विकासन्युज

भाटभटेनीमा फोनपे क्यूआर मार्फत भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

काठमाडौं । फोनपेको क्यूआर मार्फत भाटभटेनी सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ्ग गर्न सकिने योजना सञ्चालन गरिएको हो । यस योजना अन्तरगत फोनपे मार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ्ग गर्न सक्नेछन् । साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन् । यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेकदिन भाटभटेनीको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण मार्फत सार्वजनिक गरिनेछ । यसका साथै सपिङ्ग गर्न सहज होस् भन्ने उदेश्यले फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेलाई नि:शुल्क भाटभटेनीको झोला प्राप्त गर्नेछन् । यो योजना कात्तिक १३ गतेसम्म सञ्चालन हुने कम्पनीले बताएकाे छ । यसैगरी फोनपेले दशैंको अवसरमै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना समेत सञ्चालन गरेको छ । यस योजना अन्तरगत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख जित्न सक्नेछन् । यो योजना ग्राहकहरुका लागि असोज १३ गतेसम्म लागु हुनेछ । यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना कार्तिक १२ गते ४० दिन सम्मका लागि लागु हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गई च्यालेञ्ज एक्सेप्ट गर्नुपर्नेछ ।  

थप तीन प्रदेशमा कार्यालय खोल्दै बीमा समिति

काठमाडौं । बीमा समितिले थप तीन वटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । समितिका अध्यक्ष सिलवालले आगामी केही महिनाभित्रै प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश कार्यालय खोल्ने बताएका हुन् । बुधबार समितिमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । साथै, उनले मंसिरदेखि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई अभियानका रुपमा संचालन गरिने समेत जानकारी गराए । समितिले यसअघि नै कर्णाली, मधेश र सुदुरपश्चिम गरी ३ वटा प्रदेशमा प्रदेशस्तरीय शाखा कार्यालय स्थापना गरी उद्घाटन समेत गरिसकेको छ । बीमालाई सहर बजारमा मात्र सीमित नराखी गाउँ गाउँसम्म ‍‌पुर्याउन समितिले कार्यालय खोल्ने अभियानलाई निरन्तरता दिँदै आएको हो ।

पुँजी वृद्धिसँगै बीमामा विश्वास बढ्छ, ऐनपछि क्षेत्र नै व्यवस्थित हुन्छ : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पुँजी वृद्धि भएपछि बीमा दावी भुक्तानी र बीमाप्रतिको विश्वास समेत बढ्दै जाने बताएका छन् । बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बीमा समिति कर्मचारी युनियनले आज ललितपुरमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गरे अनुरुप पुँजी वृद्धिका लागि दुईवटा कम्पनी मर्ज भएका र अन्य २० वटा कम्पनीले मर्जरका लागि समितिबाट स्वीकृति लिएको बताए । अध्यक्ष सिलवालले नयाँ बीमा ऐन आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने र स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने बताए । मन्त्रिपरिषद्मा पेश भएको राष्ट्रिय बीमा नीति स्वीकृत भएपछि सोही नीतिका आधारमा संघ, प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी काम कारवाही अगाडि बढ्ने र बीमा क्षेत्र थप व्यवस्थित हुने उल्लेख गरे । अध्यक्ष सिलवालले आगामी केही महिनाभित्रै प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बीमा समितिका प्रदेश कार्यालयहरु स्थापना गरिने र मंसिरदेखि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरुलाई अभियानका रुपमा संचालन गरिने जानकारी दिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिका काम कारवाहीलाई अझ प्रभावकारी बनाउने क्रममा समितिको नयाँ कर्मचारी दरबन्दी स्वीकृत भएका बताए । कार्यक्रममा बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), उपनिर्देशक पुनम ज्ञवाली (श्रेष्ठ), उपनिर्देशक एवम् समितिको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारी, सहायक निर्देशक शम्भुप्रसाद मिश्र र सहायक निर्देशक रञ्जिता केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व बीमा समिति कर्मचारी युनियनका अध्यक्ष पूर्ण बहादुर थापाले गरेका थिए ।

