प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर, को हुन् उनी ?
काठमाडौ । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक सिमितको बुधबार बसेको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । कामु सीईओ मानन्धर बैंकमा महाप्रबन्धक थिए । बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल सकिएपछि अर्काे व्यवस्था नभएसम्म सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ । बैंकिङ्ग क्षेत्रमा २२ वर्षको अनुभव सँगालेका कामु सीईओ मानन्धर चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । उनले भारतबाट सीए गरेका हुन् । उनी प्राइम बैंकमा १६ वर्षदेखि कार्यरत छन । त्यसअघि उनले विश्व बैंकले लागू गरेको राष्ट्रिय वाणिज्य बैंकमा वित्तीय क्षेत्र सुधार कार्यक्रममा काम गरेका थिए । काठमाडौंको बालाजु घर भएका मानन्धर कर्जा तथा जोखिम व्यवस्थापनमा दख्खल ब्यक्ति हुन् । बैंक स्रोतका अनुसार हाललाई कामु सीईओको जिम्मेवारी दिएको भएपनि मानन्धरलाई नै सीईओको पूर्ण जिम्मेवारी दिने तयारी छ । ५५ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध रहेका नारायणदास मानन्धरको कार्यकाल गत साउन १६ गतेदेखि सकिएको हो ।
टेकुमा एलिका ब्राण्डको पहिलो शोरुमको उद्घाटन, ओपेनिङ्गमा विशेष छुट
काठमाडौं । नेपालमा एलिका ब्राण्डको पहिलो शोरुमको उद्घाटन भएको छ । चौधरी ग्रुप अन्तर्गत एलिका ब्राण्डको पहिलो एक्सक्लुसिभ ब्राण्डसप काठमाडौंको टेकुमा खोलिएको हो । उक्त शोरुम एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेसका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससि साबुको उपस्थितिमा बुधबार उद्घाटन भएको हो । एलिका ब्राण्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट-इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायत अन्य विभिन्न घरायसी विधुतीय सामाग्रीहरु रहेका छन् । कम्पनीका अनुसार भुई तल्लाको ११०० वर्ग फिट एरियामा बनेको यस एलिका ब्राण्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ । काठमाडौंको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको छ । दक्ष्य तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ । यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका साढे ७ बजेसम्न खुल्ला रहने छ । टेकुमा खोलिएको यस एलिका ब्रान्डसपमा ओपेनिङ्गको विशेष छुट, ० प्रतिशत सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै प्रोडक्ट लाइभ डेमो र प्रिभेनटिभ मेन्टीनेस सर्भिसको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । साथै, ग्राहकको आवश्यक्ता अनुसार निःशुल्क साइट भिजिटको पनि व्यवस्था छ । यो सँगै टेकुमा खोलिएको यस एलिका ब्रान्डसप अब सिजी इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४ औं शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि कम्पनीले जानकारी दिइएको छ ।
दाङमा उत्पादनभन्दा व्यापारमा सक्रिय हुनेको सङ्ख्या धेरै
दाङ । दाङमा १३ हजार दुई सय ९४ परिवार कृषिबाहेक व्यापार–व्यवसायमा सक्रिय रहेका छन् । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार घरेलु उद्योगमा १७ दशमलव ९, व्यापारमा ५२, यातायात क्षेत्रमा ८ दशमलव ७, सेवा क्षेत्रमा ९दशमलव ६ र अन्य क्षेत्रमा ११ दशमलव ८ प्रतिशत सक्रिय छन् । तथ्याङ्कले उत्पादनभन्दा पनि व्यापारमा सक्रिय हुने सङ्ख्या बढी रहेको देखाएको छ । यसबाट जिल्लामा उत्पादनको अवस्था कमजोर देखाएको छ । उद्योग तथा उत्पादन क्षेत्र कम हुँदा जिल्ला आत्मनिर्भर हुन सकेको छैन । सहरी क्षेत्रका पालिकाहरुमा बढी र ग्रामीण क्षेत्रका पालिकामा कम परिवारले व्यवसाय गर्ने गरेको जनगणनाको तथ्याङ्कले देखाएको छ । जिल्लाको पहाडी क्षेत्रमा रहेको बङ्गलाचुली गाउँपालिकामा दुई सय १० परिवार व्यवसायमा रहेका छन् । जसमध्ये घरेलु उद्योगमा २१.