विकासन्युज

आर्जन बचत सहकारीद्वारा ८ प्रतिशत लाभांश वितरण, जोखिमपूर्ण कर्जा शुन्य

ललितपुर । ललितपुर कुमारीपाटी स्थित सञ्चालनमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । शनिबार सम्पन्न संस्थाको १४ औं साधारणसभाले गत आर्थिक वर्ष (आव) ०७९/८० को वार्षिक प्रतिवेदन र चालु आवको अनुमानित बजेट पारित गर्दै सो लाभांश पारित गरेको हो । साधारणसभामा संस्थाका अध्यक्ष प्रविण सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार गत आव ०७९/८० सम्ममा संस्थाको चुक्ता शेयर पुँजी तीन करोड उन्चालिस लाख सतसठ्ठी हजार नौ सय रुपैयाँ पुगेको छ । संस्थाको कारोबारमा भने अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा १२ दशमलब १० प्रतिशतले संकुचन आई उन्तिस करोड त्रिपन्न लाख साठी हजार दुई सय बयासी रुपैयाँ बराबर पुगेको संस्थाका अध्यक्ष सुवेदीले बताए । सुवेदीका अनुसार गत आव ०७९/८० मा संस्थाले बाइस करोड छत्तिस लाख दुई हजार दुई सय चौबिस रुपैयाँ बराबर निक्षेप गर्न सफल भएको र सोही आवको अन्त्यसम्म तेइस करोड एक्काइस लाख सात हजार तीन सय रुपैयाँ कर्जा लगानी पुँजी पुगेको छ । गत आवमा संस्थाले सात करोड दश लाख चौरानब्बे हजार रुपैयाँ नयाँ कर्जा लगानी गरेको छ भने सोही अवधिमा तेह्र करोड दुई लाख सात हजार चार सय नब्बे रुपैयाँ कर्जा असुली गरेको छ । अध्यक्ष सुवेदीका अनुसार संस्थाले गत आवमा आयकर पछिको खुद नाफा ७६ लाख आठ हजार ६ सय ६४ रुपैयाँ आर्जन गर्न सफल भएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीलाई ध्यानमा राखेर संस्थाले निक्षेप र नयाँ कर्जा प्रवाहलाई खुम्च्याउने रणनीति अख्तियार गर्दा खुद नाफामा अघिल्लो आवको तुलनामा २७ दशमलब ११ प्रतिशतले संकुचन आएको उनले बताए । संस्थाले चालु आवमा तीन करोड ५० लाख शेयर पुँजी पु¥याउने, २५ करोड निक्षेप पुर्याउने, २५ करोड कर्जा लगानी पुर्याउने, ब्याज आम्दानी ४ करोड पुर्याउने र खुद नाफा एक करोड १० लाख पुर्याउने अुनमान गरेको छ । गत आवमा संस्थाले आधारभूत प्रतिशेयर आम्दानी २२ दशमलब ४० रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । गत आवको असार मसान्तसम्म खराब कर्जा शुन्य रुपैयाँ बराबर रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाको साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाकी प्रमुख रमा घिमिरेले पछिल्लो समयमा सहकारीहरुमा देखिएको समस्याको एउटा कारण सञ्चालक र सदस्यहरुबीचको निकटतामा कमि भएकोमा सो संस्थामा सो अवस्था नरहेको बताइन् । अहिलेको विषम परिस्थितिमा पनि संस्थाले समयमा नै साधारणसभा गरेर आफ्नो स्थिति प्रस्तुत गर्न सफल भएको भन्दै आगामी वर्षमा थप लाभांश आर्जन गर्न सक्ने बताएकी थिइन् । त्यस्तै संस्थाका सञ्चालक समितिका उपाध्यक्ष समिर महर्जनले सभाको अन्त्य गर्दै सहकारी भन्ने वित्तिकै तर्सिने वातावरण सिर्जना भएको अवस्थामा आफूहरुले शेयर सदस्यहरुलाई विश्वासमा लिएर काम गर्न सफल भएको बताएका थिए । साधारणसभा कार्यक्रमको सञ्चालन संस्थाका शेयर सदस्य केशब भट्टराईले गरेका थिए भने सहभागीहरुलाई स्वागत मन्तव्य ऋण उपसमितिका संयोजक रुपक बाराहीले गरेका थिए । सभामा उत्कृष्ट बचतकर्ता र एसईईमा उत्कृष्ट नतिजा ल्याएका शेयर सदस्यहरुका छोराछोरीलाई मायाको चिनो र नगद सहित सम्मान गरिएको थियो । संस्थाले आफ्नै मोबाइल एप पनि सञ्चालनमा ल्याएकाले डिजिटल कारोबारलाई समेत अधिक प्रयोग गर्न सभामा बोल्ने वक्ताहरुले जोड दिएका थिए ।

