कवादी खोलामा साढे तीन करोडमा पक्की पुल
दमौली । तनहुँको व्यास नगरपालिका–९ हुँदै भानुका विभिन्न ठाउँ जाने सर्वसाधारणलाई बर्खामा कवादी खोला तर्न समस्या थियो । हिउँदमा सामान्य रहे पनि बर्खामा कवादी खोलाले रुप परिवर्तन गथ्र्यो । सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत कवादीखोलामा पक्की पुल निर्माण भएपछि यस भेगका जनतालाई राहत हुने भएको छ । विसं २०७३ माघमा ठेक्का सुरु भई अलपत्र बनेको पक्की पुल केही दिनअघि मात्रै सम्पन्न भएको हो । विसं २०७३ देखि अलपत्र परेको उक्त पुल तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कृष्णकुमार श्रेष्ठको सक्रियतामा सम्पन्न भएको हो । उक्त पुलको ठेक्का हिरा एन्ड नमिता कन्स्ट्रक्सनले पाएको थियो । ३१।५ मिटर लम्बाइ र ८।५ मिटर चौडाइ रहेको पुल रु तीन करोड ५६ लाखको लागतमा सम्पन्न भएको हो । ‘अलपत्र पुलको काम सम्पन्न गर्न २०७८ साल माघदेखि म आफँै फिल्डमा खटिएको थियो, काम सम्पन्न गराउन पाउँदा खुसी लागेको छ,’ पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहनुभएका श्रेष्ठका स्वकीय सचिव जगत खड्काले भने । पुल अलपत्र हुँदा यस भेगका जनताले पटक–पटक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । यस्तै प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँमार्फत चारवटा पक्की पुल निर्माण सम्पन्न भएको छ । आव ०७८÷७९ मा १६ करोड रुपैयाँको लागतमा चारवटा पक्की पुल निर्माण सम्पन्न भएका हुन् । विभिन्न मितिमा निर्माण सुरु भएका उक्त पुल आर्थिक वर्ष ०७८/९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयले रिस्तीखोला मोटरेबल पुल सोतीबँेसी, बुडुवाखोला मोटरेबल पुल, फेदीखोला मोटरेबल पुल र रिस्तीखोला मोटरेबल पुल बगुवा निर्माण सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी एवं धनमाया मिश्रले जानकारी दिए । फेदीखोला मोटरेबल पुल चार करोड २८ लाख रुपैयाँ ३२ हजार, बुडुवा खोला पुल दुई करोड नौ लाख रुपैयाँ, रिस्ती बगुवाखोला पुल चार करोड २५ लाख रुपैयाँ र रिस्ती सोतीबँेसीको पुल चार करोड ७१ लाख ३६ हजार रुपैयाँको लागतमा सम्पन्न भएको हो । फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव ८ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीबेँसीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेबल पुल निर्माण भएको मिश्रले जानकारी दिए । उक्त आर्थिक वर्षमा सातवटा पुल सम्पन्न गर्ने लक्ष्य राखिए पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीनवटा पुल निर्माण सम्पन्न हुन नसकेको उनले बताए । ‘सातवटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो, तर तीनवटा पुलको काममा ढिलाइ भयो, चारवटा मात्रै सम्पन्न भएको छ’, उनले भने । करिब एघार करोड रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न हुने तीन पुलहरु अन्तिम चरणमा पुगेको छ । ज्वालाखोला मोटरेबल पुल तीन करोड २१ लाख रुपैयाँ, द्रोपद खोला मोटरेबल पुल तीन करोड ८३ लाख रुपैयाँ र बरखोला पुल तीन करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ । रासस
लाभांश प्रस्तावसहित १३ क्यापिटलले डाके एजीएम, एनआईसी एशियाले सर्वाधिक दिँदा ६ वटाले नदिने
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ३० वटा मर्चेण्ट दर्ता छन् । जसमध्ये हालसम्म विभिन्न १३ कम्पनीले आफ्नो वार्षिक साधारण सभा (एजीएम) बोलाएका छन् । आफ्नो वार्षिक साधारण सभाका साथै विभिन्न मर्चेण्ट बैंकहरुले लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेका छन् । विभिन्न कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पुँजीको लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । केही कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् भने केही कम्पनीको साधारण सभा हुन बाँकी रहेको छ । हालसम्म विभिन्न १३ मर्चेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको भएपनि ८ वटा कम्पनीले मात्रै लाभांश वितरण गर्ने भएका छन् । हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये सबैभन्दा धेरै लाभांश एनआईसी एशिया क्यापिटलले वितरण गर्ने भएको छ । त्यस्तै, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत, सानिमा क्यापिटलले १५.