सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटलमा छुट, डिजिटल कारोबारलाई प्रोत्साहन
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र विराटनगरस्थित गोल्डेन हस्पिटलबीच छुट सुविधा प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार सिटिजन्स बैंकका डेबिट वा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले गोल्डेन हस्पिटलमा उपचार गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले यस किसिमको सहकार्यबाट ग्राहकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिएको छ । साथै, नगद कारोबारलाई घटाउँदै डिजिटल कारोबारलाई प्रोत्साहित गर्न यस्तो सहकार्य उपयोगी हुने बैंकको भनाइ छ । सिटिजन्स बैंकले समय–समयमा ग्राहकलाई लक्षित गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट र सुविधाहरू दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबारे विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ । बैंकले डिजिटल बैंकिङ सेवा विस्तारमार्फत वित्तीय पहुँच अभिवृद्धि गर्ने तथा स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सहकार्यमा सहज पहुँचको वातावरण निर्माण गर्न प्रतिबद्धता जनाएको छ ।
सानिमा रिलायन्स धन सञ्चय जीवन बिमा योजना, आफु रहँदा आफैलाई अनि आफु नरहँदा परिवारलाई
जीवनमा आइपर्न सक्ने जोखिमहरू जस्तै रोग ब्याधी, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कारणबाट आफू र आफ्नो परिवारलाई आर्थिक भार थपिन जान्छ । यस्तो अवस्थामा तपाइको परिवारको आर्थिक अवस्था र जीवनको अन्य अनिश्चित अवस्थाहरूलाई सुरक्षित राख्न उचित तयारी गर्नुपर्ने हुन्छ । आफू रहँदा आफूलाई र आफू नरहँदा परिवारलाई पनि हुने गरेर तयारी गर्नु उतम रहन्छ । यस्तो अवस्थाको लागि तयार रहन, सानिमा रिलायन्स लाईफ इन्सोरेन्सले धन सञ्चय जीवन बिमा योजना ल्याएको छ । जसबाट तपाइले बचतका साथै अन्य थुप्रै सुविधाहरू पाउन सक्नुहुन्छ । यस बीमा योजनबाट आफूले सक्रिय आम्दानी गर्न नसक्ने समयमा समेत आर्थिक सुरक्षा पाउन सकिनेछ । आफूले अनुशासित रुपमा बचत गरेको रकम केही वर्ष पछि बोनस सहित फिर्ता पाउन सकिनेछ। साथै आफ्नो जीवन काल पश्चात पनि परिवारले बिमांक रकम यस योजना अन्तर्गत पाउन सक्नेछन् । यो बीमा योजनामा बीमितले अतिरिक्त शुल्क भुक्तानी गरेर ३ किसिमका थप सुविधा प्राप्त गर्न सक्छन्। जसअन्तर्गत बीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी असक्तता र बीमा शुल्क छुट सुविधा प्राप्त गर्नेछन् । बीमालेख चालु रहेको अवस्थामा बीमितको दुर्घटना बाट मृत्यु भएको खण्डमा बीमांक रकमको दोबर रकम सम्म आश्रीतले एकमुष्ट भुक्तानी प्राप्त गर्न सक्नेछ । साथै पूर्ण स्थायी अशक्तता सुविधा अन्तर्गत बीमितलाई बीमांक सम्मको रकम १२० महिनासम्म मासिक किस्तामा भुक्तानी गरिनेछ । यसका साथै बीमा शुल्कमा छुट सुविधासमेत पाइनेछ । यदि बीमित कुनै दुर्घटना पश्चात पूर्ण स्थायी अशक्तता भएमा उसको तिर्न बाँकी बीमाशुल्क पुरै मिनाहा हुनेछ । बीमितले ५, १०, १५, २०, २५ र ३० वर्ष अवधिको बीमा छनोट गर्न सक्नेछन् । भुक्तानी अवधि भने आफ्नो