विकासन्युज

कोकाकोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

काठमाडौं । कोकाकोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरूको लागि फेरि अर्को विशेष अफर ल्याएको छ । घरमा खाना खाँदाको क्षणहरू विशेष र अविस्मरणीय बनाउने उद्देश्यले कोकाकोलाले विशेष अफर लिएर आएको हो । सीमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’ मा २ लिटरको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले १९९ रुपैयाँ छुट पाउने छन् । साथै, २.२५ लिटरको प्याक भने २५० रुपैयाँ मा खरिद गर्न सकिनेछ जसको खास मूल्य २७० रुपैयाँ रहेको कम्पनीले बताएको छ । २ र २.२५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाई र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुने पनि कम्पनीको भनाइ छ ।

‘आगामी पुस्ता, निरोगी पुस्ता’ कार्यक्रम सञ्चालन गरिने

काठमाडौ । नेपाल सरकारले निरोगी नेपालको नारा ल्याएको छ । कुनै पनि नागरिक अस्वस्थ रहन नदिने गरी ‘आगामी पुस्ता, निरोगी पुस्ता’ कार्यक्रम ल्याइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए । उनले नेपालमा नसर्ने रोगको भार बढ्दो रहेको बताउँदै रोग लागेकाहरूलाई कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा सरकारले चिन्तन गरिरहेकाे बताए । ‘यो चिन्तन गर्नु आफैमा स्वभाविक छ, नेपालमा सहरीकरण बढ्दो अवस्थामा छ, बसाइँसराइँ बढ्दो अवस्थामा छ, वायुप्रदूषण व्यापक ढंगले बढेको छ भने जलवायु परिर्वतनको प्रभाव दिनप्रतिदिन बढिरहेको छ,’ उनले भने, ‘यो कुरालाई ख्याल गरेर उपचार पद्धती जति फराकिलो बनाए पनि राज्यले समस्यामा रहेका सबै नागरिकलाई सहयोग गर्ने स्थिति बन्न सक्दैन, यसैले रोग लाग्ने नागरिक उत्पादन हुन नदिने गरी कसरी नीति बनाउन सकिन्छ भन्ने विषयमा सरकारले यो कार्यक्रम ल्याएको हो ।’ मन्त्री पौडेलले यसका लागि आधारभूत स्वास्थ्य केन्द्र , आरभूत अस्पतालबाट स्वास्थ्य प्रर्वद्धनका कार्यहरू, नागरिक आरोग्य कार्यक्रम , योग मेडिटेसन, स्वास्थ्य जीवनशैलीका कार्यक्रमसँग एकीकृत गरी स्थानीय सरकारसँगको सहकार्यमा नागरिक आरोग्य अभियान सञ्चालन गरिने बताए ।

भारतको वित्त बजारमा अमेरिकी हिन्डनबर्ग रिपोर्टले किन मच्चाइरहेछ हलचल ?

