विकासन्युज

हिमालयन बैंकले कान्ति बाल अस्पताललाई आर्थिक सहयोग गर्ने

काठमाडौं । हिमालयन बैंकले महाराजगंज स्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पताललाई सो रकमबराबरको सहयोग गर्ने निर्णय गरेको हो । बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेश द्वार निर्माण गर्न तथा अस्पताल हाता भित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने छ । कान्ति बाल अस्पतालमा बिहीबार आयोजित एक समारोहका बिच उक्त रकम प्रदान गर्ने सहमति भएको छ । सो समारोहमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई उक्त प्रतिवद्धता पत्र प्रदान गरेका थिए । सो अवसरमा अस्पतालका निर्देशक डा. युबानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगंज शाखाका प्रमुख अभय बहादुर शाह लगायत बैंकका र अस्पतालका अन्य कर्मचारीहरुको उपस्थिति थियो । प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरुमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अति आवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताएका छन् । अस्पताल विकास समितिका अध्यक्ष गौतमले बैंकले कान्ति बाल अस्पताललाई प्रवेशद्वार निर्माण तथा उद्यानको सौन्दर्यीकरणको लागि गरेको आर्थिक सहयोगको लागि धन्यवाद दिएका छन् ।

भदौ ३१ गतेहुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेसन खुला

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ ३१ (सेप्टेम्बर १७) मा हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्र्रेसन खुला गरिएको छ । महासंघले कार्यक्रममा सहभागी हुन इच्छुकका लागि बिहीबारदेखि रजिस्ट्रेसन खुला गरेको हो । नेपाल ब्लकचेन कन्क्लेभको वेबसाइटमा गएर कार्यक्रममा लागि रजिस्ट्रेसन गर्न सकिन्छ । यसअन्तर्गत विद्यार्थीका लागि पाँच हजार र कर्पोरेटका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ । ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच एकै छातामुनि वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको हो । कन्क्लेभको सह-आयोजकमा क्लब बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार कन्क्लेभमा विभिन्न ६ देशबाट की नोट स्पिकर (प्रमुख वक्ताहरू) आउने तय भएको छ । त्यस्तै कन्क्लेभमा नियामक नेपाल राष्ट बैंकसहित प्रमुख बैंक तथा वित्तीय संस्थाहरू, नेपाली तथा अन्तर्राष्ट्रय ब्ल्कचेन कम्पनीहरू, फिनटेक कम्पनीहरू, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता रहने कन्क्लेभका संमयोजक एवं क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । उनका अनुसार कन्क्लेभमा करिब ३०० जनाको सहभागी हुनेछ । कन्क्लेभले ब्लकचेन टेक्नोलोजीको क्षेत्रमा रहेका असमझदारी हटाई व्यावसायिक रूपमा यस क्षेत्रको विकास र विस्तार गर्ने, जनशक्तिलाई प्रोत्साहन गर्ने, ब्लकचेनमा आधारित समाधान तथा अवसरहरूको पहिचान गर्ने र उद्योगमैत्री नीति तर्जुमा गर्न राज्यलाई सघाउने अपेक्षा लिएको छ ।

