घरमा बसेर व्याचलर्स पढ्ने हो ? व्यवस्थापन र कानूनका ४ विषयमा खुला विश्वविद्यालयमा भर्ना खुल्यो

<p>काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका लागि व्यवस्थापन र कानून संकायको ४ विषयको पढाइ सुरु गर्न लागेको छ । विश्वविद्यालयले आइतबारबाट भर्ना खुल्ला गरेको छ । विश्वविद्यालयले एमबीए, एमएसडिएमजी, एलएलबी र बिबिएस विषयको पढाइ सुरु गर्न लागेको हो । एमबीए २ वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम हो । एमबीए पढनका लागि जुनसुकै विधामा [&hellip;]</p>

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका लागि व्यवस्थापन र कानून संकायको ४ विषयको पढाइ सुरु गर्न लागेको छ । विश्वविद्यालयले आइतबारबाट भर्ना खुल्ला गरेको छ । विश्वविद्यालयले एमबीए, एमएसडिएमजी, एलएलबी र बिबिएस विषयको पढाइ सुरु गर्न लागेको हो । एमबीए २ वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम हो ।

एमबीए पढनका लागि जुनसुकै विधामा स्नातकोत्तर वा सो सहर द्धितीय श्रेणीमा उत्तिर्ण वा सिजीपिएमा २.७ अंक प्राप्त गरेको हुनुपर्ने विश्वविद्यालयले जनाएको छ ।एमएसडिएमजी २ वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम हो । एमएसडिएमजी पढनका लागि जुनसुकै विधामा स्नातकोत्तर वा सो सहर हुनुपर्ने छ । एलएलबी ३ वर्षे वर्षीय स्नातक कार्यक्रम हो । एलएलबी पढनाका लागि जुनसुकै विधामा स्नातक उत्तीर्ण वा सो सहर हुनुपर्ने छ ।

बीबीएस ३ वर्षीय स्नातक कार्यक्रम हो । कक्षा १२ वा सो सरह उत्तीर्ण हुनुपर्ने छ । विश्वविद्यालयले एमबीए, एमएसडिएमजी, एलएलबी र बीबीएस विषयको लागि भर्ना खुला गरेको प्रा.डा. लेखनाथ शर्माले बताए । भर्ना आवेदनको फारम विश्वविद्यालयको वेभसाइटमा गएर भर्न सकिने छ । एमबीए र एमएसडिएमजी भर्ना साउन ३१ गतेसम्म तोकेको छ । बीबीएसको साउन १५ गतेसम्म तोकेको छ । एलएलबीको भने अर्काे सूचना निकालीने शर्माले बताए ।

एमबिए र एमएसडिएमजीको प्रवेश परीक्षा साउन १९ गते बिहान ८ः३० बजे काठमाडौँ, पोखरा, वीरगञ्ज, इटहरी र कोहलपुरमा हुने विश्वविद्यलयले जनाएको छ । अवेदन शुल्क एमबिए १ हजार २००, एमएसडिएमजी १०००, एलएलबी १००० र बिबिएस ३०० रुपैयाँ तोकेको छ ।

विश्वविद्यालयले यस अघि लाइब्रेरी इन इनफरमेसन म्यानेजमेन्ट, पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ईलर्निङ, मास्टर एण्ड ईगर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ शुरु गरिसकेको थियो ।

Share News