विकासन्युज

सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटलले म्युचुअल फण्डहरुको लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा फण्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलका अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुलाई लाभांश वितरण गर्ने छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले भने लाभांश वितरण नगर्ने भएको हो । क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई करसहित ६.५ प्रतिशतका दरले ७ करोड ८० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले ७ करोड ५० लाद रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुलाई भने प्रतिफल वितरण नगर्ने घोषणा गरेको हो ।

बङ्गलादेशबाट ७ सय पर्यटक आज नेपाल आउँदै

काठमाडौं । बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसरी जहाज चार्टर्ड गरेर नेपाल आउने बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए । नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो । राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बङ्गलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे। एउटै कम्पनीमार्फत ठूलो समूहमा बङ्गलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो । नेपालबाट नजिक दूरीमा रहेको बङ्गलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो । ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे। कोभिड–१९ पूर्व र कोभिड अवधिमा पनि उल्लेख्य सङ्ख्यामा बङ्गलादेशी पर्यटक नेपाल आएका थिए । बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को सात महिनामा बङ्गलादेशबाट १३ हजार छ सय २४ पर्यटक नेपाल आएका थिए । जुलाई महिनामात्रै दुई हजार छ सय ९४ बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । जुनमा दुई हजार चार सय दुई, अप्रिलमा दुई हजार दुई सय १७, मार्चमा दुई हजार चार सय ६६, फेब्रुअरीमा एक जहार नौ सय सात र जनवरीमा दुई हजार चार ६८ बङ्गलादेशी पर्यटक नेपाल आएका तथ्याङ्क छ । यसअघि सन् २०२२ मा बङ्गलादेशबाट २५ हजार तीन सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार सन् २०२३ को सात महिनामा कुल पाँच लाख ३४ हजार दुई सय सात विदेशी पर्यटक भित्रिएका छन् । रासस

गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने चुनौती

काठमाडौं। मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत् प्राधिकरण क्रियाशील भएर लागेको छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा केही ठूला आयोजना अगाडि बढाइरहेको प्राधिकरणलाई यतिबेला  नियमित र गुणस्तरीय विद्युत् प्रवाह गर्नुपर्ने आवश्यकता छ । पटक–पटक बिजुली काटिने समस्याका कारण उपभोक्ताले सास्ती पाइरहेका बेला प्राधिकरणले आज ३८औँ वार्षिकोत्सव मनाउँदैछ । लगातार बढ्दै गएका ग्राहकलाई गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउनुपर्ने दायित्व तथा औद्योगिकीकरणमा जोड दिनुपर्ने आवश्यकताबीच प्राधिकरणले अझै जिम्मेवार भएर नयाँ योजना र कार्यक्रम अगाडि बढाउनुपर्नेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ  गुणस्तरीय र भरपर्दो विद्युत् सेवा प्रवाहका कारण वितरण प्रसारण प्रणालीको निर्माण, सबस्टेशनको निर्माण तथा आधुनिकीकरण प्रमख प्राथमिकतामा रहेको बताउछन् । आर्थिक वर्ष २०७८/७९ मा  ४७ लाख ७० हजार ग्राहक रहेकामा आव २०७९/८० मा सात दशमलव सात प्रतिशतले वृद्धि भई ५१ लाख ३० हजार पुगेका छन् । सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत् सेवा उपभोग गरिरहेका पाँच लाख १० हजार ग्राहकसहित राष्ट्रिय ग्रीडबाट विद्युत् सेवा उपभोग गर्ने ग्राहकको सङ्ख्या ५६ लाख ४० हजार पुगेको छ । हाल राष्ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघुजलविद्युत् आयोजना एवं सौर्य विद्युत्बाट तीन प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरिरहेका छन् । स्वच्छ ऊर्जाको पहुँचमा नेपालले गरेको प्रगति दक्षिण एसियाली देशको तुलनामा अब्बल छ । आगामी दुई वर्षभित्र सम्पूर्ण नेपालीसामु विद्युत्को पहुँच पुर्याउने गरी वितरण प्रणाली निर्माण अगाडि बढाइएको छ । प्राधिकरणले मुगु र हुम्लामा मात्रै केन्द्रीय प्रणाली जोड्न बाँकी छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन दातृ निकायको सहयोगमा रु ५० अर्ब बराबरकोे लगानी  सुनिश्चित गरी काम अघी बढाइएको कार्यकारी निर्देशक घिसिङ बताउछन् । गत वर्ष सुक्खायाममा नदीमा जलप्रवाहको स्तर घट्न गई प्राधिकरणको जलविद्युत् गृहबाट कुल दुई अर्ब ९३ करोड युनिट विद्युत् उत्पादन भएको थियो । यो आव २०७८÷७९ को तुलनामा १० दशमलव १० प्रतिशतले कम हो । आफ्नै तथा सहायक