काठमाडौं । अमेरिकी अनुसन्धान कम्पनी हिन्डनबर्ग रिसर्चले आफ्नो एक प्रतिवेदनमा भारतको धितोपत्र बजार नियामकका वर्तमान अध्यक्ष माधवी पुरी बुच र उनका श्रीमान धवल बुचमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएको छ । भारतको व्यापार र वित्तीय बजारमा कथित वित्तीय अनियमितताहरूमा पछिल्लो १८ महिनामा जारी गरिएको यो दोस्रो रिपोर्ट हो । यसअघि जनवरी २०२३ मा यसले भारतको प्रमुख औद्योगिक घराना अदानी समूहको बारेमा एक रिपोर्ट जारी गरेर हलचल मच्चाएको थियो । हिन्डनबर्ग रिसर्च भनेको के हो ? यसले के गर्छ ? र यसले अदानी समूहलाई कति नोक्सान पुर्‍यायो ? हिन्डनबर्ग रिसर्च एक अमेरिकी अनुसन्धान कम्पनी हो । यसको सुरुवात नेट एन्डरसन नामक अमेरिकी नागरिकले गरेका थिए । कम्पनीले फरेन्सिक वित्त अनुसन्धान, वित्तीय अनियमितता, अनैतिक व्यापार अभ्यास र गोप्य वित्तीय मामिला र लेनदेनको अनुसन्धान र विश्लेषण गर्दछ । कम्पनीको काम र यसको दाबी सर्ट सेलिङ पनि कम्पनीको एक प्रमुख गतिविधि हो । यसले आफ्नो रिपोर्टहरूमार्फत कम्पनीहरूमा आफ्नो पोजिसन बनाउँछ । यसले केही कम्पनीको बजार मूल्य घट्न सक्छ भनेर थाहा पाउन सक्छ । कम्पनीका संस्थापक नेट एन्डरसनले आफूलाई एक एक्टिभिस्ट सर्ट सेलरका रूपमा वर्णन गर्छन् । हिन्डनबर्ग रिसर्चले २०१७ देखि काम गरिरहेको छ र यसले हालसम्म १६ वटा यस्ता प्रतिवेदनहरू सार्वजनिक गरेको छ, जसमा यसले अमेरिकाको सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन बाहेक भारत र विदेशका कम्पनीहरूमा अवैध लेनदेन र वित्तीय अनियमितताको पर्दाफास भएको दाबी गरेको छ । हिन्डनबर्ग रिसर्चले अफिरिया, पर्शिङ गोल्ड, निकोला र केही अन्य चर्चित कम्पनीहरूमा वित्तीय अनियमितताहरू उजागर गरेको दाबी गरेको छ । भारतमा मच्चायो हलचल यो भारतमा तब चर्चामा आयो जब यसले २४ जनवरी २०२३ मा देशको अग्रणी औद्योगिक घराना अडानी समूहविरुद्ध एक रिपोर्ट जारी गर्यो । रिपोर्टमा भनिएको छ, ‘अडानी समूहका मालिक गौतम अडानीले आफ्नो सात सूचीबद्ध कम्पनीहरूको सेयर हेरफेर गरेर २०२० देखि १ सय अर्ब डलर कमाए ।’ प्रतिवेदनमा गौतम अडानीका भाइ विनोद अडानीमाथि पनि गम्भीर आरोप लगाइएको थियो र उनले ३७ सेल कम्पनीहरू चलाउने गरेको उल्लेख गरिएको थियो, जसलाई मनी लान्ड्रिङमा प्रयोग गरिएको थियो । यसले कसरी अडानी समूहलाई घाटा पुर्‍यायो ? यो प्रतिवेदनपछि अडानी समूहका कम्पनीहरूले १५० अर्ब डलर घाटा बेहोरेका छन् । प्रतिवेदन आएको एक महिनाभित्र अडानीको कुल सम्पत्ति ८० अर्ब डलर अर्थात् ६६ अर्ब ३० करोड रुपैयाँले घटेको थियो । हिन्डनबर्गबाट प्रतिवेदन आएको १० दिनभित्र उनी धनी व्यक्तिहरूको शीर्ष २० सूचीबाट बाहिर थिए । यस बाहेक गौतम अडानीले कम्पनीको २० हजार करोडको एफपीओ पनि रद्द गर्नु परेको थियो । कम्पनीले ठूलो घाटा बेहोरेको थियो । यो