विकासन्युज

नेसनल आईसीटी स्कलरसिपका लागि आवेदन खुल्यो

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा कम्प्युटर एशोसियसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । क्यान र फाउण्डेसनले संयुक्त रूपमा विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ का लागि आवेदन खुला गरेको हो । सूचना प्रविधिको अध्यापन गराउने कलेजहरूको सहयोगमा क्यान महासंघले निम्नबर्गिय एवं जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । काठमाडौंको मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा क्यानले ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको छ । ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ मा सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण र ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगत चार वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रम अन्तर्गत हालसम्म १ सय १० जना विद्यार्थीहरू अध्ययनरत छन् । फिमेल मेरिट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना र आइसिटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ । क्यान महासङ्घ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबिच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि।एस।सी। आइटिको अध्ययन गर्न पाउनेछन् । नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थामा प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याएका विद्यार्थीहरूले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछ । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासङ्घ र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमा भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ । छात्रवृत्तिले दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरूले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई आफ्नो पेसा÷व्यवसाय बनाउन मद्दत पुग्ने क्यान महासङ्घका अध्यक्ष रणजित कुमार पोदारले बताए । क्यान महासङ्घसँगको सहकार्यले देश भित्र रहेको डिजिटल–डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरूलाई पनि सार्वजनिक–निजी साझेदारीको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालानले बताए ।

धितोपत्र बोर्डका अध्यक्षद्वारा शेयरप्रो सेक्यूरिटिजको उद्घाटन

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्षले शेयरप्रो सेक्यूरिटिजको उद्घाटन गरेका छन् । शेयरप्रो सेक्यूरिटीज ( शेयर दलाल नं.६५ ) नेपालको उदियमान शेयर दलाली सेवा प्रदान गर्ने कम्पनी हो । कम्पनीले मिति २०८०।०२।०९ मा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी शेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ । साे कार्यक्रममा अध्यक्ष हमालले कम्पनीलाई बधाई दिदैं उच्चतम् प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाट नै शेयर बजारमा सकारात्मक परिवर्तन हुदैं जाने विश्वास व्यक्त गरे तथा ग्राहकहरुको सन्तुष्टिमा नै कम्पनीको प्रगती भर पर्ने कुरामा जोड दिए । आफ्नो उद्घाटनको शुभ उपलक्ष्यमा कम्पनीले साता व्यापी कार्यक्रम ‘शुभारम्भ सप्ताह’ समेत सार्वजनिक गरेको छ । यो कार्यक्रम मिति भदौ ८ गतेदेखि १५ सम्म (शनिबार तथा सार्वजनिक विदाको दिन समेत) बिहान १०ः०० बजे देखि साँझ ५ः०० बजे सम्म कम्पनीको कार्यालय ढल्कुमा हुनेछ । कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

आइएमई पेले ल्यायो ‘विकेट टु विन’ अफर

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसियाली मनाउँदै  ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ । भदौ ८ देखि भदौ १२ सम्म पाँच दिनसम्म चल्ने अफरअन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एसियाकप’ प्रोमो कोड प्रयोग गरी १५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, यस अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एक जनाले डिसहोमको फाइबर नेटको एक वर्षको  नि:शुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन् । यो अफरले क्रिकेटप्रेमी दर्शकको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको आइएमई पेका सीईओ प्रवीण रेग्मीले बताए । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।