माटोले बुढानिलकण्ठमा खोल्यो नयाँ स्टोर, संख्या ७ पुग्यो

काठमाडौं । नेपालमा विषादीरहीत कृषि उपज उत्पादन तथा बजारीकरण गरेको माटो ब्राण्डले बुढानिलकण्ठमा सातौँ स्टोर खोलेको छ । भदौ ६ गतेदेखि शुरु भएको नयाँ स्टोरसँगै माटोका स्टोरको संख्या ७ पुगेको छ । माटोको सातौँ स्टोर काठमाडौं बुढानिलकण्ठस्थित देउवा चोकमा शुरु गर्दै हाम्रो आत्मनिर्भरताको अभियान र नेपाली उत्पादनलाई नेपाली ग्राहकहरुको घरदैलोमा पुर्याउने नयाँ अध्यायले थप गति लिएको छ । माटोले सबै स्थानीय ग्राहकलाई ताजा जनस्वास्थ्यको दृष्टिकोणले गुणस्तरीय उत्पादनहरुको स्वाद लिन सबैमा आव्हान गरेको छ । नयाँ स्टोरको उद्घाटनको आवसरमा माटोले उत्कृष्ट छुट र विशेष उपहारको व्यवस्था गरेको छ । जहाँ स्थानीय किसानहरू सफल हुन्छन्, राष्ट्र बलियो हुन्छ भन्ने मान्यता अनुरुप माटोले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर मात्र नेपाली र रसायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र उत्पादन तथा विक्री वितरण गरिरहेको छ । माटोले यसअघि काठमाडौंको बानेश्वर, नक्साल, नारायणथान, गोल्फूटार तथा ललितपुरको झम्सिखेल र सानेपामा स्टोरहरु सञ्चालनमा ल्याएको हो । माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहीत उत्पादन आपूर्ति गरिरहेको छ । माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ। माटोले आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । आत्मनिर्भरतातर्फ अग्रसर गराउने लक्ष्यले स्थापना गरिएको माटो नेपाली किसानका लागि सशक्तिकरणको माध्यम बन्नुका साथै प्रिमियम, जैबीक रूपमा उत्पादनको स्रोतको रूपमा विकास भएको छ । माटोका अध्यक्ष पवन कुमार गोल्यानले भने- ‘किसानले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन् भन्ने थाहा पाएपछि यो यात्रामा म लागे, किसानका भोगाई र सङ्घर्षको जीवन्त अवलोकन पछि किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको हो, माटोको स्थापना २०७५ सालमा किसानको उत्थान र राष्ट्रलाई उत्प्रेरित गर्ने ठोस लक्ष्यको साथ गरिएको हो ।’ मानवजीवनलाई स्वास्थ्य र तन्दुरुस्त बनाउने क्षमताको अभिवृद्धि माटोको मान्यताको केन्द्रबिन्दु हो । माटोको प्रारम्भिक प्रस्तावहरू गोल्यान एग्रो फार्मबाट अर्गानिक रूपमा उत्पादित फलफूल र तरकारीमा आधारित, विषादिरहित उत्पादनहरूको प्रवर्द्धन गर्ने ब्रान्डको रुपमा परिचित भएको थियो । माटोले वातावरणमैत्री खेती विधि प्रवर्द्धकको रूपमा जैविक खेतीलाई प्रोत्साहित गरी वषादियुक्त रसायन वा मल प्रयोग गरेर उत्पादन गर्ने विधिलाई निरुत्साहित गर्दछ भन्ने माटोको विश्वास छ । माटोले देशभरका स्थानीय फार्महरूबाट स्रोत गरिएका प्रत्येक उत्पादनले र प्रामाणिक स्वाद झल्काउँछ । लाङ्गटाङ्गको मुसुरो दाल, गोसाइकुण्डको स्प्रिंग वाटर, चितवनको मह, ईलामको शुद्ध गाईको घ्यु र अन्य धेरै यस्ता स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन माटोले प्रोत्साहन गरिरहेको छ । माटो ब्रान्डको अर्को उद्देश्य आयातित कृषिजन्य उपजहरुको मात्रा घटाउनु पनि हो । माटोका स्टोरहरुमा आशापुरी अग्र्यानिकका उत्पादनहरु पनि पाइने छ । आशापुरी विगत दुई दशकदेखि प्रागारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो । हाल माटो र आशापुरी दुबै कम्पनी जनता एग्रो एण्ड फरेष्ट्री प्रा.लि. मातहतमा रहेका छन् । माटो स्टोरबाट हाल १२० भन्दा बढी नेपाली कृषि उत्पादन उपलब्ध छन् ।

