विकासन्युज

७.४१ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सबैभन्दा बढी तराईमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि बढेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको १२ महिनामा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत कायम भएको छ । आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप-समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ । साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप-समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ । २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ५.६९ प्रतिशत रहेको थियो । २०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ६.८९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा गैर-खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो । २०८० असार महिनामा गैर-खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९.०३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.५५ प्रतिशत, तराईमा ८.०० प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुमा यस्तो मुद्रास्फीति क्रमशः ५.७३ प्रतिशत, ६.४१ प्रतिशत, ६.८७ प्रतिशत र ६.०७ प्रतिशत रहेको थियो । २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.७० प्रतिशत, तराईमा ७.४८ प्रतिशत, पहाडमा ६.९८ प्रतिशत र हिमालमा ८.१९ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त क्षेत्रहरुमा यस्तो मुद्रास्फीति क्रमशः ७.३८ प्रतिशत, ८.३२ प्रतिशत, ८.४१ प्रतिशत र ८.८४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

साढे १५ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति, ११.७ महिनाको आयात धान्न सक्ने

काठमाडौं । गत आर्थिक वर्ष २०८० असार मसान्तमा विदेशी मुद्राको सञ्चिति पौने १५ खर्ब रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तसम्म कुल १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्घि भई १३ खर्ब ४५ अर्ब ७८ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई.१ खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

शोधनान्तर तीन खर्ब रुपैयाँ बचतमा, चालु खाता ७२ अर्ब १६ करोड घाटामा

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा वर्षमा शोधनान्तर स्थिति झण्डै ३ खर्ब रुपैयाँ बचतमा रहेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको १२ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार गत वर्ष २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै, गत वर्ष चालु खाता ७२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ६२३ अर्ब ३८ करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाख रुपैयाँले घाटामा रहेको छ । समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई ७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ९ अर्ब ९९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्घि भई १३४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई १९३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए । २०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६५४ अर्ब ५० करोड रुपैयाँ तथा दायित्व १७२९ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोड रुपैयाँले घाटामा रहेको छ । २०७९ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २७१ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो।

डेढ खर्बको निर्यात हुँदा १६ खर्ब ११ अर्ब ७३ करोड बराबरको आयात

काठमाडौं । गत आर्थिक वर्ष आयातसँगै निर्यातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको हो । केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षको अबधिमा निर्यातमा २१.४ प्रतिशत र आयातमा १६.१ प्रतिशतले कमी आएको हो । एक वर्षको अबधिमा नेपालले १५७ अर्ब १४ करोड बराबरको निर्यात गरेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै, नेपालले एक वर्षको अबधिमा विभिन्न देशबाट १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको अवधिमा गत आवमा कुल वस्तु आयातमा १६.१ प्रतिशतले कमी आएको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेशनरी सामान, अलकत्रा, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस, एम.एस.विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भट्मासको तेल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १५.५ प्रतिशतले कमी आई १४५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १५४ खर्ब ४२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात २१३ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको थियो ।

सिटिजन्स बैंकका ग्राहकलाई बिराट मेडिकल सेन्टरमा ५० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भोटेपुल, धरान स्थित बिराट मेडिकल सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले बिराट मेडिकल सेन्टरका बिभिन्न सेवाहरूमा ५० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ३१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढ्यो, अघिल्लो वर्षको तुलनामा विदेश जाने घटे

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो।समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई रु.१३४८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो ।

