विकासन्युज

नेपालमै पहिलो पटक व्यावसायिक र व्यक्तिगत खाताका लागि एउटै एप

काठमाडौं । हालै गुगल प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको इसेवा यस वर्ष आफ्ना मर्चेन्टहरूका लागि विशेष सेवा लिएर आएको छ, जसले नेपालको डिजिटल वालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको छ । अब इसेवासँग आबद्ध भएका मर्चेन्टहरूले आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्नेछन् । पहिले नेपालका व्यवसायिहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टा छुट्टै खाता प्रयोग गनुपर्ने अवस्था थियो । इसेवाको मर्चेन्ट लिंक सेवा आएसँगै अब नेपालमै पहिलो पटक व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने एउटै एप बनेको छ, इसेवा । यसबाट प्रयोगकर्तारमर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन् । भुक्तानीको सूचना इसेवा एपको नोटिफिकेसन मार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको फोनपे क्युआर मार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन् । त्यसका साथै मर्चेन्ट खातामा लिकं गरिएको सेटलमेन्ट बैकं खाताबाट सरल रुपमा पैसा निकाल्न पनि सकिनेछ। यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरल रुपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ । यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले बताएका छन् । यो मर्चेन्ट लिकंको बारेमा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले सबै मर्चेन्टहरुलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै विभिन्न सेवाहरू भित्र्याउने कुरामा विश्वस्त पारे ।

उपत्यकाका ४५ स्थानमा गोगोरोको स्वापिङ स्टेसन

काठमाडौं । गोगोरोले मंगलबारदेखि सुरु भएकाे नाडा अटो शो २०२४ मा विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर नयाँ पल्स, हाइपरफर्मेसन सिटी राइड जेगो र पहिलो एसयूभी स्कुटर क्रसओभर जीएक्स २५० स्मार्ट स्कुटर सार्वजनिक गरेको छ । स्मार्ट स्कुटर सार्वजनिकसँगै कम्पनीले काठमाडौं उपत्यकामा ४५ नयाँ ब्याट्री स्वापिङ स्टेसन स्थापना गर्ने घोषणा पनि गरेको छ । सहरका लागि सस्टेनेबल मोबिलिटी सोलुसन प्रदान गर्ने, ब्याट्री स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरो इंक र नेबुला इनर्जीले मंगलबार पल्स र जेगोको साथ गोगोरोका विशेष प्रडक्ट रेन्जहरू लन्च गरेका हुन् । दुई स्वाप स्टेशनको सफ्ट लन्च, फूडमान्डु र जुमजुम जस्ता रणनीतिक साझझेदारसँग स्कुटरको प्रयोग पश्चात् प्राप्त अत्याधिक सकारात्मक प्रतिक्रियापछि गोगोरो अब आफ्ना स्कुटरहरू बिक्रीको लागि तयार रहेको नेबुला इनजीका अध्यक्ष मनोज गोयलले बताए । सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, प्रबन्ध निर्देशक सहायु गौयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याए । ब्याट्री स्वापिङ टेक्नोलोजी‌द्वारा सञ्चालित गोगोरोका स्कुटर रेन्जले विद्‌युतीय दुईपांग्रे सवारी खरिद गर्ने उपभोक्ताले सामना गर्ने यस्ता प्रमुख चुनौतीलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्ने उनले बताए । नेबुला इनर्जीले हाल जीएक्स २५० को लागि रणनीतिक बीटूबी साझेदारलाई ब्याट्री स्वापिङ सेवा प्रदान गर्दैछ । नेबुलाले सेप्टेम्बरको मध्यमा नक्सालको नारायणचौरमा पहिलाे गोगोरो शोरुमको उदघाटन गर्ने नेबुला इनर्जीका जनरल मेनेजर  चिरञ्जीवि शाहले बताए । उनका अनुसार उद्घाटनपछि ग्राहकले स्कुटरको परीक्षण र विशेष इन्ट्रोडक्टरी प्राइसमा प्रि-बुकिङ गर्ने र दसैंपछि आफ्नो स्मार्ट स्कुटरको डेलिभरी प्राप्त गर्ने उनले बताए । बिक्री सुरु गर्नुअघि ४१ स्वाप स्टेसनहरू स्थापना गर्ने प्रतिबद्धता अनुरूप नेबुलाले काठमाडौं उपत्यका वरिपरि ४५ वटा ब्याट्री स्वापिङ स्टेसनका लागि निश्चित स्थानको घोषणा गरेको छ । जसअनुसार प्रत्येक २-३ किलोमिटरमा एउटा स्टेसनको उपलब्धता सुनिश्चित हुने उनले बताएका छन् । स्टेसनहरू पेट्रोल पम्प, मार्ट, मल र ग्राहकहरूको सहजता र पहुँचका लागि साझा चासोका क्षेत्रहरूमा राखिने उनको भनाइ छ । गोगोरो स्मार्ट स्कुटरको सबैभन्दा चाखलाग्दो कुरा भनेको यसमा ग्राहकहरूले ब्याट्री खरिद गर्न आवश्यक पर्दैन । किनकि गोगोरोले सुविधाजनक ब्याट्री सब्सक्रिप्सन योजना प्रदान गर्ने कम्पनीकबो दाबी छ । यो योजनाले स्वाप स्टेसनको सम्पूर्ण नेटवर्कमा पहुँच प्रदान गर्ने र प्रयोगकर्तालाई ब्याट्री स्वामित्वको झन्झट बिना नै आफ्नो स्कुटर पावर अप राख्न सजिलो बनाउँने विश्वास कम्पनीले लिएको छ । नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै ब्याट्री स्टेसन स्थापना गर्ने योजना रहेको शाहले बताए । गोगोरो पल्स भविष्यलाई नियाल्दै गोगोरोले नयाँ एडभान्स्ड हाई पर्फर्मेन्स स्मार्ट स्कुटरलाई पुनः डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरेको हो । पल्स विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर हो र यसले गोगोरोको नवीनता र क्षमतालाई स्पष्ट रूपमा प्रदर्शन गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार पल्सले एडभान्स्ड एरोडायनामिक डिजाइन, नयाँ ९ किलोवाटको गोगोरो-डिजाइन