प्रतिवेदनले भारतीय राजनीतिकमा हलचल मच्चिएको थियो । कम्पनीको कथित आर्थिक अनियमितताबारे संसदमा प्रश्न उठेको थियो । मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । ३ जनवरी २०२४ मा भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको नेतृत्वमा रहेको सर्वोच्च अदालतको तीन न्यायाधीशको इजलासले हिन्डनबर्गले अडानी समूहको विरुद्धमा लगाएको आरोपहरूको छानबिन गर्न विशेष अनुसन्धान टोली (एसआईटी) वा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) गठन गरी हस्तान्तरण गर्ने अनुरोध खारेज गर्‍यो । अदालतले पुँजी बजारको नियामक संस्था सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) माथि विश्वास व्यक्त गरेको छ । सर्वोच्चको निर्णयपछि गौतम अडानीले एक्स (पहिले ट्विटर) मा पोस्ट गरेका थिए, ‘सर्वोच्च अदालतको फैसलाले सत्यको जित भएको देखाउँछ… हामीसँग उभिनेहरूप्रति म आभारी छु, भारतको विकास कथामा हाम्रो विनम्र योगदान जारी रहनेछ ।’ आफ्नो बारेमा के भन्छ हिन्डनबर्ग ? हिन्डनबर्ग रिसर्च कम्पनीले आफ्नो प्रतिवेदन र अन्य प्रकारका कारबाहीका कारण धेरै कम्पनीको सेयर घटाएको दाबी गरेको छ । अडानीभन्दा पहिले हिन्डनबर्गको नाम जोडिएको ठूलो कम्पनी ट्रक कम्पनी निकोला थियो । यो मुद्दा अदालतमा पुगेपछि निकोला कम्पनीका संस्थापक दोषी ठहर भए । ब्लूमबर्गको प्रतिवेदनअनुसार हिन्डनबर्गले सन् २०२० देखि हालसम्मका ३० कम्पनीको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ र प्रतिवेदन सार्वजनिक भएको भोलिपल्टै सो कम्पनीको सेयर औसत १५ प्रतिशतले घटेको छ । आगामी ६ महिनामा यी कम्पनीको सेयर औसत २६ प्रतिशतभन्दा बढीले घटेको प्रतिवेदनमा उल्लेख छ । हिन्डनबर्ग नाम कहाँबाट आयो ? वर्ष १९३७ मा हिटलरले जर्मनीमा शासन गरे। यस अवधिमा त्यहाँ एक हवाई जहाज थियो । तयसको नाम थियो– ‘हिन्डनबर्ग एयरशिप’ । नाजी युगको गवाही दिने हवाई जहाजको पछाडि स्वस्तिक थियो । अमेरिकाको न्यु जर्सीमा जमिनबाट यो एयरशिप हेरिरहेका मानिसहरूले केही अनौठो देखे । त्यहाँ ठूलो विस्फोट भयो र आकाशमा देखिने हिन्डनबर्ग एयरशिपमा आगो लाग्यो । मान्छे चिच्याएको आवाज सुनिन थाल्यो । हवाईजहाज जमिनमा खस्यो । ३० सेकेन्डभन्दा कम समयमा सबै नष्ट भयो । त्यहाँ उपस्थित मानिसहरूलाई बचाउन केही मानिसहरू अगाडि आए । कतिपयलाई बचाउन सकियो र केहीलाई बचाउन ढिलो भइसकेको थियो । जलिरहेको वायुयानको धुवाँले आकाश अँध्यारो बनाएको थियो । अब त्यहाँ बाँकी हवाई जहाजको अवशेष मात्रे थियो । यस वायुयानमा १६ वटा हाइड्रोजन ग्यासका बेलुन थिए । एयरशिपमा करिब १०० जनालाई जबरजस्ती बसाइएको थियो भने दुर्घटनामा ३५ जनाको ज्यान गएको थियो । यसअघि पनि हाइड्रोजन बेलुनमा दुर्घटना भएकाले पाठ सिकेर यो दुर्घटनाबाट बच्न सकिन्थ्यो भन्ने विश्वास गरिन्छ । बीबीसी हिन्दी

