मुक्तिनाथको झल्को दिने तनहुँको च्यवनधाम धार्मिक पर्यटनको केन्द्र बन्दै
दमौली । शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाम ‘मिनी मुक्तिनाथ’ को रुपमा विकास हुन थालेको छ । मुक्तिनाथको झल्को दिने गरी यहाँ पूर्वाधार निर्माण गरेपछि च्यवनधाम धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको हो । च्यवनधाम परिसरमा निर्माण गरिएका शुक्लेश्वर महादेवको मन्दिर, आसपासमा सूर्यनारायण, लक्ष्मीनारायण, दुर्गा भवानी र गणेशको मन्दिरले यहाँ आउने भक्तजनलाई आकर्षित गर्ने गरेको च्यवनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए । साथै, मुक्तिनाथको झल्को दिने एक सय आठ धारा, एक सय हाठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायत संरचना निर्माण गरिएको छ । बौद्ध धर्मावलम्बीलाई लक्षित गरी बौद्ध गुम्बा पनि यहाँ निर्माण गरिएको लम्सालले बताए । बौद्ध धर्मावलम्बी आगमन बढाउने, धार्मिक सहिष्णुता कायम गराउने उद्देश्यले गुम्बा बनाइएको भन्दै गुम्बाले एकअर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उनले उल्लेख गरे । च्यवनधामका अध्यक्ष लम्सालले भने, ‘यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित स्थानीयवासी लागिपरेका छन् । यसलाई धेरैले मिनी मुक्तिनाथको रुपमा चित्रण गर्ने गरेका छन् ।’ यहाँ नयाँ वर्ष, साउने सोमबार, कृष्ण जन्माअष्टमी, बालाचतुदर्शी र शिवरात्रीमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । प्रत्येक वर्षको साउनमा यहाँ शिवपुराण लगाउने गरिन्छ । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । च्यवनधामका उपाध्यक्ष अस्मिता खनालले यस ठाउँ साझा धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित रहेको बताइन् । उनले भनिन्, ‘सुन्दर धार्मिक सांस्कृतिक संरचना, पर्यटकीय आकर्षकका विम्बहरू, ज्येष्ठ नागरिक आश्रम, बेसहारा छाडिएको गाईहरुको संरक्षण गर्न स्थापित गौ संरक्षण केन्द्रको व्यवस्थापकीय जिम्मेवारी यसै धामले ग्रहण गरिरहेको छ ।’ शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मिनी मुक्तिनाथको रूपमा विकास भइरहेको यस ठाउँमा पूर्वाधार विस्तार गरी पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भनिन्, ‘यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउनुपर्छ भनेर स्थानीय जागरुक बन्नुभएको छ, आज यसले एउटा स्वरुप पाएको छ । यसको प्रवर्द्धनका लागि नगरपालिका सहकार्य गर्न सदैव तयार छ ।’ पूर्वमन्त्री आशा कोइरालाले विगतमा एक्लै मान्छे हिँड्न डराउने यस ठाउँ आज धार्मिक गन्तव्यस्थल बन्न सकेकाले यसको सम्पूर्ण श्रेय स्थानीयवासीलाई जाने उल्लेख गरे । च्यवनधाम र गौ संरक्षण केन्द्रको एकीकृत विकास एवं प्रवर्द्धनका लागि गत सोमबारदेखि धार्मिक महोत्सव आयोजना गरिएको छ । यही साउन २८ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सवमा पण्डित बालकृष्ण अर्यालले कथावाचन गरिरहेका छन् । यसरी फेरियो स्वरूप पृथ्वी राजमार्ग नजिकै छ सेती नदीको किनार । जताततै ढुङ्गैढुङ्गा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने अवस्था थियो । नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने गाछेपानीस्थित सेती नदी ढुङ्गाले