विकासन्युज

सिट्रोनको नेपालभरि निःशुल्क चेकजाँच क्याम्प

काठमाडौं । नेपालमा सिट्रोन गाडीका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन गाडीका ग्राहकहरूलाई लक्षित गरी निःशुल्क चेकजाँच क्याम्प आयोजना गर्दैछ । यो क्याम्पले खरिद गरिएका सिट्रोनका सवारीसाधनलाई राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटहरूको फाइदा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ। यस क्याम्पमा, फ्री सर्भिसिङ, गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट लगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सुविधाहरूले सिट्रोन गाडीका ग्राहकहरूको सवारी अनुभवलाई अझ राम्रो बनाउने र उल्लेखनीय बचत पनि गराउने कम्पनीको दाबी छ । यो क्याम्प पहिलो चरण साउन २७ र २८ गते विर्तामोडमा, २९ र ३० गते बिराटनगरमा र ३२ गते वीरगञ्जमा हुँदैछ । दोस्रो चरणमा पोखरा, दाङ, बुटवल, र नारायणघाटमा हुने र त्यसको मिति छिट्टै घोषणा गरिने कम्पनीले जनाएको छ ।

टोयोटाले विश्वव्यापी उत्पादन लक्ष्य ९८ लाख युनिटमा घटायो

काठमाडौं । टोयोटा मोटर कर्पोरेसनले २०२४ मा आफ्नो विश्वव्यापी उत्पादन लक्ष्य लगभग १०.३ मिलियन एकाइको प्रारम्भिक लक्ष्यबाट लगभग ९.८ मिलियन एकाइमा घटाएको छ । घट्दो परिमार्जन चार वर्षमा पहिलो वर्ष–दर–वर्ष उत्पादन गिरावट भएको बताइएको छ । हालैका सवारीसाधन परीक्षण स्क्यान्डलहरू टोयोटा समूहमा फिर्ता आउने कारणले आंशिक उत्पादन रोकिएको थियो । जापानी अटोमेकरले जुनमा बाहिरिएको घोटालालाई लिएर तीन लोकप्रिय मोडल, कोरोला फिल्डर, कोरोला एक्सियो र यारिस क्रसको उत्पादन बन्द गरेको प्रतिवेदनले जनाएको छ । यी मोडेलहरूको उत्पादन सेप्टेम्बरको सुरुवातमा पुनः सुरु हुनेछ । कम्पनीले जुलाईमा सवारी परीक्षणपछि नोआ र भोक्सी मिनिभ्यान्सको उत्पादन पनि छोटो समयका लागि बन्द गरेको थियो । जबकि लोकप्रिय प्रियस हाइब्रिड कार दुई महिनामा फिर्ता बोलाउन नसक्दा निर्माण गर्न सकेको थिएन । २०२४ को लागि अनुमानित कुलमध्ये जापानमा लगभग ३.२ मिलियन एकाइ उत्पादन हुनेछ । अझै पनि देशमा समूहको रोजगारको लागि आवश्यक पैसा ३ मिलियन एकाइहरूभन्दा माथि रहेको प्रतिवेदनले देखाएको छ । २०२३ मा टोयोटाको विश्वव्यापी वाहन उत्पादन लगभग १०.०३ मिलियन युनिटमा थियो । एजेन्सी

काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आइपुेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उनलाई स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्र सचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै, भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतका विदेश सचिवको यो भ्रमण नियमित हो । उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन् । उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् । विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्किनेछन् ।

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ४७४.३८ प्रतिशत छलाङ, ईपीएस पनि बढ्यो

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ४७४.३८ प्रतिशत बढेर ६ करोड ७६ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड १७ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्म कम्पनीको कुल आम्दानी ३२.९६ प्रतिशत घटेर २ करोड ९५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ४० लाख रुपैयाँ कुल ब्याज आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेर १ करोड ८० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्ग ११६.४२ प्रतिशत बढेर ११ करोड ६० लाख रुपैयाँ र लगानी पुनर्मूल्याङ्कन जगेडा १०५.५९ प्रतिशत बढेर ६० करोड ५३ लाख रुपैयाँ रहेको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.५७ रुपैयाँ बढेर ५.५३ रुपैयाँ पुगेको छ । असारसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.९७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३५.२७ गुणा रहेको छ ।

