रिलायबल नेपाल लाइफको जीवन बीमा कोष ४४ प्रतिशतले बढ्यो, बीमाशुल्क १४ अर्ब बढी

<p>काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ४४.०९ प्रतिशतले बढेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमाससम्मको तथ्यांकअनुसार इन्स्योरेन्सको जीवन बीमा कोषको आकार सो मात्राले बढेर ६ अर्ब ६३ करोड पुगेको हो । अघिल्लो आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको जीवन बीमा कोषको आकार ४ [&hellip;]</p>

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ४४.०९ प्रतिशतले बढेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमाससम्मको तथ्यांकअनुसार इन्स्योरेन्सको जीवन बीमा कोषको आकार सो मात्राले बढेर ६ अर्ब ६३ करोड पुगेको हो ।

अघिल्लो आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको जीवन बीमा कोषको आकार ४ अर्ब ६० करोडको थियो ।

समीक्षा अवधिमा इन्स्यारेन्सले १४ अर्ब १७ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.५४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ छ । जगेडा कोषको रकम बढेर १ अर्ब ४७ करोड ९९ लाख र महाविपत्ती कोषको रकम बढेर १५ करोड ५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा इन्स्योरेनसले ४३ करोड २२ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आवमा उक्त नाफा २७ करोड ४८ लाख रुपैयाँ थियो । यद्दपि यो नाफा भने वास्तविक होइन । इन्स्योरेन्सको वास्तिविक नाफा एक्चुरी पछि मात्रै आउने छ ।

२०८० असारसम्म इन्स्योरेन्सको प्रतिसेयर आम्दानी (वार्षिकीकरण) १५.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५८.२३ रुपैयाँ र प्रति सेयर सम्पत्तिको मूल्य ४३४.८३ रुपैयाँ छ ।

हालसम्म इन्स्योरेन्सले ५५ हजार ६६ जना बीमितलाई १ अर्ब २५ करोड ५३ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । यता ८८ लाख १८ हजार रुपैयाँ बराबरको दावी भुक्तानी हुन बाँकी छ रहेको इन्स्योरेन्सले जानकारी गराएको छ ।

Share News