अनुकुलता अनुसार ५, १०, १५, २० र २५ वर्षको रोज्न सक्नेछन् । सबै खाले बीमा अवधिमा एकमुष्ट बीमा शुल्क भुक्तानीको सुविधा समेत समावेस गरिएको छ । योजनामा सहभागी हुनको लागि बीमितको प्रवेश उमेर कम्तीमा १८ वर्ष र बढीमा ६५ वर्षको हुनुपर्नेछ । न्यूनतम ५० हजार बीमांक बराबरको बीमालेख खरिद गर्न सकिने यो योजनामा आधिक्तममा भने बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण गरिनेछ। । यो जीवन बीमालेख किन खरिद गर्ने ? यो बीमालेख अन्तर्गत बीमितले बिमा समाप्ति मिती र बीमितको उमेर १०० वर्ष पुग्दा दुई पटक रकम भुक्तानी पाउँछन् । सावधिक र आजीवन बीमाको सुविधा समावेश गरिएको यो जीवन बीमाले बीमितलाई आजीवन आर्थिक सुरक्षा र बचतको प्रत्याभूति प्रदान गर्दछ । सक्रिय जीवन यापनको निश्चित उमेर पछि जीवनको उत्तरार्धमा नियमित आम्दानी समेत नहुने समयका लागि आर्थिक सुरक्षाको बाटो अवलम्बन गरेर सार्थक जीवन जिउनका लागि यो जीवन बिमा महत्त्वपूर्ण छ । साथै छोटो समय बीमाशुल्क भुक्तानी गरी जीवनभरिका लागि आर्थिक सुरक्षा यो बीमालेखले प्रदान गर्दछ । यो बीमालेख खरिद गर्ने उचित समय कुन हो ? आजीवन आर्थिक सुरक्षा प्रदान गर्ने यस बीमालेखमा बिमीतले दुई पटक सम्म रकम भुक्तानी पाउने हुँदा आफ्नो आर्थिक योजना बमोजिम पहिलो भुक्तानी जीवनको सक्रिय अवस्थामा र दोस्रो भुक्तानी जीवनको उत्तरार्धमा पाउने गरी बिमा आरम्भ गर्नुपर्छ । बिमा आरम्भ तपाईँको नियमित आम्दानीको सुरुवात सँगै गर्नु पर्दछ । यदि तपाईँले आज भन्दा पहिले बिमा गर्नु भएको छैन वा यस खालको बिमा गर्नु भएको छैन भने पनि धन सञ्चय जीवन बिमा आजै गर्नु उचित हुन्छ । सानिमा रिलायन्स जीवन बिमा नै किन ? सानिमा रिलायन्सले नेपाल मै उत्कृष्ट जीवन बिमाहरू प्रदान गर्दछ । नेपाली समाजको आवश्यकता पहिचान गरी फरक र नयाँ किसिमका बीमालेखहरु पस्कन कम्पनी सफल र सक्षम रहेको छ । आर्थिक रूपमा सुदृढ र सम्पन्न तथा सामाजिक हिसाबले प्रतिष्ठित घरानाबाट प्रवर्धित यस कम्पनीको वित्तीय अवस्था सबल हुनुका साथ पारदर्शी र उत्कृष्ट संस्थागत सुशासनबाट सञ्चालित रहरेकाले तपाइको बिमा लेख हरेक प्रकारले सुरक्षित रहेको छ । बिमा अवधिको समाप्तिमा बिमा रकम तथा नियमानुसार आर्जित बोनस रकम तथा सो पश्चात् बीमालेखको सर्त अनुसार बीमित १०० वर्ष सम्म जीवित रहेमा बीमितलाई र सो भन्दा पहिले मृत्यु भएमा बिमा रकम बीमितको कानुनी हकवालालाई भुक्तानी गरिन्छ । यसरी यो बिमा अवधि समाप्ति पश्चात् पनि चलिरहन्छ । साथै छोटो समय बीमाशुल्क भुक्तानी गरी जीवनभरिका लागि आर्थिक सुरक्षा यो बीमालेखले प्रदान गर्दछ ।
खर्च गर्न नसक्दै बजेट बढाउने तयारी, १९ खर्बको नयाँ बजेट ल्याउने तयारीमा सरकार
काठमाडौं । आगामी आर्थिक वर्षका लागि जेठ १५ मा सरकारले चालु वर्षको भन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ । आगामी वर्षका लागि चालु वर्षको भन्दा आकार बढाएर बजेट सार्वजनिक गर्न लागेको सरकारले अहिले भने पोहोरको वर्षमा जति पनि बजेट खर्च गर्न सकेको छैन । महालेखा नियन्त्रक कार्यलयकाअनुसार गत वर्ष १८ खर्ब ६० अर्बको बजेट ल्याइएकोमा नयाँ बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन अर्थात आजसम्म सरकारले १२ खर्ब २१ अर्बको बजेट खर्चेको छ । नेपालमा पहिलो बजेट वि.सं. २००८ माघ २१ गते तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोईरालाको पालामा अर्थमन्त्री सुवर्ण शमशेरले प्रस्तुत गरेका थिए । बजेटको आकार ५ करोड २५ लाख २९ हजार रहेको थियो । पछिल्ला वर्षहरूमा हेर्दा जहिल्यै बजेटको आकार बढाउने तर खर्च गर्न सरकार चुक्दै आएको छ । पछिल्ला दश वर्षलाई हेर्ने हो भने सरकारले ठूलो बजेट ल्याउने होड चल्ने गरेपनि खर्च अपेक्षित रुपमा हुन नसकेको प्रष्ट पार्छ । अर्थ मन्त्रालयकै तथ्यांकहरु हेर्दा आर्थिक २०७२/७३ मा ८ खर्ब १९ अर्बको बजेट ल्याइएकोमा ६ खर्ब १ अर्ब मात्रै खर्च भएको थियो । बजेटको आकार बढाएर २०७३/७४ मा तत्कालिन सरकारले १० खर्ब ४८ अर्बको बजेट ल्याएपनि जम्मा ८ खर्ब ३१ अर्ब मात्रै खर्च भएको थियो । २०७४/७५ मा हेदा बजेटको आकार १२ खर्ब ७८ अर्ब पुगेको देखिन्छ । खर्च भने सो वर्षमा १० खर्ब ८४ अर्ब मात्रै भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा आइपुग्दा बजेटको आकार १३ खर्ब १५ अर्ब पुगेको थियो । सो वर्षमा ११ खर्ब १० अर्ब खर्च भएको थियो भने २०७६/७७ तत्कालिन सरकारले १५ खर्ब ३२ अर्बको ठूलो आकारको बजेट ल्यायो । तर सो वर्षमा त्यसअघिको वर्षमा भन्दा पनि कमजोर अर्थात १० खर्ब ९१ अर्व मात्रै बजेट खर्च भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा १४ खर्ब ७४ अर्बको बजेट ल्याइएको थियो । सोही वर्ष ११ खर्ब ९६ अर्ब मात्रै खर्च भयो । २०७८/७९ मा १६ खर्ब ३२ बजेट ल्याइएपनि १३ खर्ब १० मात्रै बजेट खर्च भएको थियो । त्यस्तै, २०७९/८० मा बजेटको आकार १७ खर्ब ९३ अर्ब पुग्यो तर सो वर्षमा १४ खर्ब २१ अर्ब बजेट खर्च भएको तथ्यांकले देखाउछ । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बजेटको आकार केही कम गरेर १७ खर्ब ५१ अर्बको बजेट ल्याइएकोमा १४ खर्ब ८ अर्ब बजेट खर्च भएको थियो । चालु आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ६० अर्बको बजेट तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ल्याएकोमा अघिल्लो आर्थिक वर्षको भन्दा पनि कम बजेट खर्च भएको छ । जसले बजेट निर्माण गर्ने अधिकारीहरूको क्षमतामाथि पनि गम्भीर प्रश्न उठाएको छ । अहिले सम्म चालु आर्थिक वर्षको बजेट १२ खर्ब २१ अर्ब मात्रै कार्यान्वयन भएको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको जति पनि बजेट खर्च नगरेको सरकारले आगामी वर्षका लागि राष्ट्रिय योजना आयोगले दिएको १९ खर्ब हाराहारीको बजेट ल्याउँदैछ । वैदेशिक सहयोगमा संकुचन, राजश्व समेत खुम्चिरहेकै बेला सरकारले ठूलो आकारको बजेट ल्याउन भन्दा पनि कार्यान्वयनमुखी बजेट ल्याउनुपर्नेमा विज्ञ तथा निजी क्षेत्रले बताउँदै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बजेटमा सुझाव दिएको सुझावमा पनि हचुवाको भरमा आकार नबढाउन भनेको छ । महासंघले दिएको सुझाव अनुसार अबको कम्तीमा दुई बर्ष बजेटको आकार तय गर्दा राजश्वको वृद्धिदर जति नै बजेटको आकार वृद्धि गर्नुपर्छ । यस्तो बेलामा सरकारले