विकासन्युज

यी मानिस जसले आफ्नो उमेर घटाउन लाखौं डलर खर्च गरिरहेका छन्

काठमाडौं । यी मानिस जसले आफ्नो उमेरलाई घटाउनको लागि लाखौं डलर खर्च गरिरहेका छन् । ब्रायन जोनसोन एक प्राविधिक उद्यमी हुन् । जसले आफ्नो जैविक उमेर घटाउन वर्षेनी लाखौं डलर खर्च गरिरहेका छन् । उनी आफूले सोचेको जति उमेर कायम राखिरहन चाहन्छन् । ४५ वर्षीय ब्रायनले आफ्नो उमेर घटाउन वैज्ञानिक र डाक्टरहरुको निगरानीमा विभिन्न किसिमका उपचार र अभ्यास गरिरहेका छन् । ‘मैले यो भन्न सक्छु की मैले १८ वर्षको युवा बन्ने कोशिश गरिरहेको छु, मेरो छोरा १७ वर्षको छ, जब म युवा बन्छु त तिमी जस्तै बन्न चाहन्छु’, ब्रायनले भनेका छन् । मानिसले उमेर बढ्नेको गतिलाई कमि गरिदियो अथवा यदि यसलाई फर्काइदियो भने त्यसले मान्छे बन्नेको अर्थ नै बदलिदिने ब्रायनको भनाइ छ । ३० वैज्ञानिक र डाक्टरको समूहले ब्रायनलाई परीक्षण गरेका छन् । वीवीसीबाट ।

दुवै खुट्टा नभएका हरि बुढामगरले गरे दोस्रो पटक मेरा पिक आरोहण

काठमाडौं । पूर्व ब्रिटिस गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रो पटक मेरा पिक हिमाल सफल आरोहण गरेका छन् । सगरमाथा आरोहणको अन्तिम तयारीका लागि दोस्रो पटक मेरा पिक आरोहण गरेका हुन् । उनले गत अप्रिल १६ अप्रिल बिहान ९ः३० बजे ६ हजार ४७६ मिटर अग्लो मेरा चुचुरोको सफल आरोहण गरेका हुन् । दुई पटक मेरा पिक चढीसकेपछि खुशी व्यक्त गर्दै उनले आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरे । घुँडा भन्दा माथिबाट दुवै खुट्टा गुमाएका डबल एम्प्युटी (दुवै अंगविच्छेदन) बुढामगर सगरमाथा आरोहण गर्ने पहिलो डबल एम्प्युटी व्यक्तिको रेकर्ड राख्न आरोहणको अन्तिम तयारीमा छन् । अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएका उनले शाहसिक पर्यटनमार्फत एक पछि अर्को रेकर्ड राख्दै आएका छन् । कृत्रिम खुट्टा लगाएर बेलायतको सबैभन्दा अग्लो पहाड चढ्ने पहिलो व्यक्तिको कीर्तिमानी आरोहीबाट आरोहणमा रेकर्ड राख्न थालेका बुढामगर पश्चिम युरोपको सबैभन्दा अग्लो मोन्ट ब्लांक (दुई जनाले सँगै), अफ्रिकाको सबैभन्दा अग्लो किलेमन्जारा र मेरा पिक ६ हजारभन्दा माथि चढ्ने पहिलो व्यक्तिसमेत हुन् । उनले चुलु फार इस्ट आरोहण, हिँडेर सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गरेर किर्तिमान राखेका छन् । उनले भने, ‘मैले यो सुन्दर हिमालको दोस्रो पटक आरोहण गरेको हुँ । कुनैपनि दोहोरो एम्प्युटीले यो पिक आरोहण गरेको छ जस्तो मलाई लाग्दैन । आफ्नो टोली एचएस्टी एड्भेञ्चर परिवार, साथीहरू र विश्वभरका सबै समर्थकहरूलाई धन्यवाद दिन चाहन्छु ।  यस अभियानमा तपाईंहरू सबैले मलाइ दिनुभएको माया, प्रेम, उत्प्रेरणाले नै सफलतातर्फ अगाडि बढिरहेको छु । सबैमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाल म राम्रो अवस्थामा रहेको जानकारी गराउन चाहन्छु ।’ बुढामगर सगरमाथा आरोहणका लागि मौसमको अनुकुलता पर्खिएर सगरमाथा आधार शिविरमा बसेका छन् ।

सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा

काठमाडौं । सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बनमा परेका छन् । सभामुख देवराज घिमिरेले सांसद कोइरी निलम्बनमा परेको बताएका हुन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका हुन् । नेकपा एमालेबाट गत मंसिरको निर्वाचनमा महोत्तरी १ बाट कोइरी निर्वाचित भएका थिए । २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।

नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक

काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रुपमा बढे। सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए । तर विदेशी एपमा दर्शक झुमिँदा सोही प्रकृतिका नेपाली एपहरु आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले दर्शक पाएनन् । नेपाल राष्ट्र बैंकले वार्षिक पाँच सय डलरसम्म खर्च गर्न मिल्नेगरी डलरकार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै गएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए । अभिनेता, निर्माता, लेखकसँगै चलचित्र ‘पानीफोटो’मार्फत् निर्देशक बनेका लामिछाने सिनेमाघर एपसँग सन् २०१८ मा जोडिनु भएको थियो । ‘नयाँ सामग्री आउँदा दर्शक बढ्छन्, अन्य समयमा पनि थपघट भइरहन्छ’ उनले भने, ‘अब भने आफ्नै कन्टेन्ट ल्याउनेमा हामी छौँ ।’ यद्यपि त्यसको सूचिगत प्रक्रिया पूरा नहुँदासम्म आँट गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार वार्षिक पात्रो बनाएर मात्र आफ्नै ‘कन्टेन्ट’ ल्याइने छ । यसरी तयारी गर्दा कुनै एक ‘कन्टेन्ट’ असफल हुँदा अन्यले दर्शकलाई ‘होल्ड’ गर्न सकिने उनको भनाइ छ । आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसक्नु भएका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा चलचित्र राख्न जोखिम रहेको बताए । ‘पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन् । यससम्बन्धी साक्षरता बढाउनु आवश्य छ’, उनले भने, ‘एप ल्याएर मात्र हुँदैन त्यसलाई दर्शकसम्म पु¥याउन हामीले आवश्यकपर्ने सामग्री सञ्चित गरिरहेका छौँ ।’ उनले पाइरेसीसम्बन्धी शिक्षाको कमीले यस्तो भइरहेको बताए । उनले भने, ‘पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ । किनकी अहिले चलचित्र भवनबाट समेत खिचिएका दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।’ स्वदेशी आफ्नै सामग्री नहुँदा दर्शकको आकर्षण बढ्न सकेको छैन । अभिनेता अर्पण थापाले निर्माण प्रक्रियामा सानो वा ठूलो पर्दा भनेर विभेद नगर्न हुने बताए । ‘हामीले शृङ्खला तयार गरिरेका छौँ भने पनि चलचित्र झैँ मेहनत गर्नुपर्छ । शृङ्खला भनेर मेहनतमा कमि भयो भने त्यसको नतिजा राम्रो आउँदैन’, अभिनेता थापाले भने , ‘मैले भर्खरै एउटा शृङ्खलामा अभिनय गरेको छु । विस्तारै हामी कहाँ पनि ओटिटीलाई लक्षित गरी काम गर्नेछौँ।’ रासस

सुमेरु ग्रुपको सम्पत्ति बचेर बचतकर्ताको पैसा फिर्ता गर्ने सुमेरु सहकारीको प्रतिवद्धता, भन्छ : महर्जन भागेका छैनन्

काठमाडौं । सुमेरु बचत तथा ऋण सहकारी संस्थाले सुमेरु ग्रुपको सम्पत्ति बेचेर बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता गरेको छ । सहकारीले मंगलबार विज्ञप्ति नै जारी गरेर सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न सम्पत्ति बेच्ने प्रतिवद्धता गरेको हो । त्यसका लागि बचतकर्तालाई धैर्य गर्न सहकारीले आग्रह गरेको हो । यस्तै, विज्ञप्तिमार्फत् सहकारीले सञ्चालकहरु नभागेको पनि दावी गरेको छ । विभिन्न सञ्चार माध्यमममा सहकारीका सञ्चालक भरत महर्जन लगायतका सञ्चालकहरु विदेश भागेको विषय आएपनि उनीहरु नभागेको सहकारीको दाबी छ । आर्थिक मन्दी र तरलता अभावको कारण निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्न महत्वपूर्ण र कठोर निर्णय गरेको संस्थाले जनाएको छ । ‘निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्ने प्रयासमा लागेको बेला संचालक विदेश पलायन हुने भाग्ने जस्तो गैर जिम्मेवार कार्य संस्थाको संचालकबाट कदापी हुने छैन यस प्रति हामी हाम्रा निक्षेपकर्तालाई विश्वास र आश्वस्त हुन हार्दिक अपील गर्दछौं’, सहकारीका व्यवस्थापक धनेन्द्र कटेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हाल सो सहकारीले सर्वसाधारणको झण्डै ८ अर्ब रुपैया बचत रकम फिर्ता गर्न नसकेको बुझिएको छ । सुमेरु समूहले सहकारीका सदस्यको रकम सुमेरू हस्पिटल, कलेज, घरजग्गा लगायतका क्षेत्रमा लगानी गरेको बताइएको छ । यो विषय सहकारीले पनि स्वीकार गरेको छ । हाल सहकारीका पूर्व अध्यक्ष भरत महर्जन बेलायतमा रहेको भनिएपनि सहकारीले भने नरहेको विज्ञप्तिमा उल्लेख गरेको छ । यस्तो छ विज्ञप्ति विगत २५ वर्ष देखी सहकारी मूल्य मान्यता र प्रचलित सहकारी ऐन नियम÷विनियम अनुसार संचालित यस सुमेरु बचत तथा ऋण सहकारी संस्था आफ्नो २३ औं वार्षिक साधारण सभा सम्पन्न गरी आजको समय सम्म संचालित हुँदै आइरहेको व्यवहोरा सम्बन्धित सबैमा विदितै छ । हजारौ सदस्य एंव शुभेच्छुकको विस्वास, आशा र भरोसाको प्रतिविम्ब बनेको यस संस्थालाई विश्व परिवेश र नेपालमा निम्तिएको आर्थिक मन्दी र बजारमा देखा परेको तरलताको अभावले प्रत्यक्ष प्रभाव परेको तितो यथार्थता हामीमा अवगत नै छ । आर्थिक मन्दी र तरलताको अभावको प्रत्यक्ष असर यस संस्थाबाट प्रवाह भएको ऋण तथा व्याजको असुली अत्यन्तै कम भएको घर जग्गाको खरिद बिक्री न्यून र निक्षेपकर्ताको निक्षेप प्राप्ति समेत शुन्य प्राय भएको कारणले संस्थाले हाम्रा निक्षेपकर्ताको निक्षेप फिर्ता र व्याजको भुक्तानी नियमानुसार गर्न नसकेको प्रति क्षमाप्रार्थि छौं । संस्थाको यस प्रतिकूल अवस्थामा समेत हाम्रा शेयर सदस्य एवं निक्षेपकर्ताले दर्शाउनु भएको धैर्यता र सहानुभूतिले हामीलाई आगामी दिनमा निक्षेपकर्ताको निक्षेपको सुरक्षा प्रत्याभूती दिन थप हौसला र साहस बढेको छ । संस्था अत्यन्त अप्ठेरो अवस्थामा पुगेको समयमा यसलाई नै आधार बनाएर विभिन्न संचार माध्यम अनलाइन मिडिया र बजारमा समेत संस्थाको मान मर्यादा र साख माथि धावा बोल्ने प्रयास भएको सबै निक्षेपकर्ता शेयर सदस्य शुभेच्छुकहरुले महशुस गर्नु भएकै छ । यस बीचमा संस्थाका संस्थापक अध्यक्ष भरत महर्जनको नाम जोडेर निक्षेपकर्ताको निक्षेप जोखीममा र संचालक भाग्दै छ भन्ने भ्रामक र कल्पित समचार प्रेषित गरेकोमा त्यस प्रति हामी संचालक सदस्यको तर्फबाट खेद प्रकट गदछौं । संस्थाको यस विषम परिस्थितीमा शेयर सदस्य निक्षेपकर्ता र शुभेच्छुकको आशा भरोसा माथी धावा बोल्ने यस प्रकारको कार्यको हामी घोर भर्सना गर्दछ र प्रतिवाद गर्दछौ । आर्थिक मन्दी र तरलता अभावको कारण निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्न हामीले अत्यन्त महत्वपूर्ण र कठोर निर्णय गरेका छौं । निक्षेपकर्ताको निक्षेप सुरक्षित गर्ने प्रयासमा लागेको बेला संचालक विदेश पलायन हुने भाग्ने जस्तो गैर जिम्मेवार कार्य संस्थाको संचालकबाट कदापी हुने छैन यस प्रति हामी हाम्रा निक्षेपकर्तालाई विश्वास र आश्वस्त हुन हार्दिक अपील गर्दछौं । अन्त्यमा हाम्रा समस्त निक्षेपकर्ता एवं शेयर सदस्यहरुको निक्षेप सुरक्षित गर्न हामीले संस्थाबाट प्रवाह भएको ऋणको असुली सुमेरु ग्रुप भित्र रहेको विभिन्न कम्पनीको शेयर एवं जग्गामा शेयर वितरण गर्ने एव कम्पनीको नाममा रहेको घर जग्गा बिक्री वितरण गरी यथाशिघ्र छिटो निक्षेप सुरक्षित गर्ने मूल अभियानमा लागेको हुदाँ सो समय सीमा सम्म हाम्रा निक्षेपकर्ता शेयर सदस्यहरुलाई केही समय धैर्य धारण गरिदिनु हुन हार्दिक अपिल गर्दछ । निक्षेपकर्ताको निक्षेप सुरक्षित किसिमले अवतरण गर्ने कार्यको रुपमा महसुस एव ग्रहण गरिदिनु हुन समेत हामी हार्दिक अनुरोध गर्दछौं ।

