विकासन्युज

केयर रेटिङ्गस नेपालले २१ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । केयर रेटिङ्गस नेपालले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले सेयरधनीहरुलाई २१.०५२६३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले साधारसभा समेत आह्वान गरेको छ । कम्पनीको कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले छैठौ वार्षिक साधारण सभा मंसिर १५ गते, केयर रेटिङ्गस नेपालको दोस्रो तल्ला, स्टार मल, पुतलीसडक, काठमाण्डौंमा ३ः१५ बजे बोलाएको हो । सभामा सञ्चालक समितिको प्रतिवेदन २०७८÷७९ छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बासलात र आर्थिक वर्ष २०७८÷७९ को नाफा÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७÷८० को लागि लेखापरीक्षक नियक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको प्रस्ताव पारित गर्नेछ ।

जनउत्थान सामुदायिक लघुवित्तलाई सीईओ आवश्यकता, आवेदन माग

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । लघुवित्तले मंगलवार एक सूचना प्रकाशन गरी सीईओ पदका लागि आवेदन आह्वान गरेको हो । लघुवित्तको सीईओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्रल, तथ्याङ्कशास्त्र, गसणतशास्त्र, ब्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयामा स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था, सामुदायिक बैंकसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ । साथै स्नातक उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था सामुदायिक बैंकसँग सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको ब्यक्तिले आवेदन दिन सक्नेछन् । दरखास्त दिने उम्मेदवारको उमेर २१ वर्ष पूरा भइ ५० वर्ष ननाघेको हुनुपर्ने छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ ीदनभित्र संस्थाको केन्द्रीय कार्यालयमा इमेलमार्फत दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ । लघुवित्तको कायमुकायम सीईओ सूर्य प्रसाद उपाध्याय छन् । उनलाई कात्तिक १७ गते बसेको सञ्चालक समिति बैठकले कात्तिक १८ गतेदेखि लागू हुने गरेर कामु सीईओको जिम्मेवारी दिएको थियो ।

३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । ३० वर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी पक्राउ परेका छन् । बर्दिया ठाकुरबाबा नगरपालिका ८ बस्ने बर्ष ६९ को जोरा सिंहलाई सुतिरहेको बेलामा अजिव बुढाक्षेत्रीले घरायसी रिसिईबीका कारण टाउकोमा धारिलो हतियार दाउ प्रहार गरेर फरार भएका थिए । प्रतिवादी क्षेत्रीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको लागि हिरासतमा राखि सम्पूर्ण अनुसन्धान कार्य पुरा भए पश्चात् फागु ३० गते जिल्ला अदालतमा उपस्थित गराउँदा शौचालय जान्छु भन्ने बहाना गरी सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीले शौचालयमा लिई गएको अवस्थामा शौचालयको भ्यान्टिलेसनबाट निस्की भागरेका थिए । उनी फरार रहेको र अदालतको आदेशले कर्तव्य ज्यान मुद्दामा १९ बर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे÷भगाएको मुद्दा समेतमा गरी जम्मा ३० बर्ष कैद सजाय तोकिएको थियो । अजिव बुढाक्षेत्री हालसम्म भारतमा लुकिछीपी बस्दै आएका थिए । उनी भारतबाट आफ्नो घरमा आएको भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोलीले कात्तिक २१ गते बुढाक्षेत्रीलाई पक्राउ गरेको हो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागी कारागार कार्यालय बर्दिया पठाईएको प्रहरीले जनाएको छ । उनले वि.स. २०७२ फागुन ५ गते राति साढे ९ बजेको समयमा बर्दिया ठाकुरबाबा नगरपालिका ८ बस्ने बर्ष ६९ को जोरा सिंहलाई सुतिरहेको बेलामा अजिव बुढाक्षेत्रीले घरायसी रिसिईबीका कारण टाउकोमा धारिलो हतियार गरि ज्यान लिएका थिए ।