तेह्रथुम पावरको सेयरको लक इन सकियो, आजदेखि ३२.१६ लाख कित्ता कारोबारमा आउने

काठमाडौं । तेह्रथुम पावर कम्पनीको सेयर लक इन अवधि आज सकिने भएको छ । कम्पनीको संस्थापक सेयर, स्थानीय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीहरूका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि आज सकिन लागेको हो । कम्पनीका अनुसार संस्थापक, सथनीय र कर्मचारी स्वामित्वको गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि सकिएको हो । जमसध्ये संस्थापक सेयरधनीहरूको २८ लाख कित्ता, स्थानीय बासिन्दाको ४ लाख कित्ता र कर्मचारीको १६ हजार कित्ता सेयर रहेको छ । कम्पनीले आईपीओ जारी गरेपछि तीन वर्षसम्म सेयर लक इन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही बमोजिम कम्पनीको उक्त सेयर लक इन आज सकिएर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

१५.५० प्रतिशत लाभांश बाँड्ने सिटिजन्सको घोषणा

काठमाडौं । सिटिजन्स क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समिति बैठकले १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १५.१५ प्रतिशत अर्थात् ३ करोड १० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न भदौ १७ गते १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा काठमाडौंको ज्ञानेश्वरमा बिहान ११ बजे बस्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक नियुक्ति अनुमोदन र संचालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

निर्माण क्षेत्र ठप्प हुँदा शिवम् सिमेन्टको नाफा ५८ प्रतिशत घट्यो

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको मन्दीका कारण शिवम् सिमेन्टको नाफा घटेको छ । गत आर्थिक वर्ष २०८०÷८१को चौथो त्रैमासमा कम्पनीले २५ करोड २ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ४७ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष ५८ प्रतिशत कम नाफा गरेको हो । निर्माण क्षेत्रमा देखिएको सिथिलता, मागको तुलनामा नेपालमा सिमेन्टको उत्पादन क्षमता अत्याधिक हुनु, विकास निर्माणसँग सम्बन्धीत सरकारी परियोजनाहरूका लागि छुट्याईएको बजेट न्यून खर्च हुनु, ठेकेदारहरूले निमार्ण कार्य सम्पन्न गरेता पनि भुक्तानी पाउन नसकेका कारण कम्पनीको आम्दानी घटेको बताइएको छ । गत असारसम्म कम्पनीले सिमेन्ट बिक्री गरेर ७ अर्ब ७० करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७५ करोड २६ लाख रुपैयाँ सिमेन्ट बिक्री गरेर आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब ३ करोड ४८ लाख रुपैयाँ गरेको छ । जबकी कम्पनीले अघिल्लो वर्ष १ अर्ब २८ करोड ५४ लाख रुपैयाँ कुल नाफा गरेको थियो । अघिल्लो वर्ष ३६ करोड ३७ लाख रुपैयाँ अन्य आम्दानी गरेको कम्पनीले गत वर्ष १९ करोड ८५ लाख रुपैयाँ गरेको छ । कम्पनीको प्रशासनिक खर्च २२ करोड ७० लाख रुपैयाँ, वित्तीय खर्च ४ करोड ८९ लाख रुपैयाँ र कुल खर्च ९५ करोड ६३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले प्रशासनिक खर्च २२ करोड ३१ लख रुपैयाँ, वित्तीय खर्च ९ करोड ६६ लाख रुपैयाँ र कुल खर्च ९९ करोड ८१ लाख रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ, सेयर प्रिमियमा ९५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोष ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको छ । गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १.५६ गुणा छ ।

सन नेपाल लाइफको बीमाशुल्क आर्जन १५.७६ प्रतिशत बढ्यो, नाफा ५७.४९ करोड रुपैयाँ

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा खुद बीमाशुल्क आर्जन १५.७६ प्रतिशत बढेर ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०.५६ प्रतिशत बढेर गत वर्ष २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको खुद नाफा २६.५२ प्रतिशत घटेर ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । ग्त असारसम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोष १५ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटी ३७ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी घटेर १४.५१ रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३४.९४ रुपैयाँ रहेको छ । गत असारसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.८७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३५.२३ गुणा छ ।