विकासन्युज

राष्ट्रिय बीमा कम्पनी र कास्कीको अन्नपूर्ण गाँउपालिकाबीच बीमा सम्झौता

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र कास्कीको अन्नपूर्ण गाँउपालिकाबीच बीमा सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरबिक्रम रायमाझि र गाँउपालिकाका अध्यक्ष युवराज कुवँरले हस्ताक्षर गरेका छन् । सम्झौतामा गाँउपालिका भित्र रहेका विभिन्न किसान तथा पशुपालकहरुको बाली तथा पशुधनको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट सहजरुपमा गाँउपालिका मार्फत गर्ने व्यवस्था गरिएको छ । यस सम्झौता मार्फत गाँउपालिकाका गाँउबासीहरुको बाली तथा पशुधन बीमाको अतिरिक्त विभिन्न प्रकारका निर्जीवन बीमा लेखहरु समय समयमा गाँउपालिकाको कार्यालयबाटै पाउने छन् । साथै, आवश्यकता अनुसार गाँउबासीहरुलाई समय सापेक्ष बीमा ज्ञान र चेतना अभिवृद्धिका कार्यक्रम तथा सेमिनारहरु दुबै पक्षले गर्ने सहमति पत्रमा जनाइएको छ । राष्ट्रिय बीमा कम्पनीका बजार बिज्ञ सुकल्याण पराजुलीले बीमा शुल्कमा सरकारले उपलब्ध गराएको अनुदान एकातर्फ प्रयोग हुन नसकेको र अर्को तर्फ कृषकहरु कृषि र पशुपालन पेशाबाट विस्तापित हुने अवस्था सृजना भएकोले किसानहरुलाई सचेत गर्दै सरकारी अनुदानको उपयोग गर्दै आर्थिक रुपमा किसानलाई सुरक्षित गर्नु सम्झौताको मूल उद्धेश्य रहेको बताए । त्यस्तै, अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले गाँउबासीको हितको लागी विभिन्न कार्यक्रम लागु गर्ने क्रममा सरकारी स्वामित्वको बीमा कम्पनीलाई सहयात्री बनाएर गाँउबासीको जोखिम व्यवस्थापन गर्न लागेको बताए । साथै, उनले आवश्यक परे कृषि र पशुधन बीमामा थप अनुदान दिन गाँउपालिका तयार रहेको र आजैबाट गाँउपालिकामा पशु गणना गर्न थालिएको जानकारी दिएका छन् ।

अब एनआईसी एशिया बैंकबाटै प्राइम लाईफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब एनआईसी एशिया बैंकबाटै प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इन्स्योरेन्स सेवा पाइने भएको छ । सोमबार(आज) दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात ग्राहकले उक्त सेवा पाउने भएका हुन् । बैंकास्योरेन्स सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । हाल बैंकले २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सामसंङको आधिकारिक सेवा केन्द्र बालाजुको बिजीमलमा

काठमाडौं । आएमएस् केयरले आफ्नो १५ औं सेवा केन्द्र बालाजुको बिजीमलमा शुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आएमएस् ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसंङका कार्यकारी निर्देशक युबियम वोनले गरेका छन् । कार्यक्रममा बोल्दै आएमएस् ग्रुपका अध्यक्ष दिपक मल्होत्राले भने, “ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसंङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो ।”

डिसहोमले रिजार्च गर्दा जडाउन उपकरण सित्तैमा दिने

काठमाडौं । डिसहोमले “डिस होम फ्रि अफर” नामक नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना गत भदौ १ गते शुरु भई सिमित अवधिको लागी लागु हुनेछ । नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेशनको निति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय डिसहोमको सेवा प्रदान गर्नका लागी र आम सर्वसाधारणलाई समेत यो सेवामा आकर्षित गर्न यो योजना लागु गरिएको कम्पनीले जनाएको छ । डिसहोमको जडान उपकरणहरु फ्रि मा पाउने भएपछि यो डिजिटल सेवा लिने ग्राहकहरु गुणात्मक रुपमा वृद्धि हुने देखिएको छ । सेट अप बक्स बिनाको एनालग सेवा हेरिरहेका ग्राहकहरुलाई यो योजना निकै आकर्षक हुने देखिएको छ । २००९ मा स्थापित डिसहोम नेपालको सबैभन्दा अग्रणी र गुणस्तरीय पे टिभी सर्भिस हो । २४ घण्टा ग्राहक सेवा, हरेक वडाहरुमा दक्ष प्राविधिक, आफ्नै लोकप्रिय च्यानलहरुका कारण डिसहोमको सेवा लाखौँ घरहरुमा जडान भइसकेको छ । डिसहोम केहि समय अगाडि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको छ र छिट्टै सर्वसाधारणहरुका लागि सेयर जारी गर्ने तयारीमा छ ।

