विकासन्युज

एभरेष्ट बैंकको लाभांश क्षमता ४०.५० प्रतिशत, एनपीएल ०.७९ प्रतिशत

काठमाडौं । एभरेष्ट बैंकको गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म खुद नाफा ३६.८५ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी पनि ४३.७४ प्रतिशत बढेर ७ अर्ब ४४ करोड ८० लाख ७४ हजार रुपैयाँ गरेको छ । बैंकको संचालन नाफा ३६.५० प्रतिशत बढेर ४ अर्ब ८४ करोड ७० लाख ५१ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा बढेर ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रुपैयाँ पुगेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ४०.५० प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ र जगेडा कोष १० अर्ब २२ करोड ७३ लाख ४९ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.७९ प्रतिशतमा सिमित राखेको छ । बैंकको प्रतिसेयर आम्दानी ३१.७२ रुपैयाँ रहेको छ ।

९ अर्ब पूँजी भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा साढे ३ अर्ब, लाभांश क्षमता २९ प्रतिशत 

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वितरणयोग्य नाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत रहेको छ । गत वर्षको असारसम्ममा बैंकको खुद नाफा ५६.२७ प्रतिशत बढेर ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ आर्जन् गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशत बढेर ५ अर्ब ९५ करोड ५२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी ४८.२७ प्रतिशत बढेर ७ अर्ब ९० करोड ७७ लाख रुपैयाँ र सञ्चालन नाफा ५५.७९ प्रतिशत बढेर ५ अर्ब ४ करोड ८४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ, जगेडा कोष २३ प्रतिशत बढेर १० अर्ब ७४ करोड ७८ लाख रुपैयाँ, निक्षेप २५.३७ प्रतिशत बढेर १ खर्ब १७ अर्ब ५० करोड रुपैयाँ र कर्जा लगानी १.६९ प्रतिशत बढेर ७७ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १३.४६ रुपैयाँ बढेर ३७.३९ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१३.९८ रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा ०.५८ प्रतिशत बढेर १.१७ प्रतिशत पुगेको छ ।

११ अर्ब खुद ब्याज आम्दानी गरेको कुमारी बैंकका अन्य सूचक कस्ता छन् ?

काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब २१ करोड ७१ लख रुर्पयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको ब्याज आम्दानी बढेको भएपनि नाफा भने घटेको छ । गत आर्थिक वर्षको असारमा खुद नाफा २४.१४ प्रतिशत घटेर १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खराब कर्जा बढेका कारण बैंकको नाफामा असर गरेको हो । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.११ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ६४.०६ प्रतिशत बढेर १३ अर्ब २ करोड ८२ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४६ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात २२.१२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ७८.२७ प्रतिशत बढेर २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष ६८.७१ प्रतिशत बढेर १० अर्ब ६१ करोड ३३ लाख रुपैयाँ, निक्षेप ७८.७९ प्रतिशत बढेर ७८.७९ प्रतिशत बढेर ३ खर्ब १६ अर्ब ४ करोड रुपैयाँ र कर्जा लगानी ७७.३५ प्रतिशत बढेर २ खर्ब ७० अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

एनएमबि बैंकको नाफा साढे ३ अर्ब, ईपीएस १८.५७ रुपैयाँ

काठमाडौं । एनएमबि बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३.६३ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेर ८ अर्ब ३४ करोड २४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत बढेर १ अर्ब ५४ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी २१ प्रतिशत बढेर १० अर्ब ३३ करोड रुपैयाँ र सञ्चालन मुनाफा ६.११ प्रतिशत बढेर ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ६५ पैसा बढेर १८.५७ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.७९ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ, जगेडा कोष २०.५० प्रतिशत बढेर १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ, निक्षेप १३.७९ प्रतिशत बढेर २ खर्ब १० अर्ब ३० करोड रुपैयाँ र कर्जा लगानी ८.२२ प्रतिशत बढेर १ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट बढेर २.७२ प्रतिशत पुगेको छ । यस्तै बैंकको कस्ट अफ फण्ड ७.३४ प्रतिशत, आधार दर १०.३७ प्रतिशत र सीडी रेसियो ८३.४६ प्रतिशत रहेको छ ।