प्रधानमन्त्री दाहाल न्यूयोर्क प्रस्थान

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख/प्रतिनिधिलगायतले बिदाइ गरे । प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य दिने कार्यसूची छ । प्रधानमन्त्री दाहाल आगामी आसोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नेछन् । साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम छ । हाङजाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछन् । आगामी असोज ८ गते बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम छ । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्नेछन् । छोङछिङको भ्रमणपश्चात नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, सुरक्षा अधिकारी र सञ्चारकर्मी सहभागी छन् ।

शाओमीको फेस्टिभ अफर : ‘चाडपर्वको मुड, अफर टु गुड’

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले , नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउनविशेष चाडपर्वकोअफर लिएर आएको छ । ‘चाडपर्वको मुड, अफर टु गुड’ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा २००० सम्मको रोमाञ्चक छुटको साथ यस उत्सवलाई अझविशेष बनाउनशाओमी नेपालतयार रहेको छ । अफरको बारेमाबोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, मनु मनस्वीले भने, ‘चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ । यो लिमिटेड–टाईम अफरले उपभोक्ताहरूलाई असाधारण मूल्यप्रदान गर्ने वाचा गर्दछ, जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरूमा उपलब्ध गराएको छ ।’ ‘चाडपर्वको मुड, अफर टु गुड’ अफर भनेको यस चाडपर्वको सिजनमा, हामी हाम्रा ग्राहकहरूले छुट मूल्यहरूमा शाओमी स्मार्टफोनको अनुभव गराउनु रहेको कम्पनीले जनाएको छ । टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा कम्पनीको विश्वास रहेको र छुटहरूद्वारा, हाम्रो इनोभेटिभ र हाई – क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरूका लागि उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ । कम्पनीका अनुसार चाडपर्वका अफरहरु निम्न रहेका छन् : रेड्मी ए२ र ए२+ हरेक खरिदमा रेडमी इयरफोन निःशुल्क रेड्मी १२ सी : ४/६४ जीबी : अघिल्लो मूल्य १४,४९९, अहिलेको मूल्य १३,९९९ मात्र ६/१२८ जीबी : अघिल्लो मूल्य १६,९९९, अहिलेको मूल्य १५,९९९ मात्र रेड्मी नोट १२ : ६/१२८ जीबीः अघिल्लो मूल्य २४,९९९ , अहिलेको मूल्य २३,४९९ मात्र ८/१२८ जीबी : अघिल्लो मूल्य २६,९९९ , अहिलेको मूल्य २५,४९९ मात्र ८/२५६ जीबीः अघिल्लो मूल्य २७,९९९ , अहिलेको मूल्य २६,४९९ मात्र रेड्मी नोट १२५जी : ६/१२८ जीबीः अघिल्लो मूल्य २९,९९९ , अहिलेको मूल्य २८,४९९ मात्र ८/२५६जीबीःअघिल्लो मूल्य ३१,९९९ , अहिलेको मूल्य ३०,४९९ मात्र रेड्मी नोट १२ प्रो ५जी : ६/१२८जीबी : अघिल्लो मूल्य ३८,९९९ , अहिलेको मूल्य ३६,९९९ मात्र ८/२५६जीबी : अघिल्लो मूल्य ४१,९९९ , अहिलेको मूल्य ३९,९९९ मात्र पोको एक्स ५ प्रो ५जी : ६/१२८जीबी : अघिल्लो मूल्य ३९,९९९ , अहिलेको मूल्य ३७,९९९ मात्र ८/२५६जीबी : अघिल्लो मूल्य ४२,९९९ , अहिलेको मूल्य ४०,९९९ मात्र

