विकासन्युज

नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता क्षेत्रमा काम गर्न समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ्ग लामाले हस्ताक्षर गरे । दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तिय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुनेछ । परिसंघ सचिवालयमा आज आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशिलता तथा व्यवसायिक प्रबद्र्धन गर्न सरकारसँग प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए । उनले ‘ब्रेन डे«न’ रोक्न, उद्यमीहरुका लागि उचित वातावरण बनाउन आवश्यक रहेको भन्दै आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोंच भएका युवाहरुलाई उद्यम बन्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गरे । उनले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबद्र्धन सम्बन्धी गतिविधिबारे जानकारी गराउदै दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नविनतम् काम हुने विश्वास व्यक्त गरे । आईडीया स्टुडीयोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताए । देशमा केही गरौं भन्नेहरुका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघ सँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने विश्वास व्यक्त गरे । परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामुहिक रुपमा नयाँ काम हुने विश्वास व्यक्त गरे । कार्यक्रममा परिसंघका महानिर्देशक दिपकराज जोशी, आईडीया स्टुडियोकी सदीक्षा श्रेष्ठलगायत सहभागी थिए ।

इसेवाबाटै भोले गणेश सेक्युरिटिजको सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने

काठमाडौं । इसेवा देखि भोले गणेश सेक्युरिटिज लिमिटेड मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै, भोले गणेश सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ। यस सम्झौताले लगानीकर्ताहरुलाई भोले गणेश सेक्युरिटिज ९ब्रोकर नम्बर ६१० बाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने कम्पनीले जनाएको छ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख प्रबन्धक (चिफ मेनेजर) आशिष गौतम र भोले गणेश सेक्युरिटिज (ब्रोकर नम्बर ६१) का डेपुटी सीईओ हरी भण्डारी तथा महाप्रबन्धक (जेनेरल मेनेजर) अन्जिब तुलाधरले हस्ताक्षर गरे । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

रिलायबल नेपाल लाइफको जीवन बीमा कोष ४४ प्रतिशतले बढ्यो, बीमाशुल्क १४ अर्ब बढी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ४४.०९ प्रतिशतले बढेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमाससम्मको तथ्यांकअनुसार इन्स्योरेन्सको जीवन बीमा कोषको आकार सो मात्राले बढेर ६ अर्ब ६३ करोड पुगेको हो । अघिल्लो आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको जीवन बीमा कोषको आकार ४ अर्ब ६० करोडको थियो । समीक्षा अवधिमा इन्स्यारेन्सले १४ अर्ब १७ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.५४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ छ । जगेडा कोषको रकम बढेर १ अर्ब ४७ करोड ९९ लाख र महाविपत्ती कोषको रकम बढेर १५ करोड ५ लाख रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा इन्स्योरेनसले ४३ करोड २२ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आवमा उक्त नाफा २७ करोड ४८ लाख रुपैयाँ थियो । यद्दपि यो नाफा भने वास्तविक होइन । इन्स्योरेन्सको वास्तिविक नाफा एक्चुरी पछि मात्रै आउने छ । २०८० असारसम्म इन्स्योरेन्सको प्रतिसेयर आम्दानी (वार्षिकीकरण) १५.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५८.२३ रुपैयाँ र प्रति सेयर सम्पत्तिको मूल्य ४३४.८३ रुपैयाँ छ । हालसम्म इन्स्योरेन्सले ५५ हजार ६६ जना बीमितलाई १ अर्ब २५ करोड ५३ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । यता ८८ लाख १८ हजार रुपैयाँ बराबरको दावी भुक्तानी हुन बाँकी छ रहेको इन्स्योरेन्सले जानकारी गराएको छ ।

बाँदरपीडित किसान भन्छन् : ‘न समय बच्यो न मकै’