कम्पनी एवं संयुक्त उपक्रमको कम्पनीमार्फत जलविद्युत् आयोजना निर्माण गर्ने कार्यलाई निरन्तरता दिइएको उनले बताए । ठूला जलाशययुक्त तथा आकर्षक जलविद्युत् आयोजना निर्माणमा केन्द्रीत छ । कुल छ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको अन्तिम चरणमा छ । सो आयोजनालाई चालु आवमा नै निर्माण सुरु गर्ने लक्ष्य राखिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यस्तै एक जार ६१ मेगावाट क्षमताको माथिल्लो अरुणमा लगानीका लागि विश्व बैंकलगायतका दातृ निकायले चासो व्यक्त गरेका छन् । प्राधिकरणले दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती, ९९ मेगावाटको तामाकोसी पाँचौँ र ६० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्य राखेको छ । यस्तै अरुण चार जलविद्युत् आयोजना सतलज जलविद्युत् निगम लिमिटेडसँग संयुक्तरूपमा निर्माण गर्ने काम अघि बढाइएको छ । नेपाल र बङ्गलादेशको चौथो संयुक्त निर्देशक समितिको बैठकमा समझदारी भएअनुरुप निकट भविष्यमै छ सय ३८ मेगावाट क्षमताको  सुनकोसी तेस्रो जलविद्युत् आयोजना साझेदारीमा निर्माण गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए । जलस्रोतको अधिकतम् उपयोग गरी वर्षायाममा बढी विद्युत् उत्पादन हुने गरी प्रवर्द्धकले जलविद्युत् आयोजनाको डिजाइन गर्न सक्ने प्रावधान राखी नयाँ विद्युत् खरिद सम्झौता नीति लागू गर्ने सम्बन्धमा आवश्अध्ययन सुरु गरिएको छ । नुवाकोटको रातमाटेबाट चीनको केरुङ जोड्ने उच्चभोल्टेज क्षमताको प्रसारण लाइन निर्माण गर्न विशेष पहल गर्ने लक्ष्य राखेको प्राधिकरण प्रसारण लााइन निर्माणलाई पनि महत्व दिइएको छ । काठमाडौँ उपत्यकाका छ लाख ग्राहकको घरमा पूर्वजडित मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी स्वचालित मिटरिङ पूर्वाधार प्रणालीमा आबद्ध गर्ने कार्य छिट्टै सुरु गने लक्ष्य प्राधिकरणको रहेको घिसिङले बताए । मुलुकभरका ग्राहकको घरमा जडान भएका मिटरलाई क्रमशः स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्य अगाडि बढाउने लक्ष्य छ । सरकारको लक्ष्यअनुसार आगामी दुई वर्षभित्र मुलुकभर प्रत्येक नेपालीको घरदैलोमा विद्युत्को पहुँच पुर्याउन वितरण प्रणाली विस्तार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी प्राधिकरणले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै काठमाडौँलगायत मुख्य सहरमा आगामी ३० वर्षको बढ्दो विद्युत् मागलाई लक्षित गरी पर्याप्प्रसारण तथा वितरण संरचना निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। त्यसबाट सन् २०५० सम्मको विद्युत् माग धान्ने मात्र नभई विद्युत्को गुणस्तर वृद्धि तथा नियमित विद्युत् आपूर्तिमा सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । तराईको माग सम्बोेधन गर्ने गरी हुलाकी राजमार्ग हुँदै चार सय केभी तथा  तथा दुई सय २० केभी क्षमताको बहुसर्किट प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उनले बताए । यसबाट मुलुकको विभिन्न औद्योगिक करिडोर जोड्न, औद्योगिक क्षेत्रको विद्युत् माग व्यवस्थापन गर्न र भविष्यमा नेपाल–भारत सीमा क्षेत्रमा स्थापना हुने उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउन सहयोग पुग्ने बताइएको छ । यस्तै छिमेकी राष्ट्रहरूसँग अन्तरदेशीय विद्युत् व्यापार गर्नसमेत सहज हुने प्राधिकरणको विश्वास छ । रासस

जथाभावी फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने

वीरगन्ज । सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्पद्दिन मियाँले जानकारी दिए । ‘जथाभावी फोहर फ्याँक्नेसँग हामीले २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन्’, उनले भने, ‘जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत घटेको छैन । त्यसैले अब फोहर फाल्नेलाई जरिवानामात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेका छौँ ।’ सरसफाइ शाखा प्रमुख मियाँका अनुसार हालसम्म जथाभावी फोहर फ्याँक्ने पाँच सय ७५ व्यक्ति र संस्थाबाट महानगरले १७ लाख ५४ हजार जरिवानावापत राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा जरिवानाबाट १५ लाख ३६ हजार तथा चालु आव २०८०/८१ को साउनमा जरिवानावापत दुई लाख १८ हजार राजस्व सङ्कलन भएको छ । ‘घर, पसल र कार्यालयबाट निस्किने फोहर जताततै फ्याँक्ने स्थानीयमा प्रवृत्ति छ’, उनले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथीतारा एमके इन्टरनेसनल जेभीसँग गत २०७६ जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ । बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ भइरहेको छ । नालाको सरसफाइ महानगर आफैँले गर्छ भने सडकको सरसफाइ साझेदार संस्था पृथी तारा एनके इन्टरनेशन जेभीले गरिरहेको छ । रासस

भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन मनसुनी वर्षा जारी रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड, विद्युत चुहावट अझै १३ प्रतिशत

विद्युत उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी आम उपभोक्ताहरूलाई गुणस्तरीय विद्युत सुपथ मुल्यमा उपलब्ध गराउन प्रतिबद्ध नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सवका अवसरमा सहयोग र साथ दिने आम विद्युत उपभोक्ताहरू तथा शुभेच्छुकहरू प्रति हार्दिक आभार प्रकट गर्दछु । विगतका वर्षहरूमा जस्तै गत आर्थिक वर्ष २०७९/८० मा पनि विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएका छौं । निरन्तर प्रयासबाट विगत सात वर्षदेखि प्राधिकरणले मुनाफा आर्जन गर्दै आइरहेको छ । गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । साथै अघिल्लो आ.व.मा १५.३८ प्रतिशत रहेको विद्युत चुहावटलाई घटाइ आ.व. २०७९/८० मा १३.४६ प्रतिशतमा सीमित गर्न सफल भएको छ । जुन प्राधिकरणको इतिहासमा हाल सम्मकै न्यून हो । प्रधानमन्त्रीको भारत भ्रमणबाट दीर्घकालीन रूपमा भारतसँग विद्युत व्यापार गर्ने मार्ग प्रशस्त भएको छ भने अन्तर्देशीय विद्युत व्यापारको बजार विस्तार भई अतिरिक्त ऊर्जा अन्य छिमेकी देशहरूमा समेत निर्यात गर्ने अवसर सिर्जना भएको छ । आ.व. २०७९/८० मा विभिन्न जलविद्युत आयोजना सम्पन्न भई ४९१ मेगावाट विद्युत प्राधिकरणको प्रणालीमा थप भई कुल जडित उत्पादन क्षमता २६८४ मेगावाट पुगेको छ । गत वर्ष सुख्खा याममा प्राधिकरण तथा स्वतन्त्र विद्युत उत्पादकहरूको विद्युत उत्पादन केन्द्रबाट प्रक्षेपण गरिएभन्दा कम विद्युत उत्पादन हुन गएकोले केही बढी परिमाणमा विद्युत आयात गरी माग पूर्ति गरिएको थियो । इनटरनेशनल क्रेडिट रेटिङ एशोसिएसन (इक्रा) ले प्राधिकरणको आर्थिक अवस्थाको मूल्याङ्कन गरी डबल ए प्लस रेटिङ गरेको छ । प्राधिकरणको तेस्रो आर्थिक पुनसंरचना स्वीकृति प्राप्त हुने चरणमा रहेको छ । सोको स्वीकृति पश्चात् प्राधिकरणले सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर जारी गर्न सक्नेछ । सूचना तथा सञ्चार प्रविधिको महत्त्वलाई आत्मसात गरी प्राधिकरणले आ.व.२०७९/८० मा सूचना प्रविधि नीति, २०२३ जारी गरेको छ । उक्त नीतिमा उल्लेख भए बमोजिम प्राधिकरणबाट प्रभावकारी रूपमा कार्य सम्पादन गर्न र गुणस्तरीय सेवा प्रदान गर्न डिजिटल प्रविधिको व्यापक उपयोग गर्ने योजनाहरू कार्यान्वयन गरिनेछ । अनलाइन पोर्टल र मोबाइल एप्लिकेसन मार्फत ग्राहकहरूले सहज रूपमा विद्युत महसुल भुक्तानी गर्न र गुनासो दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । ग्राहकहरूको गुनासो समयमै सम्बोधन गर्न र सेवाको स्तर वृद्धि गर्नका साथै अन्य आवश्यक जानकारी उपलब्ध गराउन प्रादेशिक कार्यालयहरूमा कल सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रीकृत पेरोल तथा पेन्सन प्रणालीको कार्यान्वयनबाट कर्मचारीको तलब भत्ता, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, आयकर, अवकाश भुक्तानी जस्ता विविध भुक्तानी प्रक्रियाहरू सहज हुन गएको छ । साथै, प्राधिकरणमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको व्यक्तिगत विवरण लगायतका अभिलेखहरू डिजिटल प्रणालीमा राखी निकट भविष्यमा सबै कार्यालय तथा कर्मचारीको पहुँच हुने गरी सञ्चालनमा ल्याइने छ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सिद्धान्तहरूलाई अनुशरण गरी प्राधिकरणको हरेक क्रियाकलापमा महिला तथा सीमान्तकृत समुदायको सहभागितालाई प्राथमिकता दिन प्राधिकरणले जेण्डर इक्विलिटी एण्ड सोसियल इन्कुलुजन स्ट्राटिजी एण्ड अप्रेशनल गाइडलाइन लागू गरेको छ । प्राधिकरणले गत आ.व.२०७९/८० मा सम्पादन गरेका कार्य र त्यसबाट प्राप्त नतिजा सहितको विवरण देहाय बमोजिम रहेको छ । ग्राहक सङ्ख्या आ.व.२०७८/७९ मा ४७ लाख ७० हजार ग्राहक रहेकोमा आ.व.२०७९/८० मा ७.७६ प्रतिशत वृद्धि भई ५१ लाख ३० हजार पुगेको छ । सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत सेवा उपभोग गरिरहेका ५ लाख १० हजार ग्राहक सहित राष्ट्रिय ग्रिडबाट विद्युत सेवा उपभोग गर्ने ग्राहकको सङ्ख्या ५६ लाख ४० हजार पुगेको छ । हाल राष्ट्रिय ग्रिडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवं सौर्य विद्युतबाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्त गरिरहेका छन् । आगामी २ वर्षभित्र सम्पूर्ण जनतालाई विद्युतको पहुँच पुर्याउने गरी वितरण प्रणाली निर्माण कार्य अगाडि बढाइएको छ । विद्युत उत्पादन गत वर्ष सुख्खा याममा नदीहरूमा जलप्रवाहको स्तर घट्न गई प्राधिकरणको जलविद्युत गृहहरूबाट कुल २ अर्ब ९३ करोड युनिट विद्युत उत्पादन भएको छ । जुन आ.व.