विकासन्युज

काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पुगे रवि, भन्छन्- ‘क्रान्तिका लागि तयार बनौं’

काठमाडौं । सहकारीका बचतकर्ताको बचत अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पाटन पुगेका छन् । काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी माग गरेको निर्णयविरुद्ध लामिछानेले उच्च अदालत पाटन पुगेका हुन् । उनले अदालतमा निवेदन दर्ता गरेका हुन् । माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका थिए । उक्त निर्णयविरुद्द लामिछाने शुक्रबार उच्च अदालतपमा पुगेर रिट दर्ता गरेका हुन् । लामिछानेले अदालतमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अब क्रान्ति गर्नुपर्ने बेला आएको बताएका छन् । ‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु । गेट रेडि फर द रिभुलेसन,’ उनले भने । उनले आफ्नो बोल्ने समय एकदमै नजिक आउँदै गरेको र त्यो दिन आएपछि धेरैको बोली बन्द हुने पनि जिकिर गरे । ‘मुलुक एउटा गम्भीर अवस्थामा आएको छ, नेपाली जनताले आशा र भरोसाको रुपमा हेरेको दलको हिसाबले म कुनै आवेग वा उत्तेजनामा आएर अभिव्यक्ति दिने पक्षमा छैन,’ उनले भने । जलासले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका थिए । उक्त निर्णयविरुद्द लामिछाने शुक्रबार उच्च अदालतपमा पुगेर रिट दर्ता गरेका हुन् । लामिछानेले कास्की र रूपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् । कास्की अदालतले ६५ लाख र रूपन्देही अदालतले एक करोड धरौटी माग गरेको थियो । लामिछानेले कास्की र रूपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् । कास्की अदालतले ६५ लाख र रूपन्देही अदालतले एक करोड धरौटी माग गरेको थियो ।

मेरो नेतृत्वको सरकारलाई भ्रष्टाचारीहरुले नै हटाए, अब २०८४ सम्म प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब २०८४ सम्म आफू प्रधानमन्त्री नबन्ने बताएका छन् । शुक्रबार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू २०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका हुन् । उनले अब जनताको साथमा रहने प्रतिबद्धता गर्दै आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको उनको आरोप छ । उनले अहिलेको सरकार भ्रष्टाचारीलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काममा लागिरहेको आरोप लगाए । ‘केपीजी नेतृत्वको सरकारले राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने र नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै काम हो, त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,’ उनले भने ।

स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् । नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरे । कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहन गर्न सरकार तत्पर रहेको बताए ।

नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर घोषणा, यस्ता छन् अफर

काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ । शुक्रबारदेखि सोमबारसम्म (वा स्टक रहुञ्जेल) उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए ५६ फाइभजी प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् । ग्यालेक्सी ५६ फाइभजीले पहिलो पटक ’असम इन्टेलिजेन्स’ सहितको एआई अनुभव ल्याएको छ । वन यूआई सेभेनद्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्‍याएकाे छ । साथै यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्ने सामसुङ नेपालले जनाएको छ । २ हजार रुपैयाँ तिरेर ग्यालेक्सी ए ५६ फाइभजी प्रि-अर्डर गर्न सकिनेछ । प्रि-अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९०० मूल्य पर्ने ग्यालेक्सी फिट थ्री ३ हजार ९०० मा प्राप्त गर्न सक्नेछन् । ग्यालेक्सी ए ५६ फाइभजी १२ जीबी र्‍याम+ २५६ जीबी स्टोरेजको मूल्य ७० हजार ९०० रुपैयाँ रहेको छ भने ८ जीबी र्‍याम+ २५६ जीबी स्टोरेजको मूल्य ६५ हजार ९९९ रुपैयाँ रहेको छ । यो फोन देशभरका आधिकारिक सामसङ स्टोरहरूमा शून्य ब्याजदरमा सजिलो ईएमआई योजनामा पनि उपलब्ध छ ।

