कवादी खोलामा साढे तीन करोडमा पक्की पुल

<p>दमौली । तनहुँको व्यास नगरपालिका–९ हुँदै भानुका विभिन्न ठाउँ जाने सर्वसाधारणलाई बर्खामा कवादी खोला तर्न समस्या थियो । हिउँदमा सामान्य रहे पनि बर्खामा कवादी खोलाले रुप परिवर्तन गथ्र्यो । सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत कवादीखोलामा पक्की पुल निर्माण भएपछि यस भेगका जनतालाई राहत हुने भएको छ । विसं २०७३ माघमा ठेक्का सुरु भई अलपत्र बनेको [&hellip;]</p>

दमौली । तनहुँको व्यास नगरपालिका–९ हुँदै भानुका विभिन्न ठाउँ जाने सर्वसाधारणलाई बर्खामा कवादी खोला तर्न समस्या थियो । हिउँदमा सामान्य रहे पनि बर्खामा कवादी खोलाले रुप परिवर्तन गथ्र्यो ।

सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत कवादीखोलामा पक्की पुल निर्माण भएपछि यस भेगका जनतालाई राहत हुने भएको छ । विसं २०७३ माघमा ठेक्का सुरु भई अलपत्र बनेको पक्की पुल केही दिनअघि मात्रै सम्पन्न भएको हो ।

विसं २०७३ देखि अलपत्र परेको उक्त पुल तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कृष्णकुमार श्रेष्ठको सक्रियतामा सम्पन्न भएको हो । उक्त पुलको ठेक्का हिरा एन्ड नमिता कन्स्ट्रक्सनले पाएको थियो । ३१।५ मिटर लम्बाइ र ८।५ मिटर चौडाइ रहेको पुल रु तीन करोड ५६ लाखको लागतमा सम्पन्न भएको हो । ‘अलपत्र पुलको काम सम्पन्न गर्न २०७८ साल माघदेखि म आफँै फिल्डमा खटिएको थियो, काम सम्पन्न गराउन पाउँदा खुसी लागेको छ,’  पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहनुभएका श्रेष्ठका स्वकीय सचिव जगत खड्काले भने । पुल अलपत्र हुँदा यस भेगका जनताले पटक–पटक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

यस्तै प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँमार्फत चारवटा पक्की पुल निर्माण सम्पन्न भएको छ । आव ०७८÷७९ मा १६ करोड रुपैयाँको लागतमा चारवटा पक्की पुल निर्माण सम्पन्न भएका हुन् ।

विभिन्न मितिमा निर्माण सुरु भएका उक्त पुल आर्थिक वर्ष ०७८/९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यालयले रिस्तीखोला मोटरेबल पुल सोतीबँेसी, बुडुवाखोला मोटरेबल पुल, फेदीखोला मोटरेबल पुल र रिस्तीखोला मोटरेबल पुल बगुवा निर्माण सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी एवं धनमाया मिश्रले जानकारी दिए ।

फेदीखोला मोटरेबल पुल चार करोड २८ लाख रुपैयाँ ३२ हजार, बुडुवा खोला पुल दुई करोड नौ लाख रुपैयाँ, रिस्ती बगुवाखोला पुल चार करोड २५ लाख रुपैयाँ र रिस्ती सोतीबँेसीको पुल चार करोड ७१ लाख ३६ हजार रुपैयाँको लागतमा सम्पन्न भएको हो ।

फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव ८ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीबेँसीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेबल पुल निर्माण भएको मिश्रले जानकारी दिए ।

उक्त आर्थिक वर्षमा सातवटा पुल सम्पन्न गर्ने लक्ष्य राखिए पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीनवटा पुल निर्माण सम्पन्न हुन नसकेको उनले बताए ।

‘सातवटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो, तर तीनवटा पुलको काममा ढिलाइ भयो, चारवटा मात्रै सम्पन्न भएको छ’, उनले भने । करिब एघार करोड रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न हुने तीन पुलहरु अन्तिम चरणमा पुगेको छ । ज्वालाखोला मोटरेबल पुल तीन करोड २१ लाख रुपैयाँ, द्रोपद खोला मोटरेबल पुल तीन करोड ८३ लाख रुपैयाँ र बरखोला पुल तीन करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ । रासस

 

Share News