होटलमा अर्बौं लगानी तर निराश छन् व्यवसायी

जनपुरधाम । हिन्दू धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको धनुषाको जनकपुरधाम पछिल्लो समय ‘होटल हब’का रुपमा विकास हुँदैछ । धार्मिक पर्यटकहरुलाई लक्षित गरी धर्मशालाबाट होटलमा प्रवेश गरेको जनकपुरमा पछिल्लो समय ठूलो लगानीका व्यावसायिक होटल पनि खुल्न थालेका छन् । यहाँ सानो तथा ठूलो लगानीका करिब दुई सय होटल सञ्चालनमा छन् । ती सबै होटलमा हालसम्म करिब १० अर्ब लगानी भइसकेको र करिब पाँच हजारलाई प्रत्यक्ष रोजागारी दिइएको व्यवसायीहरुको दाबी छ । घरेलु तथा साना उद्योग कार्यालय धनुषाको १० वर्षको तथ्याङ्क हेर्दा पनि यहाँ होटलको सङ्ख्यामा ठूलो लगानी भइरहेको देखिन्छ । जनकपुर उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घ जनकपुरको विवरणले पनि यहाँ वर्षेनी होटलहरु थपिने क्रम जारी रहेको देखाउँछ । तर आर्थिक क्रियाकलाप र बजारको दायरा नबढेकाले व्यवसायीहरु भने उत्साहित छैनन् । जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ आर्थिक तथा धार्मिक पर्यटकीय गतिविधि बढ्ने आशैआशमा होटलमा लगानी बढिरहे पनि पछिल्लो समय धेरै व्यवसायी निराश रहेको बताउँछन् । सङ्घका वरिष्ठ उपाध्यक्ष मनिषरमण साह भने राज्यले अत्यावश्यक पूर्वाधार निर्माण र अनुकूल वातावरण बनाइदिने हो भने जनकपुरको होटल व्यवसायले नेपालकै अर्थतन्त्रको विकासमा गुणात्मक योगदान गर्नसक्नेमा आशावादी देखिन्छन् । होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी पनि जनकपुरका होटलहरुले लगानीअनुसार प्रतिफल पाउन नसकेको गुनासो गर्छन् । धर्मशालाबाट उठेको व्यवसाय जनकपुर हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा परिचित छ । मिथिलाञ्चलका चक्रवर्ती राजा जनकपुत्री सीता र रामको वैवाहिक सम्बन्धसँग जोडिएकाले पनि विश्वका करोडौं हिन्दू धर्मावलम्बीले यसलाई पवित्र तीर्थस्थलका रुपमा लिँदै आएका छन् । त्यसैकारण भारत र नेपालका विभिन्न भूभागबाट जनकपुर दर्शनमा आउनेक्रम परापूर्वकालदेखि नै चलिरहेको छ । होटल व्यवसायी विजय झुनझुनवाला तिनै तीर्थालुलाई लक्षित गरी जनकपुरधाममा होटल व्यवसायको विकास भएको बताउँछन् । उनी भन्छन्, ‘जनकपुरधामको मूल चिनारी नै धार्मिक तीर्थस्थल हो । यो भूमि विश्वका अर्बौं मानिसहरुको आस्थाको केन्द्र हो । तिनै तीर्थाटनमा आउने श्रद्धालुलाई लक्षित गरी यहाँ होटल व्यवसायको विकास भएको इतिहास छ ।’ उनका अनुसार जनकपुरमा धर्मशालाबाट होटलको विकास सुरु भएको र त्यसको श्रेय गोपाल धर्मशालालाई जान्छ । भारतबाट जानकी मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनलाई लक्षित गरी २००९/१० सालतिर गोपाल धर्मशालाले न्यूनतम शुल्क लिएर आवास तथा खानाको व्यवस्था गरेबाट यस क्षेत्रको विकास सुरु भएको झुनझुनवालाको भनाइ छ । ‘जनकपुरमा धर्मशालाबाट होटलको इतिहास सुरु भएको हो । भारतको कोलकात्ताबाट आएका मारवाडी पोदार परिवारले धार्मिक पर्यटकको