यस्तो बन्दैछ न्युरोड र दरबारमार्गमा स्मार्ट पार्किङ (भिडियोसहित)
काठमाडौं । काठमाडौं महानगरले स्मार्ट पार्किङको लागि साउनमा विस्तृत योजना प्रतिवेदन डीपीआर कम्पनीको छनोट गर्ने भएको छ । आयोजना एक वर्ष ढिलो गरि शुरु हुने भएको हो । काठमाडौंमा पार्किङको समस्या कम गर्नको लागि धर्मपथ, दरबारमार्ग लगायतको स्थानमा बनाउन २०७४/०७५ कै नीति तथा कार्यक्रममा समेटेको थियो । आवश्यक प्राविधिक र दक्ष जनशक्तिको अभावमा काम छिटो सञ्चालन गर्न नसकिएको महानगरका प्रवक्ता ज्ञानेद्र कार्कीले बताए । उनले भने हाम्रो देशमा दक्ष प्राविधिक जनशक्ति रहेको छैन, यसको लागि अन्तर्राष्ट्रिय जनशक्ति आवश्यक हुन्छ । त्यसैले समयमै काम शुरु गर्न नसकिएको हो । स्मार्ट पार्किङ महत्वपुर्ण काम भएकोले साउनबाट यसको काम शुरु हुन्छ ।उनका अनुसार महानगरले बनाउने भनेको मनोरेल पनि यस्तै समस्या आउनेछ । स्मार्ट पार्किङ लागि जमिन तयारी रहेपनि काम गर्ने कम्पनी महानगरले छनोट गर्न नसकेको हो । पार्किङ निर्माणको लागि धर्मपथमा महानगरले २ रोपनी जग्गा तयार गरिसकेको महानगरका पुर्वाधार प्रमुख महेश काफ्लेले बताए । यस पार्किङमा भर्टिकल पार्किङ, अन्डरग्राउन्ड पार्किङ गर्न सकिनेछ । यस पार्किङमा १५० वटा कार पार्किङ गर्न सकिनेछ । बागबजार, खिँचापोखरी, कलंकी, महाराजगन्ज, सामाखुसी, कोटेश्वर, बल्खु, कौशलटार, जडीबुटी, बानेश्वर, तीनकुने, न्युरोडलगायत क्षेत्रमा पार्किङ नहुँदा सडकमै सवारीसाधन पार्किङ गर्ने गरिएको छ । काफ्लेका अनुसार दरबारमार्गमा पनि साइकल, मोटरसाइकल, कार, जीप लगायतको सवारी पार्किङ गर्न सकिने गरि स्मार्ट पार्किङ निर्माण गरिनेछ । स्मार्ट पार्किङमा अग्रीम बुकिङ समेत गर्न सकिनेछ । यसको लागत भनेपछि नै तोकिने पुर्वाधार प्रमुख काफ्लेले बताए । धर्मपथमा ८ तलाको पार्किङ बन्नेछ । प्रत्येक तलामा २० वटासम्म कार पार्किङ गर्न सकिनेछ । १ देखि माथिल्लो तलामा इलेक्ट्रिक मार्फत कार राख्न र निकाल्न सकिनेछ । यस्ताे छ भिडियाे
अन्तर्राष्ट्रियस्तरको शिक्षा अब पेन्टागन कलेजमै, स्नातकोत्तर स्तरको पढाई शुरु गर्दै
काठमाडौं । २०६६ सालमा स्थापित भएको पेन्टागन इन्टरनेशनल कलेज उच्च शिक्षाको क्षेत्रमा ख्याति प्राप्त, अनुभवी तथा विशुद्ध प्राज्ञिक व्यक्तिहरूको समूहबाट सञ्चालित कलेज हो । यस कलेज स्थापना कालदेखि नै विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाईमा परेको छ । पेन्टागन कलेजमा १० वर्षदेखि ३० वर्षसम्मका अनुभव संगालेका प्राध्यापकहरू आफै सञ्चालक रहेका छन् । जसले गर्दा गुणात्मक शिक्षा पाउनेमा कुनै शंका नरहेको यस कलेजका प्राचार्य तथा शिक्षाविद् डा. कृपाराम मेहताले बताएका छन् । कलेजको प्राज्ञिक निर्देशक केशवराज पोखरेले यहाँका अधिकांश प्राध्यापकहरू उच्च माध्यामिक तहको पाठ्यक्रममा पढाइ हुने किताबहरूको लेखक पनि भएकाले शिक्षणको गुणवत्ता अन्तर्राष्ट्रियस्तरको हाराहारीमा पुगेको बताएका छन् । कलेजमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशालाहरू, सुविधा