बागलुङ । बडिगाड गाउँपालिका-३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँच मुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउनै नपर्ने गरी बाँदरले मकैबाली नष्ट गरिदिएको हो । बाँदरले मकैबारीमा क्षति पुर्‍याएपछि यहाँका किसान चिन्तामा छन् । ‘दुई वर्षअघि पाँच मुरी मकै भित्र्याएको थिएँ, गत वर्ष बाँदरले आंशिक क्षति गरेको थियो, अहिले त एउटा बोटमा समेत मकै बाँकी छैन, मकै हेर्न दिनभरि बारीमा बिताइन्छ, खाना खान घर आएपछि बाँदरले १० मिनेटमै मकै सखाप पार्छ, न समय रह्यो न मकै,’ फारमले भने, “पहिला त्यस्तो बाँदर लागेको जानकारी थिएन, गत वर्षदेखि बाँदरको बिगबिगी छ, स्थानीय सरकारले हामीजस्ता किसानलाई हेर्नुपर्‍यो । सम्पन्न व्यक्ति बसाइँसराइ गरेर जाने हामीजस्ता किसानलाई बाँदरले निकै समस्या पार्‍यो ।’ बाँदर हेर्न दिनभरि बारीमा बसे पनि मकै जोगाउन नसक्दा किसानको समय र मकै दुवै खेर गएको छ । अहिले बडिगाडको सिसाखानीमा बाँझो जग्गा बढ्दै गएपछि वनका बाँदर गाउँतर्फ आउन थालेका हुन् । सिसाखानीको बाँयचौर, भलामपाटा, सिरबारे, मौरीभिर र गहरा भन्ने स्थानमा बाँझो जग्गा बढ्दै गएको छ । बाँयचौरमा बसाइँसराइ कम भए पनि अन्य स्थानका घर खाली र जग्गा बाँझो हुँदा त्यसको प्रभाव बाँयचौरलगायतका क्षेत्रलाई पर्न गएको हो । बाँदरको दीर्घकालीन समस्या नभएर अस्थायी समस्या समाधानका लागि र किसानलाई राहत दिनसमेत स्थानीय पालिकामा वडामार्फत जानकारी गराए पनि वडा कार्यालयले चासो नदिएको बाँदरपीडित किसानको गुनासो छ । ‘अहिले मकैका घोगा छैनन्, डाँठ मात्रै छन् भाँचेर गाईभैँसीलाई खुवाउनसमेत नमिल्ने गरी बाँदरले सखाप बनाएको छ, सालफेद भन्ने स्थानको जग्गा बाँझो बनेपछि जङ्गलका बाँदर यहाँ आउन सहज भयो,’ अर्का पीडित किसान जीवनले भने, ‘बाँदर हेर्न त गइन्छ, कतिबेला झुक्याएर आउँछ, यहाँ स्थानीय जातको लङ्गुर बाँदरको बथानै छ, पहिला एक-दुई पटक बाँदर आएको देखिन्थ्यो, अहिले त दिनभर मकै बारीमै बाँदरको बाँस हुन्छ, धपाउन गएर साध्य नै नभएपछि त्यसै छाडियो ।’ सिसाखानीका दानबहादुर श्रीसका अनुसार सिसाखानीका विभिन्न गाउँमा बाँदरको समस्या बढ्दै गएको छ । पहिला घरेलु हातहतियार पड्काएर बाँदर धपाउने चलन भए पनि अहिले उक्त चलनसमेत नभएकाले बाँदरको सङ्ख्यामा वृद्धि भएको छ । बाँयचौरलगायत सिसाखानीका १० भन्दा बढी गाउँमा अहिले बाँदरले सताइरहेको जनाउँदै श्रीसले बाँयचौर गाउँमा भने भित्र्याउनै नपर्ने गरी मकैबाली सखाप बनाएको बताए । सत्तरीभन्दा बढी बाँदरको समूहले १० मिनेटमा दुई रोपनी मकैबारी सखाप पार्ने गरेको स्थानीय किसानको भनाइ छ । सिसाखानीमा बाँदरको समस्या बढ्दै गएको बडिगाड-३ का वडाध्यक्ष खड्कबहादुर पुनले जानकारी दिए । पुनले बाँदरका कारण किसान अहिले पीडित बनेको जनाउँदै पालिकामा राहतका लागि जानकारी गराउने बताए । पालिकाको कृषि शाखामार्फत किसानको क्षतिको तथ्यांक संकलन गर्ने र राहतका लागि पहल गर्ने वडाध्यक्ष पुनको प्रतिबद्धता छ । रासस