नेपालका जेलको अवस्था नरक जस्तो छ : बार अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपालका जेलको अवस्था नरक जस्तो रहेको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुर्पक्षका लागि जेल पठाइएका आधा मानिसले जेलकै कारण मानसिक सन्तुलन गुमाउने अवस्था रहेको बताए । अदालत अनुशन्धान र पुपक्षको लागि आएका आरोपित सबैलाई थुनामा पठाउनुपर्छ भन्ने कुरामा दृढ (रिजिट) रहेको बताए । मुद्दाको सुनुवाई लम्बिने र थुनामा गएकाको जेल बसाइ पनि लम्बिने गरेको बताए । यसले गर्दा निर्दोष मान्छे अपराधि भएर निस्कने बताए । उनले कैदीहरुलाई समयानुकलको व्यवहारमा परिवर्तन गराउन नसक्नु सरकारको कमजोरी भएको बताए । उनले भने, ‘हामी ७५ प्रतिशत जति मानिस भित्र पठाउँछौँ नि अहिले एन्ट्रीसिपेट्री बिल छैन । नहुनेबित्तिकै हामीले २५ दिनमा हामीले मान्छेलाई अभियोजन गर्छौं सामान्यतया । तर प्रश्न के हो भने त्यो व्यक्तिहरु फेरि ७५ प्रतिशत जति नै भित्र जान्छन् । २५ प्रतिशत जति मात्रै छुटेको हामीले हेर्छौं । यसरी हेर्दा बिललाई निस्तेज गर्न खोजेको जस्तो देखिन्छ । एकातर्फ धारा २० को कुरा गर्छौं । अर्कोतर्फ हामी धारा २० (५) को प्रिएज्युम गर्नुपर्दा इनोसेन्ट प्रिज्युम गर्नुपर्छ भन्ने अत्याधुनिक संसारको अभ्यासलाई लिएर आएर संविधानमा नै इण्टरड्युस गर्छौं । अर्कोतर्फ रिजिट कस्तो छ भने कोर्ट नै पनि कोर्ट एकदमै रिजिट छ । कोर्ट रिजिट भइदिएका कारणले गर्दा मानिस जेल पठाइन्छन् । पठाइसकेपछि उसको ट्रायल फेज नै सजाय हुन्छ । एउटा व्यक्ति ५ ठाउँमा खप्ट्याएर पुग्छ । जेलको अवस्था नरक जस्तो छ । त्यो नरकमा पठाउँछौँ, त्यसपछि दिमाग ठिक भएको मान्छे पनि आधा जति त्यहाँ भित्र गइसकेपछि डिप्रेशनमा जान्छ । नारकीय अवस्था छ । जेलको यसमा कसले विचार गर्ने । हामी सबै ठिक ठाक छाँै तर व्यवहार हुन सकेको छैन ।’ कार्यक्रममा बोल्दै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर राईले कानून व्यवसायीहरुले अभियुक्तलाई भेट्ने व्यवस्थाको दुरुपयोग गरेको बताए । उनले कानून व्यवसायीहरुले मुद्दाको शुरुको चरणबाट नै परामर्श गर्न र लिन पाउने व्यवस्थालाई दुरुपयोग गर्दै दबाब सृजना गर्ने गरेकोले यो व्यवस्थाबारे सबैले पुनरावलोकन गर्नुपर्ने बताए । उनले भने, ‘कानून व्यवसायीहरुले शुरुको चरणबाट नै परामर्श गर्न लिन पाउने जुन अभियुक्तको राइट्सलाई संविधानमा नै उल्लेख गरेका छौँ । यो कुरा अब छुटै भेट्ने कक्षको व्यवस्था चाँडै नै गर्नेछौँ । हामीलाई पनि कोर्ड अफ कण्डक्ट चाहिने हो की ? यसतर्फ सोच्नुपर्छ । कुन सम्मको परामर्श गर्ने भन्नेकुरालाई सबैले ख्याल गरिदिुनपर्छ ।’ उनले कानून व्यवसायीहरुले कुन स्तरसम्मको परामर्श गर्ने भन्नेकुरालाई ध्यान दिनुपर्नेमा जोड दिए ।

काठमाडौंमा आयुर्वेद सम्बन्धी फिजियोेथेरापी सेवा सञ्चालनमा

काठमाडौं । काठमाडौंमा आयुर्वेद सम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ । शनिवार नेपालका लागि मलेशियाका राजदुत मोहम्मद फिरदौस अजमानले काठमाडौंको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरसो सेन्टरको उद्घाटन गरेका हुन् । आयुर्वेदसम्बन्धि नेपाली र चिनियाँ पुराना उपचार विधि समेत एकैठाउँबाट सेवा पाउने गरी निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टर स्थापना गरिएको त्यसका अपरशेन तथा मार्केटिङ विभाग प्रमुख स्वर्णिम सुवालले जानकारी दिनुभयो । सो सेन्टरमा फिजियोथेरापीको अलवा आयुर्वेदिक आयल थेरापी पनि गरिन्छ । सेन्टरका अपरेशन तथा मार्केटिङ विभाग प्रमुख सुवालले भन्नुभयो,‘यो फिजियोथेरापी आफैँमा एउटा शारीरिक, मानसिक मात्र नभई आध्यात्मिक रुपमा पनि फलीफाप हुने गरी सबै मान्छेलाई फाइदाजनक हुनेछ । नेपालका थुप्रै राम्रा फिजियोथेरापीहरु छन् । तर, यसमा चाँही फिजियोथेरापी मात्रै नभईकन एउटा आयुर्वेदिक ट्रिटमेन्ट, एन्सियन्ट चाईनिज ट्रिटमेन्ट टाईप अनि हाम्रो हिन्दु शास्त्रकै पुरानो ट्रिटमेन्ट टाईपहरुलाई चाहिँ सम्मिश्रण गरेर एउटै स्पेशमा हामीले शुरु गरिराखेका छौं । हामी आयुर्वेदिक आयल थेरापी पनि गर्छौं ।’ सेन्टरले आफ्नो सेवा लिएबापत २ सय रुपैयाँदेखि ३ हजारसम्म शुल्क लाग्ने पनि जनाएको छ । सेन्टरका अनुसार यो शुल्क काठमाडौंमा रहेका फिजियोथेरापीहरु मध्ये सबै भन्दा सस्तो हो । यसमा चाईनिज अकुपञ्चार विधिबाट पनि उपचार गर्ने गरिन्छ ।