सुविधाका लागि खाने, बस्ने व्यवस्था गरेको र पछि अरु धर्मशालासमेत स्थापना गरिएको पाइन्छ । यो नै जनकपुरमा होटलको जग हो’, उनले सुनाए । मेचीदेखि काठमाडौंसम्म सडक, पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माण र २०२४ सालदेखि हवाई सेवा सुरुभएपछि मात्रै यहाँ व्यावसायिक होटलको स्थापना भएको हो । जनकपुरमा २०२४ सालतिर पहिलो होटलका रुपमा ‘होटल एभरेष्ट’ को स्थापना भएको इतिहास छ । अहिले जनकपुरधाममा साठीभन्दा बढी ठूला होटलहरु सञ्चालनमा छन् । तीमध्ये केही होटलहरु ‘तीनतारे’ स्तरका छन् । यहाँ होटलहरुको कूल क्षमता करिब एक हजार मानिसलाई बसाउन सक्ने छ । होटल सञ्चालकसमेत रहेका झुनझुनवाला अर्थतन्त्रमा सुधार, आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएमा आगामी पाँच वर्षमा ठूलो लगानीका धेरै होटलहरु खुल्ने बताउँछन् । होटल व्यवसायी जीवनाथ चौधरी पनि जनकपुरका होटलहरु आधारभूत रुपमा धार्मिक पर्यटक लक्षित भए पनि समयक्रममा व्यावसायिक हिसावले पनि सञ्चालन भइरहेको बताउँछन् । ‘हाम्रो मूल आधार धार्मिक पर्यटन नै हो तर पछिल्लो समय प्रदेश राजधानी पनि बनेपछि लगानी, सेवा र कार्यशैली नै फेर्नुपर्ने अवस्था छ’, चौधरीले भने । अर्का होटल व्यवसायी सन्तोष गिरी धार्मिक कार्यका लागि आउने पर्यटकहरुलाई लक्षित गरी व्यवसायको स्थापना भए पनि दिगो व्यवस्थान, लगानी र बदलिँदो सामाजिक मनोवृत्तिअनुरुप रुपान्तरणको जरुरी रहेको धारणा राख्छन् । कुनै पनि होटल तथा व्यवसाय धार्मिक मान्छेहरुको क्रियाकलापले मात्रै चल्न नसक्ने भन्दै गिरीले अहिलेकै अवस्था रहे जनकपुरमा होटलको भविष्य चुनौतीपूर्ण रहेको बताए । ‘उत्साहित छैनन् व्यापारी’ जनकपुरलाई मधेश प्रदेशको राजधानी बनाइएपछि पछिल्लो समय सम्भावनाको क्षेत्र थप विस्तार भएको छ । त्यसैगरी सडक, हवाई र रेल सेवाले जोड्ने नेपालको एकमात्र सहर भएकाले यहाँ आवागमन बढ्ने क्रममा छ तर आर्थिक गतिविधि बढ्न नसकेकामा भने व्यापारीहरु निरास छन् । ‘जनकपुर भ्रमणमा आउने भारतीय तथा अन्य मुलुकका पर्यटक, स्वदेशी नागरिक, सरकारी तथा गैरसरकारी संघ संस्थाका क्रियाकलाप, सभा, सम्मेलन भएमा होटलको व्यवसाय बढ्ने हो’, गिरी भन्छन्,’तर देशको अर्थतन्त्रका समग्र सूचक, जनताको खर्च गर्ने क्षमता र प्रवृत्ति नबदलिएसम्म यस क्षेत्रको भविष्य पनि आशालाग्दो हुने कुरा भएन ।’ व्यवसायी झुनझुनवाला र चौधरी पनि सरकारी तवरबाट पर्यटन पूर्वाधार, पर्यटक आवागमनका लागि ठूला अभियान, मधेशको धार्मिक पर्यटनको विकास, विस्तार र प्रचारका लागि काम नभएमा अवस्था आशाजनक नरहेकामा सहमत छन् । होटल व्यवसायी सङ्घका अध्यक्ष भण्डारी त सङ्ख्यात्मक रुपमा धेरै होटल देखिए पनि धेरैजसो व्यवसायी पलायन हुने अवस्थामा रहेको बताउँछन् । ‘झट्ट हेर्दा होटलहरु खुलेकै छन् तर वास्तविकता भने कारुणिक छ । केही होटलको व्यापार ठीकठीकै रहे पनि अधिकांशले लगानी उठाउन र कर्मचारी पाल्न नसक्ने अवस्था छ’, भण्डारीले भने,’सरकारबाट सहुलियत नहुने र आर्थिक गतिविधि नबढ्ने हो भने निकट भविष्यमा धेरै होटल बन्द हुन्छन् ।’ महासङ्घका अध्यक्ष महासेठले पनि अरु व्यवसायको तुलनामा होटल क्षेत्र अहिले पनि चलायमान नै भएकाले धेरै निराश हुनुपर्ने अवस्था नरहेको तर आर्थिक क्रियाकलाप नबढेमा होटलको संख्या मात्रै बढेर नहुने बताए । ‘जनकपुर धार्मिक सहर र प्रदेशको राजधानी हो तर यहाँ न उद्योग, कलकारखाना छन् न त नजिकै तेस्रो मुलुकसँग जोड्ने ठूलो नाका छ । यसर्थमा सबै सरोकारवालाहरुले योजनावद्ध रुपमा केही रणनीतिक महत्वका काम नगर्ने हो भने सोचेअनुरुपको परिणाम हासिल गर्न कठिन छ’, महासेठले भने । महासङ्घका वरिष्ठ उपाध्यक्ष साह भने धार्मिक आस्थाको केन्द्र अयोध्यामा राम मन्दिर निर्माण भएपछि त्यसको प्रभाव जनकपुरमा पनि पर्ने र त्यसपछि केही सुधार हुने सम्भावना रहेकोमा विश्वस्त छन् । तर त्यसबाट लाभ लिन सरकारले अहिलेदेखि नै रणनीतिक तयारी गर्न जरुरी रहेको उहाँको भनाइ छ । हिन्दू धर्मको कुरा गर्दा जसरी राम र सीतालाई अलग गर्न सकिँदैन, त्यसैले ‘नेपालविना राम पनि अधुरा’ र ‘सीता माताविना अयोध्या अधुरो’ भन्ने भाष्य स्थापित गर्न अहिलेदेखि नै लाग्न सके मात्र जनकपुरमा आर्थिक मन्दीको स्थितिमा सुधार हुने देख्नुहुन्छ मधेश प्रदेशसभा सदस्य रामसरोज यादव । अहिलेको अवस्थामा जनकपुर भ्रमणमा आउने पर्यटकहरु एकदिन पनि बस्ने अवस्था नरहेकाले कम्तिमा दुई वा दुईभन्दा बढी दिन यही बस्ने अवस्था बनाउन पर्यटकीय गन्तव्य छनोट गरी पर्यटन ‘टुर प्याकेज’ बनाउन अपरिहार्य रहेको उहाँको भनाइ छ । ‘अहिले बिहान आएर बेलुका फर्किनुपर्ने बाध्यता छ । किनकी जानकी मन्दिर र जनकपुर मात्रै हेर्न त दुई घण्टा भन्दा बढी समय लाग्दैन’, यादवले भने,’पर्यटकलाई यहाँका अरु ठाउँमा पनि घुमाएर ‘इगेज’ गराउने र खर्च गर्ने ठाउँ एवं क्षेत्र विस्तार गर्नसके मात्रै हामीले लाभ लिनसक्छौं । त्यसतर्फ प्रदेश र स्थानीय सरकारले अझ बढी ध्यान दिनुपर्छ ।’ प्रदेशसभा सदस्य रामअशिष यादवले मिथिलाञ्चलको मौलिक सभ्यातासँग आगन्तुकहरुलाई साक्षात्कार गराउने नयाँ रणनीति अख्तियार गर्नसकेमा होटल मात्रै होइन यहाँको समग्र क्रियाकलाप नै समस्यामा पर्ने बताए । उनी भन्छन्,’छिमेकी भारत र अरु मुलुकबाट आउने पर्यटकलाई यहाँका ऐतिहासिक सभ्यता, संस्कार, मौलिक रहनसहन, लोकजीवन, खानपिनको अध्ययन र अवलोकन गर्न मिल्ने गरी हामीले एउटा प्याकेज बनाउन सक्नुपर्छ । त्यसले उहाँहरुलाई केही दिन बस्न अभिप्रेरित गर्ला र यहाँको आर्थिक क्रियाकलापमा योगदान पुग्ला ।’ आर्थिक क्रियाकलाप बढ्न नसकेका पनि सरकारको नीतिका कारण चर्को कर र ब्याज लिने तर पर्यटकको सहुलियतका लागि भन्सारमा पर्यटनमैत्री संरचना, पर्यटन सूचना केन्द्र, अध्यागमन कार्यालय, पर्यटन गन्तव्यको पहिचान, पूर्वाधार निर्माण तथा प्रचारप्रसारलगायतका काम गर्न नसकेकाले जनकपुरधाममा होटलको सङ्ख्या बढे पनि भविष्य सङ्कटग्रस्त रहेको जानकारहरु बताउँछन् । रासस