७८९ प्रतिशत र प्रभु क्यापिटलले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् । लाभांश वितरण गर्ने कम्पनी बिओके क्यापिटलले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । क्यापिटलको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण कात्र्तिक ४ गते केन्द्रिय कार्यालय नारायनचौरमा दिउँसो १ बजे बोलाएको छ । क्यापिटलको सभाले प्रस्तावित लाभांश पारित गर्नेछ । यस्तै, कुमारी क्यापिटलको चौंथो वार्षिक साधारण सभा भदौ २२ गते सम्पन्न भइसकेको छ । क्यापिटलको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ५ प्रतिशत अर्थात २ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा क्यापिटलले ९ प्रतिशत अर्थात १ करोड ८० लाख रुपैयाँको नगद लाभांश वितरण गरेको थियो । यस्तै, एनआईसी एशिया क्यापिटलको छैटौं वार्षिक साधारण सभा भदौ ८ गते सम्पन्न भइसकेको छ । क्यापिटलको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, प्रभु क्यापिटलको १४ औं वार्षिक साधारण सभा भदौ ३१ गते सम्पन्न भएको हो । क्यापिटलको सभाले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अघिल्लो आर्थिक वर्षमा क्यापिटलले १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस सेयर गरी कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आरविवि मर्चेन्ट बैंकिङ्गले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै उक्त लाभांश पारित गर्नका लागि असोज ३१ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा अपरान्ह ४ बजे सातौं वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, सानिमा क्यापिटलले सातौं वार्षिक साधारण सभा असोज २६ गते अपरान्ह ४ बजे बोलाएको छ । क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट १५.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्षमा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, सिद्धार्थ क्यापिटलको भदौ १९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा असोज २८ गते दिउँसो ३ बजे बोलाएको छ । क्यापिटलको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा क्यापिटलले ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । लाभांश वितरण नगर्ने कम्पनी आर्कस क्यापिटलले आफ्नो वार्षिक साधारण असोज २५ गते बोलाएको छ । क्यापिटलको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले असोज २५ गते रजिष्ट्रर कार्यायलयमा दिउँसो २ बजे वार्षिक साधारण सभा बोलाएको हो । क्यापिटलको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिासब किताव तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७०/०८० का लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सिबिआईएल क्यापिटलले आफ्नो वार्षिक साधारण सभा बोलाएपनि लाभांश वितरण नगर्ने भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७७/७८ मा चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । तर, क्यापिटलले गत आर्थिक वर्ष २०७८/७९ मा भने लाभांश वितरण नगर्ने निर्णय गरेको हो । क्यापिटलको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा असोज २८ गते बिहान ११ बजे रजिष्ट्रर कार्यालय डिल्ली बजारमा बोलाएको हो । क्यापिटलको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिासब किताव तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७०/०८० का लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने र कम्पनीको नियमावली अनुसार गरिएको संचालक नियुक्त प्रस्ताव पारित गर्नेछ । यस्तै, सेञ्चुरी क्यापिटलको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले ६ औँ वार्षिक साधारण सभा कात्तिक ४ गते केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । क्यापिटलले गत आर्थिक वर्ष २०७८/७९ मा लाभांश वितरण नगर्ने निर्णय गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा क्यापिटलले चुक्ता पूँजीको ६.