भरिएका किनारको स्वरुप एक दशकमा फेरिएको छ । दिउँसै डरलाग्दो नदी छेउको थुम्को पवित्रधाम बनेसँगै सुन्दर मन्रि निर्माण गरिएको छ । शुक्लागण्डकी–२ गाछेपानीका स्थानीयले एक दशकमा च्यवनधामलाई परिवर्तन गरी सुन्दर, रमणीय धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरेका छन् । एक्लै हिँड्न पनि डरलाग्ने साघुँरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला भन्ने गाछेपानीवासीले सोचेका पनि थिएनन् । अहिले यही किनारको स्वरूप फेरिएको छ । गाछेपानीवासीको एकताले यस ठाउँलाई तनहुँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएको हो । नदी छेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ) को नामले चिनिएको छ । यो ठाउँ भगवान् शिवजीप्रति आस्थावान् हुने भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको च्यवनधामका अध्यक्ष लम्सालले बताए । उनका अनुसार हिन्दू धर्मको मात्र नभई च्यवनधाम बौद्ध धर्मावलम्वीको पनि आस्थाको थलो हो । विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले कब्जामा लिन खोजेपछि यस स्थान परिवर्तन भएको च्यवनधामका अध्यक्ष लम्सालले बताए । ‘ यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको थियो । गण्डकीको तिरसम्म पुग्ने बाटो पनि नहुने भएपछि संरक्षणमा हामी लाग्यौँ,’ उनले भने, ‘जग्गा संरक्षण गर्न भुलभुले बाराही एकता समाजले वृक्षारोपण गर्यो । यहीको पुनमगर समाजले तारबार लगायो । पुन मगर समाजले तारबारमा साथ दिनुको कारण उनीहरूको अन्तिम घर अर्थात् चिहान त्यही आडैमा थियो ।’ जग्गा संरक्षणको दुई वर्षपछि विसं २०६७ मा काठमाडौँ बस्दै आउनुभएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयको सम्पर्क भएपछि उहाँले सेतीको किनारमा तपोभूमि भएको सुनाएका थिए । उनले शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिका रूपमा रहेको पनि सुनाएपछि स्थानीयको पहलमा पूर्वाधार निमार्ण थालिएको अध्यक्ष लम्सालले जानकारी दिए । विसं २०६७ कात्तिकमा मन्दिरसहितका पूर्वाधार निर्माण गर्न लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको थियो । माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरिएको अध्यक्ष लम्सालले उल्लेख गरे । समितिले यहाँ मन्दिरसहित पूर्वाधार निर्माण गर्न आर्थिक संकलन गर्ने उद्देश्यले सोही वर्षको चैत १० गतेदेखि १७ गतेसम्म सञ्चालन गरेको महायज्ञमा एक करोड ५० लाख रकम संकलन भएको थियो । त्यसपछि मन्दिरमा पूर्वाधार निर्माणको क्रम सुरु भएको थियो । महायज्ञ लगाएको छ महिनापछि मन्दिर शिलान्यास गरिएपछि पूर्वाधार निर्माणको चरण सुरु भएको थियो । मन्दिर क्षेत्रमा एक दशकको अवधिमा रु तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी भइसकेको अध्यक्ष लम्सालले जानकारी दिए । गण्डकी प्रदेश सरकारको लगानीमा २५ लाख खर्च गरी यहाँ रहेको एक सय आठ धाराको माथिपट्टी कृत्रिम हिमाल निर्माण गरिएको छ । कृत्रिम हिमाल बनाएपछि मन्दिरमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको उनले उल्लेख गरे । यही बाटो भएर तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर पुगिन्छ । ढोरबाराही जाने धार्मिक पर्यटक पनि च्यवनधाममा आउने गरेका छन् । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम मिलेनियम ट्रेकको सुरुवाती विन्दु हो । सन् २००० देखि सुरु भएको तनहुँ र स्याङ्जालाई जोड्ने ७२ किलोमिटर दूरीको मिलेनियम ट्रेक यहीबाट सुरु हुने भएकाले पनि यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरेमा रोजगारीका अवसर सिर्जना हुनाका साथै आयआर्जन वृद्धि हुँदै जाने विश्वास लिइएको छ ।