निर्जीवन बीमा कम्पनीका कर्मचारीले साढे ४९ करोड बोनस पाउने, कुनले कति ? (सूचीसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर्मचारीहरुलाई साढे ४९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ४३.७० प्रतिशतले बढी हो । कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर्मचारीहरुलाई २१ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको बोनस दिएका थिए । सञ्चालनमा रहेका १४ वटा कम्पनीले सो मात्राको रकम बोनस बापत कर्मचारीहरुलाई वितरण गर्नको लागि छुट्टयाएका छन् । जुन कम्पनीहरूको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कर्मचारीहरूलाइ वितरण गरिने छ। जसमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा बढी रकम छुट्टयाएको छ । इन्स्योरेन्सले कर्मचारीलाई ९ करोड ९ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेको लागि प्रोभिजन गरेको छ ।  जुन अघिल्लो वर्षको तुलनामा ६.५९ प्रतिशतले बढी हो । त्यस्तै, सबैभन्दा बढी बोनस छुट्टयाउनेको दोश्रो सूचीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले आफ्ना कर्मचारीलाई ७ करोड ९७ लाख ८९ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्न रकम छुट्टयाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६०.१२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४ करोड ९८ लाख ६२ हजार रुपैयाँ बराबरको बोनस वितरण गरेको थियो । अघिल्लो आवमा ५ करोड ९६ लाख रुपैयाँ बोनस वितरण गरेको सगरमाथा इन्स्योरेन्सले गत वर्षमा भने आफ्ना कर्मचारीलाई ७ करोड २७ लाख ७५ हजार रुपैयाँ वितरण गर्ने भएको छ । जुन ५३.३४ प्रतिशतले बढी हो । कुनले कति छुट्टाए ? कर्मचारीहरूलाई ७ करोडभन्दा कम र ६ करोडभन्दा बढी बोनस छुट्टाउनेको सूचीमा शिखर इन्स्योरेन्ससहित ४ कम्पनी रहेका छन् । जसमा नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, ओरियण्टल र शिखर इन्स्योरेन्स रहेका छन् । यीमध्ये नेपाल इन्स्योरेन्सले ६ करोड ६३ लाख, हिमालयन एभरेष्टले ६ करोड ३६ लाख, ओरियण्टल इन्स्योरेन्सले ६ करोड ३५ लाख र शिखर इन्स्योरेन्सले ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस कर्मचारीलाई छुट्टाएका छन् । १४ कम्पनीमध्ये सबैभन्दा बढी बोनसदर बढाउने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा १८७.५५ प्रतिशतले बोनस बढाएको छ । सिद्धार्थ प्रिमियरले ५ करोड ८२ लाख, एनएलजी इन्स्योरेन्सले ४ करोड २७ लाख, आईजीआई प्रुडेन्सियलले ४ करोड १४ लाख र सानिमा जीआईसीले ४ करोड रुपैयाँ बराबरको बोनस आफ्ना कर्मचारीलाई छुट्याएका छन् । हिमालयन एभरेष्टपछि सानिमा जीआईसीले कर्मचारीलाई वितरण गर्ने बोनस ९३.०७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले ३ करोड ४५ लाख, युनाइटेड अजोडले ३ करोड ६ लाख र नेशनल इन्स्योरेन्सले २ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस कर्मचारीलाई वितरण गरेको छ । यो बोनस सम्बन्धित कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सम्बन्धित कम्पनीका कर्मचारीले पाउने छन् ।

ग्लोबल आइएमई बैंकले रेमिट बचतमा ११.८९ प्रतिशत दिने, अरू बैंकको भन्दा २ प्रतिशत बढी

