विकासन्युज

नेप्सेको सीईओ बने नारद लुइँटेल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुइँटेल नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गरेको हो । उनी तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् । नेप्सेको सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले फागनु १२ गतेदेखि फागुन २५ गतेसम्म आवेदन आह्वान गरेको थियो । नेप्सेको सीईओ बन्न १० जनाले आवेदन दिएका थिए । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणि चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरेको थियो । छनोट भएका उम्मेदवारहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि चैत ६ गते अर्थमन्त्रालयमा बोलाएको थियो । व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरेको थियो ।

कुलमानलाई हटाएर प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र शाक्य नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देब शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै, आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

सरकारले कुलमानलाई गर्यो बर्खास्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले घिसिङलाइ बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि सरकारले उनलाई ५ पटक स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरण चित्त नबुझेपछि हटाएको हो ।  

धितोपत्र बोर्डले बढायो मर्चेन्ट बैंकरको अण्डरराइटिङ सीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर)हरूको धितोपत्र प्रत्याभूति (अण्डरराइटिङ)को सीमा बढाएको छ । बोर्डले धितोपत्र व्यवसायी नियमावली, २०६४ को अुनसूचीमा भएका व्यवस्थालाई संशोधन गर्दै अण्डरराइटिङको सीमा बढाएको हो । मर्चेन्ट बैंकरहरूले संगठित संस्थासँग सम्झौता गरी संगठित संस्थाले निष्काशन गरेको धितोपत्रहरु बिक्री नभएको अवस्थामा त्यस्तो धितोपत्रहरु स्वीकार गरी धितोपत्रको मूल्य भुक्तानी गर्ने लगायत प्रत्याभूति सम्बन्धी अन्य कार्य गर्न पाउँछन् । बैंक तथा वित्तीय संस्था वा बीमा कम्पनीको सहायक कम्पनी र त्यस्तो कम्पनीको मुख्य कम्पनीबीच मुख्य कम्पनीले दायित्व सकार्ने गरी करार सम्झौता भए मुख्य कम्पनीको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिमको नेटवर्थमा नबढ्ने गरी मर्चेन्ट बैंकरले प्रत्याभूति गर्न सक्ने संशोधित नियमावलीमा उल्लेख गरिएको छ । बोर्डका अनुसार बैंकको सहायक कम्पनीको रूपमा स्थापना भएका मर्चेन्ट बैंकर कम्पनीहरूले माउ कम्पनीको नेटवर्थसम्मको अन्डरराइटिङ गर्ने सक्नेछन् । हाल मर्चेन्ट बैंकरले आफ्नो नेटवर्थको ३ गुणासम्म मात्रै अन्डरराइटिङ गर्नसक्ने व्यवस्था रहेकोमा अब मुख्य कम्पनीको पनि नेटवर्थसम्म अन्डरराइटिङ गर्न पाउनेछन् ।  

भारतमा चर्चा पाएको क्रेटा ईभी अब नेपाली बजारमा, मूल्य ५१ लाखदेखि ५९ लाखसम्म

काठमाडौं । केही समयअघि मात्रै भारती बजारमा सार्वजनिक भएको क्रेटा ईभी अब नेपाली बजारमा पनि सहजै उपलब्ध हुने भएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ भेरियन्टको क्रेटा ईभी सार्वजनिक गरेको हो । कम्पनीले क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने यो कारको प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले क्रेटा ईभी स्मार्टको ५४ लाख ९६ हजार रुपैयाँ र क्रेटा ईभी स्मार्ट ओको ५६ लाख ९६ हजार रुपैयाँ तोकेको छ । हुन्डाईले क्रेटा ईभी ९९ किलोवाट र १२६ किलोवाट मोटर विकल्पमा उपलब्ध गराउने छ भने ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट क्षमताको ब्याट्री हुनेछ । यसले ३९० किमी रेन्ज दिने बताइएको छ ।

आयातभन्दा नेपालमै बनेको गाडी सस्तो, लक्ष्मी कन्टिनेन्टलले बनायो ५३ लाखदेखि ७९ लाख पर्ने कार

काठमाडाैं । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ भेरियन्टको कार सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै कम्पनीले नयाँ कार सार्वजनिक गरेको हो । कम्पनीले क्रेडा मोडल मेड इन नेपाल र क्रेटा ईभी सार्वजनिक गरेको हो । कम्पनीले भारतीय बजारमा केही समयअघि मात्रै सार्वजनिक भएको क्रेटा ईभी सार्वजनिक गरेको छ भने क्रेटा मेड इन नेपाल पनि सार्वजनिक गरेको हो । कम्पनीले क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने यो कारको प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले क्रेटा ईभी स्मार्टको ५४ लाख ९६ हजार रुपैयाँ र क्रेटा ईभी स्मार्ट ओको ५६ लाख ९६ हजार रुपैयाँ तोकेको छ । यस्तै लक्ष्मी कन्टिनेन्टलले क्रेटा मेड इन नेपाल अन्तर्गतको क्रेटा ई पेट्रोल एमटी भेरियन्टको कारको मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने क्रेटा एस ओ एमटीको ६३ लाख ९६ हजार रुपैयाँ, क्रेटा एसएक्स एमटीको ६६ लाख ९६ हजार रुपैयाँ, क्रेटा एस ओ सीभीटी भेरियन्टको ६७ लाख ९६ हजार रुपैयाँ र क्रेटा एसएक्स ओ सीभीटी भेरियन्टको मूल्य ७८ लाख ९६ हजार रुपैयाँ तोकेको छ । लक्ष्मी कन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले आयात गरेकोभन्दा नेपालमै बनेको गाडी उपभोक्तालाई सस्तो पर्ने जानकारी दिए ।