बढिभन्दा बढि खर्च गर्नुपर्ने केही अर्थशास्त्रीहरूको भनाइ छ । तर सन १९७० को दशकताका सरकारले दैनिक खर्च सञ्चालन कम गर्ने, निजी क्षेत्र र सर्वसाधारणलाई करको दर कम गरी उत्पादन र उपभोग बढाउने विषय पनि प्रमुखताका साथ आएको देखिन्छ । त्यसैले तत्काल सुधारका लागि पूँजीगत खर्च बढाउने र उपभोग बढाउने नीति लिनुपर्छ । ऋण लिएर साधारण खर्च धेरै गर्नु उपयुक्त हुँदैन । त्यसो त, आगामी बर्षको बजेट ल्याउने अघिल्ला दिनसम्म संसदमा अवरोध छ । भोलि नै बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक बाध्यता छ । संसद खुल्ने, नखुल्ने अझै निर्क्यौल भएको छैन । खासगरी प्रमुख प्रतिपक्ष दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरुद्ध गरिरहेको छ । जसकारण बजेट अधिवेशन नै प्रभावित भइरहेको छ । संसद् अवरुद्ध भएकै कारण सरकारले आर्थिक सर्वेक्षण समेत ल्याउन सकेको छैन ।
राजावादीको आन्दोलन भड्काउने ओलीको अभिव्यक्ति, सुरक्षा निकायसँग भने : चक्रपथभित्र छिर्न नदिनू
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनलाई रोक्न निर्देशन दिएका छन् । जेठ १५ गते हुने भनिएको राजावादीको प्रदर्शनसँग सम्बन्धित अभिव्यक्ति दिँदै ओलीले राजावादीलाई चक्रपथभित्र प्रवेश गर्न नदिन निर्देशन दिएका हुन् । बिहीबार चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा ब्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभित्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ । सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् । तर, यी दुवै कार्यक्रम कहाँ हुने भन्ने टुंगो लागेको छैन । दुवै समूहले सरकारका कुनै पनि निकायसँग कार्यक्रम आयोजनाका लगि ठाउँ माग गरेका छैनन् । ओलीले यसअघि दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै मानव अधिकार आयोगले पनि चिन्ताव्यक्त गरेको थियो ।
सेयर बजारमा १४८ कम्पनीको मूल्य बढ्यो, ८ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले बढेर २६९३ बिन्दुमा पुगेको छ । आज १४८ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२३ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको ६० करोड, युनिभर्सल पावरको ५१ करोड, बुटवल पावर कम्पनीको ३५ करोड र कुमारी बैंकको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ओम मेगाश्री फर्मा र पीयोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
मझगाउँ विमानस्थलको निर्माण तीव्र, ८५ प्रतिशत धावनमार्गको कालोपत्र सकियो
महेन्द्रनगर । महेन्द्रनगरस्थित निमार्णधिन मझगाउँ विमानस्थलको एक हजार ३०० मिटर धावनमार्ग कालोपत्र गरिएको छ । विमानस्थलको एक हजार ५२५ मिटर धावनमार्गमध्ये एक हजार ३०० मिटर धावनमार्ग कालोपत्रे गरिएको मझगाउँ विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले जानकारी दिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनामातहत रहेको २२५ मिटर जमिन प्राप्तीमा ढिलाइ भएपछि निर्माण कम्पनीले एक हजार ३०० मिटर मात्रै कालोपत्र गरेको हो । अहिले विमानस्थललाई सेनाले प्रयोग गरिरहेको जग्गा प्राप्त भएपछि बाँकि रहेको धावनमार्ग निमार्णको काम सुरु तयारी गरिएको छ । 