कृषि सहकारीद्वारा ६७ लाखको सागसब्जी बिक्री
स्याङ्जा । जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा रु ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ । वालिङ नगरपालिका–१ त्रियासीमा रहेको सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा रु ६७ लाख २५ हजार दुई सय ९९ सागसब्जी बिक्री गरेको हो । सहकारीमा आबद्ध भएका कृषक शेयर सदस्यहरुले आ–आफ्नो खेतबारीमा उत्पादन भएका सागसब्जी सहकारीले संकलन गरी बिक्री गर्दै आएको सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताए । ‘यहाँका कृषकले ठूलो परिमाणमा विभिन्न प्रजातिका सागसब्जी र फलफूल उत्पादन गरी सहकारीमा ल्याउनुहुन्छ,’ उनले भने, ‘सहकारीले स्थानीय बजारका साथै पोखरा, बुटवल, काठमाडौँ लगेर बिक्री गर्न समन्वय गरिरहेको छ ।’ कृषकले उत्पादन गरेका सागसब्जीलाई बजार समस्या नरहेको बताउँदै अध्यक्ष अर्यालले उत्पादित सागसब्जी र फलफूलहरू सहकारीको संकलन केन्द्रमा राखेर बिक्री गर्दै आएको जानकारी दिए । ‘कृषकबाट सङ्कलन गरिएका कृषि उपज केन्द्रमा संकलन गरी राख्छौँ, स्थानीय व्यापारी यहाँ आएर खरिद गरेर लैजानुहुन्छ,’ उनले भने, ‘ठूलो परिमाणमा उत्पादन हुँदा सहकारीको सवारीसाधनमार्फत स्याङ्जा, बुटवल, पोखरालगायत सहरका बजारमा लगेर बिक्री गर्दै आएका छौँ ।’ कृषकले केन्द्रमा सागसब्जी, फलफूल तथा अन्य कृषि उपज ल्याएपछि सोको विवरण सहकारीका कर्मचारीले लिने गरेका बताउँदै अध्यक्ष अर्यालले बिक्रीपछि आम्दानी सहकारीमा रहेको कृषकको खातामा राखिदिने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार सहकारीले कृषि उपजको परिमाणका आधारमा प्रतिकिलो रु तीन खर्च कटाउँदै आएको छ । कटौती गरिएको रकमबाट कृषकलाई आयमूलक सीप विकासका लागि विभिन्न तालिम, गोष्ठी तथा अवलोकन भ्रमण गराउने, सहकारीको कार्यक्षेत्रभित्र सिँचाइ, कृषि सडक विस्तार र स्तरोन्नति गर्ने, साना कृषकको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउने कार्यमा प्रयोग गरिँदै आइएको सहकारीका अध्यक्ष अर्यालले उल्लेख गरे । ‘सहकारीमार्फत कृषकहरुलाई आवश्यक पर्ने सेवा सुविधा उपलब्ध गराउने सरोकार भएका निकायसँग सम्पर्क गराउँदै व्यावसायिक क्षमता विकासमा सहयोग पुर्याउँदै आएका छौँ,’ उनले भने, ‘कृषकलाई समूहमा आबद्ध गराइ सरल, सुलभ र प्रभावकारी ढङ्गले कृषि कर्जा वितरण गरिरहेका छौँ ।’ उत्पादित सागसब्जीको बिक्रीमा बजारको समस्या नभएको यहाँका अगुवा कृषक लीलाबल्लभ काफ्लेले बताP । गत आवमा रु तीन लाख बढीको सागसब्जी सहकारीमा बिक्री गरेको उनले जानकारी दिए । ‘चौध रोपनी क्षेत्रफलमा गोलभेँडा, काक्रा, बोडी, बोडा, घिरौँला, करेला, बन्दा, काउली उत्पादन गरी बिक्री गर्दै आइरहेको छु’, उनले भने, ‘घरबाटै बिक्री गर्नेभन्दा सहकारीमार्फत गर्दा सहज हुनाका साथै एकैमुस्ट रकम प्राप्त हुन्छ ।’ उत्पादित कृषि उपज सहकारीमा लगेर तौलेर छोडेपछि बजार मूल्यका आधारमा सहकारीमा रहेको आफ्नो खातामा रकम आउने काफ्लेले उल्लेख गरे । ‘हामीले सहकारीमा लगेर छोडेको सागसब्जी तथा फलफूल सहकारीले बिक्री गर्छ,’ उनले भने, ‘बिक्री गरेर आएको रकम खातामा जम्मा हुन्छ, जहिले आवश्यक पर्छ सोही बेला निकाल्न सकिन्छ ।’ वालिङ–१ त्रियासीका ६० वर्षीय भूमिनन्द रेग्मीले २४ वर्षदेखि व्यवसायिक रुपमा सागसब्जी र फलफूल उत्पादन गर्दै आएका छन् । उनले पनि सहकारीमार्फत बिक्री गरी पुरस्कृतसमेत भएको बताए । ‘सहकारीमा सबैभन्दा बढी कृषि उपज संकलन गरेर पुरस्कृत हुँदै आएको छु,’ कृषक रेग्मीले भने, ‘सागसब्जी र फलफूल खेतीबाट वार्षिक रु तीन लाअ बढी आम्दानी हुन्छ । ६ रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन गर्दै आइरहेको छु ।’ उनले गत आवमा रु तीन लाख मूल्य बराबरको साजगब्जी र तरकारी बिक्री गरेको जानकारी दिए । सहकारीले प्रत्येक वर्ष धेरै परिमाणमा कृषि उपज संकलन गराउने कृषकलाई पुरस्कृत गर्दै आइरहेको जनाएको छ । उत्पादित सागसब्जी र फलफूल आइतबार, मङ्गलबार र बिहीबार केन्द्रमा संकलन गरी बिक्री गर्दै आइएको सहकारीका प्रबन्धक सगुन खाँणले बताए । रासस
ठूला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा : अध्यक्ष ढकाल
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संसदका ठूला दलहरू मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भई निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका छन् । कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई प्रमुख अतिथिको हैसियतले शनिबार सम्बोधन गर्दै अध्यक्ष ढकालले नीतिगत अस्थिरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताएका हुन् । मुलुकको वाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताए । केन्द्रीयसँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ । यस सन्दर्भमा प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरूमध्ये छैठौं स्थानमा रहेको र सबैभन्दा बढी गरिबी रहेको सुदुरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताए । जलस्रोत पर्यटन मात्रै नभइ यहाँको जनशक्ति निक्कै मिहिनेती रहेको र युवाहरू विकासको संवाहक हुने उनको भनाइ थियो । जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्ने गरी महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए । कुनै समस्या भए समाधानका लागि महासंघले पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
गाउँमा ‘हिट’ भएर काठमाडौं छिरेको टेक्नो मोबाइल
काठमाडौं । नेपाली बजारमा आएका जुनसुकै सामान वा वस्तु होस्, त्यो सुरुमा काठमाडौंमा बढी चल्छ र बिस्तारै गाउँघरतिर जान थाल्छ । तर, यसको ठिक विपरीत नेपालमा यस्तो एउटा वस्तु छ जुन पहिला हिमाल र पहाडतिरका मानिसका हात-हातमा पुगेर ‘हिट’ भएपछि बल्ल संघीय राजधानी काठमाडौं प्रवेश गर्दैछ । त्यो के होला ? त्यो हो- ‘टेक्नो मोबाइल’ । टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारी टेक्नोलाई मानिसहरूले पहाडको ‘आइफोन’ भन्ने गरेको बताउँछन् । ‘हामी सबैभन्दा सुरुमा हिमाल, पहाडका हरेक मानिसको हात-हातमा पुग्यौं, त्यसपछि बिस्तारै सहर छिर्यौं र अहिले मात्रै हामी काठमाडौं पस्दैछौं,’ उनी भन्छन्, ‘जो कुनै ब्रान्ड सहरमा छाएर त्यसपछि गाउँघरसम्म पुग्छन्, तर हामी मात्रै यस्तो ब्रान्ड हौं जो पहिलै नै गाउँघरमा हरेकको रोजाइ बनिसकेर अहिले मात्रै काठमाडौं प्रवेश गर्दैछौं ।’ सुरुको दिनमा सहरबाट प्रतिस्पर्धा गर्न एकदमै गाह्रो पनि थियो त्यसैले गाउँघरमा छाएर मात्रै सहर पस्ने निर्णय गरेको उनी सुनाउँछन् । गाउँघरमा हरेकले आफ्नो ब्रान्ड प्रयोग गरिसकेपछि उनीहरूको प्रतिक्रिया राम्रो आएको उनको भनाइ छ । ‘पहिले धरातल राम्रो बनाएर त्यसपछि चलेका ब्रान्डसँग प्रतिस्पर्धा गरौं भन्ने हाम्रो सोच भयो र साेहीअनुसार हामीले काम गर्यौं,’ उनी भन्छन् । अहिले टेक्नोलाई ‘पहाडको हिरो’, ‘पहाडको आइफोन’ लगायत उपनाम दिने गरेको उनी बताउँछन् । ‘सबैभन्दा कम मूल्यमा पर्फमेन्स राम्रो दिने, फोरजी राम्रोसँग चल्ने यदि कुनै पनि फोन छ भने त्यो टेक्नो मोबाइल मात्रै हो,’ उनी दाबीका साथ भन्छन्, ‘हामीले सधैं ‘बिलो द लाइन’ बसेर काम गर्यौं जसको प्रतिफल अहिले टेक्नो मोबाइल नेपालको टप पाँच ब्रान्डभित्र परेको छ ।’ मोबाइल भन्नेबित्तिकै जो कोहीले मनमा आइफोन सम्झिनु स्वभाविक हो । तर, नेपालको भौगोलिक अवस्थाका कारण यहाँको हरेक क्षेत्रमा आइफोन सम्भव छैन । जसको फाइदा उठाउँदै टेक्नो माेबाइल पहाडको आइफोन बनेकाे उनी बताउँछन् । अन्य मोबाइलको तुलानामा टेक्नो मोबाइल सस्तो रहेको उनी दाबी गर्छन् । टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले पनि आफूहरू पहाडको हिरो भएर चिनिन पाउँदा खुसी लागेको भनाइ राखे । ‘जब म सबैभन्दा सुरुमा टेक्नो मोबाइलको ब्राण्डिङका लागि काठमाडौं आएँ, त्यतिबेला मलाई धेरै मानिसहरूले न्यूरोडको २,४ वटा पसल लैजानुभयो र भन्नुभयो कि यो न्यूरोडमा जति पसल छ त्यसमा आफ्नो उपस्थिति देखाउन सकियाे भने मोबाइलको बजार खाइन्छ,’ उनले विगतलाई सम्झिँदै सुनाए, ‘तर, मलाई त बजार खानु मात्रै थिएन त्यसैले मैले भने कि म पहिले गाउँघरमा टेक्नो मोबाइल बेच्छु र मात्रै सहर पस्छु, त्यसपछि सबैको आवश्यकता भइसकेपछि अनि मात्रै काठमाडौंको न्यूरोडका पसलमा मोबाइल बेच्छु, मेरो यो चाहना पूरा भएको छ, आज त्यो दिन आएको छ ।’ छोटो समयमा नै नेपालको टप ५ ब्राण्ड बन्न सकेको उनी बताउँछन् । ‘टेक्नाे माेबाइल यति छोटो समयमा नै नेपालको टप ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्न सक्ने भएको छ,’ उनी भन्छन्, ‘ग्रहकहरूको चाहना अनुसारको उत्पादन र ग्रहकको सन्तुष्टि हाम्रो पहिलो रोजाइ हो ।’ मोबाइल ब्राण्ड टेक्नोले बिहीबार मात्रै नेपाली क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो बाण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमबीच उनीहरूलाई बाण्ड एम्बेसडर घोषणा गरेको हो । एम्बेसडर घोषणा भएपछि आरिफ र आसिफ दुवैले आफू टेक्नोसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । आरिफले एक क्रिकेटरको हैसियतमा आफूले टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्ने बताए । आसिफ टेक्नो नेपालको उत्कृष्टता आफ्नो जोश र जाँगरसँग मिल्दोजुल्दो रहेको बताए । आफ्नो नवीन शैली र पहुँचका कारण लोकप्रिय रहेको टेक्नोले आरिफ र आसिफले