नेपाल भित्रियो अउडीका ईभी गाडी, मूल्य डेढ करोड

काठमाडौं । काइरोस इन्टरनेसनल काठमाडौंले अउडीको ‘क्यू फोर ई-ट्रोन र क्यू फोर ई-ट्रोन स्पोर्टब्याक’ गाडी सार्वजनिक गरेको छ । जर्मनी विलासी कार अउडीको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी काइरोसले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त दुई मोडलको विद्युतीय कार (ईभी) सार्वजनिक गरेको हो । पहिलो चरणमा अउडीकाे क्यू फोर ३५ ई-ट्रोनकाे दुई भेरियन्ट नेपाल ल्याएको काइरोस इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद श्रेष्ठले बताए । उक्त विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री जडान छ भने मोटरको पिकपावर १ सय २५ किलोवाट रहेको छ । अउडीको यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको सीईओ श्रेष्ठको भनाइ छ । अउडीको विद्युतीय कारमा नयाँ तथा आधुनिक फिचरहरू समावेश भएको पनि श्रेष्ठले जानकारी दिए । जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको श्रेष्ठले बताए । यी दुवै मोडलका गाडीको ग्राउन्ड क्लियरेन्स १८० मिलिमिटर छ । क्यू फोर ई-ट्रोन ३५ को व्हील साइज २० इन्च छ भने स्पोर्टब्याक क्यू फोर ई-ट्रोन ३५ को व्हील साइज १९ इन्च रहेको छ । कम्पनीका अनुसार उक्त कार ६ वटा रङमा उपलब्ध छन् । सो गाडी १६० किलोमिटर प्रति घण्टाको रफ्तारमा दौडन सक्छ । ‘हामीले गाडी सार्वजनिक गरेसँगै बुकिङ पनि खुल्ला गरेका छौं, आजैबाट गाडी बुक गर्न सक्नु हुनेछ, बुकिङ गरेको तीन महिनाभित्र गाडी उपलब्ध गराउँछौं, गाडी टेस्लाको सोरुममा गएर बुक गर्न सकिने छ,’ उनले भने । काइरोसले उपलब्ध गराएको अउडी क्यू फोर ३५ ई-ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै अउडीको क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँ निर्धारण गरिएको छ । अउडीका अन्य मोडलका विद्युतीय कार पनि ल्याउने बताइएको छ । विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउने तयारी थालिसकेको छ ।

ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । ज्योति विकास बैंकले महाकाली स्वास्थ्य चौकी,नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो । अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पतालका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । साथै, सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियर मार्फत बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो । नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं.५, शेरावगरस्थित महाकाली स्वास्थ्य चौकी र तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं.३ स्थित आँबुखैरेनी अस्पतालमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् । बैंकले डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा ‘न्यानो नानी परियोजना’ अन्तर्गत पछिल्लो ३ वर्षमा देशका ३५ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरिसकेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ । ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