छुट्टै वित्तीय सहकारी ऐन ल्याउन नेफ्स्कुनकाे माग

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)ले छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग गरेको छ । नेफ्स्कुन को ३६औँ स्थापना दिवसका अवसरमा साेमबार आयोजित कार्यक्रममा सो संस्थाले सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि छिटो ऐन ल्याउन माग गरेको हो । नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले वित्तीय सहकारी ऐन ल्याउने विषयमा पटक–पटक पहल भए पनि ल्याउन नसक्दा सरकारी क्षेत्रमा समस्या भएको बताए । वित्तीय सहकारी अभियानको अबको यात्रा सुशासन र सुरक्षा भएको उनको भनाइ छ । उनले भने, ’सहकारी क्षेत्रमा अग्रसर सबैले आ–आफ्नो सहकारी संस्था, सहकारी सिद्धान्त र मूल्य मान्यतालाई आत्मसाथ गरी स्वनियमनमा रही सञ्चालन गर्नुपर्दछ ।’ उनले ढिलै भए पनि नेपालको सहकारी क्षेत्रमा स्थिरीकरण कोषको अवधारणाले मूर्तरुप लिएको बताए । नेपालको नयाँ सहकारी ऐन, २०७४ मा स्थिरीकरण कोषसमबन्धी व्यवस्था गरिएको छ । नेपालको संविधान, २०७२ को धारा ५० उपधारा ९३० मा ’शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ’ भनि उल्लेख गरिएको छ । सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले वित्तीय सहकारी अभियानलाई सार्थक बनाउँदै थप उचाइमा पु¥याउनका लागि सो क्षेत्रका सरोकारवाला व्यक्ति नै सक्रिय हुनुपर्नेमा जोड दिए । राष्ट्रिय सहकारी महासङ्घका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीको विश्व सञ्जाल र नेपालको सहकारी अभियानलाई समन्वय गरी अगाडि बढ्नुपर्ने बताए ।