ब्राण्डको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’ भावलाई दर्शाउने विश्वास लिएको छ । अरिजित तलपात्राले खेलाडीहरूको खेलकुदप्रतिको समर्पण आफूहरूको ब्राण्डको स्टप एट नथिङसँग मेल खाने बताएका छन् । टेक्नोसँगको आरिफ र आसिफको सम्बन्धले आफूहरूको ब्राण्ड छवि र युवाहरूको संलग्नतालाई अझ उच्च बनाउने विश्वास लिएको उनले बताए । टेक्नो नेपालका सबै जिल्लामा आफूहरूको बलियो उपस्थिति रहेको र १० प्रतिशत बजार हिस्सा ओगटेको दाबी भण्डारीले गरेका छन् । साथै टेक्नो नेपालको पाँचौ शीर्ष ब्राण्ड भएको उनको दाबी छ । कम्पनीले ग्रहकहरूको सन्तुष्टिलाई पहिलो नम्बरमा राख्दै १०० दिने रिप्लेसमेन्ट वारेन्टी समेत प्रदान गरेको छ । यसरी सय दिनसम्म कुनै समस्या आए तुरुन्तै फिर्ता गरिदिने टेक्नो मात्रै पहिलो मोबाइल रहेको पनि उनी दाबी गर्छन् । टेक्नो ७० भन्दाबढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो । टेक्नोले स्मार्टफोन, स्मार्ट वेयरेबल्स, ल्यापटप, ट्याब्लेट एचआईओएस अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत शृंखलामार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आएको छ । ब्रान्डको नेपालमा अधिकारिक विक्रेता महालक्ष्मी मोबाइल्स प्रालि रहेको उनले बताएका छन् । कम्पनीले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिस र नवीन प्रविधिहरू प्रदान गर्ने क्रम जारी राख्ने बताएको छ । टेक्नो ७० भन्दा बढी देशमा रहेको प्रविधि ब्राण्ड हो । टेक्नो मोबाइल उत्कृष्ट र नयाँ प्रविधिहरू अनलक गर्न प्रतिबद्ध रहेको बताउँदै स्टाइलिस र बौद्धिक उत्पादनहरूसँगै टेक्नोले विश्वभरिका उपभोक्ताहरूलाई आफ्नो उत्कृष्ट शैली र उत्कृष्ट भविष्यका लागि निरन्तर अग्रसर रहन प्रेरित गर्ने कम्पनीले बताएको छ । यो ब्रान्डमा ग्राहकले रोजे र खोजेअनुसार मोबाइल पाउने र सर्भिस तथा पार्टसहरू सहजै पाउने पनि कम्पनीले बताएको छ ।
आन्दोलनकारीले सर्वोच्च अदालत घेराउ गरेपछि बंगलादेशका प्रधानन्यायाधीश राजीनामा दिन बाध्य
काठमाडाैं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेपछि प्रधानन्यायाधीश हसन राजीनामा दिन बाध्य भएका हुन् । आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए। अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका हुन् । अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए । हसनले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको पनि बताएका छन् । राजीनामाका लागि केही औपचारिकताहरू बाँकी रहेको र ती औपचारिकताहरू पूरा गरेर साँझसम्ममा राष्ट्रपति मोहम्मद शहाबुद्दिनलाई राजीनामा पत्र बुझाउने उनले बताएका छन् । एजेन्सी
क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ। यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो । अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा. उमेश नेपालले इण्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताए । यसअघि युरोलोजीमा प्रयोग हुने लेजरहरु होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यू च्यातिने सम्भावना (टिस्यू टिएरिङ इफेक्ट) हुने जनाउँदै उनले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने समस्या नहुने जानकारी दिए । उनले भने, ‘यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तश्राव अति नै न्यून हुन्छ । टिस्यू पेनिट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति नै न्यून हुन्छ ।’ अस्पतालमा हरेक वर्ष चार सय ५० हाराहारी पिसाब थैलीका क्यान्सर र एक सय हाराहारी प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने जानकारी दिँदै डा. नेपालले यस्ता बिरामीका लागि यो प्रविधि निकै लाभदायी हुने बताए । ‘एन ब्लक रिसेक्सन गर्न मिल्ने भएकाले पुनःशल्यक्रिया गर्नुपर्ने सम्भावना पनि न्यून हुन्छ,’ उनले भने । मेसिन जडान गरेसँगै शुक्रबार पहिलो दिन तीन वटा शल्यक्रिया गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा। शिवजी पौडेलले आधुनिक उपकरणहरु भित्र्याएर सेवा चुस्तदुरुस्त एवं बिरामीलाई सहज बनाउने काममा आफूहरू लागि परेको बताए । अस्पतालमा देशभर र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने उनको भनाइ छ ।
भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिँदा सेवाग्राही समस्यामा
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा ‘सिटिस्क्यान मेसिन’ सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् । बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारुले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताए । ‘यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटिस्क्यान गर्न भनेपनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुपर्यो,’ उनले भने, ‘भोलिपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटीस्क्यान गराउनु पर्यो ।’ अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि सिफारिस भएका बिरामी आउने गर्दछन् । सिटिस्क्यान मेसिन बिग्रिएको करिब एक महिना भइसकेको छ । अस्पतालका प्रमुख डा प्रकाश थापाले सिटिस्क्यान मेसिन नियमित रुपमा सञ्चालनमा ल्याउन प्रयासरत रहेको जानकारी दिए । उनले शुक्रबार भेरी अस्पताल नेपालगञ्जमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलसँग सिटिस्क्यानको समस्या देखाउँदै नयाँ सिटिस्क्यानको माग समेत गरे । उनले पोखरेलले तत्काल नयाँ मेसिन खरिदको सम्भावना नभएकोले पुरानै मेसिन मर्मत गरी सेवा प्रवाह गर्न निर्देशन दिदैँ दोस्रो त्रैमासिकसम्म नयाँ मेसिन खरिदको प्रक्रिया अघि बढाउने जानकारी दिए । भेरी अस्पतालको स्तरोन्नति गर्दै सरकारले भौतिक पूर्वाधार विकास, विशेषज्ञ उपचार सेवा, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण सेवा सुविधामा थप्दै गएको छ ।
निराशालाई कामबाटै चिर्दै अघि बढ्छौँ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् । आज काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताए । अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेको भन्दै उनले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए । ‘सरकारले अहिले समाजमा देखिएको निराशालाई चिर्ने, काम गरेर देखाउने र डेलिभरेन्स दिने छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘सरकार गठनअघि देशलाई समृद्धिको मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरि भएको सहमतिको जगमा यो सरकार बनेको तपाईहरूलाई थाहै छ ।’