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । क्यापिटलको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिासब किताव तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७०/०८० का लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने र कम्पनीको नियमावली अनुसार गरिएको संचालक नियुक्त प्रस्ताव पारित गर्नेछ । कम्पनीले समान उद्देश्य भएका अन्य कम्पनीलाई प्राप्ति तथा समाहित गर्न वा अन्य कम्पनीमा गाभ्ने गाभिने कार्य गर्नुपर्ने भएमा सोसँग सम्बन्धित प्रबन्धपत्र, नियमावली संशोधन लगायत आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै, हिमालयन क्यापिटलको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले ५ औं वार्षिक साधारण सभा कात्तिक १ गते हिमालयन क्यापिटल रजिष्र्टड कार्यालय काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । क्यापिटलले साधारण सभा बोलाएपनि लाभांश भने वितरण नगर्ने भएको छ । क्यापिटलको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब किताव तथा सोहि अवधिको नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७०/०८० का लागि लेखा परिक्षक नियुक्त गर्ने र पारिश्रमीक तोक्ने र स्वतन्त्र तथा महिला संचालक पुनः नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले समान उद्देश्य भएका अन्य कम्पनीलाई प्राप्ति तथा समाहित गर्न वा अन्य कम्पनीमा गाभ्ने गाभिने कार्य गर्नुपर्ने भएमा सोसँग सम्बन्धित प्रबन्धपत्र, नियमावली संशोधन लगायत आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै, मुक्तिनाथ क्यापिटलको १३ औं वार्षिक साधारण सभा भदौ २३ गते सम्पन्न भइसकेको छ । क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, नेपाल लाइफ क्यापिटलको ९ औं वार्षिक साधारण सभा असोज ३ गते सम्पन्न भइसकेको छ । क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । क्यापिटलले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५२ प्रतिशत लाभांश वितरण गरेको थियो । साधारण सभा बोलाउन बाँकी कम्पनी आकाश क्यापिटल, सिटिजन्स इन्भेष्मेन्ट ट्रष्ट, सिभिल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, गरिमा क्यापिटल, लक्ष्मी क्यापिटल, माछापुच्छ्रे क्यापिटल, मेगा क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, नेपाल बङ्गलादेश क्यापिटल, नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग, एनआईविल एस क्यापिटल, एनएमबि क्यापिटल, प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग, सम्पन्न क्यापिटल र सनराइज क्यापिटलले आफ्नो वार्षक साधारण सभा बोलाउन बाँकी रहेको छ ।
कुमारी बैंकले घोषणा गर्यो साढे १२ प्रतिशत नगद लाभांश, बुक क्लोज नहुने
काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोेषणा गरेको छ । असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको साढे १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको हो । बैंकले बोनस सेयर भने घोषणा गरेको छैन । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ । कुमारी बैंक एनसीसी बैंकसँग मर्जरको प्रक्रियामा रहेकोले हाल सेयर कारोबार भने रोक्का नहुने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, साधारण सभाको मिति पनि हाललाई तय भइसकेको छैन ।
कुमारी बैंकले ७ जना ग्राहकलाई दियो बीमा सुविधा वापतको रकम
काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकलाई खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ । उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्ण बहादुर श्रेष्ठ, शान्ती नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई करिब दुई लाख रुपैयाँ बराबरको चेक बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले एक कार्यक्रमका बीच हस्तान्तरण गरे । बैंकले सो बीमा रकम नेको ईन्सुरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको उक्त बचत खातामा बीमा सुरक्षण योजना अन्तर्गत २६ लाख रुपैयाँ सम्मको सुविधा रहेको छ । साथै यस बचत योजनामा खातावालालाई निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ, र ईन्टरनेट बैंकिङ सेवा उपलब्ध छ। कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५४ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।
डिशहोमले प्रदान गर्दै आएको भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनोट
काठमाडौं । भरोसा छात्रवृत्ति अभियानले कोभिड-१९ बाट प्रभावित भई अभिभावक गुमाएका र शिक्षाबाट बञ्चित हुन पुगेका ३४ बालबालिकालाई छनौट गरेको छ । यस छात्रवृत्ति अन्तर्गत भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखी १२ कक्षा सम्म अध्यायनको लागि ५००० प्रति महिनाका दरले रकम उपलब्ध गराउनेछ । छात्रवृत्तिका लागि आवश्यक रकम डिशमिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ । साथै, प्राविधिक सहयोगका हेल्प नेपाल तथा फ्याक्ट नेपाल गर्दै आएको छ ।
खाद्यले दाङका खसीबोका काठमाडौं पठाउन थाल्यो
देउखुरी । लमही नगरपालिका–९ रिहारका मानसिंह वलीले व्यावसायिकरूपमा बाख्रा पालेका छन् । उनले व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेको नौ वर्ष भयो । उनीसँग ५० खसीबाख्रा थिए । यसपालिको दसैँमा १२ खसी बिक्री गरेको उनले बताए । ‘तौल गरेर बिक्री गर्दा ढुक्क हुँदोरहेछ’, उनले भने, ‘सरकारले दिने अनुदानमा पनि पाइने र खसीबोका बिक्री पनि हुने, सहकारीले आफ्ना सदस्यले पालेका खसीबोका तौल गरेर खरिद बिक्री गर्ने गरेको छ ।’ गत वर्ष दशैंमा मात्रै तीन लाख रुपैयाँका खसी बिक्री गरेको उनको भनाइ छ । जिल्लाको लमही–९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा किसान, व्यवसायी, स्थानीय प्रशासन, जनप्रतिनिधि, सहकारीका पदाधिकारीको बैठकले जिउँदा खसी बोकाको खरिद मूल्य निर्धारण गरेको हो । मूल्य निधारण गरेपछि तौलका आधारमा खसीबोकाको मूल्य तोकिने गरिन्छ । कर्मठ सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले बिहीबारमात्रै एक सय १८ खसीबोका बिक्री गरेको छ । सुधार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ३४ गरी जम्मा एक सय ५२ खसीको जम्मा २७ लाख ७१ हजार पाँच सय चार बराबरको कारोबार गरेको संस्थाका सुपरभाइजर पार्वती बस्नेतले जानकारी दिए । दाङबाट यस वर्ष सात सय खसीबोका काठमाडौँ पठाउन थालिएको छ । दसैँ सुरु भएदेखि पाँच सय खसीबोका काठमाडौँ पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए । किसानलाई बिचौलियाको मारबाट बचाउन सहकारीले किसानसँग समन्वय गरेर खरिद गर्छ । तिनै खसीबोका खाद्यले किन्ने गरेको उनको भनाइ छ । गत वर्ष जिल्लाबाट एक हजार खसीबोका काठमाडौँ लगिएको थियो । यसपालि खाद्यले दाङलाई दिएको कोटा सात सय रहेको र थप माग भएमा तीन सय कोटा थप गरेर एक हजारसम्म पठाउन सकिने अवस्था रहेको सुनारले बताउनुभयो । जिल्लामा सहकारी संस्थासँग समन्वय गरेर खसीबोका खरिद गर्ने काम भइरहेको उनले बताए । पच्चीस किलोभन्दा माथिको जिउँदो खसीलाई पाँच सय रुपैयाँ ७० प्रतिकिलो, २० देखि २५ किलोसम्मको खसीलाई पाँच सय रुपैयाँ ६० किलोका दरले खरिद भइरहेको प्रमुख सुनारले जानकारी दिए । अठार किलोभन्दा माथिका बोकाको प्रतिकिलो पाँच सय ५५ रुपैयाँमा खरिद भइरहेको छ । वार्षिक दुई करोड रुपैयाँ बढीका खसीबोका काठमाडौँ पठाउने गरिएको छ । दाङ खसीको मासुमा आत्मनिर्भरसँगै बाहिरका जिल्लामा खसीबोका पठाउने अवस्थामा पुगेको हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत महेश आचार्यले बताए । हेफरको सहयोगमा किसानले प्रशस्त खसीबोका पाल्ने गरेका कारण दाङ खसीको मासुमा आत्मनिर्भर भएको हो । लमही नगरपालिकाभित्रका चारवटा सहकारी संस्थाले खसीबोका खरिद गर्ने गरेका छन् । किसानलाई सहुलियत दिने र बिक्री गर्न सजिलो होस् भनेर यसो गरिएको उनले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहारलाई मध्यनजर गरेर खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । यसबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौँका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् । रासस
यो दशैं तपाईंले पनि घरमा बनाउन सक्नुहुन्छ सेफ सन्तोष शाहको ५ विशेष रेसिपी
काठमाडौं । दशैंलाई लक्षित गर्दै कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दशैं विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । यो विशेष रेसिपीमा दशैंमा विशेष खाइने सेल रोटी, खसीको पक्कु, आलुरकटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दशैंको लागि अत्यन्तै उपयुक्त रहेको सेफ शाह बताउँछन् । कोका–कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसको साथै उपभोक्ताहरुले आफुले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । यसरी भिडियो राख्ने मध्य ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउनेछन् । कोकाकोलासँगको सहकार्यको बारेमा बोल्दै सेफ सन्तोष शाहले ५ रेसिपीमा आफ्नै विशेष तरिका र सामानहरु पनि थपेको बताए । ‘यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको छु, आशा छ, यहाँँहरुले पनि आफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ। यसरी यी परिकारहरु बनाएको भिडियो चाँहि सामाजिक सञ्जालमा पनि राख्नुहोला,’ उनले भने । यस्तै कोका–कोला नेपालका कन्ट्रि डाइरेक्टर आदर्श अवस्थी मास्टर सेफ सन्तोष शाहसँग मिलेर दशैं विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा उत्साहित भएको बताए । ‘हामीलाई आशा छ वहाँँहरुले पनि यी रेसिपीहरु बनाउनु हुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनुहुनेछ,’ उनले भने ।
बैंकरले दशैंतिहारमा १६ दिन घर बस्न पाउने, यी हुन् विदा हुने दिन
काठमाडौं । आज (शुक्रबार) नवरात्रको पाँचौँ दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । राजधानी काठमाडौंबाट दशैं मनाउनका लागि गाउँ फर्किनेहरुको पनि बसपार्क र विमानस्थलमा भीड लागेको छ । योसँगै विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु पनि गाउँ फर्किन थालेका छन् । नयाँ आर्थिक वर्षको पहिलो त्रैमासको चटारोमा रहेका धेरै बैंकरहरु दशैं मनाएर चाँडै अफिस फर्किने योजनामा छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुका लागि विदाको सूचना सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुका लागि दशैं तथा तिहारमा कुल १६ दिन घर बस्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ क्यालेण्डर अनुसार दशैंमा ७ दिन, तिहारमा ५ दिन र एक दिन छठका लागि विदा दिइएको छ । तर, त्यसबिचमा तीन दिन शनिबार परेकोले बैंकरले कुल १६ दिन विदा मनाउन पाउने भएका हुन् । दशैंको घटस्थापनामा एक दिन र त्यसपछि १६ गते अर्थात् आगामी आइतबारदेखि २१ गतेसम्मका लागि सार्वजनिक विदा निर्धारण गरेको छ । १६ गतेदेखि दशैं विदा भएपनि १६ गतेको अघिल्लो दिन अर्थात् भोलि (१५ गते) शनिबार छ । त्यसैले पनि उनीहरु भोलिदेखि विदा मनाउन पाउनेछन् । यस्तै, दशैं सकिएपछि तिहारमा पनि बैंकर्सले पाँच दिन विदा पाउनेछन् । कात्तिक १० गते भाइटिका छ । कात्तिक ७ गतेदेखि ११ गतेसम्म राष्ट्र बैंकले बैंकका तथा वित्तीय संस्थाका कर्मचारीहरुका लागि विदा निर्धारण गरेको छ । तर, कात्तिक १२ गते शनिबार परेको छ । १२ गतेपछि अर्थात् कात्तिक १३ गते छठ पर्व छ । सो दिन पनि राष्ट्र बैंकले सार्वजनिक विदा दिएको छ ।