४ महिनामा ९ सय ३७ जनाले लिए टेलिमेडिसिन सेवा

काठमाडौं । वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी देखिएको छ । गत आर्थिक वर्षको ४ महिनामा ९ सय ३७ जनाले टेलिमेडिसिन सेवा लिएका छन् । उनीहरुले वैदेशिक रोजागारीको क्रममा विभिन्न देशमा रहेका नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वैदेशिक रोजगार बोर्डले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवामार्फत स्वास्थ्य सेवा लिएका हुन् । टेलिमेडीसिन सेवा लिनेहरुमा सबैभन्दा बढी मलेसियाबाट २ सय ७५ जना छन् । त्यसैगरी साउदी अरेबियाबाट २ सय २७ जना, युएईबाट ९७, कुवेतबाट ७१, कतारबाट १ सय ४, जापानबाट १९, कोरियाबाट ५७, पोर्चुगलबाट ११, रोमानियाबाट ११ र अन्य मुलुकबाट ६५ गरी जम्मा ९ सय ३७ जनाले सेवा लिएको बोर्डले जनाएको छ । सबैभन्दा बढी मेडिसिनमा ३ सय १२, सर्जरीमा १ सय ७२ र अर्थोपेडिकमा १ सय ३२ जनाले सेवा लिएका छन् । बोर्डले गत आर्थिक वर्षको चैत महिनाबाट बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले पाइलट टेस्टको रुपमा बोर्डले शुरु गरेको टेलिमेडिसिन सेवा प्रभावकारी रहेको जानकारी दिए । उनले तत्कालका लागि एक जना चिकित्सक र २ जना स्टाफ नर्स कुनै समयमा पनि उपलब्ध हुनेगरी शुरु गरिएको सेवा प्रभावकारी देखिएपछि बिस्तार गर्दै लैजाने सोचमा बोर्ड रहेको पनि बताए । ‘हामीले पाइलट टेस्टको रुपमा गत आर्थिक वर्षको ४ महिनामा ९ सय जनाले टेलिमेडिसिन सेवा लिएका छन् । १६ वटा देशहरुबाट सेवा लिनुभयो । जुन देशमा जाने हो त्यहाँका कानूनका कुरा बाटो काट्ने लगायत विषयमा पूर्व अभिमुखीकरण तालिम भनेर सञ्चालन गर्ने गरेका छौँ र ती जानकारी दिने गरेका छौँ’, कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले भने । बोर्डले श्रमका लागि नयाँ गन्तव्यको खोजिको सन्र्दभमा भने खासै प्रगति हासिल गर्न सकेको छैन । विशेष गरेर श्रमसम्बन्धी दुई देशबीच हुनुपर्ने सम्झौता नभएका कारण बोर्डलाई त्यसतर्फ काम गर्न अपm्ठ्यारो भएको कार्यकारी निर्देशक डा. उप्रेतीले जानकारी दिए । ‘नयाँ गन्तव्यको खोजिको सन्र्दभमा, पछिल्लो चरणमा पूर्वी युरोप र युरोपका स्यानजिन कन्ट्रीमा मागहरु धेरै बढेर आएको छ तर स्पष्ट रुपमा दुई पक्षीय सरकारबीच सम्झौता नभएका कारणले अलि अन्योल भएर प्रभावकारी काम हुन सकेको छैन । अब युरोपलाई नै केन्द्रमा राखेर वैदेशिक रोजगारी व्यवसायी संघसँग मिलेर सम्भवत दशैँ पछाडि पूर्वी युरोप र पश्चिम युरोपमा नयाँ गन्तव्य खोजिका लागि निश्चित कार्यक्रम बनाएर जान्छौ’, उनले भने । बोर्डले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई उपलब्ध गराउँदै आएको राहत उद्धारको रकम समय सान्दर्भिक नभएको भन्दै ऐन संशोधनका लागि सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ । बोर्डले अहिले श्रम सम्बन्धी कानूनी कागजात अध्यावधी रहेका कामदारको मृत्यु भएमा ७ लाख रुपैयाँ र कागजात अध्यावधी नभएका तथा अवैधानिक ढंगले बसेका कामदारको मृत्यु भएमा २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । बोर्डले लिने शुल्क र राहत रकम दुवै बढाउने गरी ऐन संसोधनको प्रक्रिया अघि बढाएको हो । ‘वैदेशिक रोजगार ऐन २०६४ मा बन्यो । त्यसको लागि सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति बनाएका छौँ । त्यसले दिएको रिपोर्टको आधारमा राहत र उद्धारमा कति बढाउने भनेर निर्णय गर्छौं । अब हामीले संकलन तथा राहत उद्धारको रकम दोब्बर गर्ने कि भन्ने सोच बनाएका छौ’, उनले भने । बोर्डले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएर फर्किएका नेपालीलाई स्वदेशमै पुनःस्थापना गराउने उद्देश्यले विभिन्न संघ संस्थाको सहयोगमा ६८ वटा पालिकामा पुनःस्थापनाको कार्यक्रम सञ्चालन गरेको थियो ।

