यस्तो बन्दैछ न्युरोड र दरबारमार्गमा स्मार्ट पार्किङ (भिडियोसहित)

<p>काठमाडौं । काठमाडौं महानगरले स्मार्ट पार्किङको लागि साउनमा विस्तृत योजना प्रतिवेदन डीपीआर कम्पनीको छनोट गर्ने भएको छ । आयोजना एक वर्ष ढिलो गरि शुरु हुने भएको हो ।  काठमाडौंमा पार्किङको समस्या कम गर्नको लागि धर्मपथ, दरबारमार्ग लगायतको स्थानमा बनाउन २०७४/०७५ कै नीति तथा कार्यक्रममा समेटेको थियो । आवश्यक प्राविधिक र दक्ष जनशक्तिको अभावमा काम छिटो [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरले स्मार्ट पार्किङको लागि साउनमा विस्तृत योजना प्रतिवेदन डीपीआर कम्पनीको छनोट गर्ने भएको छ । आयोजना एक वर्ष ढिलो गरि शुरु हुने भएको हो ।  काठमाडौंमा पार्किङको समस्या कम गर्नको लागि धर्मपथ, दरबारमार्ग लगायतको स्थानमा बनाउन २०७४/०७५ कै नीति तथा कार्यक्रममा समेटेको थियो ।

आवश्यक प्राविधिक र दक्ष जनशक्तिको अभावमा काम छिटो सञ्चालन गर्न नसकिएको महानगरका प्रवक्ता ज्ञानेद्र कार्कीले बताए । उनले भने हाम्रो देशमा दक्ष प्राविधिक जनशक्ति रहेको छैन, यसको लागि अन्तर्राष्ट्रिय जनशक्ति आवश्यक हुन्छ । त्यसैले समयमै काम शुरु गर्न नसकिएको हो । स्मार्ट पार्किङ महत्वपुर्ण काम भएकोले साउनबाट यसको काम शुरु हुन्छ ।उनका अनुसार महानगरले बनाउने भनेको  मनोरेल पनि यस्तै समस्या आउनेछ ।

स्मार्ट पार्किङ लागि जमिन तयारी रहेपनि काम गर्ने कम्पनी महानगरले छनोट गर्न नसकेको हो । पार्किङ निर्माणको लागि धर्मपथमा महानगरले २ रोपनी जग्गा तयार गरिसकेको महानगरका पुर्वाधार प्रमुख महेश काफ्लेले बताए । यस पार्किङमा भर्टिकल पार्किङ, अन्डरग्राउन्ड पार्किङ गर्न सकिनेछ ।

 

यस पार्किङमा १५० वटा कार पार्किङ गर्न सकिनेछ । बागबजार, खिँचापोखरी, कलंकी, महाराजगन्ज, सामाखुसी, कोटेश्वर, बल्खु, कौशलटार, जडीबुटी, बानेश्वर, तीनकुने, न्युरोडलगायत क्षेत्रमा पार्किङ नहुँदा सडकमै सवारीसाधन पार्किङ गर्ने गरिएको छ । काफ्लेका अनुसार दरबारमार्गमा पनि साइकल, मोटरसाइकल, कार, जीप लगायतको सवारी पार्किङ गर्न सकिने गरि स्मार्ट पार्किङ निर्माण गरिनेछ ।

स्मार्ट पार्किङमा अग्रीम बुकिङ समेत गर्न सकिनेछ । यसको लागत भनेपछि नै तोकिने पुर्वाधार प्रमुख काफ्लेले बताए । धर्मपथमा ८ तलाको पार्किङ बन्नेछ । प्रत्येक तलामा २० वटासम्म कार पार्किङ गर्न सकिनेछ । १ देखि माथिल्लो तलामा इलेक्ट्रिक मार्फत कार राख्न र निकाल्न सकिनेछ ।

यस्ताे छ भिडियाे 

Share News