दशैंको विदामा पनि लुम्बिनी जनरल इन्स्योरेन्सले सेवा दिने
काठमाडाैं । लुम्बिनी जनरल इन्स्याेरेन्सले दशैंको विदामा पनि बीमा सेवा दिने भएकाे छ । कम्पनीले असाेज १५ गतेदेखि २२ गतेसम्म विदा रहेपनि बीमाकाे सुविधा फाेनमार्फत दिने भएकाे हाे । कम्पनीले यसकाे लागि १२ जना कर्मचारीकाे फाेन नम्बर उपलब्ध गराएकाे छ । कम्पनीले दावी विभागकाे करुण मानन्धर र सचिन मल्ल, अन्डरसाइटिङकाे परमाेत्तरमान तुलाधार र बजार विभागकाे सन्जिव शाह अनमाेल रत्न तुलाधार सबिन श्रेष्ठ अभिषेक बराल निशान्त लामिछाने विष्णुराज पाैडेल विश्वदिपक नेपाल यज्ञ सापकाेटा र धर्मराज बडुकाे सम्पर्क नम्बर उपलब्ध गराएकाे छ ।
एनआईसी एशियाका ग्राहकले भाटभटेनीमा कार्ड वा एपबाट भुक्तानी गर्दा ५०० रुपैयाँसम्म छुट पाउने
काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकहरूले भाटभटेनी सुपरमार्केटमा कार्ड तथा मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा ५०० रुपैयाँसम्म छुट पाउने भएका छन् । बैंकले दशैं, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न असाेज १ गते देखि २०७९ कात्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद डिजिटल भुक्तानी गर्ने ग्राहकलाई उक्त आकर्षक छुटको व्यवस्था गरेको हो । बैंकले ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाटभटेनी सुपरमार्केट लगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा मात्र) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ । जसअनुसार कात्तिक १५ गतेसम्म सेल्सबेरी, बिगमार्ट र साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पिओएस तथा एनआइसी एशिया मोबैंक मार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक तथा छुट उपलब्ध रहेको छ । त्यसबाहेक उक्त योजनामा विभिन्न ब्राण्डबाट अनलाईन सामग्री खरिद गरी ई–कमर्श भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुटको रहेकाे छ ।
चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छिन् । उनले नेपालीको चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारी र तिनका परिवार एवं आम जनताको प्रगतिको कामना गरे । प्राधिकरणका उच्च तहका कर्मचारीलाई आज मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु बिदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अविच्छिन्न विद्युत् सेवा प्रवाह गर्न निर्देशन दिइन् । उनले भनिन्, ‘जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन ।’ उनले केही बेर पनि विद्युत् गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै सो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिन् । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितिमा पनि सेवामा लागिरहेको भन्दै यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउन निर्देशन दिए । कार्यक्रममा विद्युत् प्राधिकरणका उच्च अधिकारीहरूको सहभागिता थियो । रासस
कामना सेवाका ग्राहकलाई पोखराको होटल जल महलमा २० प्रतिशत छुट
काठमाडौं । कामना सेवा विकास बैंक र पोखराको होटल जल महलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अनुसार कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकले पोखराको पार्दीस्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्नेछन् । बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ ।
पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो
काठमाडौं । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी र्दिए । साविकमा दैनिक औसत ३५ लाख डिजेल खपत हुँदै आएको थियो । दसैँ मनाउन सर्वसाधारण उपत्यका बाहिरिन थालेसँगै काठमाडौँका केही पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन लागेको छ । आजदेखि सरकारी तथा निजी कार्यालय दशैं बिदासम्म बन्द भएका छन् । कार्यालय बिदा भएसँगै उपत्यकाबाट बाहिरिनेको चाप बढेको छ । दसैँका बेला सार्वजनिक बिदा भए पनि डिपो खुला रहने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए । चाडपर्वका अवधिमा देशैभरि पेट्रोलियम पदार्थको सहजरुपमा बिक्री वितरणको व्यवस्था मिलाउन निगमका डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने व्यवस्था मिलाइएको उनको भनाइ छ । ‘देशभर पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको छ’, उनले भने, ‘आवश्यकताअनुसार देशभरका डिपो खुल्नेछन् ।’ दशैँ बिदाका दिन विराटनगरस्थित १ नं प्रादेशिक कार्यालय, अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालय, थानकोटस्थित बागमती प्रादेशिक कार्यालय, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय, सुर्खेतस्थित कर्णाली प्रादेशिक कार्यालय र धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालय आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ । यस्तै निगमको झापाको चारआलीस्थित शाखा कार्यालय धनुषास्थित इन्धन बिक्री डिपो, वीरगञ्जस्थित शाखा कार्यालय, दाङस्थित इन्धन डिपो र दिपायलस्थित शाखा कार्यालय बिदाका दिन पनि आवश्यकताअनुसार खुल्नेछन् । रासस
स्मार्ट क्यूआर र नेपालपे क्युआरबीच सम्झौता, एकअर्काको सेवा उपयोग गर्न पाउने
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज तथा नेपाल क्लियरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीच मार्फत क्युआर अन्तरआवद्धता कायम गर्नका निम्ति सम्झौता भएको छ । सम्झौता पत्रमा एससिटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिह प्रधानले हस्ताक्षर गरेका छन् । एससिटी तथा एनसीएचएल बीचको यो सम्झौतालाई क्युआर अन्तरआवद्धताको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको सीइओ सिंहले बताए । यस सम्झौता पश्चात स्मार्ट क्यूआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग वा वालेटका ग्राहकहरुले नेपालपे क्युआरका मर्चेन्टहरुलाई क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी नेपालपे कयुआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआरका मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकहरुलाई दुवै नेटवर्क भित्रका क्युआर सम्बन्धी भुक्तानी गर्न सहज हुनेछ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आवद्ध गराउन आवश्यक हुने छैन । हाल नेपाल पे कयुआरमा ७० हजारभन्दा बढि र स्मार्ट क्यूआरमा १ लाख ६० हजारभन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन् ।
नेपाल लाइफको कल सेन्टर दशैंको विदामा पनि संचालनमा रहने
काठमाडाैं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्ने जनाएकाे छ । ग्राहकहरुले इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, वाट्सएप, भाइबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्ने कम्पनीले बताएकाे छ । देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको शाखा अब ठिमी र कपनमा पनि
काठमाडौं । सानिमा बैंकले ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाहरुको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका संचालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरे । शुक्रबार भएको समुद्घाटन कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ कार्यालयहरु र १२० वटा ए।टि।एम। संजालहरु संचालनमा रहेका छन् ।