ढोरपाटनमा लोप हुँदै मगर भाषा  

ढोरपाटन (बागलुङ)। दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अहिले बागलुङको निसीखोला गाउँपालिका-५ र ६ मा मात्रै ‘मगर खाम भाषा’ बोल्ने गरिन्छ । त्यसबाहेक अन्य क्षेत्रमा मगर भाषा बोलेको पाइँदैन । भुजीखोलामा मगर भाषा बोल्न छोडेपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम बढेको छ । ढोरपाटन नगरपालिका-९ का ८० वर्षीय भैरम बुढामगरले आफूहरुको भाषा हराउने अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा स्थानीयर सरकारले ध्यान दिनुपर्ने बताए । बालबालिका विद्यालयमा जान थालेपछि भुजीखोला क्षेत्रमा बोलिने गर भाषा हराउँदै गएको उनको बुझाइ थियो । ‘हाम्रो पालमा स्कूल जाने, पढ्ने, लेख्ने जमाना थिएन, हामीहरु सानैदेखि गाई गोरु पाल्ने, गोठमा बस्ने र आफ्नै भाषामा बोल्ने गरियो, केही वर्षअघिसम्म गाउँमा धेरै जनाले मगर भाषा बोल्थ्यौँ, यहीँ भाषामा गीत गाउँथ्यौँ, अहिले मगर बोल्ने कोही पनि छैनन्, नयाँ पुस्ताले त झन सिक्दै सिकेनन्, ‘बुढामगरले भने, ‘१२/१५ वर्षअघिसम्म धैरै मानिसले मगर भाषा बोल्थे तर अहिले धेरैले बुझ्दैनन्न्, केटाकेटी विद्यालय जान थालेपछि भाषा पनि हराउँदै गयो, सरकारले भाषा संरक्षण गर्नतर्फ ध्यान दिन जरुरी छ ।’ ढोरपाटन नगरपालिका-४ देखि ९ सम्म बाक्लो मगर बस्ती छ । आधुनिक प्रविधिको विकास र अरुको देखासिकीका कारण आफ्नो मौलिक भाषा हराउँदै गएको बुढामगरको भनाइ छ । उहाँका अनुसार यस क्षेत्रमा बोलिने मगर भाषालाई स्थानीयले ‘भुजेल भाषा’ भन्ने गर्दथे । ढोरपाटन नगरपालिका–६ कि खिमकुमारी बुढामगरले भाषासँगै यहाँ मगर संस्कृति पनि हराउँदै गएकामा चिन्ता व्यक्ति गर्नुभयो । मगर जातिको भाषा र संस्कृति संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । अघिल्लो पुस्ताबाट अब नयाँ पुस्तालाई भाषा सिकाउनका लागि नगरपालिका र अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने खिमकुमारीले बताए । भाषा एउटा समुदायको पहिचान भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक पर्नेमा उहाँले जोड दिए । ‘पहिला सानोमा अरुले बोलेको सुनेर हामीले पनि मगर बोल्थयौँ, अहिले कहीँकतै अरुले बोलेको सुनिदैन, हामीले बोल्ने भाषा हराउँदै गएको छ, बुढापाका बाहेक अरुले बुझ्दैनन्, केटाकेटीलाई सिकाउन पाए भाषा संरक्षण हुने थियो, ‘खिमकुमारीले भने, ‘ भाषा सिक्नका लागि नगरपालिकाले सहयोग गर्नुपर्छ, विदेश जान भाषा सिक्न हुने आफ्नै भाषा सिक्न नहुने भन्ने हुन्छ ? पश्चिम बागलुङको निसीखोला, तमानखोला र भुजीखोलामा दुई दशकअघिसम्म मगर भाषा बोलिने गरिए पनि पछिल्लो समय तमानखोला र भुजीखोलामा यो भाष लोप भइसकेको छ । यस क्षेत्रमा बोलिने भाषालाई निसेल, भुजेल र भल्कोटे भाषा भनिन्छ । निसीखोला गाउँपालिकाले भाषा संरक्षणका लागि ‘मगर खाम भाषा’को पाठ्यक्रम बनाएर पठनपाठन सुरु गरेकाले यहाँ भने लोप हुने अवस्था नआएको स्थानीयको भनाइ थियो । ढोरपाटनमा पनि विद्यालय तहदेखि नै पाठ्यक्रम बनाउनुपर्ने स्थानीयको माग छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले मगर भाषासँगै अन्य मौलिक संस्कृति पनि हराउँदै गएको भन्दै यसको संरक्षणका लागि पालिकाले योजना बनाएर अघि बढ्ने बताउनुभयो । अहिले गाउँमा बुढापाकाले मौलिक भाष बोल्ने गरे पनि युवापुस्ताले नबुझ्ने उहाँको भनाइ थियो । भाषा जान्नेहरुबाट युवा र बालबालिकालाई सिकाउने वातावरण तयार गरिने  उपप्रमुख कायतले बताए । ‘अहिलेका नयाँ पुस्ता कसैले पनि मगर भाषा बुझ्दैनन्, हामीले यो भाषाको संरक्षण गर्न जरुरी छ, ‘उनले भने, ‘यसको संरक्षणका लागि विभिन्न समुदायसँग छलफल गरेर नयाँपुस्तालाई पनि मगर भाषा सिकाउने गरी योजना बनाएका छौं, भाषा संरक्षणसँगै हराउन थालेका अन्य संस्कार तथा संस्कृतिको पनि जगेर्ना गर्ने तयारीमा छौं ।’ रासस