९, व्यापारमा ५०.५, यातायातमा २.९, सेवा क्षेत्रमा २१ र अन्य क्षेत्रमा ३.८ प्रतिशत रहेका छन् । जिल्ला सदरमुकाममा रहेको घोराही उपमहानगरपालिकामा तीन हजार सात सय ८१ जना परिवार व्यवसायमा सक्रिय रहेका छन् । जसमा घरेलुतर्फ १४.८, व्यापारमा ५४, यातायात क्षेत्रमा ७.५, सेवा क्षेत्रमा ९.५ र अन्य क्षेत्रमा १४.२ प्रतिशत रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाका तीन हजार सात सय ४८ परिवारले व्यवसाय गरिरहेका छन् । जसमा घरेलुतर्फ १४.९, व्यापारमा ५५.१, यातायात क्षेत्रमा ८.७, सेवा क्षेत्रमा १०.४ र अन्य क्षेत्रमा ११ प्रतिशत रहेका छन् । त्यस्तै शान्तिनगर गाउँपालिकामा ६ सय ६० परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलु उद्योग क्षेत्रमा १४.८, व्यापारमा ४२.४, यातायातमा ११.२, सेवामा ६.४, अन्य क्षेत्रमा २५.२ प्रतिशत रहेका छन् । बबई गाउँपालिकामा चार सय ८१ परिवारले व्यवसाय गर्ने गरेका छन् भने दङ्गीशरण गाउँपालिकामा पाँच सय ३९ परिवारले व्यवासाय गर्ने गरेको तथ्याङ्कले देखाएको छ । यस्तै, लमही नगरपालिकामा एक हजार एक सय १४ परिवार व्यवसायमा आबद्ध रहेको पनि तथ्याङ्कले देखाएको छ । जसमा घरेलुतर्फ १८.७, व्यापारमा ५६.७, यातायातमा ९.४, सेवा क्षेत्रमा ९.२ र अन्य क्षेत्रमा ६ प्रतिशत छन् । व्यवसयामा आबद्ध हुनेतर्फ राप्ती गाउँपालिकाका एक हजार तीन सय १८ परिवार रहेका छन् । जसमा घरेलु उद्योगमा २४.५, व्यापारमा ४८.३, यातायातमा ७.७, सेवामा ८.२, अन्य क्षेत्रमा ११.४ प्रतिशत रहेका छन् । गढवा गाउँपालिकामा व्यवसाय गर्नेको सङ्ख्या एक हजार चार परिवार छन् । त्यसमध्ये घरेलुमा २८.४, व्यापारमा ४७.२, यातायातमा १०.९, सेवा क्षेत्रमा ५.८ र अन्य क्षेत्रमा ७.८ प्रतिशत रहेका छन् । राजपुर गाउँपालिकामा चार सय ३९ परिवारले व्यवसाय गर्ने गरेका छन् । जसमा घरेलुतर्फ १२.८, व्यापारमा ४९.२, यातायातमा ८.४, सेवामा १५ र अन्य क्षेत्रमा १४.६ प्रतिशत रहेको छ । रासस
अब निजी स्कूल गुठी संरचनामा मात्रै खोल्न पाइने
काठमाडौं । सरकारले मंगलबार संघीय शिक्षा विधेयक ‘विद्यालय शिक्षा ऐन, २०७९ संसदमा पठाउने निर्णय गरेको छ । सरकारले अगाडि सारेको विधेयक संसदबाट प्रकृयासम्मत ढंगले अगाडि बढेर पारित भएमा त्यसको कार्यान्वयनसँगै अब निजी विद्यालय अहिलेकै कानुनी ढाँचामा सञ्चालन गर्न नपाइने भएको छ । प्रस्तावित विधेयककाअनुसार सो विधेयक ऐन बनेर लागू भएपछि निजी विद्यालय निजी गुठी अन्तर्गतको कानुनी ढाँचामा रहेर मात्रै सञ्चालन गर्न पाइने छ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०७९’ को दफा ४ मा निजी विद्यालयको स्थापना र सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ । ‘विद्यालय शिक्षा ऐन, २०७९’, दफा ४ को उपदफा १ मा सो ऐन लागू भएपछि निजी लगानीको विद्यालय शैक्षिक गुठी अन्तर्गत सञ्चालन हुन सक्ने भनिएको छ । नयाँ संघीय ‘विद्यालय शिक्षा ऐन, २०७९’ लागू हुनुभन्दा अगाडि सञ्चालन भएका निजी विद्यालयहरु भने पुरानै अवधारणमा सञ्चालन हुनसक्ने प्रस्तावित ऐनमा उल्लेख गरिएको छ । ‘यो ऐन प्रारम्भ भएपछि निजी लगानीको विद्यालय शैक्षिक गुठी अन्तर्गत स्थापना र सञ्चालन हुन सक्नेछ’, प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०७९’ को दफा ४ को उपदफा १ मा उल्लेख गरिएको छ । प्रस्तावित संघीय शिक्षा ऐनमा अहिले सञ्चालन भइरहेका सार्वजनिक वा निजी गुठीका विद्यालय पनि सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण गर्न सकिने व्यवस्थाको प्रस्ताव गरिएको छ । सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण हुन चाहने शैक्षिक संस्थालाई प्रोत्साहन गर्न आवश्यक छुट र सुविधा समेत दिने विधेयकमा व्यवस्था गरिएको छ । ‘उपदफा (३) बमोजिम सार्वजनिक शैक्षिक गुठीमा रुपान्तरण हुन चाहने विद्यालयलाई प्रोत्साहन गर्न आवश्यक छुट तथा सुविधा दिन सकिनेछ’, प्रस्तावित संघीय शिक्षा ऐनको दफा (५) मा उल्लेख गरिएको छ ।
