काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा आगामी बिहीबारसम्म शोक मनाउने भएको छ । मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिन अर्थात बिहीबारसम्म शोक मनाउने निर्णय गरेको हो ।
शोक मनाउनको लागि पार्टीका सबै कार्यक्रम स्थगित गर्ने निर्णय भएको छ ।
त्यस्तै, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको बताए । उनका अनुसार एमालेले यो घडीमा पार्टीको झण्डा आधा झुकाउने र पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ ।