आज सेयरधनी बने यी दुई कम्पनीको हकप्रदमा आवेदन दिन पाइने

<p>काठमाडौं । दुई कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जी कात्तिक २१ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीको हकप्रद सेयर खरिद गर्न पाउनेछन् [&hellip;]</p>

काठमाडौं । दुई कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जी कात्तिक २१ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् ।

त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीको हकप्रद सेयर खरिद गर्न पाउनेछन् ।

बलेफी हाइड्रोपावरले चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद जारी गर्नेछ ।

यस्तै, लिबर्टी इनर्जीले चुक्ता पूँजीको १०ः५ अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

Share News