विकासन्युज

ह्याम्स हस्पिटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ। विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्न उच्चस्तरीय क्लिनिक स्थापना गरी सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो । इमर्जेन्सी क्लिनिकमा चौबीसै घण्टा एक डाक्टर र एक नर्सले स्ट्रङ इमर्जेन्सी ब्याकअपु सहित सेवा प्रदान गरिने ह्याम्स हस्पिटलका अध्यक्ष आर एस भण्डारीले जानकारी दिए । हस्पिटलको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सेवा प्रदान गरिने भन्डारी बताउँछन् । विमानस्थलमा इमर्जेन्सी सेवा पछि थप उपचार गर्नुपरे ह्याम्स हस्पिटल सम्म निस्शुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भण्डारीले जानकारी दिए । सम्झौता अनुसार विमानस्थलमा ह्याम्स हस्पिटलको एम्बुलेन्स चैबिसै घण्टा उपलब्ध हुनेछ । यस सम्झौता अनुसार विमानस्थलमा ह्याम्स हस्पिटलले क्लिनिक सन्चालन गर्न आवस्यक स्थान नागरिक उड्डयन कार्यालयले निस्शुल्क उपलब्ध गराउने बताइएको छ । हस्पिटलको तर्फबाट हवाई यात्रु तथा विमानस्थल कर्मचारीका लागि स्वास्थ्य जाँच, प्राथमिक स्वास्थ्य उपचार, आपतकालीन सेवा अन्तर्गत अचानक हृदयघातहुँदाको अवस्थामा एईडी सेवाले यात्रु तथा कर्मचारीलाई थप सहज हुने सम्झौतापत्रमा उल्लेख छ । यो सम्झौता ३ वर्षका लागि गरिएको हो । यस्तै जहाज दुर्घटना हुँदाको अवस्थामा उद्धारमा तत्काल उपस्थिति र स्वास्थ्य शिविर लगायतको व्यवस्थाले यात्रु तथा कर्मचारीहरूलाई थप सुविधा प्राप्त हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । सम्झौता पत्रमा ह्याम्स हस्पिटलको तर्फबाट वरिस्ठ निर्देशक सची रेग्मी र विमानस्थलको तर्फबाट कर्पोरेट महाशाखा प्रमुख नारायणी देवी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा पाठक नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त भएका छन् । पाठक अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक पदमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक पाठकले भदौ १३ गते नै कम्पनीका अध्यक्षबाट पद तथा गापनियताको सपथ ग्रहण गरेका हुन् । यससँगै उनी अर्को व्यवस्था नभएसम्मको लागि सञ्चालक सदस्यमा रहने छन् ।

इन्जिनियरिङको शुल्क घटाउन माग गर्दै भिसी कार्यालय अगाडि नेविसंघको होम

काठमाडाैं । सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले इन्जिनियरिङतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गर्दै आएको छ । बुधबार नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धिबिरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भिसी कार्यालय अगाडि होम हालेर साङ्केतिक विरोध जनाएको हो । विरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य मात्रिका तिमिल्सिनाले नेपाल विद्यार्थी सङ्घले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमूलक आन्दोलन गरेको बताए । उनले केही दिन यता नेविसंघले पुलचोक क्याम्पस, प्रधानमन्त्रीको सरकारी निवास लगायतका विभिन्न ठाउँमा शुल्क वृद्धि घटाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयको भिसीलाई विद्यार्थीको पक्षमा सकारात्मक रूपमा लाग्न पनि चेतनास्वरुप होम हालिएको बताए । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जिक्युटिभ मिट सम्पन्न

काठमाडौं । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले हालैमात्र आफ्नो डिलर सेल्स एक्जिक्युटिभ मिट सम्पन्न गरेको छ । यस्ताे कार्यक्रममा लुब्रिकेन्ट उद्योगमा सम्भवतः पहिलाे भएकाे कम्पनीले बताएकाे छ । कार्यक्रम पाेखरामा आयाेजना भएकाे थियाे । कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जिक्युटिभहरुको उत्साहजनक सहभागिता रहेकाे कम्पनीले बताएकाे छ ।  नेपाल ल्युब आयल लिमिटेडले सेल्स टिमको स्तराेन्नतीका लागि यस्ताे कार्यक्रम आयाेजना गरेकाे बताएकाे छ । मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाको बारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण गरिएकाे थियाे । नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराईले भने, ‘हाम्रो सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबै भन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने जिम्मेवारी हाम्रो हो । एक प्रशिक्षित सेल्स एक्जेक्युतिभले ग्राहकहरूलाई आफ्नो लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ ।’ फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ ।

एकैदिन ८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ पुगेको हो ।

काठमाडौंमा भोलि र पर्सी यी रुटमा सवारी साधन जान नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिकामा गाईजात्रा (सापारु) र गुँपुन्हि (क्वाति पुन्हि) पर्वमा विभिन्न मार्गहरु बन्द हुने भएका छन् । महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै बन्द हुने बाटोहरुबारे जानकारी दिएको हो । महानगरकाअनुसार जात्रा हुने भदौ १४ गते बिहीबार र १५ गते शुक्रबार यी बाटोहरु बन्द हुनेछन् । सूचनामा उल्लेख भएअनुसार जात्रा हुने मार्गहरुबाट प्रवेश हुने सबै प्रकृतिका सवारी साधनहरुलाई उक्त दिन प्रवेश गर्न निषेध गरिएको छ । गाईजात्रा हुने मार्गमा असनदेखि केलटोल, इन्द्रचोक, मखन, हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैशिदेव, ज्याबहाल, लगन चोक, गोफल, ब्रह्मटोल, वन्डे, ह्युमत, जैशिदेव, कोहिटि, भिमसेनस्थान, मरु टोल, प्याफल, ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी, टेंगल, न्हयोखा, बांगेमुढा, न्हैकन्तला, असन, कमलाछि र भोताहिटि हुँदै असनसम्मको मार्ग बन्द रहनेछन् ।  

बिहीबार सार्वजनिक विदा

काठमाडौं । सरकारले जनै पूर्णिमाको अवसरमा बिहीबार सार्वजनिक विदा दिने भएको छ । हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसरमा भदौ १४ गते बिहीबार सरकारले सार्वजनिक विदा दिने भएको हो । भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह ,सामिप्य र प्रेम ल्याउँछ । शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति) को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ।

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, बोनस कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेकोछ । बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैेठकले गत आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव अनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।