काठमाडौं । बैंक बचतको व्याजदर बढेर फेरी १२ प्रतिशत नजिक पुगेको छ । भदौ १ गतेदेखि लागू हुने गरी ग्लोबल आईएमई बैंकले ११.८९६ प्रतिशत व्याज दिने भएको छ । विगत केहि समयदेखि वाणिज्य बैंकहरुले भद्र सहमतिमा ब्याजदर निर्धारण गरिरहेका थिए । यसरी सहमति अनुरुप बैंकहरुको ब्याजदरमा एकरुपता आइरहेको परिपेक्ष्यमा अघिल्लो महिना देखि सबै वाणिज्य बैंकहरु ब्याजदर निर्धारणमा स्वतन्त्र छन् । यसै अनुरुप २०८० साउन महिनादेखि वाणिज्य बैंकहरुको ब्याजदर फरक फरक रहेको थियो । बैंकहरुले भाद्र महिनाको लागि ब्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताका लागि फरकफरक ब्याजदर प्रकाशन गरेका छन् । २० वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको ब्याजदरलाई हेर्ने हो भने अन्य बैंकहरुले जारी गरेको ब्याजदर भन्दा ग्लोबल आइएमई बैंकको ब्याजदर बढी रहेको छ । ग्लोबल आइएमई बैंकले भाद्र महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा ब्यक्तिगत निक्षेपमा अधिकतम् वार्षिक १०.८९६ प्रतिशत र संस्थागतमा अधिकतम् वार्षिक ९.३९६ प्रतिशत ब्यवस्था गरेको छ । वैदेशिक रोजगारीमा गई विदेशी भूमिलाई कर्मक्षेत्र बनाई आयआर्जन गरेका व्यक्तिहरुको कमाइलाई बैंकिङ्ग माध्यमबाट नेपालमा ल्याउन महत्वपूणर् योगदान गरिरहेको ग्लोबल आइएमई बैंकले बचत तथा मुद्दती तर्फ अन्य बैंकहरुले प्रकाशन गरेको ब्याजदर भन्दा उच्चतम् ब्याजदर प्राकशित गरेको छ । सामान्यतया बैंकहरुले रेमिट्यान्स निक्षेपमा अन्य निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत धेरै दिइरहेका छन् तर ग्लोबल आइएमई बैंकले अन्य निक्षेपमा भन्दा २ प्रतिशत धेरै दिएको प्रकाशित ब्याजदरको सूचनामा देखिएको छ । रेमिट्यान्स तर्फ बचत निक्षेपमा वार्षिक ९.९६६ प्रतिशत र मुद्दती निक्षेपमा वार्षिक ११.८९६ प्रतिशत रहेको छ । बैंकहरुको प्रकाशित ब्याजदरलाई हेर्ने हो भने बैंकको विभिन्न बचत निक्षेप योजनाहरुमा पनि उच्चतम् ब्याजदर प्रकाशन गरेको देखिन्छ । बैंकको सबै नेपालीको बचत खाता तथा सोचे जस्तै बैंक खातामा वार्षिक ७.९६६ प्रतिशत र ग्लोबल रेमिट बचत खातामा वार्षिक ९.९६६ प्रतिशत प्रकाशित गरेको छ । यसरी हेर्दा स्वदेश तथा बिदेशमा बसोबास गर्नेहरुले ब्याज आम्दानी वृद्धि गर्ने हो भने ग्लोबल आइएमई बैंकमा बचत गर्दा उपयुक्त हुने देखिएको छ । मुद्दती निक्षेपतर्फ ३ महिना वा सो भन्दा धेरै अवधि भएका मुद्दती योजनाहरुमा ग्लोबल आइएमई बैंकले वार्षिक १०.८९६ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ । उक्त मुद्दती योजनामा प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित गरेको मध्य उच्चतम् ब्याजदर हो । संस्थागत निक्षेपतर्फ पनि बैंकले प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित ब्याजदर मध्य अधिकतम् नै देखिन्छ । न्यूनतम् ६ महिना वा सो भन्दा बढि अवधि भएको संस्थागत निक्षेपमा वार्षिक ९.३९६ प्रतिशत प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रमा आउने निक्षेपहरुमा बैंकको ब्याजदरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । निक्षेपकर्ताहरुले उपलब्ध ब्याजदरहरु मध्य धेरै ब्याजदर प्रदान गर्ने वित्तीय संस्था रोजाइमा राख्ने गरेको देखिन्छ । बचतकर्ता महानुभावहरुको लागि पनि उपलब्ध ब्याजदरहरु मध्यबाट उच्च ब्याजदर प्रदान गर्ने बैंकमा निक्षेप राख्ने हो भने ब्याज आम्दानी धेरै हुन्छ । साथै, बैंकहरुले भाद्र महिनाको लागि प्रकाशित गरेको ब्याजदरलाई मध्य नजर गर्दा भाद्र महिनामा ग्लोबल आइएमई बैंकमा धेरै निक्षेपकर्ताहरुको आकर्षण हुने देखिन्छ । यस बैंकको नेपालका ७७ जिल्लामा शाखा कार्यालयहरु पनि रहेको र सम्पूणर् शाखा सञ्जाल तथा विभिन्न सेवा केन्द्रहरुबाट ग्राहक महानुभावहरुले निक्षेप जम्मा गर्न सकिने हुर्दा ग्राहक महानुभावहरुले यस उच्चतम् ब्याजदरको स्वभाविक फाइदा लिने अवसर बन्ने देखिन्छ ।