विकासन्युज

सेयर बजार निरन्तर घट्दाको परिणाम, ९ वाणिज्य बैंकको सेयर मूल्य १०० रुपैयाँ नजिक

काठमाडौ । कुनै समय बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौंं लाइन लागेर भएपनि सेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारका कारण ‘क’ वर्गका बैक तथा वित्तीय संस्थाको सेयर मूल्य समेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नौ बैक तथा वित्तीय संस्थाको सेयर आधारभूत मूल्यकै हाराहारीमा रहेको छ । सेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो सुखद समय भएपनि कारोबार गरिरहेका लगानीकर्तालाई भने बजार घटेका कारण समस्या भएको छ । घट्दो बजारका कारण ठूला बैकको सेयर आधारभूत मूल्यकै तहमा आइपुग्दा नयाँ लगानीकर्तालाई लगानीको अवसर प्रदान गरेको छ । नेपाल स्टकका अनुसार सेञ्चुरी बैककाे प्रतिसेयर मूल्य १६९ रुपैयाँ रहेको छ । गत वर्ष भदौ दोस्रो साता पनि सो बैककाे सेयर मूल्य २२७ रुपैयाँ थियो । यस्तै सिभिल बैककाे सेयर पनि घटेको छ । सो बैंक प्रतिसेयर मूल्य १४८ रुपैयाँ छ । गत वर्ष भदौमा सो बैकको सेयर  २३० रुपैयाँमा खरिद बिक्री भएको थियो । जनता बैंककाे सेयर प्रतिकित्ता १५३ रुपैयाँ मा खरिद बिक्री भएको छ । गत बिहिबारको तथ्याङ्क अनुसार सो बैककाे सेयर निरन्तर ओरालो लाग्दै गएको छ । गत वर्ष भदौमा सो बैंकको सेयर २५४ रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै मेगा बैकको सेयर १६१ रुपैयँमा कारोबार भएको छ । गत वर्ष ४४९ रुपैयाँमा कारोबार भएको सो बैकको सेयर निरन्तर ओरालो लागेको छ । माछापुच्छ्रे बैङ्कको सेयर पनि दोस्रो बजारमा कमजोर देखिएको छ । सो बैंकको सेयर गत बिहिबार २०४ रुपैयाँमा खरिद बिक्री भएको थियो । गत वर्ष भदौमा समेत सो बैंकको सेयर ३२७ रुपैयाँमा कारोबार भएको थियो । सेयर बजारमा नेपाल बङ्गलादेश बैक कमजोर देखिएको छ । सो बैकको सेयर १९९ रुपैमा कारोबार भएको छ । गत वर्ष भदौमा सो बैकको सेयर ३३२ रुपैयाँमा खरिद बिक्री भएको थियो । एनसीसी बैकको सेयर पनि ओरालो लागेको छ । सो बैकको सेयर प्रतिकित्ता १८० रुपैयाँमा बिक्री भएको थियो । गत वर्ष भदौमा ३६४ रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै प्रभु बैकको सेयर प्रतिकित्ता १८० रुपैयाँमा खरिद बिक्री भएको छ । गत वर्ष भदौमा ३७० मा कारोबार भएको थियो । सिटिजन बैकको प्रतिकित्ता सेयर २३५, ग्लोबल आइएमइ बैकको २९६, लक्ष्मी बैकको २३३, बैक अफ काठमाण्डुको २८९, नेपाल बैकको २८६, एनएमबी बैकको ३१६, प्राइम बैकको २९५, सनराइजको २२०, एनआइसी एसियाको ३४० तथा सानिमा बैकको प्रतिकित्ता ३२० रुपैयाँमा कारोबार भएको छ । तीन बैककाे सेयर मात्रै बढी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २७ वाणिज्य बैक तीन बैकको सेयर मात्र मात्रै ५०० रुपैयाँ माथि रहेको छ । स्ट्याण्डर्ड चार्टड बैककाे प्रतिकित्ता ७१५ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष २ हजार २०१ रुपैयाँमा कारोबार भएको सो बैकको सेयर मूल्य घट्दै गएको छ । नबिल बैंकको प्रतिकित्ता ९४७ रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष सो बैकको सेयर १ हजार ६६५ रुपैयाँमा खरिद बिक्री भएको थियो । एभरेष्ट बैकको सेयर मूल्य ६५८ रहेको छ । गत वर्ष १ हजार २६६ रुपैयाँमा कारोबार भएको थियो । नेपाल एसबिआई बैंकको सेयर ४९३ मा कारोबार भएको छ । नयाँ लगानीकर्तालाई अवसर सेयर बजार विश्लेषक प्रकाश तिवारी सुरक्षित लगानी गर्न चाहनेलाई बैक तथा वित्तीय संस्थाको सेयरमा लगानी गर्ने अवसर रहेको बताउछन् । चाँडो फाइदा खोज्ने र थोरै लगानी गरेर धेरै नाफा खोज्नेलाई भने वित्तीय क्षेत्रभन्दा अन्य क्षेत्र नै उपयुक्त रहेको उनको भनाइ छ । सामान्यता बैक तथा वित्तीय संस्थाको सेयरमा जोखिम कम हुने भएकाले पनि नागरिकको आर्कषण रहने गर्दछ । ‘वियरिस टेन्ड’ मा रहेको बजारको प्रभाव सो क्षेत्रमा समेत परेको छ । विश्लेषक तिवारी ‘क’ वर्गका बैकको तथा वित्तीय संस्थाको सेयर आधरभूत मूल्यका हाराहारीमा रहनु नयाँ लगानीकर्ताका लागि अवसर भएको बताउछन् ।