विदेशमा २७ वर्ष पसिना बगाएका पोखरेल कागती खेतीबाट मनग्य आम्दानी गर्दै

ढोरपाटन । पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् । गाउँमा भएका बालबालिका पढ्नका लागि बजार आउन थालेका छन् । अहिले धेरैको रोजाइ विदेश र सहररबजार पर्न थालेको छ । बागलुङको निसीखोला गाउँपालिका–५ कारिगाउँका धर्मराज पोखरेलले भने गाउँमा कृषि कर्मबाट मनग्य आम्दानी गरिरहेका छन् । पोखरेल पनि १२ वर्ष अगाडिसम्म विदेशमै थिए । पच्चीस वर्ष भारत र दुई वर्ष कतारमा पसिना बगाएका उनी १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा लागेका छन् । पोखरेल बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमै काम गर्छन् । उनको बारीमा कागती, सुन्तला, टिमुर लटरम्म फलेका देखिन्छन् । अहिले तीन सय बोट कागती, झन्डै एक सय सुन्तला र २५ टिमुरका बोट रहेका पोखरेलले जानकारी दिए । उनका अनुसार सबै बोटमा फल लागेका छन् । ‘कागती खेतीलाई विशेष प्राथमिकतामा राखेको छु । कागतीसँगै सुन्तला र टिमुर उत्पादन राम्रै भइरहेको छ’, पोखरेलले भने, ‘बोटबाटै  एक सयमा कागती बिक्री हुन्छ ।’ उनले कागतीको माग पहिलेको तुलनामा अहिले बढे्को भन्दै यहाँ उत्पादित कागती स्थानीय बजारका साथै बुटवलसम्म जाने गरेको बताए । यस वर्ष  १३ लाख बढीको कागती, सुन्तला र टिमुर बिक्री भएको उनले जानकारी दिए । वर्षभरी घरपरिवारसँगै बसेर काम गर्दा लाखौँ आम्दानी गर्न सकिने भएकाले विदेश गएर परिश्रम गर्नुभन्दा स्वदेशमै स्वरोजगार बन्नु उपयुक्त हुने पोखरेलले सुझाव दिए । कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुकसमेत बजारमा पठाउने गरेको उनले बताए । कागती खेतीमा कृषकको राम्रो भविष्य रहेको जनाउँदै उनले यो बहुउपयोगी हुनेहुँदा धेरै ठाउँबाट माग आउने गरेको बताए । गाउँमा भएका बाँझो जमिनमा पनि कागती खेती विस्तार गर्ने योजना रहेको पोखरेलले सुनाए । ‘हाम्रो ठाउँमा कागती राम्रो उत्पादन हुन्छ । छोटो समयमा धेरै उत्पादन गर्नसक्ने, जाडो र गर्मी दुवै याममा खपत हुने भएकाले पनि बजारमा यसको माग धेरै छ’, उनले भने, ‘पहिले माग धेरै आएपछि उत्पादन बढाएको थिए । अहिले भनेअनुसारको बजार पाउन सकिरहेको छैन । उत्पादन भएका सबै कागतीले बजार पाउने हो भने यसबाट मात्रै लाखौँ कमाउन सकिन्छ ।’ पोखरेल जस्तै बागलुङमा थुप्रै कृषक कागती खेतीतर्फ आकर्षित भएका छन् । एकदशक अगाडिसम्म जिल्लामा परम्परागत खेती हुने गरेकामा पछिल्लो समय यहाँका किसान व्यावसायिकरुपमा कागती खेतीतर्फ आकर्षित भएका हुन् । निसीखोला, बडिगाड, गलकोट, बरेङ, काठेखोलालगायत अधिकांश पालिकामा कागती खेती गर्नेको सङ्ख्या बढेको छ । पाँच वर्ष पहिले बागलुङका बजारमा भारतबाट आयातित कागती पाइन्थ्यो तर अहिले स्थानीयस्तरमै उत्पादन भएका कागती बजारमा आउने गरेका स्थानीय बताउँछन् । निसीखोला–४ झिम्पाका रेमबहादुर क्षेत्रीले १८ वर्ष कतारमा बिताए । लामो समय