गभर्नरको इज्जत राख्न एनपीएमा घारघुर, बैंकका सीईओहरूले राजीनामा दिन सक्ने

काठमाडौं । बैंकिङ प्रणाली र प्रकाशित वित्तीय विवरणहरूप्रति अविश्वास गर्दै अनुभवी बैंकर्सहरूले वित्तीय क्षेत्रमा ठूलो समस्या रहेको दावी गरेका छन् । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले राजधानीमा आयोजित एक कार्यक्रममा सीए तथा पूर्व बैंकर्स अनलराज भट्टराईको प्रस्तुति र त्यसमाथिको ग्रुप छलफलको क्रममा उनीहरूले बिदा हुँदै गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि पनि गम्भीर आक्षेप लगाएका छन् । पूर्व बैंकर्स सीए अनलराज भट्टराईले बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा समस्या देखिनु, खराब कर्जा बढ्दै जानु, देश ग्रे लिष्टमा पर्नु, २५ करोड रुपैयाँबराबर विदेशी मुद्रा अवैधानिक रुपमा ट्रकमा ओसारपसार हुनु, अनौपचारिक अर्थतन्त्र विस्तार हुनुले देशको औपचारिक अर्थतन्त्रमा लागि गम्भीर समस्या चित्रित भएको बताए । सन् २०१५ देखि उच्चदरमा कर्जा विस्तार भएकोमा २०२३ देखि कर्जा विस्तार रोकिएको तर एनपीए वृद्धि उच्चदरमा हुने लागेको उनको विश्लेषण छ । ‘कर्जा दिने बैंक तथा वित्तीय संस्थालाई पूर्ण पारदर्शी बनाउने प्रयास भइरहेको छ, कर्जा लिने पक्षलाई पारदर्शी बनाउने प्रणालीको विकास नभएकाले पनि कर्जाको दुरुपयोग भएको हो, बैंकहरुले कर्जा असुलीमा अहिले समस्या भोग्नु परेको छ,’ उनले भने । नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले अहिले देशको अर्थतन्त्रमा ‘स्ट्रेस र डिस्ट्रेस’ रहेको सुनाए । ‘अरु सबै उद्योग व्यवसाय घाटामा हुने, बैंकले मात्र नाफा कमाउनु पर्ने’ भनेर बैंकरलाई गालि गरिन्थ्यो । अब त्यो गालि बैंकर्सले खानु पर्ने छैन, अहिले बैंक पनि घाटामा जान थालेका छन्,’ उनले भने । उनले ४/५ वटा बैंकको खराब कर्जा कर्जा ५ प्रतिशतमाथि देखिएको बताउँदै त्यसमा धेरैलाई खराब कर्जा व्यवस्थापन गर्न सकस भइरहेको सुनाए । ‘केही बैंकको ५ प्रतिशतमाथि छ, केहीले सकिनसकी ५ प्रतिशत कममा बस्न ४.९, ४.८, ४.७ वा ४.६ प्रतिशत राखेका छन्, उनीहरुले राष्ट्र बैंकले तोकेको मापदण्डभित्र पर्न र व्यवसायमा पर्ने केही समस्याबाट जोगिन घारघुर गरेका मात्र हुन् । उनीहरुको पनि वास्तविक एनपीए ५ प्रतिशत भन्दा माथि छ भनेर बुझ्दा हुन्छ,’ उनले प्रष्ट हुँदै भने । यस्तै, कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले विनासकारी भूकम्प, कोरोना महामारी तथा विश्व अर्थतन्त्रमा रहेको मन्दीको असर बैकिङ क्षेत्रमा देखिएको धारणा राखे । ‘बजार अत्यन्तै चुनौतिपूर्ण छ, एनपीए समग्रमा ४.