महिला सशक्तीकरण बिना सरसफाइमा दिगो विकास हुन सक्दैनः खानेपानीमन्त्री प्रदीप यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताएका छन् । आज खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ (फेडवास), नेपालद्वारा आयोजित ‘खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्वः अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले खानेपानी र सरसफाइको क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘खानेपानी तथा सरसफाइ आधारभूत आवश्यकता मात्र होइन, समग्र समाजको स्वास्थ्य, समृद्धि र विकाससँग गाँसिएको विषय हो । यस क्षेत्रमा महिलाको भूमिका झनै महत्वपूर्ण छ । घरपरिवारमा पानीको व्यवस्थापन, सरसफाइको अभ्यास र स्वास्थ्य सुरक्षा कायम राख्ने प्रमुख जिम्मेवारी प्रायः महिलाहरूको काँधमा हुन्छ ।’ उनले महिलाहरु हरेक क्षेत्रमा सक्षम रहेको उल्लेख गर्दै महिलालाई अवसर दिए जस्तोसुकै काम पनि गर्न सक्ने बताए । ‘महिलाहरू उपभोक्ता संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कम देखिन्छन् । तर, विडम्बना के छ भने, नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिलाको प्रभावकारी सहभागिता अझै पनि चुनौतीपूर्ण छ,’ उनले भने । उनले महिला सशक्तीकरण बिना खानेपानी तथा सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न नसक्ने समेत उल्लेख गरे । उनले उपभोक्ता संस्थाहरूमा महिलाहरूको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री यादवले खानेपानी तथा सरसफाइ संस्थाहरूमा महिलाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने कानुनी व्यवस्था लागू गरिने तथा महिला नेतृत्व प्रवद्र्धन गर्न विशेष कोटा, क्षमता अभिवृद्धि कार्यक्रम र आर्थिक सहयोग उपलब्ध गराइने बताए ।

राज्यको सही नीति नहुँदा १ हजार ५ सय बढी स्वास्थ्यकर्मी पलायन भइरहेका छन्ः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका बताउका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पाँचौँ दीक्षान्त समारोहमा उाले नीतिसँगै राज्यको परिस्थिति पनि त्यसमा दोषी रहेको धारणा राखे । मन्त्री पौडेलले नेपालमा चाहिने स्वास्थ्यतर्फका जनशक्ति उत्पादन भइरहेपनि हरेक वर्ष १ हजार ५ सयभन्दा बढी विदेशीने समस्या रहेको सुनाए । उनले अब नीतिगत सुधारमार्फत समस्या समाधान गरिनुपर्ने र त्यसमा सबैको सहकार्य आवश्यक रहेको बताए । न्याम्सका सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले नेपालमा गुणस्तरीय र विश्वसनीय उत्पादनमा न्याम्सले पुर्‍याएको प्रशंसा गरे । उनले न्याम्सले जनशक्ति उत्पादन बढाउँदै गए पनि अस्पताललाई आवश्यक पर्ने जनशक्ति भने उपलब्ध हुन नसकेको बताए । ‘उपत्यका बाहिर कतिपय स्वास्थ्य संस्थामा जनशक्ति शून्यताकै स्थिति छ । यहाँ दीक्षित भएका जनशक्ति उपत्यकाभन्दा बाहिर गएर सेवा गर्ने परिस्थिति र अठोट गर्नुपर्छ । सरकारले सङ्गठन एवं व्यवस्थापन सर्वेक्षण ९ओएनएम० गरेर चिकित्सक र नर्सको सङ्ख्या बढाउने र बाहिर जाने परिस्थितिलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेबारे आवश्यक योजना बनाइरहेको छ,’ मन्त्री पौडेलले भने । न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न न्याम्सले योगदान गर्दै आएको बताए । ‘हामीले ७२ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यस संस्थाले विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ, जो उच्चतम गुणस्तरको विशेष स्वास्थ्य सेवा प्रदान गर्न सक्षम हुन्,’ उनले भने । समारोहमा २०८० असाररसाउनदेखि २०८१ वैशाख÷जेठसम्ममा स्नातकोत्तर तह डिएम, एमडी, एमएस, एमडिएस, एमएन तथा स्नातक तह बिएनएस (क्रिटिकल केयर नर्सिङ), बिएमएस (मिडवाइफ्री साइनसेज), बिएससी एमआइटी र ब्याचलर अफ अप्टोमेट्री र भिजन साइन्समा उत्तीर्ण भएका २ सयभन्दा बढी विद्यार्थीलाई दीक्षित गरिएको हो ।