
एजेन्सी । भारतीय रुपैयाँ कमजोर भएपछि भारतमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको भाउ घटिरहेका बेला डलरसंग भारु कमजोर हुदा मूल्य बढेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।
भारतमा पेट्रोल र डिजेल दुबैको भाउ बढेको छ । राजधानी न्युदिल्लीमा जुन ७ तारिखयता पेट्रोलियमको भाउ सर्वाधिक महंगो भएको छ । सोमबार दिल्लीमा पेट्रोल प्रतिलिटर ७७ रुपैयाँ ४९ पैसा भारु रहेको छ ।
यस्तै डिजलको मूल्य पनि बढेर प्रतिलिटर ६९ रुपैयाँ ४ पैसा पुगेको छ । यो जुनयताको सबैभन्दा उच्च मूल्य हो । यसैबीच ब्रेन्ट क्रुड आयाल र युएस टेक्सास इन्टरमिडियटमा सोमबार पेट्रोलियमको भाउ २४ सेन्ट घटेर प्रतिव्यारेल ७१.५९ र ६५ं७ डलर पुगेको छ । अमेरिकाले तेस्रो तेल उत्पादक इरानमाथि प्रतिवन्ध लगाएपछि यसको असर मुल्यमा परेको हो ।
तेल निर्यातक मुलुहरुले कच्च तेल दैनिक १० लाख व्यारेल आपूर्ति बढाउने निर्णय गरेका छन् । नेपालले पनि भारतको इण्डियन आयल कर्पोेरेशनबाट पेट्रोलियम किन्दै आएको छ । भारतमा पेट्रोलको भाउ बढेपछि यसको असर नेपालमा पनि पर्नेछ । भारु कमजोर हुदा पेट्रोलियमको भाउ बढेको हो ।