द ब्रिटिश कलेजद्धारा ‘अलम्नाइ नेटवर्क’ को गठन, अध्यक्षमा आवाहन श्रेष्ठ

<p>काठमाडौं । द ब्रिटिस कलेजले ‘अलम्नाइ नेटवर्क’ को गठन गरेको छ । होटल हिमालयमा आयोजित एक कार्यक्रममा कलेजले उक्त नेटवर्कको नाम ब्रिटिश कलेज अलम्नाइ नेटवर्क (बीसीएएन) दिएको छ । कार्यक्रममा द ब्रिटिश कलेजका प्रिन्सिपल डा. जोन बैटमैन, प्रोगाम लिडर्स, स्टाफ रपुर्व द ब्रिटिश कलेज तथा द ब्रिटिस मोडेल कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यो अलम्नाइ [&hellip;]</p>

काठमाडौं । द ब्रिटिस कलेजले ‘अलम्नाइ नेटवर्क’ को गठन गरेको छ । होटल हिमालयमा आयोजित एक कार्यक्रममा कलेजले उक्त नेटवर्कको नाम ब्रिटिश कलेज अलम्नाइ नेटवर्क (बीसीएएन) दिएको छ ।

कार्यक्रममा द ब्रिटिश कलेजका प्रिन्सिपल डा. जोन बैटमैन, प्रोगाम लिडर्स, स्टाफ रपुर्व द ब्रिटिश कलेज तथा द ब्रिटिस मोडेल कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो । यो अलम्नाइ नेटवर्क चार क्षेत्रहरू मेन्टरसिप, करिअर, इभेन्ट्स र सामुदायिक सेवामा लक्षित रहेको छ ।

बिसिएएनले प्रभावकारी रुपमा सिस्टमलाई जडान गर्ने, नेटवर्क गर्ने तथा टिबिसी तथा बिएमसीका विद्यार्थीहरुलाई करिअर ब्रेक गर्ने क्षेत्रहरु उपलब्ध गराउनुका साथै सामाजिक विकास कार्यको प्रचार गर्ने लक्ष्य लिएको छ ।

बिसिएएनको अध्यक्षमा आवाहन श्रेष्ठ, उपाध्यक्षमा अलिना प्रजापति, महासचिवमा परिबेश विडारी, कोषाध्यक्षमा तेजस्वी थापा, समितिका अन्य सदस्यहरूमा सुमन श्रेष्ठ, सोनाम यांगीलामा र कल्पना पन्त रहेका छन् ।

बिसिएएनका अध्यक्ष श्रेष्ठले अलम्नाइ सदस्यहरुले एउटा सञ्जालको वेब बनाउने र दुवै उत्थान र अविश्वसनीय रूपमा उपयोगी हुन सक्ने बताएका छन् ।

 

Share News