लक्ष्मी सनराइज बैंकले मार्याे अधिकांश सूचकमा छलाङ, वितरणयोग्य नाफा २ अर्ब

काठमाडौं । लक्ष्मी सनराइज बैंकको गत आर्थिक वर्षको असारसम्म खुद नाफा ४९.४५ प्रतिशत बढेर २ अर्ब २६ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा झण्डै २ अर्ब रहेको छ । बैंकका अनुसार वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशत बढेर ५ अर्ब ५० करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७६ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत बढेर ९९ करोड ६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेर ७ अर्ब २२ करोड ५४ लाख रुपैयाँ र सञ्चालन नाफा ५८.८९ प्रतिशत बढेर ३ अर्ब ४२ करोड २७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८७.६० प्रतिशत बढेर २१ अर्ब ६७ करोड २ लाख रुपैयाँ, जगेडा कोष १९५.७१ प्रतिशत बढेर १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ, निक्षेप ११२.३० प्रतिशत बढेर २ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ र कर्जा लगानी १००.१३ प्रतिशत बढेर २ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ घटेर १०.४४ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १६.५७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३.५५ रुपैयाँ रहेको छ । यस्तै, बैंकको खराब कर्जा ०.८९ प्रतिशतबाट बढेर २.८१ प्रतिशत पुगेको छ । साविक लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भई गत असार २९ गतेदेखि एकीकृत कारोबार गरेका हुन् ।

नबिल बन्यो सबैभन्दा धेरै नाफा गर्ने बैंक, वितरणयोग्य नाफा मात्रै ४ अर्ब रुपैयाँ

काठमाडौं । नबिल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ७६.८६ प्रतिशत बढेर ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल नै रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता १४.६४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशत बढेर १७ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८ अर्र्ब ९१ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ८३.६२ प्रतिशत बढेर २ अर्ब ८९ करोड ९१ लख रुपैयाँ, कुल सञ्चालन आम्दानी ८८.९६ प्रतिशत बढेर २१ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ र सञ्चालन नाफा ७५.३७ प्रतिशत बढेर ११ अर्ब १ करोड ६० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १८.५० प्रतिशत बढेर २७ अर्ब ५ कराड करोड ६९ लाख रुपैयाँ, जगेडा कोष २.९३ प्रतिशत बढेर ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ, निक्षेप २१.६५ प्रतिशत बढेर ३ खर्ब ९६ अर्ब ८४ करोड रुपैयाँ र कर्जा लगानी १०.८२ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ९.१८ रुपैयाँ बढेर २७.८२ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २१.५४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१४.६९ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.६२ प्रतिशतबाट बढेर ३.२ प्रतिशत पुगेको छ । यस्तै, बैंकको कस्ट अफ फण्ड ७.८१ प््रतिशत, आधार दर ९.५२ प्रतिशत, स्प्रेड दर ४.९९ प्रतिशत र सीडी रेसियो ८७.६८ प्रतिशत रहेको छ ।

हिमालयन बैंकको ब्याज आम्दानीमा छलाङ, नाफा ३७.९६ प्रतिशत बढ्यो

काठमाडौं । हिमालयन बैंकले गत वर्ष ब्याज आम्दानीमा छलाङ मारेको छ । गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी १०१ प्रतिशत बढेर ९ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफा ३७.९६ प्रतिशत बढेर ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ५.४४ प्रतिशत बढेर ९६ करोड ३३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ७५.६८ प्रतिशत बढेर ११ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ र सञ्चालन नाफा ११४.८१ प्रतिशत बढेर ५ अर्ब ४९ करोड ११ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६६.९९ प्रतिशत बढेर २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, जगेडा कोष ५७ प्रतिशत बढेर १४ अर्ब २० करोड ३४ लाख रुपैयाँ, निक्षेप ६३.४७ प्रतिशत बढेर २ खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ र कर्जा लगानी ५६.४२ प्रतिशत बढेर २ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.१७ रुपैयाँ घटेर १५.०८ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.११ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५.५८ रुपैयाँ रहेको छ । गत वर्ष बैंकको खराब कर्जा २.९८ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड ८.६१ प्रतिशत, आधार दर १०.८६ प्रतिशत, स्प्रेड दर ४.७९ प्रतिशत र सीडी रेसियो ८४.७ प्रतिशत रहेको छ ।

ग्लोबल आइएमई बैंकको नाफामा ४६.२६ प्रतिशत छलाङ, ब्याज आम्दानी १७ अर्बभन्दा बढी

काठमाडौं । ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्षमा खुद नाफा ४६.२६ प्रतिशत बढेर ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत बढेर १७ अर्ब ११ करोड ८२ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १० अर्ब २८ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको असारसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५०.३३ प्रतिशत बढेर ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ, जगेडा कोष ६४.३२ प्रतिशत बढेर २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको गत वर्ष निक्षेप ५३.९३ प्रतिशत बढेर ४ खर्ब २६ अर्ब ३२ करोड रुपैयाँ र कर्जा लगानी ३८.०९ प्रतिशत बढेर ३ खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ५६ पैसा घटेर २०.२८ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४.०५ रुपैयाँ रहेको छ । गत वर्ष बैंकको खराब कर्जा १.२८ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ८.१८ प्रतिशत, आधार दर १०.२ प्रतिशत, स्प्रेड दर ४.९६ प्रतिशत र सीडी रेसियो ८३.४७ प्रतिशत रहेको छ ।