डेढ करोडको लागतमा बिरामी कुरुवा घर निर्माण

खजुरा (बाँके) । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा बिरामी कुरुवा घर निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा कुरुवा घरको निर्माण गरिएको हो । कुरुवा घर निर्माण गर्न लायन्स इन्टरनेशनको एक करोड ११ लाख ५६ हजार तथा अस्पतालको ३७ लाख ६५ हजार रुपैयाँ  खर्च  भएको लायन्स क्लब अफ नेपालगञ्ज खजुराका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । भवन बनेपछि उपचारका लागि आउने बिरामीका कुरुवालाई सहज हुनेछ । ‘खासगरी जटिल प्रकृतिका बिरामीका कुरुवालाई धेरै सहज हुनेछ, कुरुवा घर निर्माणपछि बिरामी र आफन्तलाई होटलमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ उनले भने । कुरुवा घरमा १५ कोठा रहेका छन् । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लका अनुसार अस्पतालमा अहिले बहुप्रतिक्षित लिन्याक मेसिन सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ । लिन्याक मेसिन विकीरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने उपकरण हो । करिब २७ करोड रुपैयाँको उक्त मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान, घाँटीलगायत शरीरका विभिन्न अङ्गमा हुने क्यान्सरको उपचार गर्न मद्दत पुग्छ । अहिले उक्त मेसिनको सेवा लिन बिरामी भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने हुन्छ । अस्पतालमा हाल २० विशेषज्ञ चिकित्सकसहितको टोलीले बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । एक सय श्ययाको स्वीकृति पाएकामा अस्पतालले हाल ५७ श्ययामार्फत सेवा दिइरहेको छ ।रासस

साताको शेयर बजार : चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से

काठमाडौं । यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो हप्ता चार दिनमा कूल पाँच अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ पुगेर एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ रुपैयाँ बराबरको कारोबार भएको थियो । उक्त दिन ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ इकाइ शेयर कारोबार भएको थियो । त्यस्तै कारोबरको दोस्रो दिन सोमबार परिसूचक ४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा पुगेको थियो । यस दिन विभिन्न कम्पनीका कूल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिद बिक्री हुँदा एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ रुपैयाँ बराबरको कारोबार भएको थियो । साताको काराबारमा लगातार दुई दिन बढेर तेस्रो दिनको कारोबार भने घटेको थियो । मङ्गलबार नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा आएको थियो । यस दिन दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनका तुलनामा ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा पुगेको थियो । यस दिन दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिद बिक्री हुँदा एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको थियो । बिहीबार संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङका निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले नेप्सेसमेत बन्द भएको थियो भने शुक्रबार कारोबार बन्द हुने गरेको छ । रासस