फोकसवान पेमेन्ट सोलुसन्स् र महालक्ष्मी विकास बैंकबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् र महालक्ष्मी विकास बैंकबीच भुक्तानी सेवा सम्झौता भएको छ । फोकसवान पेमेन्ट सोलुसन्सद्वारा संचालित मोको डिजिटल वालेट र महालक्ष्मी विकास बैंकबीच भिजा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो भिजा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । साथै, बैंकका ग्राहकहरुले मोको डिजिटल वालेट मार्फत स्क्यान टू पे गरी १५ हजार भन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार हाल मोको डिजिटल वालेटमा २० वटा बैंक तथा बितिय संस्थाको भिजा डेबिट र क्रेडिट कार्डहरु लिंक गरी विभिन्न भुक्तानी गर्न सकिनेछ । भिजा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपाल कै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी फोकसवान पेमेन्ट सोलुसन्स् हो । विषेश गरी क्रेडिट कार्ड बाट बिजुली, खानेपानी, हवाइ टिकट तथा इन्टरनेटको भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

गौरालाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्य पर्वका रुपमा रहेको गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौंको टुँडिखेलमा गौरा पर्वलाई सम्बोधन गर्दै गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने बताएका हुन् । यसअघिका सरकारले गौरा पर्वका रुपमा दिईको बिदाको फाइल हेरेर आगामी वर्षमा गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

देशभरका शोरुममा भदौ १० गतेदेखि रोयल इन्फिल्ड एक्सचेन्ज मेला आयोजना हुने

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । आगामी भदौ १० गतेदेखि १५ गते सम्म सो मेला आयोजना हुनेछ । सो कार्यक्रममा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालुएसन तथा स्पट फाइनान्स सुविधा उपलब्ध हुनेछ । सो अवसरमा कुनै पनि पुरानो दुई पांग्रे सवारी साधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न सकिने छ । हाल रोयल इन्फिल्डका क्लासिक ३५० र स्क्राम ४११ मोडल नेपाली बजारमा उपलब्ध छन् । रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट सो कार्यक्रम आयोजना गर्नेछ । ग्राहकसँग आफ्नो मोटरसाइकलको बेस्ट भ्यालुएसनका लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्प हुनेछ भने स्पट फाइनान्सको लागि वित्तीय संस्था हुनेछन् । यी सबै सुविधाहरूका साथ ग्राहकहरूले नयाँ रोयल इन्फिल्ड मोटरसाइकल किन्न बिना झन्झट स्पट एक्सचेन्ज प्राप्त गर्न सक्नेछन् ।

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चन्द्रपुर । सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ । चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिव ५५ वर्षीया बिमलाकुमारी बिमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले उक्त ट्रकमा आगजनी गर्नाका साथै राजमार्ग पनि अवरुद्ध गरेका हुन् । पश्चिम दिशाबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नं को मालबाहक ट्रकले ठक्कर दिँदा उहाँ सख्त घाइते हुनुभएपछि चालकले जानीजानी गाडी ब्याक गरेर मारेको आरोप लगाउँदै उनीहरूले ट्रकमा आगजनी गरेको बताइएको छ उक्त ट्रकका चालक फरार भएका र सहचालकलाई भने नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगजनी भएको ट्रकको आगो निभाउन गएको नगरपालिकाको दमकललाई आक्रोशित स्थानीयवासीले तोडफोड गरी क्षति पु¥याएको बताइएको छ । दमकलमा ढङ्गा प्रहार गर्दा ना १ झ ६८८ नं को उक्त दमकलको अगाडिको शिशा पूर्णरूपले फुटेको र चालक कुमार बस्नेत सामान्य घाइते भएका छन् । चालक बस्नेतले आफ्नो आँखामा शिशाको टुक्राले चोट पु¥याएको बताए । रासस

राप्ती हाईड्रोको सञ्चालकमा कार्की नियुक्त

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सञ्चालकमा विवेक कार्की नियुक्त भएका छन् । कार्की भदौ ७ गतेदेखि लागू हुने गरी हाइड्रोको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि उक्त पदमा अञ्जना श्रेष्ठ रहेकी थिइन् ।