विदेशमा बिताउँदा नपाएको खुसी अहिले आफ्नै बारीमा कागती खेती गरेर पाएको उनले अनुभव सुनाए । हाल चार सय कागतीका बोटमध्ये दुई सयले फल दिन थालेका क्षेत्रीले बताए । उनका अनुसार बारीमा कागतीसँगै एभोकाडो र टिमुरका बोट पनि छन् । सात वर्षदेखि व्यावसायिकरुपमा कागती खेती थालेका क्षेत्रीले यस वर्ष  चार लाख बराबरको बिक्री गरेको जानकारी दिए । ‘विदेशमा धेरै दुःख गरियो, सुख मिलेन । अहिले परिवारसँगै बिहान बेलुका आफ्नै बारीमा काम गर्छु, फलफूलसँगै रमाउछु, आम्दानी पनि राम्रो हुँदै गएको छ’, उनले भने, ‘पहिले बाध्यताले विदेश गएँ, पैसा आफ्नै बारीमा कमाउन सकिने रैछ ।’ क्षेत्रीले सात वर्षदेखि कागती खेतीमा लगानी गर्दै आएको जनाउँदै अहिले प्रतिफल आउन थालेको बताए । उत्पादित कागती बिक्री हुन थालेपछि जीविकोपार्जनमा सहज भएको उनको भनाइ थियो । समुद्री सतहबाट एक हजार पाँच सय मिटरसम्म कागती खेतीको राम्रो सम्भावना रहेका कृषि ज्ञानकेन्द्र बागलुङले जनाएको छ । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा कागती खेती गरिँदै आएको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिए । ‘कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ’, उनले भने, ‘यसको काँचो र पकाएको चुक, अमिलो अचारलगायत विभिन्न परिकार बनाएर बिक्री गर्न सकिन्छ ।’ सूचना अधिकारी मगरले ४० हेक्टरमा खेती गरिए पनि अहिले २५ हेक्टरबाट उत्पादन भइरहेको जानकारी दिए । उनका अनुसार जिल्लाभर तीन सय मेट्रिक टन कागती उत्पादन हुने गरेको छ । पछिल्लो समय कागती खेतीको उत्पादन हुने क्षेत्रफल बढ्दो क्रममा रहेको भन्दै उनले केन्द्रले कृषकलाई बिरुवा वितरण, कागती खेतीसम्बन्धी तालिम तथा परामर्श सेवा दिँदै आएको बताए । ‘जिल्लामा कागती खेतीको क्षेत्र व्यापकरुपमा विस्तार भइरहेको छ । उत्पादन पनि हरेक वर्ष बढेको पाएका छौँ, बजारका लागि खास्सै गुनासो आएको छैन, कतिपय किसानले गाउँ नजिकैको बजारमा बिक्री गर्छन् भने कतिले बुटवललगायत सहरसम्म पुर्‍याउने गरेका छन्’, सूचना अधिकारी मगरले भने, ‘कागतीखेती गर्दा किसानलाई आइपरेका समस्या समाधानका लागि हामी लागिरहेका छौँ । अहिले समस्या नआए पनि आउँदाबित्तिकै कृषकलाई खबर गर्न भनेका छौँ ।’ बजार व्यवस्थापन, बिरुवा वितरण, रोग लागेमा रोगको पहिचान गरी उपचार, आवश्यक परामर्शलगायत काममा केन्द्र सहजीकरण गर्न तयार रहेको उनको भनाइ थियो । रासस

आइएमई लाइफको सम्पूर्ण कारोबार दुई दिन बन्द हुँदै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सम्पूर्ण कारोबार दुई दिन बन्द हुने भएको छ । इन्स्योरेन्सको सेवा तथा कारोबार भदौ १ गते शुक्रबार र २ गते शनिबार बन्द हुने भएको हो । इन्स्योरेन्सले सिस्टम अपग्रेड गर्नको लागि शुक्रबार दिनको १२ बजेदेखि शनिबारसम्म सबै कारोबारहरु अवरुद्ध गर्न लागेको हो । बिहीबार एक सूचना मार्फत इन्स्योरेन्सले सो जानकारी गराएको हो ।