्त्रालयले निर्धारण गर्ने गर्छ । साथै सरकारले तोकेको भन्दा बढी भाडा व्यवसायीले लिएरमा अनुगमन गरेर कारबाही समेत गर्छ । तर यता सटर, फ्ल्याट र कोठाभाडा भने सरकारले तोक्दैँनन् । घरधनीको अगाडि सरकार नै लम्पसार पर्छ । सरकार घरनम्बर पनि राख्न सक्दैँन र घरबहाल कर पनि उठाउन सक्दैँन । साथै कुन घरमा कुन जिल्लाको मानिस भाडामा बस्छ र उसले के काम गर्छ भनेर डाटा पनि संकलन गर्न सक्दैँन । सरकार घरधनीको अगाडि निरीह छ भने वडाध्यक्ष र मेयर घरधनीहरुसँग नै भोट लिदैँ पैसा खादैँ बसिरहेका छन् । यहाँ सबै घर नेता, सरकारी कर्मचारी र व्यापारी छ । त्यसलै पनि सरकारी कर्मचारी र नेताहरु आफूलाई घाटा हुने वा नोक्सान हुने कानून बनाउँदैनन् । (यो लेखकको निजी विचार हो ।)

बझाङमा दुई वडावासीलाई तरकारी खुवाउँदै प्रकाश, वार्षिक चार लाख रुपैयाँ भन्दा बढी नाफा

बझाङ । बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ । घर पुग्दा नपुग्दै हातमा कुटो–कोदालो बोकेर बारीमा प्रवेश गरिहालछन् बझाङको खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका प्रकाश खत्री । उनीसँग तरकारी बारीको हेरविचार गर्ने पर्याप्त समय छैन । बिहान बेलुका बचेको समयले मात्रै धानिरहेका छन्, ‘गोपाल फलफूल तथा तरकारी फार्म’ । गाउँघरमा तरकारी उत्पादन गर्नुपर्छ भन्ने धेरैको चेत हराइसकेको छ । खेतबारी तथा पाखो बाँझै राखेर भारतमा मजदुरी गर्ने परिवारका एक–दुई सदस्यको मात्रै भर पर्थे पूरै परिवार । छिमेकी जिल्ला बाजुराको काँडा, डोगटी, खप्तडछान्ना–७ कै लामागडामा फल्ने तरकारीको ग्राहक मात्रै थिए दुई दर्जनभन्दा बढी गाउँ । खत्री परिवारले भने २०५४ सालदेखि नै आफ्नै बारीको अग्र्यानिक तरकारी तथा फलफूल खाइरहेको छ । तीन वर्षदेखि भने व्यावसायिकरुपमा तरकारी फार्म दर्ता गरेर दुई वडालाई नै तरकारी तथा फलफूल खुवाइरहेको छ । खत्रीको फार्ममा केरा, नासपाती, अङ्गुर, कागती, सुन्तला, ओखर, किबीजस्ता फलफूल यामअनुसार पर्याप्त पाइन्छन् भने तरकारीमा रायो, सुइचार्ड, झुकेनी, सिमला मिर्चा, स्थानीय तरकारी उत्पादन भइरहेका छन् । खत्रीले गत वर्षमात्रै झण्डै चार क्विन्टल बेमौसमी तरकारी बिक्री गरेका थिए । उनले यस याममा पनि गत वर्षकै जस्तै बेमौसमी तरकारी बिक्री हुने अनुमान गरेका छन् । विसं २०७४ मा सुरू गरेको पहिलो तरकारी टनेलपछि अहिले खत्रीसँग पाँच तरकारी टनेल छन् । खत्रीका लागि उत्पादित तरकारीको बजार धेरै टाढा छैन, न त बीउबिजन ल्याउने ठाउँ नै टाढा छ । उहाँ बीउ ल्याउन पनि आफन्तको सहयोगमा तराईका जिल्लाबाट भित्र्याउछन् । कतिपय तरकारीको बीउ नै राम्रो नपाउँदा लगानी नै उठ्दैन त कतिपय ठाउँमा राम्रै उत्पादन हुन्छ । छैन माटो परीक्षण अहिले व्यवसायी बन्नुभएका प्रकाश खत्रीलाई कुन माटोमा कुन प्रजातिको तरकारी तथा फलफूल उत्पादन हुन्छ भन्ने अहिलेसम्म जानकारी छैन । सामान्य किसानका रूपमा उनी आफैँ परीक्षण गर्छन्, उत्पादन गर्छन् र आफैं बेचबिखन गर्छन् । खत्रीले सुरूआती दिनमा तरकारीले राम्रै फल दिएपछि दोस्रो वर्ष त्यसलाई बढाए । जमिन बढाए, उत्पादन बढाए । फलफूलका बिरुवाले पनि राम्रै फल दिएपछि त्यसलाई पनि थप्दै गए । आफूलाई खानलाई पर्याप्त हुँदै गएपछि बिक्री गर्न थाले । ‘माटो परीक्षण गर्नका लागि जिल्ला कृषि विकास कार्यालयमातहतको कृषि ज्ञान केन्द्रले पनि परीक्षण नगरेर अन्य जिल्लामा पठाउने रहेछ’, खत्री भन्छन्, ‘अहिलेसम्म यो आसपासको माटो परीक्षण गरिएको छैन । जति फलफूल, तरकारी लगाएँ, मलबिनै पनि राम्रै उत्पादन भयो । यो अनुभवबाटै जुनसुकै प्रजातिका तरकारी तथा फलफूलसमेत उत्पादन हुने रहेछ ।’ सुतारीगाउँ मात्रै होइन । साविकका पाटादेवल तथा कालुखेती गाविसमा पनि पहिलो व्यावसायिकरूपमा तरकारी तथा फलफूल उत्पादन गर्ने कृषक खत्री नै छन् । दिउँसोको समय एउटा आधारभूत विद्यालयमा पढाएर साँझ–बिहानमात्रै बारीमा समय दिने खत्रीले सानो लगानीमा कृषि पेशाा सुरु गरेका हुन् । ‘परिवारलाई पुग्ने गरी उत्पादन हुने गरेको तरकारीले अहिले करिब दुई दर्जनभन्दा बढी गाउँलाई तरकारी खुवाइरहँदा निकै खुसी भएको छु’, उनी भन्छन् । कुन मौसममा कस्तो तरकारी उत्पादन हुन्छ भन्ने थाहा नभएरै व्यवसायमा हाम फालेको खत्री सम्झन्छन् । उनी भन्छन्, ‘बीउमात्रै पाएको हुँदा सुतारी गाउँमा कुन मौसममा कस्तो खालको तरकारी फल्दोरहेछ, कुनै जानकारी थिएन । एक वर्ष त गोलभेँडा वर्षभरि नै बारीमा छरे । त्यसपछि मात्रै थाहा भयो दुई याममा गोलभेँडा राम्रै फल्ने रहेछ ।’ अनुभवबाट नै व्यवसायी बनेका खत्रीले पछिल्लो समय जिल्लाकै ध्यान तानेका छन् । उनले उत्पादन गरेको तरकारी र फलफूलले सरकारी तथा गैरसरकारी क्षेत्रका धेरै कर्मचारीले समेत स्वाद लिन पाएका छन् । सफलतापछि सहयोग गोपाल तरकारी तथा फलफूल फार्मले छोटो समयमै लोभलाग्दो सफलता आर्जन गरेपछि जिल्लास्थित धेरै निकायले अनुदानस्वरुप आर्थिक सहयोग गर्दै आएका छन् । खप्तडछान्ना गाउँपालिकाले सो फार्मलाई अनुदानवापत एक लाख रुपैयाँ सहयोग गरेको उनले बताए । कृषिमा उत्साहित बनाउने प्रधानमन्त्री कृषि आधुनिकीकरण ‘आलु जोन’ बझाङबाट पनि फार्म सञ्चालक खत्रीलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग प्राप्त भएको थियो । आलु जोनले तरकारी सिँचाइका लागि पहिलोपटक एक लाख रुपैयाँ सिँचाइपोखरी निर्माण गर्नका लागि सहयोग गरेको उनले बताए । त्यो रकमसहित एक लाख रुपैयाँ थपेर खत्रीले सिँचाई पोखरी बनाए । दोस्रोपटक अनुगमनमा आउँदा पुनः आलु जोनले एक लाख रुपैयाँ अनुदान दिएपछि त्यो पैसाले उनले सिँचाइ नहर बनाएको बताए । गाउँपालिकाको कृषि शाखाबाट पनि सञ्चालक खत्रीले एक लाख रुपैयाँ अनुदान प्राप्त गरे । सो रकमले उनले टनेल बनाए । अहिले तीन वर्षको अवधिमा गोपाल तरकारी तथा फलफूल फार्ममा ११ लाख रुपैयाँको लगानी भइसकेको छ । पाँच लाख रुपैयाँ विभिन्न निकायबाट अनुदान र छ लाख रुपैयाँ सञ्चालक खत्रीको आफ्नै छ । खत्रीले सुरू गरेका तरकारी खेती व्यावसायिक भएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए । ‘जिल्लामा धेरैले तरकारी खेती गरेका छ, तर खत्रीजस्तो मेहेनती कृषक धेरै कम छन्’, उनी भन्छन् । छान्ना क्षेत्रमै व्यावसायिकरूपमा पहिलो कृषकका रुपमा खत्रीलाई नै फेला पारेर भीमदत्त उत्कृष्ट कृषक पुरस्कारमा छनोट गरिएको उनले बताए । हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय खत्रीले घरमा तरकारी उत्पादन गर्न लागेका करिब तीन दशक हुन लाग्यो । सुरुमा आफूलाई पुग्ने गरीमात्रै उत्पादन हुन्थ्यो उनको बारीमा । बाँकी जमिनमा पुख्र्यौली उत्पादनलाई नै निरन्तरता दिइएको थियो । पुख्र्यौली उत्पादनले खानलाई कमै पुग्ने गरेको थियो । उनले सुरुमा प्याजको बेर्नासहित केही तरकारीका बीउ एक हजार रुपैयाँमा किने । त्यो बीउले उत्पादन राम्रै दिएपछि विस्तारै तरकारी तथा फलफूलमा समेत लगानी बढ्दै गयो । लामो समय प्याजको बेर्ना बनाएर एक रुपैयाँवापत पाँच बोट दिएर बेर्ना बेचेका खत्री अहिले हजारौँ मूल्य बराबरको प्याज बेच्न थालेका छन् । अहिले खत्रीको व्यापार सबैभन्दा राम्रो पनि प्याजमै छ । उनी प्याजबाट मात्रै करिब वार्षिक ६० हजार रुपैयाँ देखि ७० हजार रुपैयाँ सम्म बिक्री गर्छन् । प्याजसँगै केरा, काँक्रा, विभिन्न प्रकारका हरियो तरकारी, काउली, बन्दालगायत गरेर खत्रीले वार्षिकरूपमा चार लाख रुपैयाँ भन्दा बढी नाफा कमाउँदै आएका छन् । रासस