'धावनमार्गको २५० मिटर जग्गा नेपाली सेनाले प्रयोग गर्दै आइरहेको थियो त्यसमा पनि हामीले काम गर्नका लागि अनुमति पाइसकेका छौँ ।' विमानस्थल आयोजना प्रमुख ओझाले भने, 'अब जग्गा प्राप्तीमा कुनै विवाद छैन केही दिनमा काम सुरु हुन्छ ।' उनले विमानस्थलको ६१ प्रतिशत काम सम्पन्न भइसकेको बताए । विमानस्थलको धानवमार्ग कालोपत्रेको काम असारभित्र सक्ने लक्ष्य राखिएको छ । पहिलो चरणको धावन मार्ग निर्माणको काम सकिएपछि नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणमा टर्मिनल भवन निर्माणका लागि तयारी गरिरहेको विमानस्थल प्रमुख ओझाले बताए । मझगाउँ विमानस्थल स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको हो । जसअनुसार भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत लगानी रहने छ । विमानस्थल निमार्ण सम्पन्न भएपछि पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने यहाँका स्थानीयले अपेक्षा गरेका छन् । विमानस्थल सञ्चालनमा आएपछि भारतको उत्तराखण्ड/उत्तरप्रदेशको ठुलो जनसङ्ख्यालाई यहाँबाट पशुपतिनाथ, मुक्तिनाथ, लुम्बीनी र पोखराको पर्यटकिय क्षेत्रसम्म लैजान सकिने सम्भावना छ । यहाँका पूर्व सांसद डा दीपकप्रकाश भट्टले भने, 'पर्यटन क्षेत्रबाट रोजगारीका सम्भावना बढ्दै गएका छन् विमानस्थलले कञ्चनपुरको विकासमा महत्वपूर्ण टेवा पुगाउँछ ।' उनले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको ठाउँ भएकाले विमानस्थल सञ्चालनमा आउन जरुरी रहेको बताए । विमानस्थल सञ्चालनमा आए पश्चिमी नाका गड्डाचौकीबाट भित्रिने तेस्रो मुलुकका पर्यटकका लागि पनि सहज हुने अपेक्षा गरिएको छ । अहिले यहाँबाट आउने पर्यटक सडक मार्ग हुँदै काठमाडौँ, पोखरालगायतका पर्यटकिय गन्तव्यमा जाने गरेका छन् । 'यहाँ धेरै ठाउँमा विमानस्थल बनेर पनि सञ्चालनमा आउन सकेका छैनन ।' यहाँका स्थानीयवासी गणेश जोशीले भने, 'विमानस्थ लबनेर मात्रै हुँदैन विमानस्थलमा विमान सञ्चालनहुने कुरामा पनि सुनिश्चितता हुनुपर्छ ।' उनले कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निमार्ण भइसकेको र दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण सुरु भइरहेकाले राजधानीसँगको सहजताका लागि विमानस्थल आवश्यक रहेको बताए । विसं २०३४ सालदेखी २०५७ सालसम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । बन्द विमानस्थल पुनःसञ्चालनका लागि तीन वर्षमा काम सक्ने गरी २०७८ मा निर्माण कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त समयावधि गत वर्ष माघ १० उक्त समय सकिएपछि एक वर्ष म्याद थप गरिएको छ । रासस
बिजुली छैन भनेर झुटो गुनासो गर्ने धरानका युवकमाथि अनुसन्धान