सम्पन्न पुस्तकालय, उपत्यका तथा हिमालहरूको विहङ्गम दृश्य अवलोकन गर्न सकिने तथा विविध किसिमका स्वस्थकर एवं स्वादिष्ट परिकारहरू उपलब्ध हुने क्यान्टिनजस्ता भौतिक पूर्वाधारहरु रहेका छन् । कलेजका शैक्षिक निर्देशक डा. कृपाराम मेहता भन्छन्- ‘नेपाली शिक्षालाई विश्वस्तरीय बनाउन आधुनिक शिक्षण विधि प्रयोग गरिएको छ । यस प्रयोजनका लागि मोडेल, चार्ट, ओभरहेड प्रोजेक्टर तथा मल्टिमिडियाजस्ता सामग्री प्रयोग गरी हाम्रा विद्यार्थीहरूलाई कठिन विषयहरूलाई पनि सरल ढंगले बुझाउने प्रयास गर्दछौं ।’ उनले थपे- ‘हामीले पारिवारिक वातावरण सिर्जना गरी विद्यार्थीहरूसँग मित्रवत व्यवहार गर्दछौं, जसले गर्दा विद्यार्थीहरू भयरहित भएर आफ्ना समस्याहरू शिक्षकहरूसमक्ष राख्ने गरेका छन् । यहाँ शिक्षकको दायित्व कक्षाकोठाभित्र मात्रै सीमित हुँदैन, हामी जुनसुकै बेला विद्यार्थीहरूलाई सहयोग गर्न तत्पर हुन्छौं ।’ विज्ञान संकायजस्तै व्यवस्थापनतर्फ पनि यस कलेजले उत्कृष्टता स्थापना गरेको देखिन्छ । होटल म्यानेजमेन्ट, ल्याब, कम्प्युटर ल्याबको साथै आवश्यक फिल्ड भिजिटको व्यवस्था गरिएको हुनाले विद्यार्थीहरू आफ्ना शैक्षिक अभिष्ट पूरा हुने कुरामा विश्वस्त देखिन्छन् । शैक्षिक निर्देशक डा. अरविन्द केसरी भन्छन्- ‘एक्काइसौं शताब्दीका चुनौतीहरूलाई सामना गर्न सम्पूर्ण आधारभूत कुराहरूलाई दृष्टिगत गरी कहलिएका योग्य शिक्षकहरूद्धारा अध्यापन गराउँदैछौं ।’ साथै, उनले शिक्षालाई व्यवहारिक बनाउन आधुनिक शिक्षण विधिहरू प्रयोग गरी व्यवस्थापनको शिक्षा किताबमा मात्रै सीमित नभई व्यवहारमा पनि उतार्ने प्रयास गरेको बताएका छन् । कलेजले उत्कृष्ट शिक्षणसँगसँगै अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा पनि उत्तिकै चासो राखेको छ । अन्तर्राष्ट्रिय मापदण्डको बास्केट बल कोर्ट, क्रिकेट, टेबलटेनिस तथा अन्य खेलहरूको व्यवस्था गरिएको छ । यस कलेजका प्रशासनिक निर्देशक ठानेश्वर बस्यालले उपत्यका बाहिरका विद्यार्थीका लागि सुविधा प्रदान गर्ने उद्देश्यले कलेजले छात्राबासको व्यवस्था गरेको जानकारी दिएका छन् । यस संस्थाले विज्ञान, व्यवस्थापन र मानविकीका विषयमा अध्यापन गराउँदै आएको छ । बोर्डको परीक्षाफल, मेडिकल प्रवेश परीक्षा, इन्जिनियरिङ प्रवेश परीक्षा एवं विदेशी दूतावासबाट लिइने छात्रवृत्ति परीक्षामा समेत पेन्टागनका विद्यार्थीहरूले प्रत्येक वर्ष १०० को सेरोफेरोमा निःशुल्क छात्रवृत्ति कोटामा नाम निकाली अग्रस्थान कायम राख्न सफल भएको कलेजले जनाएको छ । निर्देशक ठानेश्वर बस्यालले भने- ‘अनुभवी, योग्य र सक्षम शिक्षक कर्मचारी प्रवेशबाट सुदृढ एवं परिस्कृत हुँदै शैक्षिक उत्कृष्टताको नमुनाको रुपमा स्थापित भई गुणस्तरीय शिक्षा दिन कटिबद्ध रहेको छ । विगत ९ वर्षे अवधिमा बोर्ड दोस्रो एवं बोर्ड पाँचभित्र पर्न सफल रहेकोमा २०६९ सालको व्यवस्थापन समूहबाट सर्वोत्कृष्ट र विज्ञान कक्षा ११ मा ६ जना उत्कृष्ट स्थान प्राप्त गर्न सफल रहेको छ ।’ मेडिकल साइन्समा २०७२ सालको शिक्षा मन्त्रालयको एमबीबीएस प्रवेश परीक्षामा यस कलेजका राजु अधिकारी राष्ट्रिय रुपमा सर्वोत्कृष्ट भए भने २०६९ सालको शिक्षा मन्त्रालयको प्रवेश परीक्षामा भगवान श्रेष्ठ र विदुर खतिवडाले सर्वोत्कृष्ट प्रथम र दोस्रो स्थान प्राप्त गरेका छन् । इन्जिनियरिङतर्फ २०७२ सालको प्रवेश परीक्षामा अरविन्द गुप्ता राष्ट्रिय रुपमा प्रथम र २०६८ सालको परीक्षामा क्षितिज सुवेदी सर्वोत्कृष्ट दोस्रो स्थान प्राप्त गरेका छन् । यसैगरी, हालसम्म छात्रवृत्तिको रुपमा इन्जिनियरिङ्तर्फ ४५० र मेडिकल साइन्सतर्फ ५०० भन्दा बढी विद्यार्थी पूर्ण, आंशिक तथा अन्य छात्रवृत्ति कोटामा अध्ययन गरिरहेका छन् । राष्ट्रिय बोर्ड परीक्षामा २०७१ सालको विज्ञानतर्फ प्रकृति डुमरु प्रथम स्थान प्राप्त गरी नेपाल प्रथम (महिला) र २०६८ सालमा आशिष भट्टराई दोस्रो र २०६७ सालमा क्षितिज सुवेदी प्रथम स्थान ल्याउन सफल रहे भने व्यवस्थापनतर्फ २०७० र २०७१ सालमा क्रमशः आशिष गुप्ता र चन्दन यादवले प्रथम स्थान प्राप्त गरी प्रधानमन्त्रीबाट समेत राष्ट्रिय रुपमा पदक र प्रमाणपत्र प्राप्त गरी सम्मान पाएको सर्वविदितै छ । त्यसैगरी, एसएलसी बोर्ड परीक्षातर्फ २०६९ सालको नेपाल प्रथम विवेक अधिकारी र २०६७ सालको एसएलसी बोर्ड द्वितीय दिवस खड्काको रोजाई पनि पेन्टागन कलेज नै रहनु कलेजको उत्कृष्टताको एउटा नमुना हो । यस कलेजको अध्यक्ष तथा कार्यकारी प्रमुख डा. एसपी सिंहले- ‘स्वदेशी भूमिमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले शिक्षक तथा प्राध्यापकहरूलाई नै शेयरधनी बनाई यस मन्दिरको निर्माण गरेका छौं । कम खर्चमा स्तरीय शिक्षा प्रदान गर्ने तथा देशको पूँजी पलायनलाई रोक्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।’ साथै, उनले निकट भविष्यमै विभिन्न संकायमा स्नातक तथा स्नातकोत्तर स्तरका पठनपाठन शुरु गर्ने कलेजको तयारी रहेको बताएका छन् । उनले छनोटमा परेका विद्यार्थीहरूमध्ये करिब २५० जनालाई योग्यतानुसार विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिएका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंकको ७३औँ शाखा सिन्धुपाल्चोकको पिस्करमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो ७३औँ शाखा सिन्धुपाल्चोकको पिस्करमा विस्तार गरेको छ । बैंकले १५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ३ अन्तर्गत त्रिपुरासुन्दरी गाउपालिकास्थित पिस्करमा नँया शाखा खोलेको हो । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो । ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई ३ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक एक मात्र निजी क्षेत्रको बैंक रहेको छ । हाल बैंकको १०० वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । साथै, बैंकले ५७ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा दिँदै आएको छ ।
सनराइज बैंकले शुरु गर्यो सुरक्षित अनलाइन कारोबार, सेवा शुल्क नलाग्ने