उमेरको वृद्धिसँगै किन कपाल सेतो हुन्छ ?

काठमाडौं । अमेरिकी वैज्ञानिकहरुले उमेरको वृद्धिसँगै कपालको रंग सेतो हुनुको कारण पत्ता लगाएको दाबी गरेका छन् । ती वैज्ञानिकहरुका अनुसार जब कपाललाई कालो बनाइराख्ने कोशिकाको क्षमतामा ह्रास आएसँगै कपाल सेतो हुन थाल्दछ । ती कोशिकाहरु परिपक्क भएपछि मेलोनाइट्समा परिणत हुन्छन् जसले कपालको प्राकृतिक रंगलाई कायम राख्न मद्दत गर्छ । न्यूयोर्क विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको टोलीले मुसामा यो अध्ययन गरेको थियो, मुसामा पनि एउटै प्रकारका कोशिकाहरु हुन्छन् । वैज्ञानिकहरुले अनुसन्धानले सेतो रंगमा रुपान्तरण भएको कपाल फेरि कालो बनाउने प्रकृया शुरु गर्न सकिने दाबी गरेका छन् । ब्रिटिस एशोसिएसन अफा डर्माटोलोजिस्टका अनुसार मेलोनाइट्समाथिको अध्ययनले क्यासल लगायतमा मानिसको स्वास्थ्य अवस्थाको बारेमा समेत बुझ्न मद्दत गर्ने जनाइएको छ । हामी उमेरसँगै बुढो हुँदै जान्छौ र हाम्रो कपाल झर्दै जान्छ । यो हाम्रो जीवनको सामान्य प्रकृया हो, जुन जीवनभर चलिरहन्छ । हाम्रो छालामा रहेको हेयर साना छिद्रहरुबाट रौं पैदा भएको हुन्छस । त्यहाँ नै कपाललाई कालो बनाउने कोशिका पनि रहेका हुन्छन् । ती कोशिकाहरु पनि नियमित रुपमा पनि बन्छन र नष्ट पनि हुन्छन् । यी कोशिकाहरु स्टिमसेलबाट बनेका हुन्छन् । न्युयोर्क युनिभर्सिटीका वैज्ञानिकहरुले यो मानेका छन् की जब कुनै कारण यी कोशिकाहरु स्टिम सेलको कारणले नयाँ बन्ने प्रकृया रोकिन पुग्छ त्यसपछि कपाल सेतो हुन थाल्छ । न्यूयोर्क युनिभर्सिटीको लाङवान हेल्थ टोलीले विशेष स्क्यानिङ र प्रयोगशाला प्रविधिको सहयोगमा यी कोशिकाहरुको निर्माण र वृद्धिको प्रकृयाको अध्ययन गरिरहेको छ । जब कपालको उमेर बढ्दै जान्छ, तब कपाल झर्दै जान्छ । सोसँगै मेलानोसाइट्स कोशिकाहरु पनि कमजोर हुँदै जान्छन् । स्टिम सेलहरु आफ्नो ठाउँमा स्थिर हुन्छ र उसले मेलानेसाइट्सको विकास गर्न सक्दैन । जसका कारण कपालको रौंमा कलर कायम राख्ने विषयमा समस्या पैदा हुन्छ । वीवीसीबाट ।

