उमेर अनुसारको यौनशिक्षा आवश्यक : यौनरोग विशेषज्ञ
काठमाडौं । यौन रोग विशेषज्ञहरुले आम मानिसहरुलाई उमेर अनुसार यौनसँग सम्बन्धित शिक्षा दिनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा ‘यौनका कुरा’ विषयक कृतिबारे छलफलमा बोल्दै यौन रोग विशेषज्ञ डा.सुवोधकुमार पोखरेलले विद्यार्थीलाई यौन व्यवहारको बारे उमेर अनुसारको शिक्षा दिनुपर्ने बताएका हुन् । डा.पोखरेलले मानवीय यौनिकता बहुआयामिक विषय भएको बताउनु भयो । उहाँले यौन मनोविज्ञानका विभिन्न पक्षबारे कृतिमा समेटिएको बताए । यौन उर्जाको केन्द्र भएको डाक्टर पोखरेलको भनाइ छ । यौन समस्याको बारेमा समयमा नै बुझाउन नसके यसले दुर्घटना निम्त्याउन सक्ने बताए । नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुअलीटिका संस्थापक अध्यक्ष समेत रहेका डा.पोखरेलले भने, ‘एउटा व्यक्तिलाई शारीरिक रुपमा तन्दुरुस्त हुन सेक्सुअल फिटनेस चाहिन्छ । मानसिक रुपमा स्वस्थ हुनका लागि स्वस्थ यौन जीवन उसको परिवारका लागि परिवेशका लागि उसको समुदाय र राष्ट्रकै लागि आवश्यक छ । यौन एउटा उर्जाको केन्द्र मानिँदै आएको छ । यौन भनेको उर्जा संकलन गर्ने पनि हो र उर्जालाई क्षय गर्ने माध्यम पनि हो । स्कुलका विद्यार्थीहरुदेखि यौनको बारेमा यौनसँग संवद्ध सामाजिकताको बारेमा उनीहरुको यौन व्यवहारको बारेमा आवश्यक उमेर अनुसारको शिक्षा दिइनुपर्छ भन्ने हाम्रो मान्यता हो । जस्तो महिनावारी के हो ? हार्मोन के हो ? सेनेटरी प्याडको प्रयोग किन गर्ने ? कसरी गर्ने ? हस्तमैथुन के हो ? स्वप्न दोष के हो ? विपरित लिंगी प्रतिको आकर्षण के हो ? लगायतका विषयमा बुझाउन जरुरी छ । समयमा बुझाएनौं भने दुर्घटना हुनसक्छ । ’ विद्यार्थीहरुलाई स्वप्न दोष, विपरित लिंगी प्रतिको आकर्षण, हार्मोन, सेनेटरी प्याडको प्रयोगका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए ।
सवारी साधनको जाँच पास निजीलाई दिने सरकारको तयारी
काठमाडौं । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो । नेपालभरमा परीक्षण गर्न सरकारले मात्रै नसक्ने हुँदा निजीलाई पनि दिन सकिने गरी छलफल भएको भेहिकल फिटनेस टेस्ट सेन्टरका प्रमुख मणिराम भुसालले बताए । यो आर्थिक वर्षभित्र निजी कम्पनीलाई कसरी दिने र सरकारले कसरी अनुगमन गर्ने भनी खाका तयार गर्न सकिने उनले बताए। निजीले तयार गरेको परीक्षणको गुणस्तर कसरी नियमन र नियन्त्रण गर्ने भनी कार्यविधिले स्पष्ट गर्ने उनले बताए। सेवाग्राहीसँग कसरी शुल्क लिने, राजस्व सङ्कलन गर्दा कसरी गर्ने र सरकारलाई कति हुने भन्ने निर्धारण कार्यविधिले गर्ने भुसालको भनाइ छ । सरकारले चासो देखाएमा अबको केही समयमा नै कार्यविधि बन्ने बताउँदै उनले अहिले थोरै सङ्ख्यामा उपकरणले जाँच गरिरहेको जानकारी दिए । यातायात व्यवस्था विभागले कार्यविधि बनाइरहेको र त्यो बनेपछि आवश्यक पर्ने सबैले जाँच गर्ने भुसालको भनाइ छ । अहिले विद्युतीय बसको जाँच भइरहेको उनले जानकारी दिए । विद्युतीय सवारी साधनमा पनि ट्याक्सीको डाइनोमिटरबाट जाँच भइरहेको र ठूलाको लेनबाट जाँच गरिने भुसालले बताए । उनका अनुसार अहिलेसम्म झन्डै १० वटा बसको उपकरणबाट जाँच भएको छ । कार्यविधि केही महिनामा बन्न सक्ने र सोही आधारमा पुराना गाडी जाँच गरेर मात्रै चलाउनुपर्ने व्यवस्था गरिनेछ । निजी कम्पनीले आफैँले उपकरण ल्याएर त्यसैबाट जाँच गर्न सक्ने प्रमुख भुसालको भनाइ छ । ‘निजी संस्थाले नाफा देखे छोटो समयमा उपकरण ल्याउन सक्छ’, उनले भने, ‘त्यही कुरा सरकारले ल्याउँदा प्रक्रिया लामो हुन्छ । यातायात कार्यालय प्रदेशमा गएपछि अहिले यातायात व्यवस्था विभागअन्तर्गत सवारी जाँच केन्द्रहरू रहेका छन् ।
प्रोबायोटिक आहारले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ
काठमाडौं । प्रोबायोटिक्सले उमेर बढ्दै जाँदा स्मरणशक्ति र सोच्ने क्षमतालाई कमजोर हुनबाट रोक्न सक्छ। नयाँ अनुसन्धानमा यस्तो खुलासा भएको हो । अनुसन्धानले प्रोबायोटिक आहार लिँदा अल्जाइमर र डिमेन्सिया जस्ता रोगको असरलाई पनि कम गर्न सकिने बताएको छ । राम्रो ब्याक्टेरियालाई प्रोबायोटिक्स भनिन्छ। ब्याक्टेरिया वा भाइरस सुन्दा यस्तो लाग्छ कि हामी रोगको बारेमा कुरा गर्दैछौं, तर हरेक ब्याक्टेरियाले हामीलाई हानि गर्दैन। कतिपय ब्याक्टेरिया हाम्रो स्वास्थ्यको लागि मित्र हुन् भने केहीले हानि पु¥याउँछन् । दुबै प्रकारका ब्याक्टेरियाहरूले हाम्रो श्वासप्रश्वास र पाचन प्रणालीमा चेक एन्ड ब्यालेन्सको काम गर्छन् । यदि तपाईंले कुनै रोगको कारण एन्टिबायोटिक चक्की धेरै खानुभएको छ भने प्रोबायोटिक्स यसको क्षति कम भूमिका खेल्छ। प्रोबायोटिक्सलाई खाना तथा पोषण पुरकको रुपमा लिन सकिन्छ । शोधकर्ताहरूले परिणाममा पुग्न ५२ देखि ७५ वर्ष उमेरका १६९ जना व्यक्तिहरुलाई तीन महिनाको प्रोबायोटिक ल्याक्टोब्यासिलस रम्नोसस जीजी (एलजीजी) उपचार दिएका थिए। जसका कारण सहभागीहरुमा संज्ञानात्मक कमजोरीका लक्षणहरु कम भएको देखिएको थियो। संज्ञानात्मक हानि हुँदा मानिसहरूमा सम्झने क्षमता कमजोर हुने र एकाग्रतामा समेत कमि हुन जान्छ । अनुसन्धानले पत्ता लगाएको छ कि संज्ञानात्मक कमजोरीका लक्षणहरू कम गर्ने प्रभाव माइक्रोबायोम अर्थात् पेटमा हुने ब्याक्टेरियामा पनि पर्न पुगेको देखिन्छ । पेटको माइक्रोबायोमले हाम्रो शरीरको रगतमा चिनी नियन्त्रण गर्ने, भिटामिन र अन्य हर्मोन उत्पादन गर्ने, कोलेस्ट्रोल सन्तुलन गर्ने र क्यालोरी नियन्त्रण गर्ने जस्ता कामहरु गर्छ । यसबाहेक बाह्य सूक्ष्मजीवहरू विरुद्ध लड्ने र हाम्रो स्नायु प्रणाली तथा मस्तिष्कलाई जानकारी दिनु पनि हो । प्रोबायोटिक खाना त्यो हो जसमा अत्याधिक मात्रामा जीवित ब्याक्टेरिया पाइन्छ । दही र अचारमा प्रोबायोटिक ब्याक्टेरिया अत्याधिक मात्रामा पाइन्छ । बजारमा पुरक आहारको रुपमा पनि प्रोबायोटिक खाना पाइन्छ । यस्ता आहारले पाचन प्रणाली, प्रतिरक्षा प्रणाली, हार्मोन सन्तुलन, सुगर नियन्त्रण र निद्राको लागि सहयोग पुर्याउँछ । एजेन्सीको सहयोगमा ।
प्रभु बैंकको नाफा पौने ३ अर्ब रुपैयाँ, ब्याज आम्दानीमा ७८.६२ प्रतिशत छलाङ
काठमाडौं । प्रभु बैंकको गत आर्थिक वर्षको चौथों त्रैमासम्म खुद नाफा ४९.५३ प्रतिशत बढेर २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशत बढेर १० अर्ब २५ करोड ७९ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ७४ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा ४ अर्ब २० करोड ७७ लाख रुपैयाँ र कूल सञ्चालन आम्दानी १२ अर्ब २९ करोड २८ लाख रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको वितरणयोग्य नाफा १६ करोड १६ लाख ५५ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८५.२५ प्रतिशत बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ र जगेडा कोष ८५.३४ प्रतिशत बढेर १० अर्ब २ करोड ८ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकले २ खर्ब ८९ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष बैंकको निक्षेप ६२.३५ प्रतिशत र कर्जा लगानी ६४.१३ प्रतिशत बढेको हो । गत असारसम्म बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ४.१६ प्रतिशत, कस्ट अप फण्ड ७.८३ प्रतिशत, आधार दर १०.२६ प्रतिशत, स्प्रेड दर ४.८६ प्रतिशत र सीडी रेसियो ८०.३९ प्रतिशत रहेको छ ।
गुडविल फाइनान्सको जगेडा कोष डेढ अर्ब रुपैयाँ पुग्यो, ईपीएस ९.६२ रुपैयाँ