काठमाडौं । सनराइज बैंकले भिसासँग सहकार्य गर्दै भेरिफाइड बाई भिसा(भीबीभी) सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहकलाई उच्च सेवा प्रदान गर्ने तथा विद्युतिय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा उक्त सेवाको शुरुवात गरेको हो । भीबीभी सेवा मार्फत भिसा डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत गरिने भुक्तानीमा सुरक्षाको एक नयाँ तह थपिने छ । यस सेवामार्फत ग्राहकले सनराइज बैंकको आफ्नो कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि इन्टरनेट मार्फत भुक्तानी (अनलाईन पर्चेज/इकमर्श) गर्दा बैंकमा दर्ता गरिएको मोबाइल तथा ईमेलमा वान टाइम पासवर्ड(ओटीपी) प्राप्त गर्नेछन् । त्यसपछि सोहि ओटीपी मार्फत मात्र कारोबार सफल हुनेछ जसबाट कारोबार गर्ने व्यक्ति वैध हुन् भन्ने पुष्टि हुने बैंकले जनाएको छ । यस बैंकको कुनै पनि भिसा डेविट कार्ड तथा क्रेडिट कार्डमा भीबीभी सेवा संचालनका लागि ग्राहकले नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । साथै, यस सेवा संचालन वापत कुनै पनि सेवा शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ । हाल बैंकले ८८ वटा शाखा, २२ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
मड्रिड छोडेपछि इटालीको यस्तो घरमा बस्नेछन्, क्रिस्टियानो रोनाल्डो (फोटोसहित)
काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेच्ने लगभग पक्का भएको छ । रोनाल्डो युभेन्टस् जाने आधिकारी निर्णय नहुदै इटालियन मिडियाहरुले भने रोनाल्डो बस्ने घर सार्वजनिक गरेका छन् । केहिदिन अघि युभेन्टसले रोनाल्डोको लागि १ सय मिलियन युराको प्रस्ताव गरेको थियो । रोनाल्डोका एजेन्टले पनि युभेन्टस्को पदाधिकारीहरुसँग लगातार छलफल गरिरहेको समाचार बाहिर आएपछि रोनाल्डो युभेन्टस् जाने निश्चित जस्तै भएको हो । २०१८ ०१९ को च्याम्पियान्स लिग जिताउन महत्वपुर्ण भुमिका खेलेका रोनाल्डो बालोन डि ओरको प्रमुख दाबेदार हुन् । रोनाल्डो युभेन्टस् जाने भएपछि रियल मड्रिडमा भने नेइमार जुनियर ल्याउने तयारी भएको छ । यसका लागि मड्रिडले पिएसजी सामू ३१० मिलियन युरोको प्रस्ताव गरिसकेको छ । यस्तो छ इटालीमा रोनाल्डो बस्ने घरको फोटो
कुमारी बैंकद्धारा शैक्षिक सामाग्री वितरण
काठमाडौं । कुमारी बैंक लिमिटेडले चितवनको माडीस्थित “शिशु कल्याण आधारभूत विद्यालय”का सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले नारायणगढ शाखाको आयोजनामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्री वितरण गरेको हो । उक्त विद्यालयका अध्यक्ष चुडामणी अधिकारीको अध्यक्षतामा कुमारी बैंकको नारायणगढ शाखाका प्रमुख भुपेन्द्र खड्काले सो विद्यालयका सम्पूर्ण बालबालिकाहरुलाई स्कुल झोला लगायत अन्य शैक्षिक सामाग्री वितरण गरेका थिए । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । साथै, बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
सडक विस्तारको गाँठोः सर्वाेच्चको फैसला विरुद्ध पुनरावलोकनको तयारी