२०७८/७९ को तुलनामा १०.१० प्रतिशतले कम रहेको छ । आ.व.२०७९/८० मा स्वतन्त्र ऊर्जा उत्पादक तथा प्राधिकरणको सहायक कम्पनीहरूबाट क्रमशः ५ अर्ब ११ करोड र २ अर्ब ४८ करोड युनिट विद्युत खरिद गरिएको छ । जुन आ.व.२०७८/७९ तुलनामा क्रमशः १९.४१ प्रतिशत र २५.९१ प्रतिशतले बढी रहेको छ । विद्युत आयात तथा निर्यात भारतबाट गत आ.व.मा १ अर्ब ८३ करोड युनिट विद्युत आयात गरिएको छ । जुन आ.व.२०७८/७९ को तुलनामा १८.७९ प्रतिशतले बढी रहेको छ । प्रगालीमा आ.व.२००८/७९ को तुलनामा ११.८० प्रतिशत ले बढी अर्थात् १२ अर्थ ३६ करोड युनिट ऊर्जा उपलब्ध भएको छ । कुल उपलब्ध ऊर्जामा प्राधिकरण तथा यसका सहायक कम्पनीको योगदान ४३.८० प्रतिशत स्वदेशी स्वतन्त्र ऊर्जा उत्पादवाट उत्पादित ऊर्जाशो योगदान ४१.३८ प्रतिशत र भारतबाट आयातीत ऊर्जाको योगदान १४.८२ प्रतिशत रहेको छ । आ.व.२०७८/७९ मा ४९ करोड युनिट मात्र विद्युत भारत निर्यात गरिएकोमा आ.व.२०७२/८० मा १ अर्थ ३४ करोड युनिट विद्युत निर्यात भएको छ । बिद्युत खपत र विद्युत चुहावट आ.व.२०७८/७९ को तुलनामा आव २०७९/८० मा विद्युत खपत ५.५० प्रतिशतले वृद्धि भई ९ अर्ब ३५ करोड युनिट पुगेको छ । प्रणालीको विद्युत चुहावट आ.व.२०७९/८० मा १३.४६ प्रतिशत रहेको छ । जुन आ.व.२०७८/७९ को तुलनामा १.९२ अंकले कमी हो । प्राधिकरणको इतिहासमा यो नै अहिले सम्मको कम चुहावट हो । वित्तीय अवस्था स्वदेशी जलविद्युत गृहबाट विद्युत उत्पादन घट्न गएकोले आयातित विद्युत ऊर्जाको परिमाण वढ्न जाँदा आ.व. २०७९/८० मा प्राधिकरणको खुद नाफा आ.व.२०७८/७९ मा ७.७६ प्रतिशतले कमी भई १२ अर्थ ३३ करोड रुपैयाँ हुन गएको छ । आयोजनाहरू इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत जवा तिला, भारभुङ, वेगनास रूपा पम्प स्टोरेज र माथिल्लो मुस्ताङ जलाशययुक्त जलविद्युत आयोजनाको अध्ययन कार्य अगाडि बढाइएको छ । साथै ४९०.२ मेगावाट विद्युत आयोजना निर्माणका लागि सतलज जलविद्युत निगम भारतसँग संयुक्त उपक्रमको कम्पनी स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भईसकेको छ । आ.व.२०७९/८० मा ६६ के.भी. तथा सोभन्दा माथिका प्रसारण लाइन ४१३ सर्किट कि.मि. थप भई कुल सञ्चालन रहेको ६६ के.भी र सोभन्दा माथिका प्रसारण लाइनको लम्बाइ ५७०२ सर्किट कि.मि. पुगेको छ । गत आ.व.मा १७१८ एम.भी.ए. क्षमता बरावरको ग्रिड सबस्टेसन थप भएको छ । योसँगै कुल सबस्टेसनको जदित क्षमता ८८६७ एम.भी.ए. पुगेको छ । १३२ के.भी, २२० के.भी. र ४०० के.भी.का श्रमशः १४३४ सर्किट कि.मि., १८८ सर्किट कि.मि. र ८७७५ सर्किट कि.मि.गरी ३१७५ सर्किट कि.मि. प्रसारण लाइन र १०२२० एम.भी.ए. क्षमताको ग्रिड सबस्टेसन निर्माणाधीन अवस्थामा रहेका छन् । बितरण प्रणाली प्रत्येका नेपालीको घरदैलोमा नियमित र भरपर्दो विद्युत सेवा पुन्याउन वितरण प्रणाली विस्तारको कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाइएको छ । वितरण प्रणालीको स्तरोन्नति एवं शहरको सुन्दरता अभिवृद्धि हुनेगरी काठमाडौं उपत्यकालगायत पोखरा र भरतपुरमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेका छन् । प्राधिकरणले पहिलो चरणमा रत्नपार्क र महाराज वितरण केन्द्र ९७ हजार घरधुरीमा स्मार्ट मिटर जडान गर्ने कार्य सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । दोस्रो चरणमा काठमाडौं उपत्यकाका ६ लाख ग्राहकहको घरमा पूर्वजडित मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी स्वचालित मिटरिङ पूर्वाधार प्रणालीमा एकीकृत वा आवद्ध गर्ने कार्य छिट्टै सुरु गरिनेछ । साथै, मुलुकभर स्मार्ट मिटर जडान गर्ने कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाइनेछ । वितरण केन्द्रमा आय व्यवस्थापन प्रणाली जडान गर्ने कार्य अगाढि बढाइएको छ । प्रणाली सम्यालन विभाग, स्युचाटारको परिसरमा वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्द्र निर्माण सम्पन्न हुने चरणमा रहेको छ । अन्य गतिबिधि विद्युतीय सवारी साधन र विद्युतीय का साथै अन्य घरायसी उपकरणहरुको प्रवद्र्धन विभिन्न कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्राधिकरणले डीसी फास्ट चार्जिङ्ग टेक्नोलोजीमा आधारित ५१ वटा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन प्रमुख स्थानमा जडान गरी सचालनमा ल्याइसकेको छ भने थप १३ वटा चार्जिङ स्टेसन विभिन्न स्थानमा जडान गर्ने कार्य भइरहेको छ । सहायक कम्पनीहरू प्राधिकरणको सहायक कम्पनीको रुपमा स्थापित विभिन्न कम्पनी तथा सो मार्फत आयोजनाहरु सञ्चालनमा रहेका छन् । जसमध्ये चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड र माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित क्रमशः २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्र र ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्र सचालनमा रहेका छन् । साथै, माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले ईपीसी मोडलमा २०.