काठमाडौं । आएमएस् केयरले आफ्नो १५ औं सेवा केन्द्र बालाजुको बिजीमलमा शुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आएमएस् ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसंङका कार्यकारी निर्देशक युबियम वोनले गरेका छन् ।
कार्यक्रममा बोल्दै आएमएस् ग्रुपका अध्यक्ष दिपक मल्होत्राले भने, “ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसंङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो ।”