काठमाडौं । गुडविल फाइनान्सको जगेडा कोष डेढ अर्ब रुपैयाँ पुगेको छ । फाइनान्सको गत असारसम्म जगेडा कोष १ अर्ब ४६ करोड ३७ लाख रुपैयाँ छ । अघिल्लो वर्ष जगेडा कोष १ अर्ब २ करोड ५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ९४ करोड ६१ लाख १५ हजार रुपैयाँ रहेको छ । फाइनान्सले गत वर्ष ९ करोड १० लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १४ करोड ६६ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म फाइनान्सले खुद ब्याज आम्दानी ३३ करोड ५८ लाख ५६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्सले ३१ करोड ७८ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । गत वर्ष फाइनान्सले ११ अर्ब ४७ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ६ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । तथ्याङ्क अनुसार फाइनान्सको वितरणयोग्य नाफा १ करोड ८८ लाख २७ हजार रुपैयाँ रहेको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ९.६२ रुपैयाँ रहेको छ । गत वर्ष खराब कर्जा २.६४ प्रतिशतबाट बढेर ४.०८ प्रतिशत पुगेको छ । फाइनान्सको आधार दर १२.५२ प्रतिशत, स्प्रेडदर ४.५९ प्रतिशत, कस्ट अफ फण्ड १०.६८ प्रतिशत र सीडी रेसियो ८३.३८ प्रतिशत रहेको छ ।
आइसिएफसि फाइनान्सको ब्याज आम्दानी ५५ करोड रुपैयाँ, यस्ता छन् अन्य सूचक
काठमाडौं । आइसिएफसि फाइनान्सले गत वर्ष झण्डै ५५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत असारसम्म फाइनान्सको खुद ब्याज आम्दानी ५४ करोड ९३ लाख ९३ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ४७ करोड ६ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको असारसम्म १६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले २० करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । फाइनान्ससँग वितरणयोग्य नाफा ९ करोड २४ लाख ७७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ र जगेडा कोष ५७ करोड ३३ लाख ३६ हजार रुपैयाँ रहेको छ । गत वर्ष फाइनान्सले १५ अर्ब ९८ करोड ६८ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ७६ करोड ८१ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको खराब कर्जा ०.५४ प्रतिशतबाट बढेर १.९९ प्रतिशत पुगेको छ । यस्तै, फाइनान्सको आधार दर १३.०५ प्रतिशत, स्प्रेड दर ४.५९ प्रतिशत, कस्ट अफ फण्ड १०.६९ प्रतिशत र सीडी रेसियो ७३.७२ प्रतिशत रहेको छ ।
गोर्खाज फाइनान्सको नाफा साढे १५ करोड रुपैयाँ, जगेडा कोषमा १ अर्ब
काठमाडौं । गोर्खाज फाइनान्सले गत वर्ष १५ करोड ६७ लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ३५ करोड १२ हजार रुपैयाँ ऋणात्मक थियो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी बढेर ३६ करोड ६१ लाख ३९ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १८ करोड ३३ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ र जगेडा कोष ९९ करोड ८३ लाख ५९ हजार रुपैयाँ सञ्चिती छ । गत वर्ष फाइनान्सले ७ अर्ब ७२ करोड ८४ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४९ करोड ४० लाख ११ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष फाइनान्सले खराब कर्जा घटाएको छ । १३.९१ प्रतिशत रहेको खराब कर्जा घटाएर १०.४७ प्रतिशतमा झारेको हो । यस्तै, फाइनान्सको कस्ट अफ फण्ड ८.८४ प्रतिशत, आधार दर १२.१३ प्रतिशत, स्प्रेड दर ४.५७ प्रतिशत र सीडी रेसियो ८०.२५ प्रतिशत रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३४.३७ करोड रुपैयाँ, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले आघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड ४१ लाख ६० हजार रुपैयाँ गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६९ करोड १२ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकका अनुसार गत असारसम्म वितरणयोग्य नाफा २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ छ । सो आधारमा बैंकको लाभाश क्षमता ७.६२ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब २६ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकले ५० अर्ब ५६ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब १० करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकका अनुसार खराब कर्जा १.३९ प्रतिशतबाट बढेर ३.०६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.५२ रुपैयाँ रहेको छ ।