शाइन रेसुङ्गाबाट डिजिटल कारोबार गर्दा २० प्रतिशत छुटका साथै उपहार

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न “नगद छोडौं डिजिटल रोजौं” भन्ने नारालाई आत्मसाथ गर्दै डिजिटल कारोबार अन्तर्गत एनसेल र एनटिसीबाट गरिने हरेक टपअप कारोबारमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । त्यसैगरी, बैंकले इसेवा वालेटमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको खाता लिंक गरी रकमान्तर गर्ने ग्राहक मध्य एक जना भाग्यशाली ग्राहकले हवावे अनर प्याढ एक्स८ प्राप्त गर्न सक्ने जानकारी समेत दिएको छ । बैंकले हालै मात्र फोकसवान पेमेण्ट सोल्युसनद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग आवद्ध भई भिसा कार्ड मार्फत डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ । यस सम्झाैता अनुसार शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले मोको डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० सम्मको छुट प्राप्त गर्नसक्नेछन् । यो छुट पहिलो २०० जना ग्राहकहरुले पहिलो पटक कारोबार गर्दा प्राप्त गर्नछन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले हाल ५ वटा प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकले दियो बीमाको ७ लाख

काठमाडौं ।  दुर्घटनामा परेर असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपालले बीमा बापतको रकम प्रदान गरेको छ । मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । विराटनगरमा एक कार्यक्रमकाबीच उक्त रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ । मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका थिए । २०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । मेगा बैकले तलबी खातामा बीमा सुबिधा प्रदान गर्दै आएको बैकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए । न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको छ । ्

‘बैंक, बीमा र टेलिकमलाई लाइसेन्स दिएजस्तो होइन नेप्से’

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बैंक, बीमा, टेलिकम जस्ता व्यावसायिक संस्था नभएको बताइएको छ । नेप्से कर्मचारी संघले एक प्रतिवेदन जारी गर्दै स्टक एक्सचेञ्ज भनेको अन्य संस्था र कम्पनी भन्दा फरक संस्था भएको स्पष्ट पारेको हो । ‘एउटा बैंक, वित्तीय संस्था, बीमा, टेलिकम कम्पनीलाई लाइसेन्स दिए जस्तो केहि सिमित व्यापारीको हातमा पर्न दिन हुँदैन, नियमनकारी तत्वकै कारण संसारभर स्टक एक्सचेञ्जहरुमा प्रतिस्पर्धा छैन,’ संघले जारी गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । स्टक एक्सचेञ्ज विशुद्ध बजार सञ्चालन मात्रै होईन यो नियमनकारी निकाय पनि एक फ्रन्टलाइन रेगुलेटर बढी भएको संघले जनाएको छ । स्टक एक्सचेञ्जहरुले लगानीकर्ताको हक सुनिश्चित गर्ने गरी सूचीकृत कम्पनीहरुको निगरानी गरिरहेका हुन्छन् । ब्रोकरहरुको नियमन, अनुगमन, सुपरिवेक्षण गरेका हुन्छन् । नियमनकारी तत्वकै कारण संसारभर स्टक एक्सचेञ्जहरुमा प्रतिस्पर्धा हुदैन । यसको साधारण कमी कमजोरीबाट पनि अर्थतन्त्र र बैदेशिक लगानी भित्रनमा नकारात्मक असर पर्ने संघको भनाइ छ ।

पानी शुद्धिकरणका लागि केन्ट प्रयोग गरौं, नेपालमा हाम्रो प्रतिस्पर्धी नै छैन : प्रदिप भण्डारी