६६ मेगावाटको रोत्वालिङ खोला जलविद्युत आयोजनाशो निर्माण प्रारम्भ गरेको छ । चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनीहरु मार्फत १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न हुने अवस्थामा रहेका छन् भने ८७ मेगावाटको सेती नदी–३ जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ । १४० मेगावाटको तनहुँ, ३० मेगावाटको त्रिशूली–३बी, ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । तनहुँ जलविद्युत कम्पनीमार्फत १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाशो अध्ययन पूरा भई कार्यान्वयनको चरणमा रहेको छ । यसैगरी १०६१ मेगावाटको माथिल्लो अरुण, ४० मेगावाटको इवा खोला, ९९.८ मेगावाटको तामाकोशी पाँचौं, ६० मेगावाटको मोदी, २१० मेगावाटको चैनपुर सेती र ६३५ मेगावाट जलाशययुक्त जलविद्युत आयोजनाहरु निर्माण सुरु हुने चरणमा रहेका छन् । ८२८ मेगावाटको उत्तरगंगा र १८० मेगावाटको आंधीखोला जलाशययुक्त जलविद्युत आयोजना अध्ययनका विभिन्न चरणमा रहेका छन् । एनईए इन्जिनियरिङ कम्पनीले विभिन्न आयोजनाको सम्भाव्यता अध्ययन, इन्जिनियरिङ डिजाइन, विस्तृत इन्जिनियरिङ डिजाइन तथा अध्ययनको पुनरावलोकन, सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल, आयोजना व्यवस्थापन, ट्रान्समिसन लाइन तथा वितरण प्रणाली सञ्चालन, मर्मत सम्भार तथा पुनःस्थापना लगायतका विभिन्न पूर्वाधार निर्माणको क्षेत्रमा परामर्श दाताका रूपमा सेवा प्रदान गरिरहेको छ । नेपाल पावर ट्रेडिङ कम्पनीले विद्युत व्यापार गर्ने अनुमति प्राप्त गरिसकेकाले निकट समयमा कारोबार सञ्चालन गर्ने अवस्था रहेको छ । पावर ट्रान्समिसन कम्पनी नेपालले ढल्केबर र मुजफ्फरपुर बीचको ४०० के.भी.डबल सर्किट लाइनको नेपाल अंश निर्माण गरी सञ्चालन गरिरहेको छ । निजी क्षेत्रको सहभागिता गत वर्ष स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट ४९१ मेगावाट क्षमता बराबरको कुल २७ वटा जलविद्युत आयोजनाहरू सम्पन्न गरी प्राधिकरणको प्रणालीमा जोडिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट हालसम्म २०२३ मेगावाट क्षमता बराबरको १५९ जलविद्युत आयोजनाहरू निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । जसमा प्राधिकरणको सहायक कम्पनीको हिस्सा ४७८ मेगावाट रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट प्रवद्र्धित ३१०३ मेगावाट क्षमता बराबर १२६ वटा विभिन्न जलविद्युत आयोजनाको लगानी सुनिश्चित भई निर्माण कार्य अगाडि बढेको छ । गत वर्ष ५ मेगावाट क्षमताको सौर्य प्लान्ट सहित कुल १३५० मेगावाट क्षमताको विभिन्न ३५ प्रवद्र्धकहरूसँग विद्युत खरिद सम्झौता भएको छ । हालसम्म स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग ७७५८ मेगावाट क्षमता बराबरको कुल ३९२ वटा विद्युत खरिद सम्झौता भएको छ । अन्तर्देशीय विद्युत व्यापार नेपालको नदीहरूमा जलप्रवाह घटी विद्युत गृहहरूबाट निर्धारित परिमाणमा विद्युत उत्पादन हुन नसकेकोले उपभोक्ताहरूको विद्युतको माग पूर्ति गर्न थप विद्युत आयात गरिएको थियो । प्राधिकरण र भारतको राष्ट्रिय विद्युत व्यापार निगम एवं प्राधिकरण र पीटीसी इन्डिया लिमिटेडबीच क्रमशः २०० मेगावाट र ३०० मेगावाटसम्म विद्युत खरिद बिक्री गर्न सकिने गरी भएको सम्झौतालाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । प्राधिकरण र पावर ग्रिड कर्पोरेसन इन्डिया लिमिटेडबीच समान स्वस्पुँजी साझेदारीको अवधारणामा संयुक्त उपक्रम तथा साझेदारी सम्झौता र कार्यान्वयन तथा प्रसारण सेवा सम्झौतामा हस्ताक्षर भएसँगै अन्तर्देशीय प्रसारण पूर्वाधारतर्फ न्यू बुटवल गोरखपुर ४०० के.भी. लाइन अन्तर्गत भारत तर्फको प्रसारण लाइन निर्माण कार्य कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । हालसम्म नेपालले भारत सरकारबाट इन्डियन इनर्जी एक्स्चेन्ज लिमिटेडको डे–अहेड बजारमा ४५२ मेगावाट विद्युत बिक्री गर्न सक्ने अनुमति प्राप्त गरेको छ भने थप परिमाण विद्युत बिक्रीका लागि सहमतिको चरणमा रहेको छ । बङ्गलादेशमा ४० मेगावाट विद्युत मध्यकालीन रूपमा निर्यात गर्न प्राधिकरण, राष्ट्रिय विद्युत व्यापार निगम भारत र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड बङ्गलादेशबीच त्रिपक्षीय सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यससँगै नेपाल उप क्षेत्रीय अन्तर्देशीय विद्युत व्यापारमा प्रवेश गर्नेछ । भावी कार्यदिशा मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्ताहरूलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत निर्यात गर्ने दिशातर्फ प्राधिकरण अघि बढिरहेको छ । प्राधिकरणले आफ्नै तथा सहायक कम्पनी एवं संयुक्त उपक्रमको कम्पनीहरू मार्फत जलविद्युत आयोजनाहरू निर्माण गर्ने कार्यलाई निरन्तरता दिई ठूला जलाशययुक्त तथा आकर्षक जलविद्युत आयोजनाहरू निर्माणमा केन्द्रित रहनेछ । ६३५ मेगावटको दूधकोशी जलाशयुक्त आयोजना, १०६१ मेगावाटको माथिल्लो अरुण, २१० मेगावाटको चैनपुर–सेती, ९९ मेगावाटको तामाकोशी ५२६० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाको निर्माण कार्य प्राथमिकताको साथ अगाडि बढाइने छ । त्यस्तै ४९०.