पावरट्रेन, रिभोलुसनरी एडेप्टीभ एक्टिभ-म्याट्रिक्स लाइटनिङ र प्यानोरामिक हाई- डेफिनिशन टच डिस्प्ले प्रयोग गर्दछ । पल्स गौगोरोको नयाँ हाइपर इाइम पावरट्रेन‌द्वारा सञ्चालित छ, जुन ऊर्जा खपत घटाएर पर्फर्मेन्स बढाउन डिजाइन गरिएको हो । गोगोरोको नयाँ हाई पर्फर्मेन्स एच वान मोटर, पूर्ण रूपमा पुनः डिजाइन गरिएको इलेक्ट्रिक पावर प्लान्ट र पछिल्लो ह्वीलमा ३७८ एनएम टर्कको साथमा अत्याधुनिक ट्याक्सन कन्ट्रील प्रदान गर्ने एक शक्तिशाली स्मार्ट प्रणाली हाइपरकोर रहन्छ । गोगोरोको हाइपर ड्राइभले नयाँ हाइब्रिड वाटर र एयर डुअल-कूलिङ प्रणालीलाई पनि एकीकृत गर्दछ । पल्स ३.०५ सेकेण्डमा नै फुल चार्ज हुन्छ भने म्याक्सिमम पावर आउटपुट ९.० किलोवाट रहेको छ । त्यस्तै, म्याक्सिमम ११ हजार आरपीएम र ३७८ एनएम टर्क रहेको छ । गोगोरो जेगो गोगोरो जेगोले ईभी स्कुटरको बजारमा अरूभन्दा फरक विभिन्न सुविधाहहरू प्रदान गर्छ । यो स्लोक नयाँ बडी डिजाइन र गोगोरोका मुख्य आविष्कारसँग तयार पारिएको कम्पनीले जनाएकाे छ । यसका मुख्य विशेषतामा डुअल ब्याट्री अप्सनहरू समावेश छन् । जसले उच्च गति र लामो रेन्जहरू प्रदान गर्दछ । जेगोमा फराकिला आरामदायी सिट, चौडा ट्रंक र हल्का तौल उपलब्ध छन् जसले यसलाई सजिलै चलाउन र डोहोर्याउन मिल्ने कम्पनीले बताएको छ । गोगोरो जीएक्स २५० गोगोरो जीएक्स २५० अल्टिमेट दुई पांग्रे एसयूभी हो । भारतको महाराष्ट्र‌मा बनाइएको जीएक्स २५० भारतमा निर्मित गोगोरोको पहिलो स्मार्ट स्कुटर हो । पुनः डिजाइन गरिएको क्रसओभर सिरिज, अल टेरेन फ्रेममा बनाइएको छ जसले विभिन्न स्टोरेज, राइडिंग र कस्टोमाइ‌जेसन क्षमता प्रदान गर्दै बढ्‌दो रिजिडिटी र कम्फर्ट प्रदान गर्दछ । कम्पनीका अनुसार क्रसओभर जीएक्स २५० को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ, आराम र स्थिरतालाई जोड दिँदै ठूला भार पनि अटाउन सक्छ । गोगोरो ब्याट्री टेक्नीलोजी विश्व बजारमा हलुका सहरी सवारीसाधनका लागि अग्रणी ब्याट्री स्वापिङ कम्पनीको रूपमा परिचित गोगोरोको इकोसिस्टमको केन्दमा एउटा खुला र इन्टर अपरेबल ब्याट्री स्वापिङ प्लेटफर्म रहको छ । गोगोरी ब्याट्री स्वापिङ भनेको स्वापेबल ब्याट्री रिफ्युलिंगको नयाँ जेनेरेसन हो जसले स्मार्ट, सुरक्षित व्यवसाय र समुदायका लागि गतिशील र बहुमुखी हुन निरन्तर अप्टिमाइज गर्छ । ताइवानमा गोगोरो नेटवर्कले ६,१०,००० भन्दा बढी सवारलाई समर्थन गरेको छ । त्यस्तै २,१०० भन्दा बढी स्थानमा १२,५०० ब्याट्री स्वापिङ स्टेशनको नेटवर्कमार्फत यसका १.४ मिलियनभन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेसनमा रहेका छन् । ताइवानमा गोगोरोको ब्याट्री स्वापिङ स्टेसन पेट्रोल स्टेसन भन्दा बढी रहेको कम्पनीले जनाएको छ । ४००,००० भन्दा बढी दैनिक ब्याट्री स्वाप हुन्छन् ।  गोगोरो ब्याट्री स्वापिङले सन् २०१५ मा सुरु भएदेखि १० लाख टनभन्दा बढी कार्बन डाइअक्साइड बचत गरेको कम्पनीको दाबी छ । ब्याट्री स्वापिङ एउटा इनोभेटिभ अवधारणा हो । जसले चार्ज सकिएको ब्याट्रीसँग फुल चार्ज भएको ब्याट्रीलाई तत्काल प्रतिस्थापन गर्दै प्रयोगकर्तालाई आफ्नो सवारीसाधनको रेन्ज विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्छ । ब्याट्री स्वापिङ टेक्नोलोजीले दुईपांग्रे ईभी अपनाउनका लागि विद्यमान वर्तमान अवरोधहरू समाधान गर्न मद्दत गर्छ । त्यस्तै, सुरक्षित, दिगो र स्केलेबल तरिकामा सहरी मोबाइल ऊर्जा मागको पनि सम्बोधन गर्ने कम्पनीले बताएको छ ।