नेपालमा पानी शुद्धिकरण गर्ने परिचित ब्राण्ड हो केन्ट । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्टलाई बिक्री गर्दै आएको छ । पानी शुद्धिकरणका लागि परिचित केन्ट पछिल्लो समय लोकप्रिय ब्राण्डका रुपमा नेपालमा उपभोक्ताले खरिद गरिरहेका छन् । कम्पनीले दशैं तिहारको अवसर पारेर विभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ । कम्पनीले गर्दै आएको काम कारवाही, पानी शुद्धिकरणको आवश्यकता र कम्पनीको विजनेसको विषयमा विकासन्युजका लागि सीआर भण्डारीले केन्टका डेपुटी म्यानेजर प्रदिप भट्टराईसँग कुराकानी गरेका छन् । केन्ट भनेको के हो ? केन्ट पानी शुद्धिकरण गर्ने मेसिनलाई उत्पादन गर्ने कम्पनी हो । केन्टका मेसिनहरुले विभिन्न पानीको स्रोतलाई शुद्धिकरण गर्छ । इनार, बोरिङ लगायतको पानीलाई सप्लाइ गरेर पानी शुद्धिकरण गर्ने मेसिन केन्ट हो । काठमाडौंको सुन्दरी जलमा खोलाको पानी आउँछ । खोलाको पानी र जमीन मुनि रहेको पानी फरक हुन्छ । खोलाबाट आउने पानी सफ्ट र नर्मल हुन्छ । खोलाबाट आएको पानीलाई टोटल डिजेल सोलिड (टिडीएस) लेभल काउण्ट गरिएको हुन्छ । पानीमा केमिकलहरु घुलेको हुन्छ । यस्तै, अशुद्ध पानीलाई शतप्रतिशत सफा र स्वस्थ बनाउने काम केन्टका मेसिनहरुले गर्छ । नेपाली बजारमा केन्ट कहिलेदेखि आएको हो ? नेपाली बजारमा केन्ट १८/२० वर्षअघि आएको हो । चौधरी ग्रुपले केन्टको आयात सुरु गरेको ७ वर्ष भयो । यो भारतीय प्रशिद्ध ब्राण्ड हो । भारतबाट नेपालमा चौधरी ग्रुपले आयात गर्ने र बिक्री वितरण गर्ने काम गरिरहेको छ । नेपालमा सिजी ईओएलबाट केन्टका उत्पादित वस्तुहरु बिक्री वितरण भइरहेका छन् । बजारमा केन्टको ब्यापार कस्तो छ ? पानी शुद्धिकरण गर्ने विभिन्न क्याटागोरीवाइज छन् । एउटा ब्राण्डेड कम्पनी र अर्काे लोकल नन–ब्राण्डेड कम्पनी रहेका छन् । ब्राण्डेड कम्पनीहरुमा पनि २÷३ वटा ब्राण्डहरु छन् । ब्राण्डमा मार्केट सेयरको हिसावले हामीले ९० प्रतिशत कभर गरिरहेका छौं । पानी शुद्धिकरण गर्ने मेसिन बिक्री वितरणको हिसावमा नेपाली बजारमा ६० प्रतिशत केन्टको छ । ब्राण्डका हिसावले ९० प्रतिशत केन्ट र १० प्रतिशत अन्य कम्पनी छन् । बिक्री वितरणमा ६० प्रतिशत केन्ट र बाँकी अन्य कम्पनी छन् । केटको उपस्थिति अहिलेसम्म कति जिल्लामा छ ? पहिला हामीले कम जिल्लामा मात्रै बिक्री वितरण गरेका थियौं । बिक्री गर्ने कम्पनीले प्रडक्टका बारेमा सर्वसाधारणलाई बुझाउनु पर्ने देखिएको छ । सर्वसाधारणमा सचेतना कम छ । सर्वधासारणलाई पानी शुद्धिकरणका बारेमा जानकारी नै छैन । विस्तार विस्तारै ग्राहकले शुद्ध पानी र केन्टका प्रडक्टका बारेमा बुझ्दै हुनुहुन्छ । पूर्वका मुख्य सहरहरु विराटनगर, झापा, इटहरी, २ नम्बर प्रदेशका मुख्य सहरहरु, अन्य प्रदेशका पनि मुख्य–मुख्य सहरहरुमा केन्टका पानी शुद्धिकरण गर्ने मेसिनहरु उपलब्ध छन् । केन्टको मुख्य बजार भनेको सहरी क्षेत्र हो । पहाडी जिल्लाहरुमा भने बिक्री वितरण कम हुने गरेको छ । किनभने