सिटिजन्स क्यापिटलको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले १८औं वार्षिक साधारण सभा भदौ १७ गते गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा चुक्ता पुँजीको १५‍.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा समग्र आर्थिक चुनौतीहरूका बाबजुद कम्पनीले अघिल्लो आर्थिक वर्षभन्दा वृद्धि हासिल गर्न सक्षम भएको बैंकले जनाएको छ । कम्पनीले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरुलाई पूर्णवित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

हिमालयन बैंकको दुई शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये ललितपुरस्थित जाउलाखेल शाखा र धनुषास्थित जनकपुर शाखा– २ लाई स्थानान्तरण गरी आइतबारदेखि नयाँ स्थानबाट सेवा सुरु गरेको छ । बैंकले जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोकस्थित जनकपुर शाखा– २ लाई जनकपुरधाम पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो । बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागरकुमार रेग्मीले गरे । हाल बैंकले नेपालभरि फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २७२ एटिएम र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

स्वास्थ्य बीमा रकमको दायरा बढाएर ५ लाख पुर्‍याउन प्रस्ताव

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको दायरा बढाइ पाँच लाखमा पुर्‍याउन प्रस्ताव गरेका छन् । मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले हाल १ लाख रकममा रहेको दायरा बढाएर पाँच लाखमा पुर्‍याउन आफूले प्रस्ताव गर्ने बताएका हुन् । अहिले बीमा प्रक्रिया असाध्यै धेरै झन्झटिलाे रहेको बताउँदै उनले भने, ‘ खास गरी बीमा गरेका नागरिकहरूलाई अस्पतालले नै दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरेको छ, यसलाई अन्त्य गर्न व्यवस्थित तरिकाले अगाडि बढाउन नीतिगत रूपमा प्रस्ताव गर्छु ।’ अहिले नेपालमा २८ प्रतिशत नेपालीमात्र बीमामा आवद्ध भएका छन् । यसमा पनि दिनप्रतिदिन नविकरण घट्दै गएको छ । अहिलेको बीमा प्रणालीमा आम मानिसको विश्वास घटिरहेको बताउँदै मन्त्री पौडेलले स्वास्थ्य बीमा तथा सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्दे सामाजिक सुरक्षाको एकद्धार प्रणाली गरिने बताए । स्वास्थ्य बीमामा आबद्ध नागरिकको संख्यालाई बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा समेट्न आम्दानीको आधारमा प्रमियम र सहभुक्तानीको प्रणालीलाई व्यवस्थित बनाउन स्वास्थ्यबीमाको नीतिगत कानुनी व्यवस्थापनमा आवश्यक पुनरावलकन गरिने उनको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा खाली रहेका दरबन्दीमा पदपूर्ति गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा अभाव जनशक्ति पदपूर्ति गरिने बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले लामो समयदेखि जनशक्ति थप नभएर सेवा क्षेत्र प्रभावकारी हुन सनकेको बताउँदै अव दरबन्दी पदपूर्तिको व्यवस्था गरिने बताए । उनले स्थायी, करार, पदपूर्ति हुन नसकेको अहिलेको अवस्थालाई अन्त्य गर्न जनशक्तिको नियमित पुनरावलकन गरिने र खाली रहेका दरबन्दीमा पदपूर्तिको व्यवस्था गर्ने बताएका छन् ।

गंगालाललाई विशेषज्ञ चिकित्सक उत्पादन गर्ने केन्द्रका रूपमा विकास गरिने

काठमाडौं । काठमाडाैं बाँसबारीमा रहेकाे शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई विशेषज्ञ चिकित्सक उत्पादन गर्ने केन्द्रका रूपमा विकास गरिने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालमा मुटु सल्य चिकित्सकको चरम अभाव हुन सक्ने भन्दै यस्तो बताएका हुन् । विद्यमान पाठ्यक्रममा नयाँ कुनै पनि चिकित्सक अध्ययन गर्न इच्छुक नभएको अवस्थालाई मध्येनजर गर्दै सरकारले अब गंगालाल अस्पताललाई चिकित्सक उत्पादन गर्ने थलो बनाउने उनले बताए । गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एमडीएमएसको पढाइ सञ्चालन गरेर मुटु चिकित्सकहरू उत्पादन गर्ने व्यवस्था गरिने उनले बताए ।  अहिले यो काम अघि बढाइएन भने भने अबको ६/७ वर्षमा मुट सम्बन्धी विशिष्टकृत उपचार गर्ने अस्पतालमा जनशक्तिको अभाव हुने उनले बताए । यो समस्यालाई समाधान गर्ने गरी काम गर्न जरुरी रहेको पौडेलकाे भनाइ छ ।