नाडामा दिपलको बिग ब्यांग अफर, दिपल एस०७ अब प्रि-बजेट मूल्य ७१.९९ लाखमा

काठमाडौं । नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल इभी कारको आधिकारिक वितकर एमएडब्लू वृद्धि अटोकर्प प्रालिले दिपल एस०७ इलेक्ट्रिक एसयूभी तथा भर्खरै बिक्री सुरु गरेको फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडानको लागि नाडा अटो शो केन्द्रित ग्राहक स्किम बिग ब्यांग अफर घोषणा गरेको छ । बिग ब्यांग अफरअन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रि बजेट मूल्य अर्थात् ७१ लाख ९९ हजार रुपैयाँ वा सात वर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफरमार्फत ग्राहकले दिपलको लोकप्रिय मोडेल एस०७ सहज ढंगमा किन्न सक्नेछन् । यसका साथै चांगानले नाडा अटो शोमा सार्वजनिक गरेको दिपल एल०७ इलेक्ट्रिक सेडानलाई ७ वर्षका लागि ७.९९ प्रतिशत निश्चित ब्याजदरमा आफ्नो बनाउन सक्ने सुविधा दिएको छ । यो अफरमार्फत ग्राहकले नेपालकै सबैभन्दा बढी फिचरले भरिएको दिपल ईभीको अनुभव लिन पाउने कम्पनीले बताएको छ । नेपालमा सार्वजनिक भएको केही महिनामै दिपल एस०७ आफ्नो अत्याधुनिक डिजाइन र प्रविधिका कारण लोकप्रिय बनेको कम्पनीको दाबी छ । यसमा १५ भन्दा बढी फिचरहरू छन् जुन नेपालमै पहिलो पटक कुनै पनि कारमा प्रयोग भएका छन् । वेलकम सिट, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्जेलिजेन्ट एडास २.५ आदि जस्ता आकर्षक फिचरहरू रहेका छन् जसले दिपललाई लक्जरी र सुरक्षाका हिसाबले सबैभन्दा बढी फ्युचरिस्टिक ईभी बनाएको छ । भर्खरै सार्वजनिक गरिएको दिपल एल०७ पनि एस०७ जस्तै लक्जरियस, इन्टेलिजेन्ट र प्राविधिक रूपमा बेजोड रहेको कम्पनीले बताएको छ । ६६.८ किलोवाट आवर ब्याट्री भएको यो इभीले सिंगल चार्जमा ५४० किलोमिटरको रेन्ज दिन्छ ।