पहाडी जिल्लामा मुलको पानी बढी प्रयोग गर्छन । विस्तारै केन्टको पानी शुद्धिकरण गर्ने मेसिनलाई ग्रामीण भेगमा पनि पुर्याउने तयारी छ । अहिले हामीले ग्राभिटी वेसको प्रविधि ल्याएका छौं । गाउँमा पनि सबैको घर–घरमा जडान गर्न सकिन्छ । पानी शुद्धिकरण गर्ने मेसिनप्रति आम सर्वसाधारणको चासो कस्तो छ ? जसले पानी शुसद्धकरण गरेर खानुपर्छ भन्ने बुझेको छ, उहाँहरुले खरिद गरिहनु भएको छ । उहाँहरुका लागि आवश्यक पनि छ । विदेश बसेका मान्छेहरु बाहिरतिर देखेको हुँदा उहाँहरुले किन्नु हुन्छ । उहाँहरुलाई बुझाउन समस्या छैन । नेपालमा सबैन्दा मुख्य समस्या भनेको सचेतना बढाउन पर्नेछ । पानी शुद्धिकरण सम्बन्धी सरकारी निकायबाट नै काम गर्न सकियो भने सहज हुने देखिन्छ । स्थानीय तहको सहयोग भयो भने पानी शुद्धिकरण गर्ने मेसिन बिक्री र ब्यापारभन्दा पनि सर्वसाधारण जनताहरुलाई शुद्ध पानी खुवाउनु पर्ने अधिकारको कुरा पनि हो । त्यसपछि मात्रै ब्यापार विजनेशमा फोकस गर्ने हो । सचेतना फैलाउन तपाईंहरुले केही कार्यक्रम गर्नु भएको छ ? शुद्ध पानी पिउनु पर्छ भनेर विभिन्न कार्यक्रमहरु गरिरहेका हुन्छौं । भाटभटेनीमा काउण्टर राखेर जानकारी दिने गरिरहेका हुन्छौं । यस्तै, अनलाइन क्याम्पेन, धेरै कार्यक्रम वर्षभरि नै गरिरहेका हुन्छौं । बिक्री वितरणका लागि भएपनि घरघरमा गएर शुद्ध पानी पिउनुपर्छ भनिरहेका हुन्छौं । यस्तै, उहाँहरुको गाउँमा गएर पानी जाँच गराउने काम पनि हामीले गर्छाैं । जाँच गरेपछि त्यो पानीको लागि कुन मेसिन आवश्यक पर्छ भनेर जानकारी पनि दिने गरेका हुन्छौं । सर्वसाधारणले यो प्रडक्ट खरिद गर्नु पर्दा कतिसम्म लागत पर्छ ? सबैभन्दा राम्रो फिल्टरको मूल्य २५/३० हजार रुपैयाँ छ । २५/३० हजार रुपैयाँ पर्ने पानी शुद्धिकरण मेसिनका लागि मानिसहरु धेरै सोच्नुहुन्छ । हामीले उहाँहरुलाई यो स्वास्थ्यसँग सम्बन्धित प्रडक्ट हो भनेर बुझाउनु परेको छ । ४÷५ जना एउटा परिवारलाई २५ हजार रुपैयाँ हिसाव गर्ने हो भने एक व्यक्तिलाई ५ हजार रुपैयाँ मात्रै पर्न जान्छ । यो खर्च भनेको वर्ष भरिको हुन्छ । पानी शुद्धिकरण मेसिनमा २५ हजार रुपैयाँ लगानी गरेर ‘माइन्ड सेट’ हुनु पर्याे की म शुद्ध पानी पिउँछु । मान्छेलाई २५ हजार रुपैयाँ भन्दा बढीको टिभी, मोबाइल खरिद गर्न केही समस्या छैन । तर, शुद्ध खानेपानीलाई भने हाम्रो पुर्खाले यहि पानी खाएर चल्यो भन्ने जस्ता कुरा पनि गर्नुहुन्छ । खरिद गर्दाखेरि म शुद्ध पानी पिउँछु भनेर माइन्डमा सेट गर्नुपर्छ । कर्पाेरेट हाउस, विद्यालय लगायत बढी भिडभाड हुने ठाउँमा केन्ट राख्न जोड दिनु भएको छ की छैन् ? हामीले विद्यालय, कमर्सियल कर्पाेरेट हाउस, कर्पाेरेट संस्थालाई खरिद गर्न जोड दिएका छौं । हामीले डिलरहरुलाई बिक्री वितरण गर्ने काम गरिरहेका हुन्छौं ।