माथिल्लो तामाकोसीले सञ्चय कोषबाट थप ७ अर्ब ६६ करोड ऋण लिँदै
काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत बढेपछि थप ऋण लिने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले अपुग ७ अर्ब ६६ करोड थप कर्जा लिनका लागि ऋण दाता संस्थालाई पत्राचार गरेको छ । ऋणदाता कर्मचारी संचय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बीमा संस्थानसंग छलफल सुरु भएको छ । “आगामी आर्थिक वर्षका लागि आवश्यक भएकाले यो महिनाभित्र ऋण दिनका लागि अनुरोध गरेका छौं” तामाकोसीका एक अधिकारीले भने । ती अधिकारीका अनुसार सञ्चय कोषले १२ प्रतिशत ब्याजदर मागेकाले कुरा मिलेको छैन् । कम्पनीले १०.५ प्रतिशत ब्याजमा ऋण लिएको थियो । यसअघि निर्माण अवधिको ब्याज (आईडीसी) बाहेक ३५ अर्ब २९ करोड अनुमानित लागत तय भएको थियो । कम्पनीले ४१ अर्ब ६७ करोड रुपैयाँ वित्तीय व्यवस्थापन गरेको थियो । जसअनुसार सेयरपुँजी १० अर्ब ५९ करोड, सरकारको ११ अर्ब ८ करोड, संचय कोष, टेलिकम, बीमा संस्था र लगानी कोषको २० अर्ब लगानी भएको थियो । भूकम्प, नाकावन्दी, मूल्यवृद्धि, डलरको भाउ बढेको र सुरुङको डिजाइन परिवर्तनले गर्दा लागत बढेर निर्माण अवधिको ब्याजबाहेक ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । नपुग ७ अर्ब ६६ करोड रुपैयाँ ऋण लिनका लागि पक्रिया अघि बढेको कम्पनीले साधारण सेयर निष्कासनका लागि सार्वजनिक गरेको आव्हानपत्रमा उल्ले गरिएको छ । काम सुरु गर्दा १ डलर बराबर ८० रुपैयाँ थियो । अहिले बढेर ११० रुपैयाँसम्म पुगेको छ । आयोजनाको समय र लागत बढेपनि ब्याज खर्च मात्रै १७ अर्ब रुपयाँ पुग्ने अनुमान गरिएको छ । डलरको मूल्य बढ्दा ७ अर्ब रुपैयाँ दायित्व बढेको आव्हानपत्रमा उल्लेख गरिएको छ । नयाँ लागतलाई सञ्चालक समितिले अनुमोदन गरिसकेकाले ऋण लिने प्रक्रिया अघि बढेको हो । हाल आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भएको छ । आउदो वैशाखदेखि आयोजनाबाट बिजुली उत्पादन हुने छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । बिजुली बिक्रीबाट कम्पनीले साढे १० अर्ब रुपैयाँ हारहारीमा आम्दानी गर्ने छ । अपर तामाकोसीले ३ वर्षपछि ४ अर्ब १० करोड रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरिएको छ । कम्पनीले आव ०७८÷०७९ मा ६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ संचित नाफा गर्नेछ । आयोजना सञ्चालन भएको साढे ९ वर्ष्भित्र कर्जा चुक्ता गर्नेछ । आईडीसी बाहेक निर्माण अवधिको ब्याज बाहेक प्रतिमेगावाट १० करोड ८१ लाख रुपैयाँ पुगेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने छ । आयोजनाको बिजुलीको मूल्य प्रतियुनिट औसत ५ रुपैयाँ ३० पैसासम्म पुग्ने छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, राष्ट्रिय बीमा संस्थानको २ र नागरिक लगानी कोषको २ प्रतिशत स्वामित्व छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत लगानी रहेको छ आयोजनाको साधारण सेयर (आईपीओ) असार २४ गते आइतबारदेखि निष्कासन हुने भएको छ । प्रवद्र्धक अपर तामाकोसीले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।आईपीओ निष्कासनपछि चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्ने छ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ ।