प्रधानमन्त्रीसँग महानिर्देशक डा बरमेजोको भेट, प्रजनन स्वास्थ्यबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरेका छन् । आज भएको भेटमा उनीहरुबीच स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घले नेपाल सरकारमार्फत थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गरेको भेटमा सहभागी नेपाल परिवार नियोजन सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले जानकारी दिए । प्रधानमन्त्री दाहालले महासङ्घले यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध क्षेत्रमा नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगका लागि महानिर्देशक डा बरमेजोलाई धन्यवाद दिएका थिए । महानिर्देशक डा बरमेजोले महासङ्घले आगामी दिनमा नेपाललाई प्रदान गर्दै आएको आर्थिक एवं प्राविधिक सहयोग थप वृद्धि गर्ने बताएका थिए । भेटमा नेपाल परिवार नियोजन सङ्घका अध्यक्ष हिमाल कसजू, महासङ्घका दक्षिण एसियाली क्षेत्रीय निर्देशक सोनाल मेहेता, प्राविधिक सल्लाहकार डा हरजोत खोसा सहभागी थिए । महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कामा गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो । महासङ्घमा विश्वका एक सय ८९ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् । नेपाल परिवार नियोजन सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । मूलतः गरिब, सीमान्तीकृत, सामाजिक रूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य–सङ्घमार्फत लगानी गर्दै आएको छ । हाल नेपाल परिवार नियोजन सङ्घले विभिन्न ४३ जिल्लाका तीन सय एक पालिकामा रहेका क्लिनिकमार्फत यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवर्द्धनात्मक सचेतना प्रदान गरिराखेको छ ।