२ मेगावाटको अरुण ४ जलविद्युत आयोजना सतलज जलविद्युत निगम लिमिटेडसँग संयुक्त रूपमा निर्माण गर्ने कार्य अघि बढाइनेछ । नेपाल र बङ्गलादेशको चौथो संयुक्त निर्देशक समितिको बैठकमा समझदारी भए अनुरूप निकट भविष्यमा ६३८ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना साझेदारीमा निर्माण गर्ने प्रक्रिया अघि बढाइने छ । उपलब्ध जलस्रोतको अधिकतम उपयोग गरी वर्षा याममा बढी विद्युत उत्पादन हुने गरी प्रवद्र्धकहरूले जलविद्युत आयोजनाहरूको डिजाइन गर्न सक्ने प्रावधान राखी नयाँ विद्युत खरिद सम्झौता नीति लागू गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी उपयुक्त व्यवस्था अवलम्बन गरिनेछ । न्यू बुटवल गोरखपुर ४०० के.भी. अन्तर्देशीय प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिइनेछ । ४०० के.भी. अन्तर्देशीय प्रसारण लाइन आयोजनाहरूः इनरुवा पूर्णिमा र दोदोधरा–बरेली सन् २०२८/२९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी कार्यान्वयनमा लगिनेछ । नेपालको रातमाटेदेखि चीनको केरुङ जोड्ने उच्च भोल्टेजको प्रसारण लाइन निर्माण गर्न विशेष पहल गरिनेछ । काठमाडौँ उपत्यकाको ६ लाख ग्राहकको घरमा पूर्व जडित मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी स्वचालित मिटरिङ पूर्वाधार प्रणालीमा आबद्ध गर्ने कार्य छिट्टै सुरु गरिनेछ । साथै मुलुकभरका ग्राहकको घरमा जडान भएका मिटरलाई क्रमशः स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्य अगाडि बढाइनेछ । नेपाल सरकारको लक्ष्य अनुसार आगामी २ वर्षभित्र मुलुकभर प्रत्येक नेपालीको घरदैलोमा विद्युतको पहुँच पुयाउन वितरण प्रणाली विस्तार गर्ने कार्य उच्च प्राथमिकतामा राखी सम्पन्न गरिनेछ । काठमाडौँ लगायत मुख्य शहरहरूमा आगामी ३० वर्षको बढ्दो विद्युत मागलाई लक्षित गरी पर्याप्त प्रसारण तथा वितरण संरचनाहरू निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ । उक्त कार्यबाट सन् २०५० सम्मको विद्युत माग धान्ने मात्र नभई विद्युतको गुणस्तर वृद्धि तथा नियमित विद्युत आपूर्तिमा सहयोग पुग्नेछ । हुलाकी राजमार्ग हुँदै ४०० के.भी. तथा २२० के.भी. बहुसर्किट प्रसारण लाइन आयोजनाको निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । यसबाट मुलुकको विभिन्न औद्योगिक कोरिडोरहरू जोड्न, औद्योगिक क्षेत्रको विद्युत माग व्यवस्थापन गर्न र भविष्यमा नेपाल(भारत सीमा क्षेत्रमा स्थापना हुने उद्योगहरूलाई पर्याप्त विद्युत उपलब्ध गराउन एवं छिमेकी राष्ट्रहरूसँग अन्तर्देशीय विद्युत व्यापार गर्नसमेत सहज हुनेछ । परम्परागत तथा खनिज ऊर्जालाई प्रतिस्थापन हुने गरी ग्राहस्थ, कृषि, उद्योग र पर्यटन क्षेत्रमा जलविद्युतको खपतमा व्यापक वृद्धि हुनेगरी आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ । विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्न चार्जिङ स्टेसन मुलुकको प्रमुख स्थानहरूमा जडान गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ । साथै निजी क्षेत्रलाई समेत यस व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिनेछ । प्रधानमन्त्रीको भारत भ्रमणबाट आगामी १० वर्षमा १० हजार मेगाबाट विद्युत भारत निर्यात गर्ने मार्ग तयार भएको छ । मौजुदा प्रसारण संरचनाहरू प्रयोग गरी नेपालबाट बङ्गलादेश विद्युत निर्यात गर्न सम्बद्ध निकायहरू प्राधिकरण, बङ्गलादेश विद्युत विकास बोर्ड र राष्ट्रिय विद्युत व्यापार निगमबीच त्रिपक्षीय सम्झौता छिट्टै सम्पन्न गरिनेछ । प्राधिकरणको सहायक कम्पनीका रूपमा स्थापना भएको नेपाल विद्युत व्यापार कम्पनी मार्फत निकट भविष्यमा स्वदेशी र अन्तर्देशीय विद्युत व्यापार प्रारम्भ गरिनेछ । हरित हाइड्रोजन कार्यक्रम सम्बन्धी ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट, कोरिया र काठमाडौँ विश्व विद्यालयसँगको प्राविधिक सहयोगमा नेपालमा हरित हाइड्रोजन उत्पादन र परिप्रयोगका सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयनको चरणमा रहेको छ । हरित हाइड्रोजन उत्पादन एवं प्रवद्र्धनका लागि प्राधिकरणले विशेष पहलकदमी लिनेछ । नेपाल सरकारको डिजिटल नेपालको परिकल्पना अनुरूप प्राधिकरणका समग्र काम कारबाहीहरूलाई आधुनिकीकरण गर्न, सुरक्षित, सन्तुलित र स्तरीय सूचना प्रविधि पूर्वाधारको सुनिश्चित गर्न ने।