यसरी सम्भव भयो यो वर्ष रोपाइँ अगाडी नै रासायनिक मल वितरण

काठमाडौं । गत वर्ष रासायनिक मल लिनका लागि किसानहरु घन्टौँ लाइन लाग्ने गरेको समाचारहरु बाहिरिने गरेका थिए । मल लिनका लागि कृषि सहकारी तथा कृृषि सामग्री कम्पनीमा पुगेका किसानहरु लाइन लाग्दासमेत मल नपाएपछि रित्तो हात फर्कनु परेको गुनासो गर्ने गरेका थिए । रासायनिक मल अभावकै कारण रोपाइँ प्रभावित बन्ने गरेका विषयहरु सार्वजनिक हुने गरेकोमा यस वर्ष भने किसानले सहजै रुपमा मल पाए । तर, यस वर्ष भने कृषकले रोपाइँ गर्नु अघि नै रासायनिक मल पाएको दावी कृषि मन्त्रालयले गरेको छ । सहज रुपमै मल पाएका कारण भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता तपेन्द्र रावलले यस वर्ष रोपाइँ हुनु अघि नै देशभर रासायनिक मल पुगेको बताए । ‘गत वर्ष मल खरिद प्रक्रियामा ढिलाइ, रकम अभाव तथा टेन्डर परेका कम्पनीले मल नल्याउँदा समस्या भएको थियो’, उनले भने, ‘गत वर्ष अभाव भएपछि हामीले चालू आर्थिक वर्ष सुरु भएसँगै उच्च प्राथमिकतामा राखेर मल खरिद गर्याे, सबै निकायको पूर्ण सहयोग हुँदा यस वर्ष सहज रुपमा मल आयात भयो ।’ उनले प्रधानमन्त्रीदेखि कृषि सचिवसम्मले रासायनिक मल खरिदलाई उच्च प्राथमिकतामा राख्दा रोपाइँ अगाडी नै मल आइसकेको बताए । ‘अहिले रोपाइँ हुँदा सहज रुपमा किसानले मल पाउनुभयो, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीसँग अहिले पर्याप्त संख्यामा रासायनि मलको मौज्दात छ’, उनले भने, मौज्दातसँगै खरिदको प्रक्रियमा समेत छन्, उनले भने, धानमा जस्तै गहुँ लगाउने समयमा रासायनिक मलकोे अभाव हुँदैन् ।’ उनले यस वर्ष सरकारले मल खरिदका लागि मात्रै ३० अर्ब रुपैयाँ विनियोजन गरेको भन्दै रकम अभावकै कारण मल खरिदमा ढिलाइ नहुँदे दाबी गरे । ३० हजार मेट्रिक टन स्टक, २ लाख आउने क्रममा रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले यस वर्ष रासायनिक मलको अभाव नहुने जनाएको छ । कम्पनीसँग हाल ३० हजार मेट्रिक टन मल मौज्दात रहेको तथा १ लाख ८० हजार मेट्रिक टन मल आयातको क्रममा रहेको भन्दै कम्पनीले अभाव नहुने दाबी गरेको हो । कृषि सामग्री कम्पनीकै कारण यस वर्ष रासायनिक मलको अभाव नहुँने कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद घिमिरे बताउँछन् । ‘गत वर्ष रासायनिक मल खरिदका लागि रकम अभावकै कारण हामीले पर्याप्त मल ल्याउँन सकेका थिएनौँ, यस वर्ष पर्याप्त रकम छ, हामी समयमै मल ल्याउने तयारीमा छौँ’, उनले भने । ११ हजार २६९ मेट्रिक टन युरिया, १३ हजार ५९ मेट्रिक टन डिएपी, ४ हजार १८० मेट्रिक टन पोटास र ८ सय ६६ मेट्रिक टन कृषि चुन गरी कुल ३० हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताए । उनले कम्पनीले हालसम्म् ५१ हजार मेट्रिक टन मल आयात गरेकोमा २१ हजार मेट्रिक टन बिक्री भैसकेको बताए । कम्पनीले चालू आर्थिक वर्षका लागि ३ लाख ६४ हजार मेट्रिक टन मल आयातकोे तयारी गरेकोमा १ लाख ८० हजार मेट्रिक टन मल आयातको प्रक्रियामा रहेको उनको भनाई छ । कम्पनीले उक्त संख्यामा मल आयातका लागि ग्लोबल टेन्डर आह्वान गरेर कम्पनी छनौट गरिसकेको भन्दै केही समयमै मल आयातको प्रक्रिया सुरु हुने जनाएको छ । साल्ट्र टेडिङसँग २८ हजार स्टक साल्ट्र टेडिङ कर्पाेरेशन लिमिटेडले हाल २८ हजार मेट्रिक टन रासायनिक मल स्टक रहेको जनाएको छ । कर्पाेरेशनका विभागीय प्रवन्धक ब्रजेशकुमार झा सयमयमै खरिद प्रक्रिाय सुरु गर्दा यस वर्ष मल अभाव नभएको बताउँछन् । ‘हामीले गत वर्षबाट पाठ सिकेर यस वर्ष समयमै मल खरिदको प्रक्रिया सुरु गर्याे प्रधानमन्त्री कार्यालय तथा कृषि मन्त्रालयबाट समयमै सहयोग हुँदा यस वर्ष समयमै खरिद गर्न सकेका हौँ’, उनले भने । उनले कर्पाेरेशनले विस २०६८ सालबाट रासायनिक मल खरिद गर्दै आएकोमा चालू आर्थिक वर्षमा मात्र सिजन सुरु हुँनु अगाबै मल ल्याउन सकिएको बताए । कर्पाेरेशनले फष्ट्या ट्रयाकबाट समेत मल ल्याउन सक्ने भएको उनले सरकारले मल खरिदका लागि दिएको रकम हुँदासम्म अभाव नहुने दाबी गरे । ‘हामीले आर्थिक विनियावली अनुसार मल खरिदका लागि ग्लोबल टेन्डर आह्वान गर्न सक्छौँ, सार्वजनिक खरिद अनुगमन नियमावली अनुसार नै गर्नुपर्छ भन्ने हुँदैन, ३ देखि ७ दिनको समय राखेर टेन्डर आह्वान गर्नसक्ने हामीलाइ अधिकार दिइएको छ’, उनले भने । उनले हाल कम्पनीसँग ९ हजार २०८ मेट्रिक टन युरिया, १७ हजार ३१० मेट्रिक टन डिएपी र १ हजार ९७८मेट्रिक टन पोटास गरी २८ हजार ४९७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताए । यो वर्ष रासायनिक मल अभाव हुँदैन् कृषिमन्त्री भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका थिए । उनले संसद अन्तरगतको प्रतिनिधि सभा बैठकमा यस वर्ष रासायनिक मलको अभाव नहुँने उद्घोष गरिसकेका थिए । गत वर्ष रासायनिक मल खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरेको सरकारले चालू आर्थिक वर्षमा दोब्बर बढाएर ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा उच्च बृद्धि हुँदा विनियोजन भएको रकम अपुग भएपछि गत वर्ष साढे २ लाख मेट्रिक टन हाराहारिमा मात्र नेपालमा मल भित्रिएको थियो । विनियोजन रकम अपुग भएको र अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव आएपछि सरकारले चालू आर्थिक वर्ष दोब्बरले रकम विनियोजन गरेको हो ।

प्राइम बैंकको सीईओमा संजीव मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चार्टर्ड एकाउण्टेन्ट संजीव मानन्धर नियुक्त भएका छन् । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै लामो समयदेखि यस बैंकमा आबद्ध नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरी निजको कार्यकालको पूर्ण सफलताको लागि अध्यक्ष राजेन्द्रदास श्रेष्ठले शुभकामना व्यक्त गरेका छन् । स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत संजीव मानन्धर यस अघि यसै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए । प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि.बाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंक लि.को विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका बैंकले जनाएको छ ।