नेप्से ८ अंकले उकालो लाग्दा एनआईसी एशिया बैंकको सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । आइतबारको नेप्से परिसूचक ८.५९ अंकले उकालो लागेको छ । परिसूचक अघिल्लो कारोबारको तुलनामा साढे ८ अंकले बढेर ११९०.२८ अंकमा पुगेको छ । अघिल्लो कारोबार अर्थात बिहीबारको नेप्से परिसूचक ९ अंकले बढेर ११८१ अंकमा अडेको थियो । साताको पहिलो कारोबारमा कुल १६४ कम्पनीको ३० करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड २० लाख रुपैयाँकोे सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स र एनएमबी बैंकको २ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबारका साथ साथै सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा पनि एनआइसी एशिया बैंक नै अग्रस्थानमा रहेको छ । सो दिन यस कम्पनीका सेयरधनीले ५.५९ बढी कमाएका छन् । त्यस्तै, तिनाउँ डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकको सेयर मूल्य क्रमशः ५.४५ र ५ प्रतिशतले बढेको छ । बजारमा सबैभन्दा बढी होटल समूहको सूचक ३२ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, जीवन बीमा र अन्य समूह ओरालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेरका छन् ।

भदौं २६ गतेदेखि भृकुटीमण्डपमा १३औं नाडा अटो शो हुँदै, हेभी गाडी नराखिने

काठमाडौं । विभिन्न ब्राण्डका गाडीको प्रवद्र्धन गर्न राजधानीको भृकुटीमण्डपमा १३औं नाडा अटो शोको आयोजना हुने भएको छ । आउँदो भदौं २६ गतेदेखि ३१ गतेसम्म उक्त शोको आयोजना हुन लागेको हो । नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेमेन्ट सर्भिसेजको संयुक्त आयोजना अटो शो आयोजना हुन लागेको हो । अटो शोमा प्रख्यात ब्राण्डका सवारी साधन, पार्ट पुर्जा तथा अन्य एसेसरिजहरु समावेश गरिनेछन् । शोमा अटोमोबाइल्सका नयाँ मोडल तथा नयाँ प्रविधिहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा डिलर, उत्पादक, विक्रेता र उपभोक्ताको जमघटको अवसरका रुपमा रहनेछ । मेलामा ७१ वटा कम्पनीका १३४ वटा स्टलहरू रहने छन् । शोमा १९ वटा ब्राण्डका चार पाङग्रे, २० वटा ब्राण्डका दुई पाङग्रे सवारी साधनहरू रहने छन् । चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनो, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भक्सवागन र साङयोङ ब्राण्डका गाडीको प्रदर्शनी हुने छ । ठाउँ अभावले गर्दा हेभी कमर्शियल गाडीहरु यस वर्षको अटो प्रदर्शनमा राख्न नसकिएकाे नाडा अटाे शाेका संयाेजक निराकार श्रेष्ठले बताए । त्यस्तै, २-पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा रहेका छन् । अटो शोमा नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूको पनि सहभागिता रहने छ । ६ दिनसम्म चल्ने नाडा अटो शोमा ६० हजार आगन्तुकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ । अटाे शाेमा प्रवेश शुल्क २०० रूपैयाँ ताेकएकाे छ । टिकटका अाधारमा प्रत्येक दिन लक्की ड्र हुने र भाग्यशाली ग्राहकलार्इ कुलप्याड माेवाइल उपहार दिइने नाडाका कार्यवहाक अध्यक्ष कृण्णप्रसाद दुवालले बताए । मेलामा सुरक्षा, पार्किेङ, व्यवस्थापन राम्राे हुने उनले बताए ।

