नेम्वाङको निधनमा एमालेले बिहीबारसम्म शोक मनाउने, स्थगित गर्यो सबै कार्यक्रम
काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा आगामी बिहीबारसम्म शोक मनाउने भएको छ । मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिन अर्थात बिहीबारसम्म शोक मनाउने निर्णय गरेको हो । शोक मनाउनको लागि पार्टीका सबै कार्यक्रम स्थगित गर्ने निर्णय भएको छ । त्यस्तै, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको बताए । उनका अनुसार एमालेले यो घडीमा पार्टीको झण्डा आधा झुकाउने र पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ ।
माथिल्लो त्रिशूली–१ तीन वर्षभित्र निर्माण सम्पन्न गरिने
काठमाडौं । रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय शक्ति बहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् । मंगलबार आयोजित विशेष समारोहकाबीच आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स) निर्माण कार्यको शिलान्यास गरिएको हो । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका १ मा भूमिगत विद्युतगृहलगायतका संरचनाहरु निर्माणाधीन छन् । शिलान्यासमा मन्त्रीले नेपालको जलविद्युत विकासमार्फत आर्थिक रुपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गरे । मुख्य रुपमा हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले नमुना आयोजनाको रुपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने उनले बताए । समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एमम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रुपमा खपत बढाइ अतिरिक्त भएको ऊर्जा छिमेकी देशहरुमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनिकरणमा ठूलो योगदान गर्न सकिने बताए । आयोजनाको मुख्य निर्माण गत २०७८ पौषबाट सुरु गरिएको थियो । भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरुको निर्माण सबैतिरबाट तिब्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिने छ । आयोजना निर्माणमा हाल करिब १ हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब ५ सय रसुवा जिल्लाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माण अवधि (५ वर्ष)मा ७००–१००० जना नेपाली श्रमिकले दैनिक रुपमा रोजगारी पाउने छन् । आयोजना सञ्चालन अवधि (३० वर्ष)मा ७०–८० जनाले रोजगारी पाउने छन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले कार्य गरिरहेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ । काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।
एलजीको नयाँ अफर सार्वजनिक, आकर्षक क्यास ब्याक र उपहार
काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दसैं र तिहारका लागि नयाँ वर्ष अभियान ‘शुभसाइत दसैं तिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ । यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरण खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ । ग्राहकले एलजीका सबै उत्पादनमा विशेष मूल्यमा बिनालागत ईएमआई प्राप्त गर्न सक्छन् र एक्सचेन्ज अफरको मजा लिन पनि सक्छन् । ग्राहकले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ । यस योजनाअन्तर्गत ग्राहकले के सुविधा पाउन सक्छन् ? – एलजी साइड बाई साइड र फ्रेन्च डोर रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन/एयर फ्राइर – एलजी डबल डोर रेफ्रिजरेटरको खरिदमा मिक्सर ग्राइन्डर वा ग्यास चुलो, – एलजी डबल डोर फ्रिज (जीएलके२९२एसएलटीएल बाहेक) को खरिदमा फ्यान र कुलर र उपहार बक्स – सिंगल डोर फ्रिजमा क्यासब्याक – माइक्रोवेभ ओभनको खरिदमा माइक्रोवेभ किट – एलजी फ्रन्ट लोड वासिङ मेसिन (१० किलो र माथि) को खरिदमा इन्डक्सन कुकर – ९ किलोसम्मको एलजी वासर र वासर ड्रायरको खरिदमा डिटर्जेन्ट पाउडर – टप लोड ट्विन टबको खरिदमा ४ लिटर एरियल म्याटिक लिक्कइड – एलजी डिसवासरको खरिदमा डिसवासर किट – एलजी भ्याकुम क्लिनरको खरिदमा चपर – एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्राइर साथै, यो अवधिभित्र एलजीको टिभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टीसमेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ । नयाँ वर्षको अफरले एलजी स्प्लिट रेसिडेन्सियलर फ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गरिएको छ । यो अभियान भदौ २५ देखि नेपालभर सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।