९२ प्रतिशत छ । तर, यो छिमेकी देशहरु भारत, बंगलादेशको तुलनामा धेरै खराब होइन । बंगलादेश र पाकिस्तालमा एनपीए ९ प्रतिशतभन्दा माथि छ । श्रीलंकामा १३ प्रतिशत नाघेको छ,’ उनले भने, ‘नेपालमा ५ प्रतिशतभन्दा कम छ । यसलाई धेरै खराब भन्न मिल्दैन । तर हामी गम्भीर भएर अगाडि बढ्नुपर्छ ।’ यस्तै, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले सहकारी क्षेत्रमा देखिएको समस्याले नगद प्रवाहमा समस्या भइरहेको सुनाए । विगतका दशकमा बैंकहरुले उच्च दरमा कर्जा वृद्धि गरेकोले त्यसको असर अहिले देखिएको उनको बुझाइ्र छ । उनले सहकारी क्षेत्र समस्यामा पर्दा उपभोगदेखि व्यापार चक्रमा नकारात्मक असर परेको बताउँदै खाद्यान्यको माग करिब २० प्रतिशतले घटेको धारणा राखे । ‘निर्माण सामग्रीको उत्पादन र व्यापार घटेको छ, अटोमोबाइल्सको व्यापार पनि घटेको छ, समग्र व्यापार चेनमा संकुचन आउँदा ऋणीले बैंकको कर्जा भुक्तानी गर्न सकिरहेका छैनन्, त्यसले पनि बैंकलाई कर्जा असुलीमा समस्या परेको हुनुपर्छ,’ उनले भने । नेक्सजेन म्यानेजमेन्ट कम्पनीका प्रबन्ध निर्देशक रमेशकुमार भट्टराईले २०५८ सालदेखि एसेट म्यानेजमेनट कम्पनीको बारेमा बहस भएको तर अहिलेसम्म कानूनी प्रबन्ध नगरिँदा अहिले बैंकिङ क्षेत्रका लागि आवश्यक बैकिङ एसेट म्यानेजमेन्ट कम्पनी अभाव भएको धारणा राखे । ब्याजमा सहुलियत दिने, कर्जा पुर्नसंरचना गर्ने, नीतिगत रुपमा प्रथामिकताका क्षेत्रमा कर्जा प्रवाहमा दवाव सिर्जना गर्ने कार्यले बैकिङ क्षेत्रमा एनपीए बढेको बताए । ‘आउटगोइङ गभर्नरसावले सबै बैंकका सीईओहरुलाई बोलाएर म जाने बेलामा बैकिङ क्षेत्र नराम्रो नदेखियोस् भनेर एनपीए ५ प्रतिशतभन्दा कम राख्न भनेको थिए ।यो सतप्रतिशत सत्य हो ,’ उनले कार्यक्रममा भने -‘चैतपछि एनपीए झन् बढ्ने छ ।’ बैंकका सीईओहरुले इमान्दारपूर्वक प्रोभिजन गर्ने हो भने र प्रुडेन्ट नर्म अनुसार जाने हो भने बैंकहरुको एनपीए १५ प्रतिशतसम्म जान सक्ने उनको भनाइ छ । वर्तमान गभर्नर विदा भएपछि बैंकहरुको एनपीए पनि बढ्ने र धेरै बैंकको सीईओहरुले राजीनामा दिएर हिड्ने अवस्था आउने विश्लेषण उनको छ । बैंकहरूको बास्तविक वित्तीय विवरण वाहिर सार्वजनिक नहुनुमा सीएहरू पनि जिम्मेवार भएको उनले बताए । ‘सीएहरु पनि इमान्दार भएनन् । व्यापारीले बिक्रीको आम्दानीलाई खल्तीमा हाल्दा पनि सीएहरुले हिसाब मिलाई दिए । क्यास सेल गरेर कम्पनी घाटा देखिएका छन्, बैंकको कर्जा तिरेका छैनन्, सीएले हिसाब मिलाइदिएका छन् । यो गलत काम भयो । ५० हजार वा एक लाख रुपैयाँ पाउँदैमा एकाउन्ट म्याचिङ गर्ने काम सीएहरुले गर्नु भएन,’ उनले कार्यक्रममा भने ।

एकै विद्यालयका ८ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए । विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ । विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा २ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए ।  कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

जलस्रोतको दिगो व्यवस्थापनका लागि भोलिदेखि प्रथम राष्ट्रिय पानी सम्मेलन २०२५ आयोजना हुँदै

काठमाडौं प्रथम राष्ट्रिय पानी सम्मेलन- २०२५ को आयोजना हुने भएको छ । नेपाल सरकार, जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्व, राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ नेपालको आयोजनामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जल-सम्बद्ध संघसंस्थाको सहकार्यमा चैत्र ९ गतेदेखि विश्व पानी दिवसको अवसरमा प्रथम राष्ट्रिय पानी सम्मेलन २०२५ आयोजना गर्न लागिएको हो । उक्त सम्मेलन नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा ९ र १० गते २ दिन सम्म चल्नेछ । अतः उक्त कार्यक्रमको शनिबार बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता समुदघाटन हुने जनाइएको छ । नेपाल जलस्रोतको धनी देश भएता पनि यसको व्यवस्थापनमा विभिन्न चुनौतीहरू रहेको र जलवायु परिवर्तन, बढ्दो जनसंख्या, र अव्यवस्थित विकासका कारण पानीको स्रोतमाथि दबाब बढ्दै गएको छ । जलस्रोतको दिगो व्यवस्थापन र उपयोगलाई प्रवर्द्धनका लागि सरकार तथा सरोकारवालाहरूले समान धारणा र एकीकृत कार्यप्रणाली अवलम्बन गरी काम गर्नुपर्ने देखिएकाले पानी सम्मेलन गर्न लागिएको हो । जलवायु परिवर्तन विश्वव्यापी रूपमा देखापरेको गम्भीर समस्या हो । जलवायु परिवर्तनले नेपालको जलस्रोतमा पनि प्रभाव परिरहेको छ जसको कारणले हिमनदी पग्लने, अत्यधिक वर्षा/खडेरी, जलस्रोतको उपलब्धतामा परिवर्तन, जलजन्य प्रकोप र जलको गुणस्तरमा ह्रास जस्ता गम्भीर असरहरू पारिरहेको जनाउँदै यस सम्बन्धमा छिट्टै नै निर्णय गर्नुपर्ने आयोजकले जनाएको छ । जल तथा ऊर्जा आयोग सचिवालयको नेतृत्वमा नेपालमा विसं २०६५ साल देखि जल तथा मौसम सप्ताह मनाइँदै आइएको छ । यसैगरी, हिमनदीका संरक्षणलाई समेत ध्यानमा राखी यस वर्षदेखि ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०२५’ पनि मनाइने भएको छ । जलवायु परिवर्तनको बढ्दो प्रभाव, हिमनदीहरूको निरन्तर गलन तथा जल र मौसमको बदलिादो स्वरूपलाई दृष्टिगत गर्दै नेपालका हिमनदी, जल र मौसमको महत्व र यसको संरक्षणका लागि नीति निर्माण देखि व्यवहारिक समाधान खोज्नेतर्फ विशेष ध्यान दिन आवश्यक रहेको आयोजकले जनाएको छ । जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्दै जलस्रोतहरूको दीगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्ने आयोजकको ठहर छ । सरकार यस क्षेत्रमा कार्यरत सबै सरकारी, गैरसरकारी संस्था तथा विज्ञहरूसँग सहकार्य दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकूलन रणनीतिहरू कार्यान्वयन गर्न अग्रसर रहेको आयोजकले जनाएको छ । पानीको बहुउपयोगबाट मूलुकको आर्थिक, सामाजिक रूपान्तरणमा टेवा पुग्ने हुँदा उक्त दिन पानीको महत्त्व, सोको स्रोत संरक्षण र दीगो उपयोगको लागि सिकिएका असल अभ्यासहरु र चुनौतीहरुको विषयमा पानीसंग सम्बद्ध सरोकारवालाहरूसँग छलफल तथा बहस गर्न दुई दिवसीय ’प्रथम राष्ट्रिय पानी सम्मेलन’ आयोजना गर्न लागिएको हो । सो सम्मेलनमा एकीकृत जलस्रोत व्यवस्थापन, जल–सुशासन, खानेपानी, सरसफाई, जलविद्युत, सिँचाइजस्ता जलस्रोतको बहु–उपयोग र सोमा जलवायु परिवर्तनको असर, जलस्रोतको अन्तरदेशीय सहकार्य र जलस्रोतको उपयोगमा रहेका चुनौती र सिकाइका असल अभ्यासहरू तथा पानीसम्बद्ध विविध विषयहरूमा प्रस्तुतीकरण र नीतिगत छलफल हुने जनाइएको छ ।

विमानस्थलमा समस्या ग्रस्त क्षेत्रको निर्माण ९० प्रतिशत सकियो, चैत्र १९ गतेदेखि १८ घण्टा सञ्चालन हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको समस्या ग्रस्त क्षेत्रको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । निर्माण कार्य चार महिनादेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरेर काम गरिरहेको प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले बताए । उनले भने, ‘समस्याग्रस्त ठाउँमा राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर काम अगाडि बढायौं । जसमा हामीले कुन काम कति गरीसक्ने भनेर लक्ष्य तोकेका थियौं । लक्ष्यअनुसार काम भइरहेको छ । हाल धावनमार्गबाट ७५ मिटर क्षेत्रभित्र पर्ने निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।’ हाल धावनमार्ग कनेक्ट गर्ने ट्याक्सी वेमा माटो फिलिङको काम सकेर पिच गर्ने काम भइरहेको उनको भनाइ छ । यो काम सम्पन्न भएपछि आगामी चैत्र १९ गतेदेखि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला हुने उनले जानकारी दिए । उनले भने,‘ हामीले विमानस्थलमा लक्ष्य लिएको काम करिब ९० प्रतिशत सकिएको छ भने आयोजनाको २८ प्रतिशत काम सम्पन्न भएको छ । लक्ष्य लिएको काम सकिएपछि आयोजनाको काम विमानस्थलमा आगामी तीन वर्षसम्म जारी रहनेछ । जसले जहाज अवतरणमा कुनै समस्या गर्ने छैन । काम निरन्तर चलिरहन्छ ।’ प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गरिरहेको छ । विमानस्थल निर्माणको काम सम्पन्न गर्न १५ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ । निर्माण कार्य सुरु भएको एक वर्ष भइसकेको छ । धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको आयोजनाले जनाएको छ । हाल विमानस्थलबाट आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय उडान हुने गरेका छन् ।