नेपाल वायुसेवा निगमः डाकोटाबाट वाइडबडीसम्म
काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आफ्नो स्थापनाको ६० वर्षको इतिहासमा पहिलोपटक वाइडबडी विमान भित्र्याएर व्यावसायिक योजनाका साथ विभिन्न गन्तव्यमा उडान भर्ने तयारी गरेको छ ।सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६० वर्षे दौरानमा हालै वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएको हो । ‘अन्नपूर्ण’ नामको वाइडबडी यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमले अमेरिकी कम्पनी एएआरसँग खरीद गरेका दुईवटा वाइडबडी विमानमध्ये पहिलो विमान आएको हो । दोस्रो विमान डेढ महिनापछि ल्याइनेछ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार पहिलो चरणमा दुबई÷दोहा उडान गरिनेछ भने त्यसपछिका चरणमा जापान, दक्षिण कोरिया र साउदी अरेबियाको रियादमा उडान भर्ने योजना छ । निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । हाल एक बोइङ नाइन एसिबी–७५७ र ए–३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीनवटा ट्विनअटर विमान छन् । निगमले बोइङ ७५७ एयरबस ए–३२०, टवीनअट्टर वाई १२ ई, र एमए ६० गरी कूल पाँच प्रकारका विमानबाट आफ्नो सेवा सञ्चालन गरिरहेको जनाएको छ । सन् १९६० मा जहाजको संख्या दोब्बर भयो । १९७२ मा निगमले दुईवटा बोइङ र १९८७ मा थप दुई वटा बोइङ जहाज खरीद गरी आफ्नो शाखलाई थप मजबुत गराउँदै गयो । विसं २०४९÷५० सम्म आइपुग्दा निगमले निकै फड्को मारेको थियो । त्यतिबेला निगमसँग दुईवटा बोइङ, तीनवटा पिलाटस पोर्टर, तीनवटा एभ्रो, र १० वटा ट्विनअटर गरी २० वटा जहाज थिए । तर चुस्त व्यवस्थापनको अभाव तथा राजनीतिक हस्तक्षेपलगायतका कारण निगम धराशायी अवस्थामा पुग्यो । निगमको इतिहासमा सन् १९९० को दशकलाई स्वर्णिम सयम मानिने गरिन्छ । त्यतिखेर गन्तव्य विस्तारको हिसाबले निगमको फैलावट जापानको ओसाका, चीनको साङ्घाई हुँदै युरोपली मुख्य शहरहरु लण्डन, पेरिस, फ्र्याङफर्टसम्म पुगेको थियो । निगमसँग स्वदेशी विमान चालकहरु प्रशस्त थिए । त्यतिखेर निगम दक्षिण एशियाकै प्रतिष्ठित वायु सेवा कम्पनीका रुपमा स्थापित थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवतजावतको तथ्यांकलाई हेर्दा सन् २०१५ मा ३२ लाख ९७ हजार ९६२ रहेकामा सो बढेर सन् २०१६ मा ३५ लाख १० हजार ७४२ पुगेको छ । निगमको बजार हिस्सा पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । सन् २०१५ बजार हिस्सा करीब ९५ प्रतिशत रहेकामा सन् २०१६ मा ११५ पुगेको छ । सन् २०१५ मा सबैभन्दा बढी पर्यटक ओसार्ने वायु सेवाको सूचीमा निगम पाँचौँ स्थानमा रहेकोमा सन् २०१६ मा निगम सो सूचीको पहिलो स्थानमा आइपुगेको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ आव २०७२÷७३ मा तीन लाख ४४ हजार यात्रुलाई सेवा प्रदान गरेका थियो भने आव २०७३÷७४ मा चार लाख २१ हजार यात्रु बोकेको छ । स्थापनाको ६० वर्षे इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा चिन्ता बढेको छ । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धा आदि कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवद्र्धन आदिले निकै उकासिएको अधिकारीहरु बताउँछन् । महाप्रबन्धक कंसाकारले विभिन्न आरोह अवरोहलाई चिर्दै निगम अहिलेको अवस्थामा नाफा कमाइरहेको बताउछन् । यद्यपि, निगमले कति नाफा कमायो भनेर उनले खुलाएनन् । डेढ वर्षअघि निगमले ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । महाप्रबन्धक कंसाकारले निगममा नयाँ वाइडबडी विमान भित्र्याएसँगै संस्थालाई पूर्ण व्यावसायिक बनाई विश्वका एयरलाइन्ससँग प्रतिस्पर्धी बनाउने योजनाका साथ काम अघि बढाइएको जानकारी दिए। निगमका अनुसार ग्राउण्ड ह्याण्डलिङमार्फत निगमले दैनिक ९ हजार याुत्र र १ हजार ४ सय ब्यागेजको व्यवस्थापन गर्दै आएको छ । यो सेवाबाटै निगमले एक वर्षअघि आइसागो सर्टिफिकेटसमेत प्राप्त गरेको थियो । निगमको हीरक महोत्सवलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले निगमको ६० वर्षे आरोह–अवरोहमा आशालाग्दा र दुःखद दुवै क्षण रहेको र विगतको कमीकमजोरीबाट सच्चिएर निगमलाई प्रतिस्पर्धी संस्थाका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । “इतिहासमा गर्भ गर्ने हैन, प्रगति कति भयो त्यो मुख्य कुरा हो । अब, विगतका कमजोरीबाट शिक्षा लिएर भविष्यको सहज बाटो लिनु आजको आवश्यकता र चुनौती हो । आगामी दिनमा विश्वका प्रतिस्पर्धी एयरलाइन्ससँग प्रतिस्पर्धी बन्नैपर्छ,” उनले भने। सँगै खुलेका एयरलाइन्सले फड्को मार्दा निगमको अवस्थामा सुधार नआउनु दुःखद पक्ष हो भन्दै मन्त्री अधिकारीले निगमको व्यवस्थापनलाई प्रभावकारी रुपमा सुधार्न जरुरी भएको उल्लेख गरे । मन्त्री अधिकारीले भने, “अब, तपाईंहरु (निगम) लाई विमानको कमी हुने छैन, भविष्यमा धेरै नेपाली विमान आकासमा उड्नेछन् यसका लागि सरकारको पूर्ण सहयोग र जनताको साथ रहनेछ, त्यसैले निगमले व्यावसायिक योजनालाई प्रभावकारी कार्यान्वयन गरी गन्तव्य विस्तार र व्यापार प्रवद्र्धनमा ध्यान दिनैपर्छ, प्रभावकारी रणनीतिक साझेदार भित्र्याएर भए पनि निगमको क्षमतालाई सुधार्नै पर्छ ।” सन् २०२० मा २० लाख र सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक पु¥याउने सरकारी योजनालाई साकार तुल्याउन राष्ट्रिय ध्वजावाहक बलियो र सफल हुनैपर्ने खाँचौ औँल्याउँदै मन्त्री अधिकारीले निगमको साख नउक्सिएसम्म देशले पर्यटन विकासमा सफलता हासिल गर्न सक्दैन भने। सो अवसरमा मन्त्री अधिकारीले निगमको पूँजी वृद्धि गरी दुर्गम क्षेत्रमा हवाई सेवा विस्तारका लागि आगामी आवका लागि ५ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिने जानकारी दिए । निगमले पूँजी वृद्धिका लागि २० अर्ब रुपैयाँ माग गरेको थियो । रासस
महासंघका अध्यक्ष राणा नयाँ दिल्ली प्रस्थान, एसडीएफ साझेदारी सम्मेलनमा भाग लिँदै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छिन् । दिल्लीमा भोलिदेखि आयोजना हुन लागेको सार्क विकास फोरम(सार्क डेभलपमेन्ट फोरम)को साझेदारी सम्मेलन–२०१८(एसडीएफ पार्टनरशिप कनक्लेभ २०१८मा भाग लिन महासंघका अध्यक्ष राणा आइतबार(आज) भारत गएकी हुन् । अध्यक्ष राणासँगै उक्त सम्मेलनमा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल, सार्क उवासंघका सदस्य वासुदेव गौतम र निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले भाग लिनेछन् । सार्क विकास फोरमले आयोजना गरेको उक्त साझेदारी सम्मेलनमा महासंघका अध्यक्ष राणाले नेपाल र सार्क राष्ट्रहरू बीचको आपसी सम्बन्ध, साझेदारी तथा सहकार्यका सम्भाव्यता विषयमा नेपाली निजी क्षेत्रको धारणा राख्नु हुने कार्यक्रम छ । सार्क सदस्य राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू र सार्क उद्योग वाणिज्य संघको सहभागिता रहने उक्त सम्मेलनलाई दक्षिण एशियाको रणनीतिक एवं क्षेत्रीय महत्व बढाउने महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको छ । परियोजना साझेदारी तथा लगानीका माध्यमबाट क्षेत्रीय एकिकरण(रिजअनल इनकर्पोरेसन थ्रु प्रोजेक्ट कोलाबोरेसन एण्ड इन्भेष्टमेन्ट) विषय वस्तुमा केन्द्रीत रहने उक्त दुई दिने सम्मेलनमा आर्थिक, सामाजिक, सामाजिक उद्यमशीलता विकास तथा साना तथा मझौला उद्यम लगायतका विषयमा व्यापक छलफल गरी सम्भावित परियोजनामा लगानी जुटाउने वातावरण समेत बनाइने छ । तीव्र आथिक विकासका माध्यमबाट दक्षिण एशिया भित्र सामाजिक रुपान्तरण तथा गरिवी निवारण गरी यस क्षेत्रका जनताहरूको जीवनस्तर सुधारमा कार्य गर्ने उद्देश्यले सार्क विकास फोरमको गठन सन् २०१० अप्रिलमा भएको हो । यसको मुख्यालय भुटानको थिम्पुमा रहेको छ ।
द ब्रिटिश कलेजद्धारा ‘अलम्नाइ नेटवर्क’ को गठन, अध्यक्षमा आवाहन श्रेष्ठ
काठमाडौं । द ब्रिटिस कलेजले ‘अलम्नाइ नेटवर्क’ को गठन गरेको छ । होटल हिमालयमा आयोजित एक कार्यक्रममा कलेजले उक्त नेटवर्कको नाम ब्रिटिश कलेज अलम्नाइ नेटवर्क (बीसीएएन) दिएको छ । कार्यक्रममा द ब्रिटिश कलेजका प्रिन्सिपल डा. जोन बैटमैन, प्रोगाम लिडर्स, स्टाफ रपुर्व द ब्रिटिश कलेज तथा द ब्रिटिस मोडेल कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यो अलम्नाइ नेटवर्क चार क्षेत्रहरू मेन्टरसिप, करिअर, इभेन्ट्स र सामुदायिक सेवामा लक्षित रहेको छ । बिसिएएनले प्रभावकारी रुपमा सिस्टमलाई जडान गर्ने, नेटवर्क गर्ने तथा टिबिसी तथा बिएमसीका विद्यार्थीहरुलाई करिअर ब्रेक गर्ने क्षेत्रहरु उपलब्ध गराउनुका साथै सामाजिक विकास कार्यको प्रचार गर्ने लक्ष्य लिएको छ । बिसिएएनको अध्यक्षमा आवाहन श्रेष्ठ, उपाध्यक्षमा अलिना प्रजापति, महासचिवमा परिबेश विडारी, कोषाध्यक्षमा तेजस्वी थापा, समितिका अन्य सदस्यहरूमा सुमन श्रेष्ठ, सोनाम यांगीलामा र कल्पना पन्त रहेका छन् । बिसिएएनका अध्यक्ष श्रेष्ठले अलम्नाइ सदस्यहरुले एउटा सञ्जालको वेब बनाउने र दुवै उत्थान र अविश्वसनीय रूपमा उपयोगी हुन सक्ने बताएका छन् ।
घरमा बसेर व्याचलर्स पढ्ने हो ? व्यवस्थापन र कानूनका ४ विषयमा खुला विश्वविद्यालयमा भर्ना खुल्यो
काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका लागि व्यवस्थापन र कानून संकायको ४ विषयको पढाइ सुरु गर्न लागेको छ । विश्वविद्यालयले आइतबारबाट भर्ना खुल्ला गरेको छ । विश्वविद्यालयले एमबीए, एमएसडिएमजी, एलएलबी र बिबिएस विषयको पढाइ सुरु गर्न लागेको हो । एमबीए २ वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम हो । एमबीए पढनका लागि जुनसुकै विधामा स्नातकोत्तर वा सो सहर द्धितीय श्रेणीमा उत्तिर्ण वा सिजीपिएमा २.७ अंक प्राप्त गरेको हुनुपर्ने विश्वविद्यालयले जनाएको छ ।एमएसडिएमजी २ वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम हो । एमएसडिएमजी पढनका लागि जुनसुकै विधामा स्नातकोत्तर वा सो सहर हुनुपर्ने छ । एलएलबी ३ वर्षे वर्षीय स्नातक कार्यक्रम हो । एलएलबी पढनाका लागि जुनसुकै विधामा स्नातक उत्तीर्ण वा सो सहर हुनुपर्ने छ । बीबीएस ३ वर्षीय स्नातक कार्यक्रम हो । कक्षा १२ वा सो सरह उत्तीर्ण हुनुपर्ने छ । विश्वविद्यालयले एमबीए, एमएसडिएमजी, एलएलबी र बीबीएस विषयको लागि भर्ना खुला गरेको प्रा.