वि।प्रा। सूचना प्रविधि नीति, २०२३ कार्यान्वयन गरी डिजिटल प्राधिकरण निर्माणतर्फ केन्द्रित हुनेछ । प्राधिकरणको तेस्रो आर्थिक पुनःसंरचना स्वीकृतिको चरणमा रहेकोले सोको स्वीकृति पश्चात् प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गरी थप पूर्वाधार निर्माणका लागि आवश्यक पूंजी व्यवस्थापन गर्न सक्नेछ । प्राधिकरणको कार्यसम्पादन स्तर गुणात्मक रूपमा वृद्धि गरी प्रभावकारी रूपमा कार्य सञ्चालन गर्न कर्मचारीहरूको दक्षता, क्षमता र सीप अभिवृद्धि हुने विशेष तालिमहरू सञ्चालन गरी कर्मचारीलाई सो तालिममा सहभागी गराइनेछ । गुणस्तरीय, भरपर्दो र सर्वसुलभ विद्युत आपूर्ति गरी उष्फुट सेवा प्रवाह गर्न सके मात्र प्राधिकरण प्रतिको विश्वसनियता बढ्ने र आर्थिक अवस्थामा समेत सुधार आउने भएकोले हाम्रा सम्पूर्ण प्रयासहरू त्यसतर्फ केन्द्रित हुनेछन् । (नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवमा कायकारी निर्देशक कुलमान घिसिङले राखेको मन्तव्य)

प्रभु क्यापिटलका ग्राहकलाई टोटल फिजिकल फिटनेस सेन्टरमा २८ प्रतिशत छुट

काठमाडौं । प्रभु क्यापिटलका ग्राहकलाई टोटल फिजिकल फिटनेस सेन्टरमा २८ प्रतिशत छुट हुने भएको छ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुको शारिरिक व्यायमको लागि टोटल फिजिकल फिटनेस सेन्टर सँग बुधबार सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिटनेस सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन् । क्यापिटलका ग्राहकहरुले फिटनेस सेन्टरमा सेवा लिदाँ २८ प्रतिशतसम्म छुट पाउनका साथै निशूल्क साउना कुपन पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर टोटल फिजिकल फिटनेस सेन्टर लाई उपलब्ध गराउनु पर्नेछ यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्ष सम्म लिन सक्नेछन् । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको टोटल फिजिकल फिटनेस सेन्टर अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एण्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरणहरु रहेका छन् । उक्त फिटनेस सेन्टरमा भर्ना भएपश्चात शुरुमा सात दिनको प्रशिक्षण कार्यक्रम संचालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायमहरु गर्न पाईनेछ । खानपानमा समेत ध्यान दिदैं फिटनेस सेन्टर मा डाइटिसियनको पनि व्यवस्था रहेको क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

उच्च शिक्षामा आइटी : पढ्दै कमाउँदै, स्वदेश र विदेश जहाँसुकै अवसर

काठमाडौंको मोर्गन इन्टरनेसनल कलेजमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरु काठमाडौं । कक्षा–१२ को नतिजा प्रकाशन भएपछि विश्वविद्यालय तहमा अध्ययन गर्ने विषयको सम्बन्धमा विद्यार्थीहरु द्विविधामा छन् । उच्च माध्यामिक शिक्षा परिषदको परीक्षा उत्तिर्ण गरेपछि विद्यार्थीहरुलाई विश्वविद्यालय प्रवेश गर्ने ढोका खुलेको छ । स्नातक तहमा रोजिने विषयले विद्यार्थीको करिअर निर्धारण गर्छ । तसर्थ, आफ्नो रोजाइको क्षेत्रमा अब्बल बन्नका लागि अध्ययनको विषय पनि सोहीअनुसार रोज्नुपर्छ । पछिल्लो समय धेरैजसो विद्यार्थी र अभिभावकले सूचना प्रविधिलाई पहिलो रोजाइको विषय बनाउने गरेका छन् । विश्वभरी नै ठूलो मात्रामा रोजगारी तथा उद्यमको सम्भावना बोकेको विषय हुनाले पनि धेरैले विश्वविद्यालय तहमा सूचना प्रविधि अध्ययन गर्न सुझाव दिने गरेका छन् । सूचना प्रविधि विषय अध्ययन गरेर आफूलाई अब्बल सावित गर्नेहरू बेरोजगार बस्नु पर्ने अवस्था छैन । सूचना प्रविधि क्षेत्रका विभिन्न विषय अध्ययन गरेका नेपाली विद्यार्थीहरुले नेपालमै बसेर ६७ अर्ब रुपैयाँ भन्दा धेरै विदेशी मुद्रा आम्दानी गरेको तथ्यांक सरकारले नै सार्वजनिक गरेको छ । सूचना प्रविधि अन्तर्गत हार्डवेयर र सफ्टवेयर दुवै क्षेत्रमा दिनानुदिन अकल्पनीय प्रगति हुँदै गएको छ । सूचना प्रविधिको विकास यस्तो भएको छ कि यसको अभावका मानिसको दैनिकी नै प्रभावित हुन थालेको छ । उत्पादन तथा सेवा क्षेत्रका सबैजसो व्यवसाय सूचना प्रविधिमै निर्भर छन् । सुरक्षित करिअर, प्रशस्त आम्दानी टेक्सास कलेजका विएससीसिएसआइटी विभागका प्रमुख ओमकार बस्नेतले सूचना प्रविधि अहिले ‘ग्लोबल ल्याङ्वेज’ भएकाले विश्वव्यापी माग बढेको उनले बताए । विश्वव्यापी रूपमा आइटीमा दक्ष व्यक्तिहरूको अभाव रहेकाले नयाँ विद्यार्थीहरुका लागि प्रशस्त सम्भावना रहेको उनले बताए । सूचना प्रविधिका विषय अध्ययन गरेकाहरूलाई आंशिक वा पूर्णकालिन रूपमा कामको समस्या नभएको उनले बताए । यो विषय अध्ययन