ट्राफिक नियम उल्लङ्घन गर्ने २० वटा स्कुल बसलाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले स्कुल बस चेकिङमा तिव्रता दिएको छ । बिधार्थीहरुको सुरक्षित आवागमनको लागि स्कुल बस निर्देशिका अनुसार सवारी साधन सञ्चालन नगर्ने २० ओटा स्कुल बसलाई नियन्त्रणमा लिएर १५ दिन भित्र मापदण्ड पुरा गरी ट्राफिक प्रहरी कार्यालयमा देखाउने निर्देशन दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका अनुसार सन्चालन नगरेका २० ओटा स्कुल बसलाई आज नियन्त्रणमा लिएको थियो । बिहान गरिएको चेकजाँचमा सवारी चालक अनुमतीपत्र नभएको १ ओटा, बसको झ्यालमा डण्डी नराख्ने १० ओटा, कागजपत्र साथमा नराख्ने ४ ओटा र अन्य ट्राफिक नियम उल्लङघन गर्ने ५ ओटा स्कुल बसलाई नियन्त्रणमा लिएको हो । पछिल्लो समयमा मापदण्ड बिपरित बिधार्थी बोक्ने सवारी साधन संचालन गर्दा दुर्घटना समेत बढी हुने गरेकाले मापदण्ड बिपरित स्कुल बस सञ्चालन नगर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । मापदण्ड अनुसार स्कुल बस सञ्चालन भए/नभएको निरन्तर अनुगमन गर्ने कार्यालयले जनाएको छ । साथै मापदण्ड बिपरित सञ्चालन गरेमा प्रचलित नियमअनुसार कारबाही हुने प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

यस्तो छ मंगलबार कालिमाटिको तरकारी तथा फलफूलको मूल्य

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । मंगलबारका लागि समितिले सार्वजनिक गरेको मूल्य यसप्रकार छ [pdf id=362755]

आज चन्द्रग्रहण लाग्ने : के गर्ने, के नगर्ने, कुन राशिलाई के हुन्छ ?

काठमाडौं । आज कार्तिक २२ गते शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार बेलुकी ५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ‘आज ग्रहणले पूरै चन्द्रमा ढाक्नेछ, जसलाई खग्रास भनिन्छ, बेलुकी ५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिनेछ, बेलुकी ५ः२७ बजे ग्रहणको उन्मीलन हुने छ, बेलुकी ६ः३४ बजे ग्रहण सकिनेछ,’ पञ्चाङ्ग निर्णायक समितिले भनेको छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहण लाग्ने भएकाले आज मङ्गलबार बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्नुपर्नेछ । यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रमा उल्लेख गरिएको छ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राषिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ । तुला राशिलाई स्त्री पीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने उल्लेख छ ।

प्रतिकित्ता १ सयमा राधी बिद्युतले कार्तिक २९ देखि सेयर बिक्री गर्दै

काठमाडौं । राधी बिद्युत कम्पनीले अवितरित हकप्रद सेयर कार्तिक २९ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको बिक्री हुन बाँकी रहेको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने जनाएको हो । कम्पनीले यसअघि असोज ५ गतेदेखि असोज २५ गतेसम्म बिक्री गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ५ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । कम्पनीको उक्त सेयरमा लगानीकर्ताले कार्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । उक्त सेयरमा लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

धराशायी बन्दै उदयपुर सिमेन्ट उद्योग

काठमाडौं ।  निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग नाफामा छन् । विदेशी बजारमा समेत निर्यात गर्न सुरु गरेका छन् । तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी बनेको छ। व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो । उद्योग अहिले बन्द अवस्थामा छ। दसैँपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन । द्योग सञ्चालनको पहल गरिदिन त्यहाँका ट्रेड युनियनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेका छन् । उच्च व्यवस्थापनले उद्योगलाई धराशायी बनाएको ट्रेड युनियनको आरोप छ । उद्योगमा आर्थिक हिनामिना र अनियमितता भएको आरोप लगाएका हुन् । उद्योग डुबाउने खेल सुरु भएको अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विश्वेश्वर पालले बताए। इआरपी सिस्टममा पहिला पैसा आएको देखाउने सिमेन्ट गएपछि पैसा जम्मा नभएका उदाहरण पनि रहेको पालले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।