विराटनगर । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र कोशी प्रदेश कार्यालयले कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्र तथा ग्रीड महाशाखाहरूको संयुक्त अनुगमन तथा सेवा प्रवाह मूल्याङ्कन सम्पन्न गरेका छन् । ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, कोशी प्रदेश प्रमुख राजीव सिंह तथा ऊर्जा मन्त्री दीपक खड्काका स्वकीय सचिव भूपाल मान बस्नेतसहितको टोलीले आइतबार र सोमबार दुई दिनसम्म विराटनगर, दुहबी, इटहरी लगायतका वितरण केन्द्र तथा ग्रीड महाशाखामा स्थलगत अवलोकन गरेका हुन् । टोलीले अनुगमनकै क्रममा उपभोक्ताहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै विद्युत सेवा प्रवाहमा देखिएको समस्या, सम्भावना र सुधारको पक्षमा महत्वपूर्ण जानकारी संकलन गरेको छ । टोलीले विशेष रूपमा विराटनगर वितरण केन्द्र, दुहबी वितरण केन्द्र, दुहबी ग्रीड महाशाखा र इटहरी वितरण केन्द्रमा निरीक्षण गर्दा सामान्यतः सेवा प्रवाह सन्तोषजनक पाइए तापनि केही उपभोक्ताबाट आएको गुनासोमा गम्भीरताका साथ ध्यान दिएको जनाएको छ । अनुगमनकै क्रममा एक अचम्मको घटनाले टोलीको ध्यान खिचेको छ । सागर थापा नाम बताउने एक व्यक्तिले साँझ ८:१५ बजे ९७६३७०२७३४ नम्बरबाट फोन गरी धनकुटामा विद्युत सेवा अवरुद्ध भएको जानकारी दिएका थिए । तर प्राधिकरणले सो क्षेत्रको अवस्थाबारे बुझ्दा कतै पनि विद्युत अवरुद्ध नभएको पुष्टि भयो । थप अनुसन्धानका क्रममा ती व्यक्तिले कर्मचारीलाई दुस्ख दिने नियतले अपमानजनक र उछ्रीनखल शैलीमा भाषा प्रयोग गर्दै ‘बत्ती गएको’ भन्दै सामाजिक सञ्जाल र युट्युबलगायत प्लेटफर्महरूमा राखिदिने धमकिपूर्ण शब्द प्रयोग गरेको खुलेको छ । ऊर्जा मन्त्रीका स्वकीय सचिव भूपाल मान बस्नेतका अनुसार ती व्यक्ति धरानको पानमाराबाट फोन गरिरहेको पत्ता लागेको छ । उनले झुटा जानकारीमार्फत नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको छवि धमिल्याउने प्रयास गरेको निष्कर्षमा पुगेपछि सम्बन्धित निकायमा सूचना दिइएको हो । अहिले ती व्यक्तिको सम्बन्धमा प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको छ । केही दिन अघि मात्रै ऊर्जा मन्त्री दीपक खड्काले झुटा विवरण दिएर सरकार र संस्थाको बदनाम गर्ने गतिविधिमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याउने चेतावनी दिएका थिए । उक्त घटनाले मन्त्रीको भनाइ व्यवहारमा परिणत हुँदै गएको देखिन्छ। ऊर्जा मन्त्रालय र कोशी प्रदेशको संयुक्त अनुगमन टोलीले नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिंदै, सत्य र तथ्यको आधारमा सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले आगामी दिनमा यस्ता झुटा सूचना फैलाउने कार्यप्रति शून्य सहनशीलता अपनाउने स्पष्ट सन्देश दिएको छ ।
गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूद्वारा संसद अवरोध कायमै
काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले बुधबार पनि संसद अवरोध कायमै राखेका छन् । भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै उनीहरुले अवरुद्ध कायम राखेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणको अनुसन्धा गरिरहे पनि विपक्षी दलले भने यस प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग अघि सारेका छन् । सभामुख देवराज घिमिरेले संसद अवरुद्ध नगरी दलगत रुपमा आफ्ना धारणाहरु राख्न आग्रह गरे । तर प्रतिपक्षी दलहरुको निरन्तरको अवरोधपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।