विकासन्युज

प्रभु बैंकको ब्याजदर सार्वजनिक

काठमाडौं । प्रभु बैंकले असोजमा ब्याजदर स्थिर राखेको छ । बैंकले भदौको ब्याजदर नै असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत, संस्थागततर्फ ५.१० प्रतिशत र रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा मुद्दति निक्षेपमा सोही ब्याजदर कायम राखेको थियो । बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ । यसअघि बचत खातमा भदौामा सोही ब्याजदर थियो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ब्याजदर स्थिर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा पनि सोही ब्याजदर लागू थियो ।

कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । कुमारी बैंकले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.७१ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले असोजमा साधारण बचत खातामा भदौको ब्याजदर ४.५१ प्रतिशत प्रदान गर्नेछ । यसअघ भदौमा ५.०६ प्रतिशत ब्याजदर तोकेको थियो । असोजमा बैंकको आधार दर ८.५२ प्रतिशत छ भने स्प्रेडदर ३.८७ प्रतिशत छ । यसअघि भदौमा आधार दर ८.८९ प्रतिशत थियो ।

एभरेष्ट बैंकले घटायो ब्याजदर, आधार दर ७.२९ प्रतिशत

काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले असोजमा साधारण बचत खातामा भदौको ब्याजदर ३.०५ प्रतिशत प्रदान गर्नेछ । असोजमा बैंकको आधार दर ७.२९ प्रतिशत छ भने स्प्रेडदर ४ प्रतिशत छ । यसअघि भदौमा बैंकको आधार दर ७.४५ प्रतिशत थियो ।

सिद्धार्थ बैंकमा कर्जाको ब्याजदर घट्यो, निक्षेपमा स्थिर

काठमाडौं । सिद्धार्थ बैंकले असोजमा ब्याजदर स्थिर राखेको छ । असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर भदौको नै कायम राखेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा भने ७.५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा पनि सोहस् ब्याजदर प्रदान गरेको थियो । बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.५० प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.५० प्रतिशत तोकेको छ । बैंकको कर्जाको ब्याजदर पनि घटेको छ । यसअघि ८.२० प्रतिशत रहेको बैंकको आधारदर ७.९३ प्रतिशतमा झरेको छ । आधार दरमा बैंकले ३.५० प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

सानिमा बैंकको निक्षेप र कर्जाको ब्याजदर घट्यो

काठमाडौं । सानिमा बैंकले असोज महिनामा ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स खातामा ६.९० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत, संस्थागततर्फ ४.९० प्रतिशत र रेमिट्यान्स खातामा ७.२० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा पनि सोही ब्याजदर थियो । बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ८.०३ प्रतिशत रहेकोमा ७.८३ प्रतिशतमा झरेको छ ।

नेपाल बैंकले बढायो निक्षेपको ब्याजदर, आधार दर ७.५४ प्रतिशतमा झर्याे

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले असोज ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर बढाएर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.९५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ६.९५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा बैंकले व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत र रेमिट्यान्सतर्फ ६.२५ प्रतिशत ब्याज तोकेको थियो । बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ५.०१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा पनि सोही ब्याजदर कायम थियो । बैंकले कर्जातर्फको ब्याजदर भने घटेको छ । यसअघि बैंकको आधारदर ७.८७ प्रतिशत रहेकोमा असोजका लागि ७.५४ प्रतिशतमा झरेको छ । बैंकले आधारदरमा ४ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकको स्प्रेडदर भने ३.९६ प्रतिशत रहेको छ ।

तीन महिनादेखि माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर

काठमाडौं । माछापुच्छ्रे बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले भदौ महिनाकै ब्याजदर असोजमा कायम राखेको हो । यसअघि भदौमा पनि बैंकले साउनको ब्याजदर कायम राखेको थियो । बैंकले असोज १ गतेदेखि लागू हुने गरी साउनकै ब्याजदर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । साधारण बचत खातामा भने न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ ।