सेयर बजारमा १०४ कम्पनीको मूल्य बढ्यो, ९ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले बढेर २६८८ बिन्दुमा पुगेको छ । 

आज १०४ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बिहीबार बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ । ३१४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, राधी जलविद्युत कम्पनीको ६० करोड, कुमारी बैंकको ४२ करोड, युनिभर्सल पावरको ४० करोड र माउन्टेन इनर्जीको ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज ओम मेयाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
 

Share News