आइएनजी स्किल एकेडेमीले नेपालगन्जमा आयोजना गर्याे प्रविधि प्रदर्शनी
काठमाडौं । आइएनजी स्किल एकेडेमीले नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरमा फ्युचरामा नामक प्राविधिक कार्यक्रम आयोजना गरेको छ । नयाँ पुस्तालाई भविष्यको प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एकेडेमीले विज्ञप्ति जारी गरेर बताएको छ । कार्यक्रममा रोबोटिक्स, हिड्ने पियानो, ड्रोन र गो कार्टमा प्रदर्शनी आयोजना गरिएको थियो । कार्यक्रममा कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र भीएफएक्स जस्ता रोमाञ्चक प्रदर्शनी समावेश भएको एकेडेमीले बताएको छ । फ्युचरामाले प्रविधि र दीगो व्यापारलाई पनि सम्बोधन गरेको थियो । कार्यक्रममा सहभागीहरुलाई खेती गर्न प्रोत्साहित गरेर उद्यमशीलता र आइटीलाई एकाकार गर्ने विषय प्रस्तुत गरिएको थियो । नेपालगन्जको फ्युचरामाले विभिन्न विद्यालय र कलेजका करीब ४ हजार विद्यार्थीलाई जम्मा गरेर कार्यक्रम आयोजना गरिएको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटल बिच बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटल को तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैंकका कर्मचारी तथा ग्राहकले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
राष्ट्रिय फोटो पत्रकार समुहको २६ औं वार्षिक उत्सवमा को-को हुँदैछन् सम्मानित ?
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे) ले २६ औं वार्षिक उत्सवको अवसरमा अग्रज फोटो पत्रकार लगायत विभिन्न विधामा फोटो पत्रकारिता गरी रहेकाहरूलाई सम्मान गर्ने भएको छ । भाद्र २१ गते बसेको केन्द्रीय कमिटी बैठकले असोज ६ गते काठमाडौँको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा २६ औं वार्षिक साधारण सभासंगै विभिन्न फोटो पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो । बैठकले राम गुरुङ, श्रीधरलाल मानान्धर, शेखर चौलागाई र प्रविन श्रेष्ठलाई वरिष्ठ फोटो पत्रकारको रुपमा सम्मान गर्ने निर्णय गरेको एनएफपिजेले जनाएको छ । त्यस्तै, ५ विधामा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान, प्रेसिडेण्ट अवार्ड, माधव थापा साहसिक फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेहरूको नामसमेत टुङ्गो लगाएको छ। ५ विधामा प्रदान गरिने हरिगोपाल प्रधान पुरस्कार तथा पदकमा संस्कृति सम्पदातर्फ रत्न श्रेष्ठ, साहसिक फोटो पत्रकार पुरस्कार कल्पना महर्जन, पर्या– पर्यटनतर्फ अम्बिर तोलाङ्, मनोरञ्जनतर्फ सुरजकुमार श्रेष्ठ र खेलतर्फ विजय महर्जनलाई दिने निर्णय गरेको छ। माधव थापा साहसिक फोटो पत्रकार पुरस्कार नगद १० हजार सहित मुकुन्द कालीकोटलाई सम्मान गर्ने र कार्यसम्पादनको आधारमा संस्थाका कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरलाई प्रेसिडेन्ट अवार्ड दिने निर्णयसमेत गरेको छ । सोहि अवसरमा संस्थाले विभिन्न समयमा आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने संघसंस्थालाई पनि सम्मानपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।
सुवास नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने, शोक मनाउन सार्वजनिक बिदा पनि
कामठाडौं । सरकारले दिवगंन नेता सुवास नेम्वाङको अन्त्येष्टिका दिने शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले दिवगंत नेता सुवास नेम्वाङको सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पूर्वसभामुख समेत रहेका नेम्वाङलाई सोमबार राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए । नेकपा एमालेले उपाध्यक्ष नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने जनाएको छ । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने जनाईएको छ । सरकारले उनको अन्त्येष्टिकै दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । यस्तै, आज बसेको मन्त्रिपरिषद्को बैठकले उनले राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय गरेको छ ।
सुजुकी ’पर्वोत्सव’ ग्राहक योजनामा एक लाखसम्मको नगद छुट पाउने
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो । यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस पाउन सकनेछ । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रधान गर्ने जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछ । नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।