केएल मोबाइल मेलाको समय थपियो, ६ मोडलमा एउटा किन्दा अर्को सित्तैमा

काठमाडौं । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबले संचालन गरेको अफर भित्रको अफर सहितको मोबाइल मेलामा ग्राहकहरुको सहभागिता बढेपछि समय थप गरिएको छ । मेला अवधिभर सामासुङ ग्यालेक्सी नोट ९ प्रि बुकिङ गरी जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने सुविधा समेत थप गरिएको छ । के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसर पारेर अफर माथिको अफर सहित मोबाईल मेला संचालन गरेको हो । एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजनाले मेलाको आकर्षण बढेको आयोजकको भनाई छ । मोबाइल मेला भदौ १६ गतेसम्म संचालन हुनेछ । मेलामा ९ सय ९९ रुपैयाँदेखि एक लाख ५९ हजार ९ सय ९९ रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाईल उपलब्ध रहेका छन् । यसै गरी मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा मोबाइल किन्न सकिन्छ । साथै जस्तो सुकै पुरानो मोबाइल साटेर नयाँ मोबाईल लिन सकिने पनि ग्लाइडरले बताए । त्यसै गरी मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ ।  यसैगरी एउटा किन्दा अर्को सित्तैमा योजना अन्तर्गत लेनोभोको के फाइभ नोट २९ हजार ९ सय ९९ र २ वटा भिआर जेटिई एस सेभेन २० हजार ९ सय ९९ र २ वटा जेटीई आई फाइभ ९ हजार ९ सय ९९ मा बाई वान गेट वान फ्रिमा अरु थप मोबाईल हरु रहेका छन् । एमआई फाइभ एसमा ४० प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर पनि उपलब्ध छ । एमआई फोरमा ३५ प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर लागू हुने मोबाइल हबका निर्देशक संगम राईले बताए । साथै मोबाइल मेला अवधिमा मोबाइल खरिद गर्ने ग्राहकलाई एफ क्युब सिनेमाको टिकट निशुल्क प्रदान गर्ने पनि उनले बताए । त्यस्तै विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको जानकारी दिए । केएल मोबाइल हबले गत साउन १९ गतेदेखि चावहिल स्थित केएल मोबाइल हबमा मोबाईल मेला संचालन गरेको हो । केएल मोबाईल हब भिजीटर ले लक्की ड्र कुपन भरी लक्की ड्र मार्फत हरेक दिन एउटा स्मार्ट फोन जित्न सकने छन् । विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध रहेका छन् ।

एभरेष्ट बैंकले कर्मचारीहरुलाई वार्षिक ५० लाख रुपैयाँकाे तालिम दिने

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने भएको छ । एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) बीच उक्त तालिम कार्यक्रम संचालन गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाबीच हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले एभरेष्ट बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

भारु कमजोर भएपछि भारतमा पेट्रोलियमको भाउ बढ्यो, नेपालमा के होला ?

एजेन्सी । भारतीय रुपैयाँ कमजोर भएपछि भारतमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको भाउ घटिरहेका बेला डलरसंग भारु कमजोर हुदा मूल्य बढेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । भारतमा पेट्रोल र डिजेल दुबैको भाउ बढेको छ । राजधानी न्युदिल्लीमा जुन ७ तारिखयता पेट्रोलियमको भाउ सर्वाधिक महंगो भएको छ । सोमबार दिल्लीमा पेट्रोल प्रतिलिटर ७७ रुपैयाँ ४९ पैसा भारु रहेको छ । यस्तै डिजलको मूल्य पनि बढेर प्रतिलिटर ६९ रुपैयाँ ४ पैसा पुगेको छ । यो जुनयताको सबैभन्दा उच्च मूल्य हो । यसैबीच ब्रेन्ट क्रुड आयाल र युएस टेक्सास इन्टरमिडियटमा सोमबार पेट्रोलियमको भाउ २४ सेन्ट घटेर प्रतिव्यारेल ७१.५९ र ६५ं७ डलर पुगेको छ । अमेरिकाले तेस्रो तेल उत्पादक इरानमाथि प्रतिवन्ध लगाएपछि यसको असर मुल्यमा परेको हो । तेल निर्यातक मुलुहरुले कच्च तेल दैनिक १० लाख व्यारेल आपूर्ति बढाउने निर्णय गरेका छन् । नेपालले पनि भारतको इण्डियन आयल कर्पोेरेशनबाट पेट्रोलियम किन्दै आएको छ । भारतमा पेट्रोलको भाउ बढेपछि यसको असर नेपालमा पनि पर्नेछ । भारु कमजोर हुदा पेट्रोलियमको भाउ बढेको हो ।

काठमाडौं महानगरपालिकाले घरवहाल कर घटायो, १ लाख भन्दा कम वहाल आम्दानी हुनेलाई कर नलाग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरवहाल कर घटाएको छ । महानगरले घरवहाल कर २ प्रतिशत घटाएर १० प्रतिशतमा झारेको छ । गत आर्थिक वर्षमा घरवहाल कर १२ प्रतिशत थियो । महानगरपालिकाले वार्षिक १ लाख रुपैयाँ भन्दा कम वहाल उठाउने र आम्दानीको अन्य स्रोत नभएका करदातालाई कर छुट दिएको छ । यसैगरी घरजग्गा कर दरमा पनि परिमार्जन गरेको छ । महानगरपालिकाले गत आर्थिक वर्षमा ९०० रुपैयाँ कर लिदै आएकोमा अब १० लाख रुपैयाँ बराबर १०० रुपैयाँ अर्थात १ करोड रुपैयाँमा ०.०१ प्रतिशत लिने भएको छ । समान सम्पत्ति समान कर नीति अनुसार राजिष्ट्रेसनका आधारमा कर लगाउने नीतिलाई परिमार्जन गरिएको महानगरले जनाएको छ । यस्तै विभिन्न शिफारिशवापत लिदै आएको शुल्कलाई पनि खारेज गरी निशुल्क गरिएको महानगरले जनाएको छ ।