आइएमई लाइफको जगेडा कोष २४९ प्रतिशत बढ्यो, नाफा २४ करोड रुपैयाँ
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २४ करोड ८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ प्रतिशत नाफा बढाएको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क १६.४८ प्रतिशत बढेर ४ अर्ब १ करोड ६५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी २१.७४ प्रतिशत बढेर १ अर्ब ६ करोड ७६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८५.७१ प्रतिशत बढेर ४ अर्ब रुपैयाँ, जगेडा कोष २४९.३६ प्रतिशत बढेर २ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ र जीवन बीमा कोष ४३.२५ प्रतिशत बढेर ६ अर्ब ७५ करोड १५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६.०२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१.०५ रुपैयाँ रहेको छ ।
प्रभु महालक्ष्मीले ११४.८० प्रतिशत बढायो दाबी भुक्तानी, जीवन बीमा कोष ७.२४ अर्ब रुपैयाँ
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड ५० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ करोड २६ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४५ प्रतिशत नाफा बढाएको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क १६.९१ प्रतिशत घटेर १ अर्ब ९० करोड ५५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ९१.४२ प्रतिशत बढेर ८३ करोड १० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ४१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ११४.८० प्रतिशत बढेर ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ, जगेडा कोष ७३.९५ प्रतिशत बढेर ७४ करोड ७३ लाख रुपैयाँ र जीवन बीमा कोष १३८.५८ प्रतिशत बढेर ७ अर्ब २४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २.४५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११९.०७ रुपैयाँ रहेको छ ।
सिटिजन लाइफको नाफामा ६६ प्रतिशत छलाङ, खुद बीमा शुल्क साढे ५ अर्ब रुपैयाँ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २० करोड ११ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १२ लाख ४६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६६ प्रतिशत नाफा बढाएको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ६.७२ प्रतिशत बढेर ५ अर्ब ३५ करोड ९ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब १ करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ३५.०८ प्रतिशत बढेर १ अर्ब ५७ करोड ९० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड ८९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५० प्रतिशत बढेर २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ, जगेडा कोष २१.५० प्रतिशत बढेर १ अर्ब ९ करोड ६६ लाख रुपैयाँ र जीवन बीमा कोष ५६ प्रतिशत बढेर ९ अर्ब ४१ करोड २१ लख रुपैयाँ पुगेको छ ।
नेपाल इन्स्योरेन्सको नाफा १० प्रतिशत बढेसँगै ईपीएस २६.७६ रुपैयाँ
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ४० लाख ६६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० प्रतिशत नाफा बढाएको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ११ प्रतिशत बढेर ७९ करोड ८१ लाख ६८ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६६ करोड ८९ लाख ४३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ३ प्रतिशत बढेर २९ करोड ७६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २८ करोड १५ लाख ३० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ८.४१ प्रतिशत बढेर १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ, जगेडा कोष २३ प्रतिशत बढेर ४९ करोड २७ लाख रुपैयाँ, बीमा कोष २६.४२ प्रतिशत बढेर ९५ करोड २६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २६.७६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९६.७) रुपैयाँ रहेको छ ।
सानिमा रिलायन्स लाइफको नाफा ३८ प्रतिशत बढ्यो, दाबी भुक्तानीमा १०७ प्रतिशत छलाङ
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २१ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३८ प्रतिशत नाफा बढाएको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ४४.९५ प्रतिशत बढेर ३ अर्ब ३५ करोड रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी १०७ प्रतिशत बढेर ९० करोड ८१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ८३ लाखक रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १०९.२० प्रतिशत बढेर ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ, जगेडा कोष ९१.१० प्रतिशत बढेर ७४ करोड ८९ लाख रुपैयाँ, जीवन बीमा कोष १५८ प्रतिशत बढेर ८ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५.२४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२०.५२ रुपैयाँ रहेको छ ।
हिमालयन डिष्टिलरीले गर्याे ६.३८ अर्ब आम्दानी, नाफा ६६ करोड रुपैयाँ
काठमाडौं । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६६ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३७.५४ प्रतिशत घटेको हो । गत असारसम्म कम्पनीको बिक्री आम्दानी २५.४३ प्रतिशत घटेर ६ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । पछिल्लो समय अर्थतन्त्रमा परेको समस्याले कम्पनीको व्यवासयमा असर परेको वित्तीय विवरणले देखाएको छ । साथै, सरकारले अन्तः शुल्क वृद्धि, तरलता संकुचन, कच्चा पदार्थको लागतमा वृद्धिले पनि कम्पनीको कारोबारमा असर गरेको देखिन्छ । यस्तै, बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरको पनि प्रभाव परेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ६० प्रतिशत बढेर २ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ र जगेडा कोष ३०.३८ प्रतिशत घटेर ९२ करोड ३३ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ४२.४४ रुपैयाँ घटेर २७.१७ रुपेयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.७४ गुणा रहेको छ।
शिखर इन्स्योरेन्सको उत्साहजनक प्रगति, नाफा ४६.५६ प्रतिशत बढ्दा ईपीएस १५.१९ रुपैयाँ
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ४६.५६ प्रतिशत बढेर ४० करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको असारसम्म इन्स्योरेन्सको खुद बीमा शुल्क २५ प्रतिशत बढेर १ अर्ब ५९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २७ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी १.७६ प्रतिशत बढेर १ अर्ब ५ करोड ९० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीले २९ हजार २३५ जनाले कुल २ अर्ब ७७ करोड २५ लाख रुपैयाँ बराबरको दाबी गरेका थिए । जसमध्ये कम्पनीले हालसम्ममा १२ हजार २८ जनाको १ अर्ब ८८ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १६.१४ प्रतिशत बढेर २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ, जगेडा कोष २३.९० प्रतिशत घटेर ५९ करोड ६९ लाख रुपैयाँ, बीमा कोष १५ प्रतिशत बढेर १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ र महाविपत्ती कोष १६ प्रतिशत बढेर १४ करोड ५८ लाख रुपैयाँ सञ्चित छ । नफा बढेसँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३.१५ रुपैयाँ बढेर १५.१९ रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५५.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५.८९ रुपैयाँ रहेको छ ।
निफ्राको प्रगतिप्रति मुख्य सचिव अर्याल असन्तुष्ट, बैंकको ब्याजदर घट्दै जानेमा आशावादी
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)को औचित्य र प्रभावकारिता बारे अध्ययन गर्नुपर्ने बताएका छन् । उनले निफ्राको प्रगतिबारे असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट वाच कार्यक्रममा मुख्य सचिव अर्यालले निफ्रामाथि प्रश्न उठाएका हुन् । मुख्यसचिव अर्यालले बैंकको ब्याजदरको विषयमा धेरैको ध्यान गएको बताउँदै राष्ट्र बैंकले स्प्रेड र पोलिसि रेट घटाएकाले अब विस्तारै ब्याज घट्ने र सहज वातावरण सिर्जना हुने बताएका छन् । उनले सरकार र निजी क्षेत्रबीच नियमित छलफल हुन आवश्यक रहेको बताए । त्यस्ता छलफलमा निजी क्षेत्रले यकिन समस्या के हो त्यो विषय प्रष्ट रुपमा राख्नु पर्ने उनले बताए । सरकारको भूमिका सहयोगी वातावरण निर्माण गर्ने र निजी क्षेत्रले कार्यान्वयन गरेर प्रतिफल दिने गरी काम गर्नुपर्ने अर्यालले बताए । नेपालको व्यापार लागत उच्च भएकोले पनि अन्तर्राष्ट्रिय बजारमा व्यापार गर्न सकिने अवस्था नभएको अर्यालको भनाई छ ।