सहकारीलाई ‘कुलिङ पिरियड’ दिएर बचतकर्ताको बचत विस्तारै तिराउने मुडमा सरकार

काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरुको वित्तीय अवस्था सन्तोषजनक छैन । सहकारीहरु संस्थाले मनपरी ढंगले सदस्यहरुको बचत घरजग्गा क्षेत्रमा लगानी गर्दा र अहिले घरजग्गा क्षेत्रमा मन्दी आउँदा त्यसको प्रत्यक्ष असर सहकारीमा परेको हो । अहिले देशका ठूला भनिएका अधिकांश सहकारीहरु पनि बचतकर्ताको बचत फिर्ता गर्न सकिरहेका छैनन् भने ती सहकारीका सदस्यहरु बचत फिर्ताको माग राख्दै विभिन्न निकायमा धाइरहेका छन् । ती सहकारीको विषयमा सहकारी विभागमा गुनासो तथा उजुरी दिने बचकर्ताको संख्या बढ्दै गएको छ । कतिपय सहकारीका सदस्यहरुले आन्दोलन पनि गरिरहेका छन् । सहकारी संस्थाहरुको छाता संस्था राष्ट्रिय सहकारी महासंघले अहिलेको समस्या समाधानका लागि सरकारसँग आग्रह पनि गरेको छ । महासंघले विभिन्न १३ वटा मागहरु राख्दै सहकारीका समस्या समाधान गर्न अनुरोध पनि गरेको छ । आफ्ना मागहरु पुरा नभए आन्दोलन गर्ने चेतावनी समेत महासंघले दिएको छ । महासंघको सहकारी समस्या समाधान संयोजन समितिले गत शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै विभिन्न १३ बुँदे माग राखेको थियो । समितिका संयोजक तथा महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले १३ बुँदे माग पूरा गर्न सरकार गम्भीर नबने जेठ ३ गतेदेखि सडक आन्दोलन गर्ने चेतावनी दिएकी थिइन् । व्यक्तिगत बचतको सीमा २५ लाख तोक्ने गरी सहकारी ऐन संशोधन गर्न बनेको विधेयकको दफा तत्काल खारेज गर्नुपर्ने, समस्यामा परेका सहकारी संघ÷संस्था संचालनका लागि वातावरण बनाउन कम्तिमा २ वर्षकाकुलिङ पिरियड घोषणा गर्नु पर्ने र सरकारले सहकारीको विषयमा सकारात्मक सन्देश दिन पत्रकार सम्मेलनको आयोजना गर्नु पर्ने लगायतका माग महासंघले राखेको छ । यी केही मागहरु सम्बोधनका लागि सरकार सकारात्मक देखिएको छ । सहकारी संस्थाहरुको नियामक सहकारी विभागले त्यसको सुरुवात पनि गरेको छ । सहकारी अभियानप्रति लक्षित भ्रामक गतिविधि र अफवाहका कारण जनस्तरमा अविश्वास बढेकाले त्यस्ता गतिविधि र कार्यका विरुद्ध आवश्यक कारवाही गर्दै पत्रकार सम्मेलन मार्फत् सकारात्मक सन्देश प्रवाह हुने कार्यक्रम तत्कालै गर्नुपर्ने महासंघको माग सम्बोधनका लागि विभाग तयार देखिएको हो । विभागका रजिष्ट्रार नमराज घिमिरेले अब समय–समयमा पत्रकार सम्मेलन गरेर सहकारी विभागले गर्दै आएका काम कारवाहीको विषयमा जानकारी गराउने बताएका छन् । उनले आइतबार शिवशिखर बहुउद्धेश्यिय सहकारीको विषयमा पनि पत्रकार सम्मेलन गर्दै अब विभागले नियमित रुपमा पत्रकार सम्मेलनको आयोजना गर्ने बताए । यस्तै, महासंघले सरकारसँग कुलिङ पिरियडको पनि माग गरेको थियो । यो मागप्रति पनि सरकार सकारात्मक देखिएको छ । जसको उदाहरण शिवशिखर सहकारीबाटै देखिएको छ । बचतकर्तालाई बचत फिर्ता गर्न नसकेको शिवशिखर सहकारीका सञ्चालकलाई विभागले केही समय दिएको छ । ‘हामीले शिवशिखर सहकारीका सञ्चालकहरुलाई समय दिएका छौं, अब सहकारीका बचतकर्ताले पैसा पाउँछन्, यसमा दुइमत छैन, तर कहिले पाउँछन् भन्ने विषय म पनि भन्न सक्दिनँ,’ उनले भने, ‘यसलाई कुलिङ पिरियड’ का रुपमा बुझ्दा पनि हुन्छ, बचतकर्ताले अब केही समय धैर्य गर्नु पर्ने हुन्छ ।’ यस्तै, विभागले शिव शिखरसँगै अन्य सहकारीहरुलाई पनि समय दिइरहेको छ । बचकर्ताको बचत फिर्ता गर्न नसकेका अधिकांश सहकारीका सञ्चालकहरु अहिले फरार छन् । ती सञ्चालकहरु र तिनका आफन्तहरुलाई सम्पर्कमा ल्याएर विभागले छलफल गरिरहेको छ । रजिष्ट्रार घिमिरेले गौतमश्री सहकारीले पनि अहिले किस्ता–किस्तामा बचतकर्ताको बचत फिर्ता गरिरहेको बताए । विभागले सो सहकारीलाई पनि समय दिएको छ । घिमिरेका अनुसार अहिले अर्थतन्त्रमा देखिएको समस्या र त्यसको असर सहकारीमा पनि परेकोले यस विषयमा बचतकर्ताले पनि बुझिदिन आग्रह गरे । ‘अधिकांश सहकारीले घरजग्गामा लगानी गरेर समस्या देखिएको छ, समस्या परेपछि सञ्चालकहरु फरार हुने प्रवृति बढ्दो छ, यसको समाधानका लागि हामी विभिन्न निकायको समन्वयमा काम गरिरहेका छौ, केही ढिला भएपनि बचतकर्ताले पैसा फिर्ता पाउँछन्, हामी फिर्ता गराएरै छोड्छौं, हामीले पनि उनीहरुलाई समय दिनु पर्ने हुनछ,’ उनले भने । यस्ता छन् महासंघका माग १) सहकारी अभियानप्रति लक्षित भ्रामक गतिविधि र अफवाहका कारण जनस्तरमा अविश्वास बढेकाले त्यस्ता गतिविधि र कार्यका विरुद्ध आवश्यक कार्वाहि गर्दै जनस्तरमा प्रेस विज्ञप्ति र पत्रकार सम्मेलन मार्फत सकारात्मक सन्देश प्रवाह हुने कार्यक्रम तत्कालै गर्नुपर्ने । २) व्यक्तिगत बचतको सीमा २५ लाख तोक्ने गरी सहकारी ऐन संशोधन गर्न बनेको विधेयकको दफा तत्काल खारेज गर्नु पर्ने । ३) सहकारी ऐन २०७४ र नियमावली २०७५ मा भएको “सन्दर्भ व्याजदर” सम्बन्धि व्यवस्था अव्यवहारिक भएको हुँदा सो खारेज गरी बजार अनुसार व्याजदर निर्धारण हुने स्वचालित प्रणालीको व्यवस्था तत्काल गर्नुपर्ने । ४) वित्तिय सहकारीमा देखिएको तरलता समस्या तत्काल समाधानका लागि राष्ट्रिय सहकारी बैंक मार्फत पर्ने परिचालन हुने गरी सहुलियत व्याजदरमा ३ वर्षसम्मका लागि १० अर्व रकम उपलब्ध गराउनु पर्ने । ५) सहकारीको वित्तिय जोखिम न्यूनिकरण र सदस्यहरुको बचत सुरक्षाका लागि सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा व्यवस्था भएको “कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष” तत्काल स्थापना हुनुपर्ने । ६) सहकारी क्षेत्रलाई दीगो, मर्यादित, सुशासित बनाउन सहकारी संघ संस्थाहरुको प्रभावकारी अनुगमनका लागि ‘दोस्रो तहको नियामक संस्था’ तत्काल स्थापना हुनु पर्ने । ७) सदस्यहरुले सहकारी संस्थामा गरेको बचत सुरक्षाका लागि सहकारी ऐन, २०७४ को दफा ७९ र नियमावली, २०७५ मा व्यवस्था भए बमोजिम सहकारी संस्थाबाट ऋण लिई नतिर्ने मनसाय भएका ऋणीहरुको एकाघर सगोल परिवारको चल अचल सम्पत्ति रोक्का राख्न पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायलाई निर्देशन दिनु पर्ने । ८) स्थानीय तहदेखि केन्द्रिय तहसम्म वित्तिय सहकारी संस्थाहरुको दर्ता, कार्यक्षेत्र विस्तार र सेवाकेन्द्र स्विकृतिमा तत्कालै रोक लगाउनु पर्ने । ९) सहकारीको दीगोपनका लागि सहकारी अभियानसँगको समन्वयमा छुट सुविधा र प्रोत्साहन सहितको ” एकिकरण प्याकेज कार्यक्रम” तत्काल घोषणा गर्नुपर्ने र सोको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने । १०) विद्यमान असहज परिस्थितिका कारण कर चुक्ता लिन बाँकि रहेका सहकारी संस्थाहरुका लागि २०८० आषाढ मसान्तसम्म म्याद थप गर्ने व्यवस्था तत्काल मिलाउनु पर्ने । ११) विषम परिस्थितिका कारण कार्यालय संचालन गर्न समस्यामा परेका सहकारी संघ÷संस्था संचालनका लागि वातावरण बनाउन कम्तिमा २ वर्षको ऋययष्लिन एभचष्यम घोषणा गर्नुपर्ने । १२) सहकारी संघ संस्थाहरु निर्वाध रुपमा संचालन गर्न तत्काल नेपाल सरकार, गृह मन्त्रालय मार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सुरक्षा सम्बन्धी परिपत्र जारी गर्नुपर्ने । १३) सहकारी संघ संस्थामार्फत कृषि पशुपंक्षि, उद्योग, कलकारखाना, जलविद्युत, पर्यटन, विमा, स्वास्थ्य सेवा लगायतका व्यवासाय संचालन गर्न अन्तरसम्बन्धित ऐनहरु तत्काल संसोधन गर्नुपर्ने ।