मोटरसाइकलकाे मूल्य १ लाखसम्म बढ्याे, पल्सर २२० को ३ लाख ९ हजार, अरुको कति ? हेर्नुहोस् (सूचिसहित)

काठमाडौं । सरकारले आर्थिक विधेयक २०७५ मा सडक निर्माण दस्तुर र अन्तशुल्क वृद्धि गरेपछि मोटरसाइकलको मूल्य बढेको छ । चालु आर्थिक वर्षका लागि सबै कम्पनीहरुले मोटरसाइकलको मुल्य बढाएका हुन् । मोटरसाइकलकाे मूल्य १ लाख रूपैयाँसम्म बढेकाे कम्पनीहरूले जनाएका छन् । आर्थिक विधेयक २०७४ भन्दा २०७५ मा मोटरसाइकलको सीसी अनुसार सडक निर्माण दस्तुर र अन्तशुल्क कर बढाइएपछि यसकाे असर मूल्यमा परेकाे हाे । जसको असर स्वरुप मोटरसाइकलमा १ लाख रूपैयाँसम्म मूल्य वृद्धि भएको छ । नेपालमा चलेका बजाज, टिभीएस, यामाहा, केटिएम ड्युक, हिरो होण्डा, होण्डा, वनेली, राेयल इन्फिल्ड ब्राण्ड माेटरसाइकलकाे मूल्य बढेकाे हाे । केटिएम केटिएम ड्युक पछिल्लो समय नेपाली बजारमा आएको केटिएम ड्युक मोटरसाइकलको सबै उत्पादनमा मूल्य बढाएकाे छ । केटिएम मोटरसाइकलको ५ उत्पादनमा मूल्य समायोजन गरिएको छ । ड्युक २०० र २५०, २०० आरसी मा ३५ हजार ९०० रूपैयाँसम्म मूल्य बढेको छ । ड्युक ३९० मा १ लाख रूपैयाँ बढेको छ ।   बजाज               बजाज बजाजले पनि नयाँ मूल्य  लागू गरेको छ । कम्पनीको ब्राण्ड अफिसर डिजिटल मार्केटिङ प्रतिक उप्रेतिले सबै उत्पादनमा मूल्य समायोजन गरी लागू भैसकेको बताए । बजाजको पल्सर २२० एफको २ लाख ८६ हजार ९ हजारबाट बढेर ३ लाख ९ हजार पुगेको छ । यामाहा यामाहा यामाहा मोटरसाइकल कम्पनीको पनि मूल्य समायोजन भै सकेको व्यवस्थापक रमेश धनेखुले बताए । उनका अनुसार मूल्य समायोजन लागू भैसकेको छ ।                हिरो हिरो मोटरसाइकले पनि मूल्य समायोजन गरी लागू गरिसकेको मिडिया कोडिनेटर शीतल दाहालले बताइन् । हिरोले आफ्नो उत्पादनको हिरो एक्स्ट्रिम, एक्स्ट्रिम स्पोर्ट, एक्स्ट्रिम २०० एस, करिज्मा आर, करिज्मा जेठएआरको मूल्य समायोजन गरी लागू गरेको छ । टिभिएस                                       टिभिएस टिभिएस मोटरसाइकलले पनि मूल्य समायोजन गरी सकेको छ । कम्पनीका मिडिया कोडिनेटर बिक्रम पौडेलका अनुसार केहि उत्पादनमा मूल्य समायोजन भई लागू भैसकेको छ ।                                              होण्डा यसैगरी, होण्डा मोटरसाइकलमा पनि मूल्य समायोजन भैसकेको छ । होण्डाको उत्पादन मध्ये पछिल्लो समय लोकप्रिय बनेको २ लाख ६५ हजारमा पाइने होर्नेट मोटरसाइकलको मूल्य २ लाख ९९ हजार पुर्याइएको छ । यसैगरी नेपालमा रहेका बनेली, रोयल इन्फिल्ड लगायत कम्पनीले पनि मूल्य समायोजन गरिसकेका छन् ।  नेपालमा मोटरसाइकल लोकप्रिय साधनको रुपमा विकास हुँदै गएको छ । यातायात व्यवस्था विभागको तथ्यांक अनुसार हाल नेपालमा मोटर साइकलको संख्या २५ लाख ३० हजार पुगेको छ ।

एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर, हरेक हप्ता १० जनालाई एक लाख नगद उपहार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर यहि आइतबार (भदौ १७) गते देखि लागु भई १० हप्तासम्म संचालनमा रहनेछ । यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ, जसको शुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ । योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भागलिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । ग्राहकले प्रत्येक रु १०० बराबरको रिचार्जका लागि एसएमएस मार्फत एउटा कोड प्राप्त गर्नेछन् । उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबारको अवधिमा २५० रुपैयाँको रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुइ वटा विशेष कोडहरु प्राप्त गर्नेछन् । ५०० रुपैयाँ रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन् । योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने लक्की ड्र मार्फत गरिनेछ । मंगलबारका दिन साँझ ७ः०० बजे एपि वान टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएकाे छ । यसरी छानिएका भाग्यशाली ग्राहकहरुलाई हरेक बिहीबार एक कार्यक्रम माझ प्रतिव्यक्ति एक लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिनेछ । ‘‘यो योजनाका साथ हामी हाम्रा ग्राहकहरुसँग नजिक आईरहेको चाडपर्वमा सहभागी हुन पाउँदा उत्साहित छौं । हामीसबै ग्राहकलाई शुभकामना व्यक्त गर्दछौं र यस योजनाले १० हप्तामा छानिने १०० जना भाग्यशाली ग्राहकहरुको चाडपर्व हर्षउल्लासमय बनाउने आशा लिएका छौं,” एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्ले भने ।

जनता बैंकद्धारा काभ्रेको विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडद्वारा काभ्रेको सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको पनौतीस्थित फुलचोकी आधारभुत विद्यालयलाई दूई थान कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । कम्प्युटर हस्तान्तरण कार्यक्रममा मेयर न्यौपानेले सोही नगरपालिकाको विकट वडाहरुमा महिला स्वास्थ्यको अवस्था नाजुक रहेकोले ती वडाहरुमा जनता बैंक र नगरपालिकाको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमको परियोजना संचालनको लागि अनुरोध गरेका छन् । साथै, यस वर्ष देशै भरीबाट सामुदायिक विद्यालयका २०० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने बैंकको लक्ष्य रहेको छ । त्यस्तै, रोल्पा, हुम्लाजस्ता विकट जिल्लामा स्त्री रोग सम्बन्धी तथा आँखाको मोतिविन्दुको निःशुल्क अपरेशनको लागि स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

कृषि विकास बैंकले जाजरकोटको खलंगा बजारमा शुरु गर्यो अनलाईन बैकिङ सेवा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले जाजरकोट जिल्लाको खलंगा बजारमा अनलाईन बैकिङ शुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले उक्त सेवाको उद्घाटन गरेका हुन् । साथै, बैंकले जाजरकोट जिल्लाको विभिन्न स्थानमा नयाँ शाखाहरु विस्तार गर्दै छ । उक्त नयाँ शाखाहरु जुनेचांदी गांउपालिका, बारेकोट गाँउपालिका र कुशे गाँउपालिकामा स्थापना हुने बैंकले जनाएको छ । कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख धु्रबचन्द्र गौतमले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।

जलेश्वर–बर्दिबास सडक सञ्चालनमा

काठमाडौं । जलेश्वर–बर्दिबास सडकखण्ड चार दिनपछि सञ्चालनमा आएको छ । आठ महिने शिशुको अपहरणपछि हत्या गरिएको भन्दै विरोधस्वरुप यहाँ यातायात सेवा बन्द गरिएको थियो । स्थानीय प्रशासनले शिशुको अपहरण र हत्यामा संलग्न व्यक्तिलाई पक्राऊ गर्ने प्रतिबद्धता जनाएपछि यातायात सञ्चालनमा आएको हो । शनिबार प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जिल्ला समन्वय समितिका प्रमुख सुरेश सिंह, नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायसहितको उपस्थितिमा स्थानीय प्रशासन र प्रहरीले भदौ २० गतेसमम अभियुक्तलाई पक्राऊ गरी कारबाही गर्ने प्रतिबद्धता जाहेर गरेको थियो । सहमतिपछि आज बिहानैदेखि जलेश्वर–बर्दिबास सडकखण्डमा सवारीसाधन चल्न थालेका छन् । औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठ महिनाकी छोरी सोनाली गत आइतबार अपहरणमा परेकी थिइन । उनको शव सोमबार भंगहा– ६ स्थित जङ्गलमा फेला परेको थियो । उक्त घटनाको विरोधमा स्थानीयवासीले यातायात सेवा तथा बजार बन्द गरेका थिए ।