‘फोहोर व्यवस्थापनका लागि काठमाडौंवासीलाई प्रशिक्षित गर्नुपर्छ’
काठमाडौं । सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौमा बसोवास गर्दै आएकाहरुलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका छन् । शहरी विकास मन्त्रालयमा मंगलबार भएको काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धी कार्ययोजना विषयक छलफलमा सरोकारवालाहरुले फोहोर घरघरमै छुट्याउनुपर्ने भन्दै नागरिकलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाएका हुन् । प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले फोहोरमैला विसर्जन गरेको ठाउँका जनताले भोगिरहेका समस्या र समाधानका उपायबारे शहरी विकासमन्त्रीसँग छलफल भएको बताए बैठकपछि कुरा गर्दै पाण्डेले फोहोरको उचित व्यवस्थापन नहुँदा प्रभावित क्षेत्र ककनी र धुनीबेंशी गाउँपालिकाका नागरिकले वर्षेनी सास्ती भोग्दै आएको बताए । अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड नभई डम्पीङ साइडमा परिणत भएको बताए । उनले स्थायी रुपमा फोहोरको समस्या समाधान हुनुपर्ने धारणा राखे। उनले काठमाडौं उपत्यकाका नागरिकलाई दुई तीन महिनासम्म फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिनुपर्ने बताए । उपत्यकाको फोहोर स्थायी रुपमा समाधान गर्ने उपायको खोजि हुनुपर्ने बताए । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताए । फोहोरले शहर प्रदुषण गराएको भन्दै यसको दिगो व्यवस्थापन हुनुपर्ने उनले बताए । फोहोर व्यवस्थापन गर्न बसाईंसराई निरुत्साहीत गर्नुपर्ने सुझाव दिए । धादिङस्थित धुनिबेंसी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले प्रभावितहरुसँग फोहोर सुंगेर मर्ने की गोली खाएर मर्ने भन्ने दुई वटा विकल्प मात्रै बाँकी रहेको बताए । उनले फोहोरको दीर्घकालीन समाधान भन्दापनि तत्कालीन समाधान खोजिनुपर्ने बताए । आचार्यले कार्ययोजना मात्रै होइन अब कार्यान्वयनमा जानुपर्ने धारणा राखे । उनले वर्षौंदेखि फोहोर व्यवस्थापनबारे छलफल भएपनि समाधान निकाल्न सरकार जिम्मेवार नभएको बताए । शहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा भएको छलफलमा फोहोरमैला प्रभावित क्षेत्रका सांसद, काठमाडौं उपत्यकाका सांसद, प्रदेश सभाका सदस्यहरु, ककनी र धुनीबेंसी नगरपालीकाका मेयरको सहभागिता थियो । शहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्ययोजना बनाएर प्रधानमन्त्री समक्ष पेस गर्ने योजना बनाएको छ ।
साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान
भोजपुर । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ । भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा नं १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका–८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको हो । उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले जानकारी दिए । जिल्ला अदालतको मङ्गलबार थुनछेक आदेशअनुसार पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि जिल्ला कारागार तथा १६ वर्षीय बालकलाई बालगृह पठाइएको उनले बताए । विसं २०८० असार २२ गते भोजपुर–१२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधानसहित सातजना वडा नं ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न गएका थिए । छजना साथी घर फर्किए पनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर–१२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए । प्रधकानका बुबा देवीप्रसादको जाहेरीका आधारमा प्रहरीले अभियोग लागेकामाथि अनुसन्धान थालेको थियो । रासस
एक लाख बीमितले त्यागे १४ अर्ब बढीको बीमा पोलिसी, कुन कम्पनीले कति गरे भुक्तानी ?