डा. लेखनाथ शर्माले बताए । भर्ना आवेदनको फारम विश्वविद्यालयको वेभसाइटमा गएर भर्न सकिने छ । एमबीए र एमएसडिएमजी भर्ना साउन ३१ गतेसम्म तोकेको छ । बीबीएसको साउन १५ गतेसम्म तोकेको छ । एलएलबीको भने अर्काे सूचना निकालीने शर्माले बताए । एमबिए र एमएसडिएमजीको प्रवेश परीक्षा साउन १९ गते बिहान ८ः३० बजे काठमाडौँ, पोखरा, वीरगञ्ज, इटहरी र कोहलपुरमा हुने विश्वविद्यलयले जनाएको छ । अवेदन शुल्क एमबिए १ हजार २००, एमएसडिएमजी १०००, एलएलबी १००० र बिबिएस ३०० रुपैयाँ तोकेको छ । विश्वविद्यालयले यस अघि लाइब्रेरी इन इनफरमेसन म्यानेजमेन्ट, पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ईलर्निङ, मास्टर एण्ड ईगर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ शुरु गरिसकेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे २ अर्ब नाघ्ने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ११.८ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको १३औँ वार्षिक साधारणसभाले कम्पनीको २.५० प्रतिशत बोनस र ९.३० प्रतिशत नगद गरी सो लाभांश पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस वितरण गर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । २.५० बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । यस विकास बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा करिब १४ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन, १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले करिब २५ करोड ०६ लाख रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ ।
मेसी हारिरहे, तर यो पटक मेसीका लागि रुने आसु मसँग थिएन !
खेमराज श्रेष्ठ काठमाडौं । २०१४ को विश्वकपमा १-० को अन्तरले जर्मनीसँग अर्जेन्टिना पछि परिरहेको थियो । जब मेसीले फ्रि-किक प्रहार गर्न लागेका थिए । मलाई १ प्रतिशत पनि विश्वास थिएन कि त्यो गोल हुन्छ भनेर । जब रेफ्रिले खेल सकिएको अन्तिम सिठ्ठी फुके मैले मेसीलाई नियाली रहेँ । उनले जब आसु खसाल्न थाले मैले पनि रोक्न सकिन । कोपा अमेरीका एक सयौं वर्ष पुगेको अवसरमा भएको फाइनल खेल पेनाल्टीबाट हुने निधो भयो । सबैभन्दा पहिले पेनाल्टी प्रहार गर्न चीलीका अटुरो भिडाल आए । उनले पेनाल्टी आउट हानेपछि अर्जेन्टिनाका मेसी गए । उनी पनि असफल भए । फेरी ट्रफि चीलीले उचाल्यो । यसपटक पनि मेसी नराम्ररी रोए । मेसीको रातो आखाँ देखेर मैले पनि आसु थाम्न सकिनँ । केहि समयपछि सन्यास घोषणा गर्दै यो मेरा लागि होइन भने । उनको सन्यास फिर्ता गर्न अर्जेन्टिनाको राष्ट्रपति समेत लागे अन्तत उनले संन्यास फिर्ता लिदै कठिन रुपमा विश्वकपमा स्थान बनाए । जब रसिया विश्वकपको चहल-पहल शुरु भयो मेरो एउटै सोचाई थियो यो वर्ष मेसीले ट्रफि उचाल्नेछन् । सबै आलोचकको मुख बन्द गर्नेछन् । अन्तिम समयमा नाइजेरियालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो । यो पछि कुनैपनि हालतमा मेसीले विश्वकप जित्छ भन्ने मेरो विश्वास थियो । जब अन्तिम १६ को खेल नजिकिदैं आयो । मैले सपनामै अर्जेन्टिना फ्रान्ससँग २ ० हारेको देखेको थिए । मनमनै यो डर थियो कि बिहानी पख देखेको सपना । तर