काठमाडौं । सडक विस्तारमा मुआब्जा र क्षतिपुर्ति सम्बन्धी सर्वाेच्च अदालतको फैसला विरुद्ध सरकारले पुनरावलोकन गर्ने भएको छ । सर्वाेच्च अदालतले कलंकी नागढुंगा र चावहिल वौद्ध जोरपाटी साँखु सडक विस्तार विरुद्ध परेको रिटमाथी दिएको फैसला विरुद्ध सरकारले पुनरावलोकन गर्न लागेको हो । सर्वाेच्च अदालतको एक फैसलाः राज्यलाई ५० अर्ब नोक्सानी सर्वाेच्चका न्यायधिसत्रय केदार प्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीले २०७४ असोज २ गते सडक विस्तारका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ असार १४ गते आएको थियो । सो फैसलाले सडक विस्तारका क्रममा जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नागरिकलाई जमिनको पनि क्षतिपुर्ति दिनुपर्ने उल्लेख गरेको छ । अदालतको सो फैसला कार्यान्वयन गर्दा काठमाडौं उपत्यका भित्रका लागि मात्रै राज्यले तत्कालै ५० अर्ब ३९ करोड रुपैंयाँ मुआब्जा तिर्नु पर्छ । ‘सर्वाेच्च अदालतको फैसलाले सडक विस्तारमा धक्का दिएको छ, प्रधानमन्त्री, कानुनमन्त्री र महान्यायधिवक्तासँग छलफल भैसकेको छ, केहि दिनभित्रै न्यायिक पुनरावलोकनमा जान्छौं’, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासन्युजसँग भने । उनले अदालतलाई विकास बिरोधी हुने छुट नभएको पनि स्पष्ट पारे । ‘सरकार देश विकासको महाअभियानमा जुटेको छ तर अदालतले यसरी टाङ लगाउनु ठिक होइन, सरकारी चुप लागेर बस्दैन्’, आक्रोसित हुँदै राईले भने । सरकारले सर्वाेच्च अदालतको फैसला चित्त नबुझाएमा महान्यायधिवक्ता मार्फत न्यायिक पुनरावलोकनमा जाने व्यवस्था छ । ३ जना न्यायधिसको पुर्ण ईजलासले गरेको फैसलामा माथी ५ जना न्यायधिसहरुले पुनरावलोकन गर्न सक्नेछन् । फैसला पुनरावलोकन नभएमा सरकारले फैसला गर्ने न्यायधिसहरु प्रति कठोर कदम चाल्ने चेतावनी पनि मन्त्री राईले दिएका छन् । हालसम्म उपत्यकामा मात्रै ४०० किलोमिटर सडक विस्तार भैसकेको छ । सडक विस्तारका क्रममा समेटिएको जमिनको पनि क्षतिपुर्ति दिनुपर्ने अदालतको फैसला कार्यान्वयन हुने हो भने तत्कालै सरकारले ५० अर्ब ३९ करोड रुपैंयाँ उपलब्ध गराउनुपर्छ ।
लाइसेन्स परिक्षाको अनलाइन फारम साउन १ देखि पुन: खुल्ने
काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स परिक्षाको अनलाईन फारम साउनको पहिलो हप्तादेखि पुन सुचारु गर्ने भएको छ । आन्तरिक हिसाब तथा अडिट गर्न १ महिनादेखि रोकिएको अनलाइन फारम पुन सुरु हुने भएको हो । विभागले १ महिनाको लागि देशभर मोटरसाइकल, कार लगायतको सवारी लाइसेन्स परिक्षाको अनलाईन फारम बन्द गरेको थियो । अनलाइन फारम देशभर साउन पहिलो हप्ताबाट सुचारु हुने विभागका निर्देशक तुलसी अर्यालले बताए । उनका अनुसार छिटो लाइसेन्स लिनको लागि सेवा पुन सुचारु भएको छ । विभागले ड्राइभर भिसामा विदेश जान चाहने, नेपाली सेना, नेपाल प्रहरी, मिसनमा जान चाहने व्यक्तिका लागि इमर्जेन्सि लाइसेन्स वितरण गर्दै आएको छ । छिटो लाइसेन्स लिनको लागि विहान १०:३० देखि १२:३० सम्म विभागमा निवेदन दिइसक्नु पर्नेछ । विभागले अझै लाखौं स्मार्ट लाइसेन्स छपाई गर्न बाँकी रहेको छ ।