काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले असोजमा साढे ४१ करोड रुपैयाँभन्दा बढी कमिसन आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार असोजमा ९१ वटा ब्रोकर कम्पनीले कुल ४१ करोड ६७ लाख ६९ हजार रुपैयाँ कमिसन आर्जन गरेका हुन् ।
यो भदौ महिनाको तुलनामा १२.२३ अर्थात् ४ करोड ५४ लाख ३९ हजार रुपैयाँ बढी हो । भदौमा ब्रोकर कम्पनीहरुले ३७ करोड १३ लाख ३० हजार रुपैयाँ कमिसन आर्जन गरेका थिए ।
असोजमा कुल कमिसन आम्दानीका आधारमा नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) सबैभन्दा अगाडि रहेको छ । नासाले असोजमा ३ करोड २७ लाख ४७ हजार रुपैयाँ कमिसन आर्जन गरेको छ ।
यस्तै, सानी सेक्युरिटिज (ब्रोकर नं. ४२) ले १ करोड ५४ लाख २२ हजार रुपैयाँ कमिसन आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ । इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) ले १ कराड ४७ लाख ८९ हजार रुपैयाँ र भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) ले १ करोड ४० लाख ३ हजार रुपैयाँ, अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९) ले १ करोड ३७ लाख ८८ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
त्यस्तै, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४) ले १ करोड ३१ लाख ८१ हजार रुपैयाँ, त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८) ले १ करोड १ लाख ९१ हजार रुपैयाँ, एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७) ले १ करोड १ लाख ५३ लाख रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
यस्तै, दीपशिखा सेक्युरिटिज (ब्रोकर नं. ३८) ले ९७ करोड ८८ हजार रुपैयाँ, आर्यतारा इन्भेस्टमेन्ट (ब्रोकर नं. ५७) ले ९७ लाख ३६ हजार रुपैयाँ, दक्षिणकाली इन्भेस्टमेन्ट (ब्रोकर नं. ३३) ले ९४ लाख ९ हजार रुपैयाँ, नेपाल स्टक हाउस (ब्रोकर नं. १४) ले ९० लाख २५ हजार रुपैयाँ, कोहिनूर इन्भेस्टमेन्ट (ब्रोकर नं. ३५) ले ८३ लाख ६८ हजार रुपैयाँ, नबिल स्टक डिलर (ब्रोकर नं. ७७) ले ८२ लाख ५६ हजार रुपैयाँ, ओपल सेक्युरिटिज (ब्रोकर नं. ४) ले ८१ लाख ३० हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
यस्तै, प्रिमियर सेक्युरिटिज (ब्रोकर नं. ३२) ले ७७ लाख ७९ हजार रुपैयाँ, क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नं. ६२) ले ७१ लाख ६ हजार रुपैयाँ, कलश स्टक मार्केट (ब्रोकर नं. ७४) ले ६७ लाख ८५ हजार रुपैयाँ, सुमेरु सेक्युरिटिज (ब्रोकर नं. ३९) ले ६६ लाख ८७ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
त्यस्तै, श्री हरि सेक्युरिटिज (ब्रोकर नं. ५६) ले ६३ लाख ३० हजार रुपैयाँ, क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज (ब्रोकर नं. ५०) ले ६० लाख ९५ हजार रुपैयाँ, अग्रवाल सेक्युरिटिज (ब्रोकर नं. ६) ले ५९ लाख २२ हजार रुपैयाँ, श्री कृष्ण सेक्युरिटिज (ब्रोकर नं. २८) ले ५८ लाख २७ हजार रुपैयाँ, सेयर प्रो सेक्युरिटिज (ब्रोकर नं. ६५)ले ५३ लाख ७३ हजार रुपैयाँ, प्रिमो सेक्युरिटिज (ब्रोकर नं. १६) ले ५२ लाख ६६ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
सेक्योर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ३६)ले ४९ लाख ९८ हजार रुपैयाँ, सुन्धारा सेक्युरिटिज (ब्रोकर नं. ५२)ले ४९ लाख ५४ हजार रुपैयाँ, लिन्च स्टक मार्केट (ब्रोकर नं. ४१) ले ४९ लाख ४ हजार रुपैयाँ, सन सेक्युरिटिज (ब्रोकर नं. ६४) ले ४८ लाख ५८ हजार रुपैयाँ, श्वेता सेक्युरिटिज (ब्रोकर नं. २५) ले ४८ लाख १४ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
के.बी.एल. सेक्युरिटिजले ४७ लाख ७ हजार रुपैयाँ, एसियन सेक्युरिटिजले ४६ लाख ८० हजार रुपैयाँ र सिप्राबी सेक्युरिटिजले ४३ लाख २४ हजार रुपैयाँ, नागरिक स्टक डिलरले ४२ लाख ४७ हजार रुपैयाँ, साउथ एसियन बुल्सले ४२ लाख ६ हजार रुपैयाँ र कुमारी सेक्युरिटिज प्रालिले ४१ लाख १५ हजार रुपैयाँ कमिसन प्राप्त गरेका छन् ।
असोजमा सबैभन्दा कम कमिसन आर्जन गर्नेमा मनी वल्र्ड सेयर एक्सचेन्ज (ब्रोकर नं. ७३) रहेको छ । उक्त कम्पनीले असोजमा २ हजार ६५ रुपैयाँ मात्रै कमिसन आर्जन गरेको नेप्सेको तथ्यांकमा उल्लेख छ ।
यस्तै, पाहि इन्भेस्टमेन्ट (ब्रोकर नं. ७९) ले ५६ हजार २९३ रुपैयाँ, बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) ले ७४ हजार ४१४ रुपैयाँ, गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८) ले ३ लाख ४४ हजार रुपैयाँ, एस.पी.एस.ए. सेक्युरिटिज (ब्रोकर नं. ८७) ले ५ लाख ११ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
यस्तै, सजिलो ब्रोकर (ब्रोकर नं. ९०) ले ७ लाख ३२ हजार रुपैयाँ, माछापुच्छ्रे सेक्युरिटिज (ब्रोकर नं ७६) ले ८ लाख ६ हजार रुपैयाँ, ट्रेडमो सेक्युरिटिज (ब्रोकर नं. ९८) ले ८ लाख ४२ हजार रुपैयाँ, भोले गणेश सेक्युरिटिज (ब्रोकर नं. ६१) ले ९ लाख २५ हजार रुपैयाँ, ग्लोबल आईएमई सेक्युरिटिज (ब्रोकर नं. ८९) ले १० लाख ९ हजार रुपैयाँ, स्वर्णलक्ष्मी सेक्युरिटिज (ब्रोकर नं. ३७)ले ११ लाख ४४ हजार रुपैयाँ, आरविवि सेक्युरिटिज (ब्रोकर नं. ९७)ले ११ लाख ९८ हजार रुपैयाँ, सगरमाथा सेक्युरिटिज (ब्रोकर नं. १८) ले १२ लाख ३६ हजार रुपैयाँ, हातेमालो फाइनान्सियल सर्भिसेज (ब्रोकर नं. ७२)ले १२ लाख ८६ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।