डिलरहरुले भने यस्ता संस्थाहरुमा बिक्री वितरणका लागिसबै च्यानल मिलाएको हुन्छ । साथै, सिजीको बिटुबी सेल्सबाट पनि बिक्री वितरण भइरहेको छ । केन्टको वार्षिक कारोबार कति हुन्छ, कुन सिजनमा बढी बिक्री हुन्छ ? हामीले केन्ट आरओ सिस्टमका वार्षिक १८ हजार पिस बिक्री गर्छाै । जाडो याममा अलि कम बिक्री हुन्छ । जाडो समयमा धेरै फरक नपरे पनि अलिक कम हुन्छ । थोरै कम मात्रै बिक्री हुने हो । गर्मी सिजनमा पानी बढी पिउने भएकाले बढि गर्मी याममा भने बढी बिक्री हुन्छ । दशैं तिहार लगायत चाडपर्वमा कस्ता अफरहरु ल्याउनु भएको छ ? नेपालीहरुको महान पर्वको अवसर पारेर दशैं, तिहार, छठ पर्वमा एउटा केन्टको आरओ वाटर प्युरिफाइड किन्दाखेरि सिजि इलेक्ट्रिक १.८ लिटर दिने गरेका छौं । जसमा डेलिभरि, सर्भिसलगायतका सेवा निःशुल्क छ । एक वर्षसम्म सर्भिस पनि प्रोभाइड गरेका छौं । यस्तै, हामीले फिल्टरहरुमा एक वर्षको ग्यारेन्टी र अन्य सर्भिस पनि निशुल्क दिएका छौं । नेपाली बजारमा केन्टको प्रतिस्पर्धी को हो ? नेपाली बजारमा लिभप्युोर कम्पनीका मेसिन पनि बिक्री वितरण भइरहेका छन् । लिभप्योरलाई हामीले केन्टको प्रतिस्पर्धी मानेका छैनौं । भारतमा ब्राण्ड, गुणस्तरियताको हिसावले लिभप्युोरको राम्रो बजार रहेको छ । तर, नेपाली बजारमा लिभप्युोर भन्दा केन्ट धेरै अगाडी छ । हामीले १८ सय पिस बिक्री गर्छाै भने उनीहरुले २/३ सय पिस मात्रै बिक्री गरिरहेका छन् । यसलाई प्रतिस्पर्धा भन्न नै मिल्दैन । प्रतिस्पर्धा हुनका लागि हामी बराबर जसले गर्न सक्छ, त्यो नै प्रतिस्पर्धा हो । प्रतिस्पर्धाका लागि नेपाली बजारमा केन्टसँग तुलना गर्ने कुनै ब्राण्ड छैन । ब्राण्डका लागि हामी बजारमा एकल हो । पानी शुद्धिकरण गर्ने मेसिनका लागि कति विद्युत आवश्यक पर्छ ? मेसिनलाई सिधैं धारमा जोड्ने हो । धारामा जोडेपछि सात वटा चरणमा फिल्टर हुन्छ । शुद्ध पानी भएपछि स्टोरेज ट्यांकिमा जम्मा हुन्छ । यदि त्यो पानी एक सय प्रतिशत पिउन योग्य छैन भने पानी अटोमेटिक बन्द हुन्छ । ८ लिटरको स्टोरेज ट्यांकि हुन्छ । प्रतिघण्टा ६० वाट विद्युत खपत हुन्छ । यदि कहिलेकाँही लोडसेडिङ भयो भनेपनि ८ लिटरको स्टोरेज ट्यांकिमा पानी जम्मा हुन्छ । ८ लिटर पानी २५/३० मिनेटमा शुद्ध बनाउँछ । घरायसी प्रयोगका लागि प्रतिघण्टा २० लिटर पानी शुद्ध गर्छ । सरकारले खानेपानीमा कर लिँदैन । यसमा कर छुट दिएको छ ।अब गुणस्तरियतामा ध्यान दिनु पर्ने हुन्छ । बजारमायस्तै मोडलका सस्तो मूल्यमा अन्य मेसिन पनि पाइन्छन् । सस्तो प्रयोग गर्ने भन्दा पनि स्वास्थ्यसँग सम्वन्धित भएको हुनाले राम्रो क्वालिटीको प्रयोग गर्नुपर्छ । स्थानीय तहसँग समन्वय गरेर जाने हो भने सर्वसाधारणमा छिटो पुग्न सकिन्छ । नेपालको कतिपय ठाउँमा पानी नै नपाउने गाउँहरु छन् । त्यहाँ फिल्टरको कुरा त परको हो । जहाँ पानी प्रयाप्त छ त्यहाँको लागि स्थानीय तहले विद्यालय, कलेज, मन्टेस्वरी, सहकारी संस्था, अन्य अफिसमा यस्ता मेसिन प्रयोग गर्न सकिन्छ । केन्टका मेसिनहरुले १ सय प्रतिशत सुरक्षित, स्वस्थ र शुद्ध पानी दिन्छ । दशैं तिहारलाई लक्षित गरीएउटा आरोह किन्दा सिजीको १.