काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले १८औं वार्षिक साधारण सभा भदौ १७ गते गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा चुक्ता पुँजीको १५.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा समग्र आर्थिक चुनौतीहरूका बाबजुद कम्पनीले अघिल्लो आर्थिक वर्षभन्दा वृद्धि हासिल गर्न सक्षम भएको बैंकले जनाएको छ ।
कम्पनीले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरुलाई पूर्णवित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ ।
काठमाडौं डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।