सुवास नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने, शोक मनाउन सार्वजनिक बिदा पनि

<p>कामठाडौं । सरकारले दिवगंन नेता सुवास नेम्वाङको अन्त्येष्टिका दिने शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले दिवगंत नेता सुवास नेम्वाङको सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पूर्वसभामुख समेत रहेका नेम्वाङलाई सोमबार राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका [&hellip;]</p>

कामठाडौं । सरकारले दिवगंन नेता सुवास नेम्वाङको अन्त्येष्टिका दिने शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले दिवगंत नेता सुवास नेम्वाङको सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पूर्वसभामुख समेत रहेका नेम्वाङलाई सोमबार राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

नेकपा एमालेले उपाध्यक्ष नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने जनाएको छ ।
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने जनाईएको छ ।

सरकारले उनको अन्त्येष्टिकै दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । यस्तै, आज बसेको मन्त्रिपरिषद्को बैठकले उनले राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय गरेको छ ।

Share News