काठमाडौं । एक वर्षको अवधिमा एक लाख बढी बीमितले बीमा पोलिसी त्याग अर्थात सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणको असार मसान्तसम्म तथ्यांकअनुसार गत वर्ष अर्थात आर्थिक वर्ष २०७९/८० मा सञ्चालनमा रहेका १५ बीमा कम्पनीका एक लाख ४ हजार ५०६ जनाले बीमा पोलिसी अर्थात बीमालेख त्यागेका हुन् । जुन अघिल्लो वर्षको तुलनामा २७.६६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ८१ हजार ८६० जना बीमितहरुले बीमा पोलिसी सरेन्डर गरेका थिए । त्यस्तै, समीक्षा अवधिमा सरेन्डर रकम भने १७.२० प्रतिशतले बढेको छ । बीमितहरुले एक वर्षको अन्तर्रालमा १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । अघिल्लो वर्ष भने १२ अर्ब १८ करोड रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका थिए । यससँगै कम्पनीहरुले बीमितलाई समर्पण मूल्य बापतको सो मात्राको रकम दावी भुक्तानी गर्नुपरेको छ । जसमा सबैभन्दा बढी भुक्तानी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सबाट एक वर्षको अवधिमा ४ अर्ब ७८ करोड रुपैयाँ सरेन्डरमार्फत बाहिरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा भने ४.५२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले सरेन्डर मूल्य बापतको ५ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो । कुन कम्पनीले कति गरे भुक्तानी ? समीक्षा अवधिमा अधिकांश कम्पनीको बीमा पोलिसी सरेन्डर दर बढेको छ । रकमको आधारमा अधिकांशको बढ्दा ४ कम्पनीको भने सरेन्डर रकम घटेको छ । जसमा नेपाल लाइफ, एशियन लाइफ, महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफ रहेका छन् । आईएमई लाइफको भने सबैभन्दा बढी रकमको बीमा सरेन्डर भएको छ । एक वर्षको अवधिमा कम्पनीको सरेन्डर रकम ३२७.६६ प्रतिशतले बढेको छ । त्यस्तै, संख्याको आधारमा पनि आईएमई लाइफकै बढी छ । सरेन्डर भएको बीमालेखको संख्याको आधारमा तीन कम्पनीको मात्रै घटेको छ । जसमा राष्ट्रिय बीमा संस्थान, एशियन लाइफ र महालक्ष्मी लाइफ रहेका छन् । जीवन बीमा क्षेत्रमा सरेन्डर बढ्नुको मूख्य कारण देशको आर्थिक मन्दी रहेको बीमाका जानकारहरु बताउँछन् । आर्थिक रुपमा सहज भएमात्रै बीमा गरिने भएकाले पनि त्यसमा मन्दी छाउँदा बीमा क्षेत्रमा सरेन्डरको दर बढ्ने उनीहरुको भनाई छ । कुन कम्पनीको कति बीमालेख सरेन्डर ?
एफ डी मोटर्सको इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकले ब्याजबिनै ३ लाखसम्म कर्जा पाउने
काठमाडौं । एफ डी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा डाउन पेमेन्ट बिनै ३ लाखसम्म कर्जा पाउने भएका छन् । मंगलबार ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डी मोटर्स) र कुमारी बैंकबिच सो ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रडिट कार्डमार्फत् कर्जा उपलब्ध गराउने सम्झौता भएको हो । जसअन्तर्गत कुनै पनी ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरूमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरिन सकिने बताइएको छ । यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने पनि सम्झौता भएको छ । एफ डी मोटर्सले हाल दुईवटा मोडलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मूल्य २ लाख, हजार, ९९९ र एफ फाइब ए को मूल्य २ लाख, ९७ हजार, ९९९ रहेको कम्पनीले जनाएको छ ।