एक मन सपना न हो भन्ने थियो । दिनभर छटपटि भैरहेको थियो । साथीहरु आत्तिदै साेध्दै थिए आजको खेल के हाला मैले सान्तोना दिदैं भन्थेँ राम्रो सेट र सम्हालिएर खेले जित्छ । खेल समय नजिकिदैं थियो जब गोल डट कममा अर्जेन्टिनाको खेलाडीको सूचि हेरेँ । अग्युइरो, हिग्योइन र डिबाला बेन्चमा रहेछन् । यसले अर्जेन्टिनालाई ठूलो संकट निम्त्याउने मेरो आकलन थियो । उसो त मुख्य प्रशिक्षक जोर्जे साम्पोलीले खेलाएको खेलमा टिमले एउटै खेल राम्रो खेल्न सकेको थिइन । खेलको दोस्रो हाफमा जब साम्पोलीले रोजोलाई परिवर्तन गरे अब अर्जेन्टिनाले पुर्ण रुपमा हार बेहोर्याे भन्ने मेरो अनुमान थियो । खेलको अन्त्यतिर कठोर हुदैं रेफ्रिले ४ मिनेटको मात्र समय थपे तर १ गोलले खेल फर्किने अवस्थामा थिएन । फेरी एक पटक रेफ्रिले मेसी असफल भयो भन्दै सिठ्ठी बजायो । म केबल टोलाइरहेँ तर यो पटक मसँग मेसीका लागि रुने आसु थिएन किनकी उनीहरु आफ्नो कारणले कपबाट बाहिरिदैं थिए । प्रशिक्षक साम्पोली आफ्नो टोलीलाई उत्तर कोरियाले रकेट परिक्षण गरे जस्तो कहिले कुन त कहिले कुन खेलाडी छनोट गरिरहेक थिए । यो पटक अर्जेन्टिनाको ब्युरोकेसी यति कमजोर भएर रसिया पुग्यो कि क्षमतावान खेलाडी भएर पनि कुनै पनि खेलमा आफ्नो योजना सफल बनाउन सकेन । मेसीका लागि अब पुर्ण रुपमा अन्तर्राष्टिय ट्रफि जित्ने बाटो बन्द भएका छन् । भलै उनले सन्यास लिने हिम्मत गरेका छैनन । कप जित्नका लागि सबै कुराको साथ चाहिन्छ । अर्जेन्टिनाका लागि नियमित गोल किपर रोमेरो घाइते हुनु पहिलो दुर्भाग्य रह्यो । त्यस्तै मिडफिल्डर लान्जिनी पनि घाइतेका सिकार भए । मेसीले प्रतियोगिता अघि कप्तानीबाट राजिनामा दिनुपर्ने मेरो व्यक्तिगत विचार थियो तर उनले त्यसो गरेनन् । पुराना असफलताले निरास बन्ने डरले उनी पटक पटक त्यसलाई विर्सने प्रयास गरिरहेका थिए । जे गरे पनि ४ पटक विश्कप खेलेका मेसीको भागमा विश्वकप परेन । उनलाई हुने हार दैव नटार भने जस्तै भयो । न कराएर हुने न रोएर । खेलले हार्न राम्ररी सिकाउँदो रहेछ । विश्वकप खेलप्रमिहरुको यस्तो चाड हो जहाँ एक वर्षको जित हार वषौसम्म चर्चाको विषय बनिरहन्छ । मिठा होस् या नमिठा अनुभव ।
गैरसरकारी संस्थालाई सिद्धार्थ फाउन्डेसनको आर्थिक सहयोग
काठमाडौं । सिद्धार्थ बैंकद्धारा प्रवद्र्धित सिद्धार्थ फाउन्डेसनले रुरल हेल्थ एण्ड ऐजुकेशन सर्भिस(रेहेष्ट) नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । फाउन्डेसनले पिछडिएका बालिकाहरुको शिक्षाका लागि ८४ हजार ८८५ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो । उक्त सहयोग रकम एक समारोहकाबीच बैंकका साहयक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले रेहेष्टका निर्देशक कमला अधिकारीलाई हस्तान्तरण गरेका थिए । सो रकम विभिन्न जिल्लाका पिछडिएका १६ जना छात्रछात्राहरुको अध्ययनका लागि बैंकले रेहेष्टमार्फत् प्रदान गरेको हो । उक्त कार्यक्रममा बैंकका साहयक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले आगामी दिनहरुमा पनि यस फाउन्डेसनले यस्तै प्रकारका विभिन्न सामाजिक कार्यहरुमा सहभागिता जनाउँदै जाने जानकारी दिएका छन् । बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११६ एटीएम र ८०० भन्दा बढी पीओएस् मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।