८ लिटरको इलेक्ट्रिकल केटल दिइरहेका छौं । इलेक्ट्रिकल केटलको मूल्य १ हजार २० रुपैयाँ रहेको छ । यसपछि हामीले भेज प्यूरिफायरको बिक्री वितरण गर्ने तयारीमा छौं । यसलाई भेजिटेबल क्लिनर भन्छ ।त्यसको काम भनेको फलफूल, तरकारीमा भएको विषादी निकाल्ने हो । जस्तै,एउटा बकेटमा एक केजी स्याउ राख्यौ भने सबै केमिकलहरु फालेर स्वस्थ बनाउँछ । यस्तै, हावा शुद्धिकरण गर्ने मेसिन बिक्री वितरण गर्ने तयारीमा छौं । हावा अशुद्ध छ भने त्यसलाई शुद्ध गर्नका लागि यो मेसिन ल्याएका हौं । चिकित्सकहरुले रिफर गरेका मुटु रोगी, दमका विरामीलाई ल्याइएको हो । एउटा कोठामा धेरै पोलुसन हुन्छ । त्यो मेसिन कोठामा राख्यो भने पुरा सफा गरिदिन्छ । फोहोर हावा जति तान्छ,स्वच्छ हावालाई प्रवाह गर्छ । सेनिटाइजर डिस्पेन्सस भन्ने छ । त्यो पनि केन्ट ब्राण्डको रहेको छ । कोरोना लागेपछि सेनिटाइजर हालेर सेन्सरबाट हाथ थाम्यो भनेर अटोमेटिक आउँछ । सरकारी निकायहरुले के गर्दा तपाईंहरुलाई सहज हुन्छ ? हरेक स्थानीय तहले शुद्ध पानी पिउनु पर्छ भनेर सचेतना फैलाए हुन्छ । केही प्रतिशत निजीकम्पनीले पनि गरिरहेका छन् । यसलाई अझै बढाउनु पर्ने छ । सरकारी क्षेत्रले पनि शुद्ध पानी पिउनु पर्छ भनेर बेलाबेला सचेतना फैलाउनु पर्ने जरुरी छ । शुद्ध पानीका लागि विभिन्न विकल्पहरु छन् । यहि ब्राण्डको मेसिन प्रयोग गर भन्न नसकेपनि अन्य ब्राण्ड प्रयोग गर्न सकिन्छ । अहिलेसम्म सरकारले पानी उमालेर मात्रै पिउने भनेको छ । अस्पतालमा गएपनि उमालेको पानी पिउनु भन्छ । पानी उमालेर खाँदा पानीमा भएको मिनिरल कम हुन्छ । यस्तै, पानीमा कलर हुन्छन् । जस्तै चिया उमाल्दा थोरै चियापत्ति हाल्दा पनि जति उमाल्यो त्यति धेरै गाडा हुँदै जान्छ । यो भनेको केमिकल हो । यसले तत्काल असर नगरेपनि दीर्घकालमा असर गर्छ । यसलाई सरकारी क्षेत्रबाट पानी उमालेर खानुभन्दा शुद्ध पानी पिऔं भनेर सचेतना दिनुपर्याे । पानीमा फिजिकल, केमिकल, माइक्रोबायोलिजकल हुने भएकाले शुद्ध पानी पिउनु पर्याे भनेर जानकारी दिनु पर्याे । आगामी दिनमा कसरी जाने योजना बनाउनु भएको छ ? अहिले हाम्रो दशैं स्कीम चलिरहेको छ । दशैं स्कीमपछि एउटा स्कीम लन्च गर्ने तयारीमा छौं । हामीले कहिले काहीँ रोड सो, रिक्सा सो पनि गर्छाै । रिक्सालाई ब्राण्डिङ गरेर,सञ्चार माध्यममा पनि सूचना दिइरहेका छौं । अनलाइन क्याम्पेन त भारत र नेपाल दुवै ठाउँबाट भइरहेका छन् । दशैं तिहार सकिएपछि अन्य योजना ल्याउने तयारी छ ।

बेष्ट फाइनान्सको १८ औं शाखा इटहरीमा

काठमाडौं । काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको ईटहरी चोकमा आफ्नो १८ औं शाखा संचालनमा ल्याएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरी बैकिङ कारोबार शुभारम्भ गरे । उद्घाटन कार्यक्रममा इटहरी क्षेत्रका प्रतिष्ठित व्यापारी, व्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । फाइनान्सले छिट्टै सुर्खेत र धनगढीमा समेत शाखा संजाल विस्तार गरी सातै प्रदेशमा आफ्नो उपस्थिती जनाउने बताएको छ ।