गरेका विद्यार्थीले पढ्दै कमाउँदै गर्न सक्ने भएका अध्ययन खर्च समेत विद्यार्थी आफैले जुटाउन सक्ने उनले बताए । नेपालमा डिजिटल प्लेटफर्मका विभिन्न प्रडक्टमार्फत बलियो उपस्थिति देखाएको कम्पनी एफवानसफ्टका निर्देशक सुवास शर्माले आइटी पढेका विद्यार्थीका लागि स्वदेश र विदेशमा राम्रो रोजगारीको सम्भावना रहेको बताए । देशभित्रै सूचना प्रविधि सम्बन्धी प्रशस्त उद्योगहरु खुलेका कारण आइटी पढेकालाई राम्रो अवसर रहेको उनले बताए । त्यसबाहेक, नेपालमै बसेर पनि विदेशका विभिन्न स्थापित कम्पनीमा काम गर्ने अवसर रहेको शर्मा बताउँछन् । ‘अहिले विश्व नै डिजिटलाइज भैरहेको छ, विदेशमा पनि सूचना प्रविधिको प्रचुर सम्भावना छ, नेपालमा पनि प्रशस्त अवसर सिर्जना भइरहेका छन्’, शर्मा भन्छन्, ‘आउटसोर्स कम्पनीहरु नेपालमा छन्, फ्रिल्यान्सरको रुपमा काम गर्नेहरुले पनि राम्रो आम्दानी गरिरहेका छन् ।’ विदेश जान चाहनेहरुका लागि पनि नेपालमै आइटी अध्ययन गरेर जाँदा राम्रो हुने उनले बताए । नेपालका उद्योग तथा व्यवसाय क्षेत्र डिजिटल उन्मुख भएकाले थप अवसरको सम्भावना रहेको शर्माले बताए । ‘आइटी आफैँमा व्यवसाय भन्दा पनि यसले अन्य उद्योग तथा व्यवसायलाई सपोर्ट गर्ने हो, व्यवसायहरुलाई अटोमेटेड बनाउन सहयोग गर्छ । सफट्वेयरको प्रयोगले कामलाई पेपरलेस बनाउन सकिन्छ । यो सबैले चाहेका हुन्छन् । आफ्नो बिजनेसलाई अनलाईन, अटोमेटेड र पेपरलेस बनाउँदा आइटी नै सहयोग हुन्छ । यसमा ठूलो जनशक्ति चाहिन्छ । त्यसैले, प्रशस्त सम्भावना छ’, शर्माले भने । इच्छाशक्ति भएको र मेहनती विद्यार्थीले आफ्नो शैक्षिक खर्च मात्रै नभएर पढ्ने समयमा नै प्रशस्त पैसा कमाउन सक्ने यस क्षेत्रका विज्ञहरु बताउँछन् । पढाइकै समयमा आफ्नो प्रोजेक्ट वर्कको काम गर्दा नै प्रशस्त आम्दानी गर्न सकिने अध्यापकहरुको भनाई छ । त्यसबाहेक, आंशिक, प्रोजेक्टमा आधारित र पूर्णकालिन जागिरमा आवद्ध भएर पनि कमाउन सकिन्छ । यो क्षेत्रका काम गर्ने नेपालीहरुले दैनिक ८ घण्टा काम गर्दा न्यूनतम ३०/३५ हजारदेखि लाखौं रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । के–के छन विषय ? नेपालका शिक्षण संस्थामा नेपाली तथा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सूचना प्रविधिका विषयहरू पढाई हुन्छन् । विएससी–सिएसआइटी, बिआइटी, बिसिए, बिआईएम लगायतका विषय स्नातक तहका अध्यापन हुन्छ । सूचना प्रविधि अन्तर्गतका सबै शैक्षिक कार्यक्रमहरु सेमेस्टर प्रणालीमा सञ्चालित छन् । कक्षा–१२ मा विज्ञान संकाय अध्ययन गरेका विद्यार्थीले मात्रै विएससी–सिएसआइटी अध्ययन गर्न पाउँछन् । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तोकेको प्रवेश परीक्षा उत्तिर्ण गरेको हुनुपर्छ । त्यसबाहेकका शैक्षिक कार्यक्रम अध्ययन गरेका विद्यार्थीले, बिसिए, बिआईएम लगायतका सूचना प्रविधिसँग सम्बन्धीत विषयहरु अध्ययन गर्न पाउँछन् । चार वर्षको आठ समेस्टरका कोर्ष विश्वविद्यालयहरुले बनाएका छन् । यी विषयहरु अध्ययन गर्दा विश्वविद्यालय र कलेजअनुसार शुल्क फरक छ । नेपालमा सञ्चालनमा रहेका विश्वविद्यालयहरुमध्ये ८ वटा विश्वविद्यालयहरुले स्नातक तहमा आइटी सम्बन्धी कोर्ष सञ्चालन गरेका छन् । जसमध्ये त्रिभुुवन विश्वविद्यालयले बीएससी–सीएसआईटी, इलेक्ट्रोनिक्स, कम्प्युनिकेशन एण्ड इन्फरमेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, बीआईसीटीई, बीसीए, बीआईएम, बीआईटी र बीएससी एमएलटी कार्यक्रम सञ्चालन गर्ने गरेको छ । काठमाडौं विश्वविद्यालयले बीएससी इन कम्प्युटेस्नल म्याथेम्याटिक्स, बीबीआईएस, बीएससी इन बायोइन्फर्मेटिक्स, बीटेक बायोटेक्नोलोजी, बी–टेक इन एआई, कम्प्युटर साइन्स र बीएससी एमआईटी कार्यक्रम सञ्चालन गरेको छ । पोखरा विश्वविद्यालयले इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेसन इन्जिनियरिङ, बीसीए, कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, बीएससी एमएलटी, बीई–आईटी र बीसीआईएस कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयले बीसीए, बीआईटी, बायोटेक्नोलोजी, बायोटेक, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरेको छ । मध्यपश्चिम विश्विद्यालय र सुदुर पश्चिमाञ्चल विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङ र बीएससी–सीएसआईटी कार्यक्रम सञ्चालन गरेको छ । गण्डकी विश्वविद्यालयमा बिआइटी र राजर्षी जनक विश्वविद्यालयमा बिएससी सिएसआटी कार्यक्रम सञ्चालन भइरहेका छन् । सामान्यतया आइटीका धेरै विषयहरु कक्षा ११/१२ मा विभिन्न विषय लिएर पढेका विद्यार्थीले स्नातक तहमा आइटी अध्ययन गर्न सक्छन् । विश्वविद्यालयहरुले स्नातक तहमा आइटी अध्ययन गर्नको लागि कक्षा ११/१२ मा निश्चित अंक ल्याएको हुनुपर्ने मापदण्ड तोकेको छ ।