बैंकहरूको जोड ईभीमा, ७.७७ प्रतिशत ब्याजदरदेखि महिलालाई प्राथमिकता

काठमाडौं । के तपाईं ईलेक्ट्रिकल भेइकल (ईभी) अर्थात् विद्युतीय सवारी साधन किन्दै हुनुहुन्छ वा ईभी सवारी किन्ने योजना बनाउँदै हुनुहुन्छ ? र, सस्तो ब्याजदरमा कर्जा लिने बैंकको खोजिमा हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । किनभने वाणिज्य बैंकहरूले सस्तो ब्याजदरमा ईभी कर्जा प्रदान गरिरहेका छन् । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकहरूले ईभी कर्जामा जोड दिन थालेका हुन् । साथै बैंकहरूले ईभी कर्जामा न्यून ब्याजदरमै लोन उपलब्ध गराउन थालेका छन् । राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमै सवारी कर्जा प्रदान गर्ने भएको छ । बैंकले चाडपर्वलाई मध्येनजर गर्दै ‘फेस्टिभ अफर अफ भेइकल लोन’ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । जुन ब्याजदर बैंकिङ क्षेत्रमा सबैभन्दा कम हो । मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्नेछ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ । यो योजना भदौ कात्तिक मसान्तसम्म मात्र लागू हुने बैंकले जनाएको छ । यो योजनाअन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभरि ब्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको ७ दिनभित्र कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकको आधार दर ६.७१ प्रतिशत रहेको छ । बैंकले विद्युतीय सवारी कर्जा प्रवाह गर्दा आधार दरमा ५ वर्ष अवधिका लागि १.२५ प्रतिशत र ७ वर्ष अवधिका लागि १.४५ प्रतिशत प्रिमियम दर निर्धारण गर्नेछ । अन्य समयमा भने बैंकले विद्युतीय सवारी साधन कर्जा प्रवाह गर्दा बैंकले ७ वर्ष अवधिसम्म ९ प्रतिशतसम्म स्थिर ब्याजदर निर्धारण गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय सवारी साधन कर्जा प्रवाह गर्दा आधार दरमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आधार दर ७.६९ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिएर विद्युतीय सवारी साधन खरिद गर्ने योजना बनाएका ग्राहकलाई एनआईएमबीले ८.८२ प्रतिशत ब्याजदरमा कर्जा दिनेछ । नेपाल बैंकले विद्युतीय सवारी कर्जाका लागि आधार दरमा १.५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । बैंकले ७ वर्ष अवधिका लागि १.५ प्रतिशत प्रिमियममा ईभी लोन प्रदान गर्ने भएको हो । बैंकको आधार दर ७.९७ प्रतिशत रहेको छ । साथै ८० प्रतिशतसम्म फाइनान्सको पनि सुविधा रहेको बैंकले जनाएको छ । एनएमबी बैंकले विद्युतीय सवारी साधन खरिद गर्नका लागि आधार दर ८.४२ प्रतिशतमा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम २.५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ । स्थिर कर्जामा भने बैंकले ८.९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी साधन कर्जा दिनेछ । बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ईभी गाडी खरिद गर्न कर्जा दिने भएको हो । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको बैंकले जनाएको छ । बैंकका अनुसार स्थिर कर्जामा ५ वर्ष अवधिका लागि १०.१० प्रतिशत ब्याजदर तोकेको छ । ग्राहकहरूले सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविस्यतर्फ योगदान दिन सक्ने बैंक्को भनाइ छ । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबी सुलव अटो लोन लिन सक्ने बैंकले जनाएको छ । सिद्धार्थ बैंकको आधार दर ८.११ प्रतिशत रहेको छ । बैंकले विद्युतीय सवारी साधन कर्जाका लागि १०.२५ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ । तर, महिलाले विद्युतीय सवारी साधन खरिद गर्न कर्जा आवेदन दिँदा ९.९९ प्रतिशत मात्रै ब्याजदर तोकेको छ । ग्लोबल आइएमई बैंकले नाडा अटो सोलाई मध्येनजर गर्दै विद्युतीय सवारी कर्जा प्रवाह गर्दा ७.९९ प्रतिशत ब्याजदर तोकेको छ । अन्य समयमा भने बैंकले ९.४९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रदान गर्नेछ । बैंकका अनुसार ५ वर्ष अवधिका लागि बैंकले ९.४९ प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि अवधिका लागि ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकको आधार दर ८.०९ प्रतिशत रहेको छ । बैंकले सवारी कर्जामा भने १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार एभरेष्ट बैंकको आधार दर ७.२९ प्रतिशत रहेको छ । सवारी कर्जाका लागि बैंकले आधार दरमा न्यूनतम १.५ प्रतिशतदेखि अधिकतम ३.५ प्रतिशत प्रिमियम दर तोक्ने जनाएको छ । स्थिर कर्जामा भने बैंकले न्यूनतम ९.५० प्रतिशतदेखि १२.५० प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले अटो लोनका लागि आधार दरमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । बैंकको आधार दर ८.५२ प्रतिशत रहेको छ । बैंकले विद्युतीय सवारीलाई ७ वर्ष अवधिको लागि स्थिर ब्याजमा ८.९९ प्रतिशतमै स्थिर कर्जा दिने जनाएको छ । माछापुच्छ्रे बैंकले सवारी कर्जाका लागि आधार दर ८.२६ प्रतिशतमा न्यूनतम न्यूनतम ०.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । बैंकले सवारी खरिदका लागि स्थिर कर्जामा भने ५ वर्ष अवधिका लागि १० प्रतिशत र १० वर्ष अवधिका लागि ११ प्रतिशतसम्म ब्याजदर तोकेको छ । नबिल बैंकले आधार दर ७.६३ प्रतिशतमा १.५ प्रतिशत प्रिमियम दर तोक्नेछ । स्थिर कर्जाको ब्याजदर भने बैंकले ५ वर्ष अवधिका लागि ८.२५ प्रतिशत र ७ वर्ष अवधिका लागि ८.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । नेपाल एसबीआई बैंकले हायर पर्चेज कर्जामा ३ वर्ष अवधिका लागि १२.५० प्रतिशत र १० वर्ष अवधिका लागि १३ प्रतिशत स्थिर ब्याजदर तोकेको छ । तर, फ्लटिङ ब्याजदरमा भने बैंकले आधार दरमा ०.२५ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम दर तोक्ने जनाएको छ । बैंकको आधार दर ८.३० प्रतिशत रहेको छ । सानिमा बैंकको आधार दर ७.८३ प्रतिशत रहेको छ । बैंकले विद्युतीय सवारी साधन खरिद गर्न ८.४९ प्रतिशत ब्याजदरमा स्थिर कर्जा प्रदान गर्नेछ । बैंकले आधार दरमा २ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि इन्स्योरेन्स कम्पनीले एनआईएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरू प्रतिसेयर मूल्य १ सय रुपैयाँको दरमा सर्वसाधारणमा निष्कासन गर्न एनआइएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई निर्जीवन लघु बीमा सेवा पुर्‍याउने लक्ष्यसहित स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुस १४ मा दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी देशका विभिन्न स्थानहरूमार्फत लघु निर्जीवन बीमा सम्बन्धी कारोबार गर्दै आएको छ । यही भदौ ९ मा गरिएको उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् ।

नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको सहभागिता

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शोमा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । जसअनुसार गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरूमा सबैभन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको महालक्ष्मीले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्दै आएको जनाएको छ । महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरूले स्टल नम्बर ई३३ मा गई सम्पर्क गर्न सक्ने जनाइएको छ ।

सेरेस-३ को मूल्य ५० लाखभन्दा कम, बाहिरियाे दुवै भेरियन्टको मूल्य

काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले नाडा अटो शोमा विशेष अफर घोषणा गरेको छ । कम्पनीले नाडा अटो शोमा कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुने सेरेस ३ को मूल्य तोकेको छ । सेरेस ३ को मूल्य कम्फर्टो मूल्य ४५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ भने र प्रिमियमको मूल्य ४८ लाख ८७ हजार रुपैयाँ तोकिएको छ । यी विशेष मूल्यहरू नाडा विशेष अफरअन्तर्गत पर्न आउने कम्पनीले जनाएको छ । नाडा अटो शोमा सेरेस स्टल ए६ मा सेरेस ब्राण्डका गाडीहरू प्रदर्शनीमा राखिएका ‍छन् ।

यी हुन् नाडामा सार्वजनिक भएका ‘केई’ का तीन मोडल, कुनको मूल्य कति ?

काठमााडैं । केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ल्याएका तीन वटा गाडसँगै मूल्य पनि सार्वजनिक गरेको छ । नाडा अटो शोको उद्घाटनसँगै लक्ष्मी ई मोबिलिटीले ल्याएको ‘केई’ ब्राण्डका तीन वटा नयाँ मोडेलका गाडी र त्यसको मूल्य सार्वजनिक भएको हो । सार्वजनिक भएको इक्वीट–०२ को मूल्य १९ लाख ९६ हजार रुपैयाँ रहेको छ जसले २०० किलोवाटसम्म रेञ्ज दिन्छ भने ३०० किलोमिटरसम्म रेञ्ज भएको गाडीको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, इक्वीट ०४ को ३०० किलोमिटरसम्म रेञ्ज दिने गाडीको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ भने एक्स बी प्रो-ईभीको डिलक्सको मूल्य ४९ लाख ९६ हजार र फ्ल्ग्यापसिपको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । नाडा अटो शोमा यस गाडी किन्नका लागि अफरसमेत राखिएकाे छ । नाडा अटो शामा यो गाडी किन्नेले एक वर्षको बिमा र एक वर्षको सडक करको सुविधा पाउनेछन् । नाडा अटो शोको स्टल नम्बर एच-१६ मा केई ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएका ‍छन् ।